Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

इजरायलमा सिकेर गाउँमै खेती

धादिङ — इजरायलको अरावा प्रान्तस्थित अरावा इन्टरनेसनल सेन्टर फर एग्रिकल्चर ट्रेनिङ (आइक्याट) मा १० महिनासम्म कृषि विषयमा सैद्धान्तिक ज्ञान हासिल गरी सोही स्थानका मरुभूमिमा खेती गर्ने तरिका सिकेर आएका गोगनपानीका केशव रुपाखेती अहिले गाउँमै गोलभेंडा उत्पादन गरिरहेका छन्। सुक्खा मरुभूमिमा…
विस्तृतमा पढ्नुस्

कुबेतमा नेपालीलाई आह्वान 'कागजपत्र लिएर हिँड'

काठमाडौं  – कुबेतस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारलाई परिचय खुल्ने वैधानिक कागजात साथमा राख्न आग्रह गरेको छ। कुनै पनि गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत दूतावासले सचेत गराएको छ।
विस्तृतमा पढ्नुस्

कुवेतमा ५ सय नेपाली पक्राउ

काठमाडौं - डेढ महिनायता कुवेत प्रहरीले ५ सयभन्दा बढी नेपालीलाई पक्राउ गरेको छ। अवैध आप्रवासी कामदार पक्राउ गरी डिपोर्ट (स्वदेश फर्काउने) गर्ने अभियानअन्तर्गत विभिन्न स्थानमा छापा मारिएको हो। पक्राउमध्ये डेढ सयजतिलाई नेपाल फर्काइसकिएको छ। कुवेतमा रहेका करिब ७५ हजार नेपाली…
विस्तृतमा पढ्नुस्

साउदीबाट फर्कन नपाउँदा बिचल्ली

साउदी अरब - साउदीमा अवैधरूपमा बस्दै आएका नेपाली त्यहाँको सरकारले दिएको एमनेस्टी (आममाफी) अवधिभित्र स्वदेश फर्कन नपाउने भएका छन्। साउदी अध्यागमनको ढिलासुस्ती र नेपाली दूतावासको असहयोगले स्वदेश फर्कन चाहने अवैध बसोबास गरिरहेकाहरू निराश भएका छन्।
विस्तृतमा पढ्नुस्

रोजगारीका नाममा दैनिक साढे ३२ लाख ठगी

काठमाडौं- वैदेशिक रोजगारीको नाममा दैनिक ६ जनाभन्दा बढी नेपाली ठगिने गरेको वैदेशिक रोजगार विभागको ताजा तथ्यांकले देखाएको छ। यो निहुँमा एकजनाबाट औसत साढे पाँच लाख रुपैयाँ र दैनिक औसत ३२ लाख ५० हजार रुपैयाँ ठगी हुने गरेको उक्त आंकडाले देखाउँछ।गरेको देखिन्छ।
विस्तृतमा पढ्नुस्

ठगिएका नेपालीको उद्धार

उदयपुर–ठगीमा परी मलेसिया पुगेका एक नेपालीको उद्धार भएको छ। सम्झौताबिपरित म्यानपावर कम्पनीले रासायनिक पदार्थ राखिएका भाँडाकुँडा तथा उपकरण पखाल्ने काममा लगाइएका खोटाङको बुईपा–६ का २९ वर्षे सागर राईको उद्धार गरिएको हो।
विस्तृतमा पढ्नुस्

साउदी अरबमा दुई महिने एम्नेस्टी घोषणा, एक लाख अवैध नेपाली कामदारलाई स्वेदश फर्कने अवसर

काठमाडौं- साउदी अरबले अवैध रुपमा बसोबास गरेका आप्रवासी कामदारलाई वैध बन्न तथा बिनासजाय स्वदेश फर्काउन ५५ दिने आममाफी कार्यक्रम (एम्नेस्टी) घोषणा गरेको छ। साउदीले आप्रवासी कामदारलाई लक्ष्य गरी १५ वर्षपछि खुला गरेको एम्नेस्टी वैशाख २७ मा सुरु भई असार १९…
विस्तृतमा पढ्नुस्

