Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अन्तर्वार्ता

प्रकटकुमार शिशिर

प्रकटकुमार शिशिर

प्रकटकुमार शिशिर २०७० जेठदेखि नागरिक दैनिकको आर्थिक व्युरोमा कार्यरत पत्रकार हुन्। उपभोक्ता अधिकार, आइटी, कर्पोरेट, अटोमोबाइल्समा दक्खल राख्ने शिशिर एक दशकदेखि पत्रकारितामा सक्रिय छन्। Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय प्रहरी नियन्त्रणमा

  • देश
काठमाडौं—वैदेशिक रोजगार व्यवसायी संघको कार्यालयलय प्रहरीले नियन्त्रणमा लिएको छ। विवादित दुवै पक्षका अध्यक्ष हंसराज वाग्ले र बलबहादुर तामाङ लाजिम्पाट स्थित तेज भवनमा पुगेपछि सम्भावित झडप रोक्न इन्स्पेक्टरको कमान्डमा प्रहरी परिचालन गरिएको हो।

इन्टरनेट बेच्ने ग्राहक कारबाहीमा

काठमाडौं— नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग सेवा किनेर पुनः बिक्री गर्ने साइबर वा संस्थालाई कारबाही सुरु गरेको छ। प्राधिकरणसँग लाइसेन्स लिएका इन्टरनेट सेवा प्रदायक कम्पनीले अरु संस्था र साइबरलाई सेवा बिक्री गर्न सक्ने तर ती संस्था र साइबरले आफ्नै नाममा अन्य सेवाग्राहीलाई पुनः बिक्री गर्न नमिल्ने भन्दै प्राधिकरणले अनुगमन गर्दै कारबाही थालेको हो।

तीन अर्ब रुपैयाँको आउटसोर्सिङ

काठमाडौं — नेपाली सफ्टवेयर कम्पनीको दायरा फराकिलो बन्दै गएपछि पछिल्लोपटक नेपालबाट आउटसोर्सिङको काम पनि बढ्दै गएको छ। प्रविधिको फराकिलो दायरामा अनेकथरी सुविधा हुन थालेपछि मोबाइल एपदेखि वेबसाइट डिजाइनसम्मका विदेशी काम नेपालमै बसेर गर्ने क्रम बढेको हो।

१०६ नेपाली क्वालालम्पुर विमानस्थलमा पक्राउ

काठमाडौं — मलेसियास्थित दूतावासले 'ट्राभल डकुमेन्ट' का निम्ति नेपाली कामदारसँग बढी पैसा असुल्न थालेपछि उनीहरू दलालको फन्दामा परेका छन्। दूतावासलाई १ सय ६० रिंगेटमा बन्ने ट्राभल डकुमेन्टका निम्ति २ हजार ८ सय तिर्नुपरेको मलेसियाबाट फर्कनेहरूले बताएका छन्।

आफ्नै कार चढ्ने बढ्दै

  • बजार
कुनै बेला उच्च वर्गको 'एसेट सिम्बोल' मानिने कारमा मध्यमवर्गीयको पहुँच बढ्न थालेपछि अटोबजारले लय समातेको छ । र, विलासी वस्तुको सूचीमा पर्ने गाडी मध्यम आय वर्गका नागरिकको निम्ति आश्वयकतामा रूपान्तरित भएको छ ।

बैंकमै थुप्रियो सुन

  • बजार
काठमाडौं — चाडपर्वको बेला माग बढ्ने भन्दै कोटा बढाउन दबाब दिइरहेका व्यवसायीले २ सातादेखि बैंकबाट सुन नकिन्दा वाणिज्य बैंकमा यसको मौज्दात ३ सय किलोग्राम पुगेको छ। केही अघिसम्म व्यापारी बजारमा दैनिक ३५ किलो सुन माग हुने तर बैंकहरुले १५ किलोमात्रै दिँदा नपुगेको भन्दै कोटा बढाउन माग गर्थे।

मलेसियामा धरपकड, दुई सय नेपाली पक्राउ

काठमाडौं — मलेसिया सरकारले अवैध बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन आइतबार बिहानैदेखि धरपकड सुरु गरेको छ। पहिलो दिन दुई सयभन्दा बढी नेपाली पक्राउ परेको नेपाल–मलेसिया बैदेसिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईले जानकारी दिए।

सुनगाभा विवाद : लगनपछिको पोते

राजनीतिभन्दा पनि चरम संक्रमणमा छ नेपाली चलचित्र क्षेत्र। प्रसव पीडामा छटपटिएर कतिखेर काख न्यानो पार्छ त कतिबेला खेर फाल्छ, आफ्नै सन्तान। ६ दशकसम्म पनि स्पष्ट रेखा नकोरिएको आरोप नेपाली चलचित्रलाई छ। अहिलेसम्म आइपुग्दा औंलामा गन्न सक्ने चलचित्रलाई सफल भनिरहेका छौं। यस्तो स्थितिमा गुज्रेको नेपाली चलचित्र क्षेत्रमा ओस्कार रौनक आफैमा गद्गद्को विषय हो। तर, ओस्कार मनोनित चलचित्रमाथि उठेको विवादले सम्भावनालाई नै धरापमा पारेको छ।

मलेसियामा स्थापित हुँदै नेपालीको 'बोगटी' ब्रान्ड

क्वालालम्पुर (मलेसिया) - नेपाली व्यवसायीले मलेसियामा सुरु गरेको धवलागिरी पसलले विभिन्न देशका कम्पनीसँग साझेदारी गरी उत्पादन गरेको 'बोगटी' ब्रान्डका सामानले क्रमशः लोकप्रियता कमाइरहेका छन्।

पानी कम्पनी मालिकद्वारा सरकारी अनुगमन टोलीमाथि दुर्व्यवहार

  • देश

काठमाडौं— खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागको नेतृत्वमा मंलबार अनुगमन गर्न पुगेको टोलीलाई सांग्रिला स्प्रिङ ड्रिकिङ्ग वेभरेज, कोटश्वरका सञ्चालकले दुर्व्यहार गरेका छन्। अनुगमनमा गएका विभाग कर्मचारी र सञ्चारकर्मीलाई वेभरेज सञ्चालकले अवरोध पुर्‍याएका हुन्।

 

Subscribe to this RSS feed