Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अन्तर्वार्ता

प्रकटकुमार शिशिर

प्रकटकुमार शिशिर

प्रकटकुमार शिशिर २०७० जेठदेखि नागरिक दैनिकको आर्थिक व्युरोमा कार्यरत पत्रकार हुन्। उपभोक्ता अधिकार, आइटी, कर्पोरेट, अटोमोबाइल्समा दक्खल राख्ने शिशिर एक दशकदेखि पत्रकारितामा सक्रिय छन्। Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

प्रजातन्त्र हुँदैमा देश बन्दैन : महाथिर

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको विजनेस कन्क्लेभमा मुख्य वक्ताको रुपमा सहभागी हुन नेपाल आएका छन्। आधुनिक मलेसियाका पिता मानिने महाथिर तेस्रो विश्वबारे बोल्ने प्रखर वक्ता हुन्। उनको पालामा मलेसियामा तीव्र विकास भयो। २२ वर्षसम्म त्यहाँका प्रधानमन्त्री रहेका महाधिर नेपाल आएको बेला नागरिककर्मी विज्ञान अधिकारी र प्रकटकुमार शिशिरले गरेको कुराकानी :



सुनचाँदी व्यवसायको अनुमगमन हुन छाड्यो

काठमाडौं- सरकारले सुनचाँदी व्यवसायमा झण्डै एक वर्षदेखि अनुगमन गर्न रोकेको छ भने घोषणा गरेको १० महिनासम्म पनि अनुगमन निर्देशिका सार्वजनिक गरेको छैन। सुनचा“दीको कारोबारलाई व्यवस्थित गर्न अनुगमन गर्दै आएको वाणिज्य विभागले गत वैशाख र जेठमा अनुगमनलाई तीव्र बनाए पनि त्यसयता निरन्तरता दिएको छैन। विभागले अनुगमन गर्दा कैफियत फेला परेपछि ठूला आठ सुनचाँदी पसल विरुद्ध मुद्धा दायर समेत गरेको थियो।

क्लिंकरको मूल्य बढ्यो

काठमाडौं-स्वदेशी क्लिंकर उत्पादकले यसको मूल्य बढाएको सिमेन्ट उद्योगीले आरोप लगाएका छन्। सिमेन्ट उत्पादनमा आवश्यक पर्ने क्लिंकर सीमित उद्योगले मात्र उत्पादन गर्ने हुँदा अभाव खडा गरेर मिलेमतोमा मूल्य बढाएको उनीहरुको तर्क छ। क्लिंकर उत्पादक भने सिमेन्ट उद्योगीको आरोपमा सहमत छैनन्।

कम्बोडिया जान खोज्दा ३८ युवा फसे

काठमाडौं- एसियाली मुलुकमध्ये नेपाल जस्तै गरिबको सूचीमा रहेको कम्बोडियामा डेढ लाख तलब पाउने आसमा दलालको भर पर्दा ३८ युवाले तीन करोड रुपैयाँ गुमाएका छन्। अशोक राई, रामबहादुर कार्की र ज्याक्सन नाम गरेका दलालले कम्बोडियामा आकर्षक तलब र सुविधामा काम दिलाइदिने भन्दै ३८ युवाबाट जनही ८ लाखका दरले तीन करोड ४ लाख रुपैयाँ उठाएका थिए।

सुविधाले तान्दैछ सिमेन्ट उद्योगमा लगानी

काठमाडौं- सरकारले सिमेन्ट उद्योगलाई थोरैमात्र सुविधा दिँदा पनि नयाँ उद्योग थपिने क्रम बढेको छ। सामान्य सरकारी नीतिको प्रभावले तीन वर्षमै दर्जन सिमेन्ट उद्योग थपिए। सरकारले तीन वर्षअघि सिमेन्ट उद्योगलाई पहुँच मार्ग र ट्रान्समिसन लाइनको सुविधा दिन थालेको थियो। 

तानदेखि केबुलकारसम्म

काठमाडौं- २०२१ सालमा हेटौंडामा डिजेल प्लान्ट परियोजनामा ३० लाखजति घाटा खाएपछि धैर्य नगरेको भए लक्ष्मणबाबु श्रेष्ठ शायदै स्थापित हुन्थे होला। ४ हजार ५ सय किलोवाटको हेटौंडा डिजेल प्लान्टको टेन्डर परे पनि काममा असफल भएका उनी त्यसको पूर्ति गर्न कयौं बिघा जग्गा बेचेर व्यवसायमा अडिएका थिए। त्यही धैर्यले उनलाई व्यवसायमा स्थापित गरायो।

सुध्रिए ट्राफिक प्रहरी, सुध्रिएनौं हामी (अडियो-भिडियो)

सोमबार विहान राजधानीको केशरमहल। चेकिङमा रहेका ६ जना ट्राफिक प्रहरी सवारी चालकको गतिविधि हेर्दै गल्ती गर्नेलाई घेराउमा पार्दै थिए। हेर्दा हेर्दै सडक नियम पालन नगर्नेहरुको संख्या त्यहाँ थपिँदै थियो। सानो चौघेरा बनाएका ट्राफिकको जालमा मोटरसाइकल, ट्याक्सी र स्कुटर चालकहरु पर्दै थिए। 

टेलिकमद्वारा छुटैछुटको घोषणा

काठमाडौं - नेपाल टेलिकमले आफ्नो दसौं वार्षिकोत्सवका अवसरमा कम्पनीले प्रदान गर्दै आइरहेको सेवाहरुको महसुल दरमा छुटलगायत विभिन्न 'अफर' ल्याएको छ।

फेसबुक विज्ञापनबाट २ करोड बाहिर

काठमाडौं - नेपाली कांग्रेसका नेता तथा काठमाडौं ४ का उम्मेदवार गगन थापाले सामाजिक सञ्जाल 'फेसबुक'लाई चुनावी प्रचारको एक प्रमुख थलो बनाएका छन्। आफ्नो र निर्वाचन लक्षित अन्य पेजहरूमा उनले विज्ञापन गरिरहेका छन्। युवा मतदातासम्म पुग्न फेसबुक प्रभावकारी हुने उनको भनाइ छ।

इजरायल खुल्नेमा अझै अन्योल

काठमाडौं - नेपाली कामदारको लागि बन्द हुँदै खुल्दै गरेको इजरायलमा सरकारले आफ्नै पहलमा कामदार पठाउने तयारी गरे पनि उताबाट निर्णय नहुँदा ढिलाइ भएको छ।
Subscribe to this RSS feed