अफ्रिका जान लाग्नु भएको ? ठगीमा परिएला है

काठमाडौ- गत जनवरीमा केन्याको नैरोबीस्थित विमानस्थलमा उत्रिँदा भीमदत्त नगरपालिका–११, भुजेलाका जितु अधिकारीका हातमा नियुक्तिपत्र थियो। त्यसमा लेखिएको थियो– मुम्बासास्थित होटल 'दिल्ली सिक्स' मा वेटर। तलब मासिक १ हजार २ सय अमेरिकी डलर।
विस्तृतमा पढ्नुस्

विदेशभन्दा कम छैन गाउँको कमाइ

सिन्धुपाल्चोक‍- तीन वर्ष दुबइ बसेर फर्केकी हिमाली गाउँ बरुवाकी डोल्मा लामा अहिले गाउँमै गलैंचा बुनेर आम्दानी गर्न थालेकी छन्। विदेश जत्तिकै आम्दानी हुन थालेपछि उनी फेरि देश नछोड्ने निर्णयमा पुगेकी छन्। गाउँमा सडक पुगेसँगै सवारीसाधन गुड्न थालेपछि २७ वर्षीया यी युवतीले…
विस्तृतमा पढ्नुस्

इजरायलको सीपले गोलभेडा फार्म

मकवानपुर- इजरायलको कृषि फार्ममा काम गरेको अनुभवले मकवानपुर चुरियामाईका दाजुभाइले गोलभेडा खेती सुरु गरेका छन्। चुरियामाई–२, मयुरधापका श्रीकृष्ण र बद्री अधिकारीले विदेशको सीप बाँझो बारीमा प्रयोग गरेका हुन्।
विस्तृतमा पढ्नुस्

वैदेशिक रोजगारमा जाने १६ प्रतिशतले बढे

काठमाडौं- वैदेशिक रोजगारमा जानेको संख्यामा करिब १६ प्रतिशतले वृद्धि भएको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा २०६९ सालमा ६२ हजार २ सय बढी नेपाली वैदेशिक रोजगारमा गएका छन्।
विस्तृतमा पढ्नुस्

अन्तर्वार्तापछि मात्र नेपालमा विदेशी कामदारलाई श्रम स्वीकृति

काठमाडौं- काम गर्न नेपाल आउने विदेशी कर्मचारीले स्वयं उपस्थित भएर अन्तर्वार्ता दिएपछि मात्र श्रम स्वीकृति पाउने भएका छन्। केही विदेशी गैरकुटनीतिक कर्मचारीले राष्ट्रहित विपरीत काम गरेको पाइएपछि सरकारले श्रम ऐनअर्न्तगत श्रम विभागको अर्न्तवार्ता अनिवार्य पास गर्नुपर्ने नयाँ व्यवस्था गरेको हो।
विस्तृतमा पढ्नुस्

'मध्यपूर्वमा महिला कामदारको अवस्था दयनीय'

काठमाडौं, - वैदेशिक रोजगारका दृष्टिले नेपाली कामदारका लागि मध्यपूर्वका मुलुक प्रमुख गन्तव्य हुन्। दैनिक सयौं नेपाली रोजगार खोज्दै मध्यपूर्वका आधा दर्जन देश पुग्छन्। लाखौं त्यहाँ कार्यरत छन्। फर्किनेको लर्को पनि उस्तै छ। सीप जानेकाले राम्रै आर्जन गर्छन्। तर, लहलहैमा मध्यपूर्व…
विस्तृतमा पढ्नुस्

एक महिनादेखि साउदीमा रहेको शव ल्याउन सहयोगको याचना

खोटाङ - साउदीअरबमा ज्यान गुमाएका एक व्यक्तिको परिवारले शव फिर्ता ल्याउन सहयोगका लागि याचना गरेका छन्। महिना दिनअघि साउदीअरबमा सुतेकै ठाउँमा मृत्यु भएका खोटाङको अर्खौले-१ का नरबहादुर पुरीको परिवारले शव नेपाल फिर्ता ल्याउन याचना गरेका हुन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed