Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अन्तर्वार्ता

प्रकटकुमार शिशिर

प्रकटकुमार शिशिर

प्रकटकुमार शिशिर २०७० जेठदेखि नागरिक दैनिकको आर्थिक व्युरोमा कार्यरत पत्रकार हुन्। उपभोक्ता अधिकार, आइटी, कर्पोरेट, अटोमोबाइल्समा दक्खल राख्ने शिशिर एक दशकदेखि पत्रकारितामा सक्रिय छन्। Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

आठ सुनचाँदी पसललाई मुद्दा दायर

काठमाडौं -तौल र गुणस्तरमा उपभोक्ता ठगी गरेको आरोप लागेका उपत्यकाका आठ ठूला सुनचाँदी व्यवसायीविरुद्ध सरकारले मुद्दा दायर गरेको छ। वाणिज्य विभागले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

सबै बिमा कम्पनी छानबिनको दायरामा

काठमाडौं - समितिले गत आर्थिक वर्षको अन्त्यमा सबै बिमा कम्पनीमा आकस्मिक स्थलगत निरीक्षण गरी फाइल लिएर अध्ययन गरेको छ। २४ वटा कम्पनीमा आकस्मिक निरीक्षण गरेर संस्थागत सुशासनबारे छानबिन थालेको जनाएको छ।

चिनियाँ जुत्ता नेपाली ब्रान्ड

  • बजार
काठमाडौं - नेपाली जुत्ता चप्पल व्यवसायीहरुले चीनमा जुत्ता बनाएर नेपाली स्टिकर टाँसी नेपाली बजारमा बिक्री गर्ने गरेका छन्।

'सपिङ मलमा चहलपहल छैन'

  • बजार
काठमाडौं -राजधानीका सपिङ मलमा व्यापार घट्दै गएपछि पुराना व्यवसायीले सटर छोड्ने क्रम बढेको छ। नयाँ खुलेका सपिङ मलका सटर बुक हुन सकेको छैन।

कहाँ छ उपभोक्ता अधिकार?

वैशाखमा सरकारले सुन सस्तिएको बेला सुनचाँदी पसलमा छापा मार्‍यो। अनुगमनको बेला कम गुणस्तरको सुन बेच्ने, जोख्ने मेसिन ठिक नभएको र अन्य कारणले उपभोक्ता ठगेको पाइएपछि सरकारले कारवाही प्रक्रिया अगाडि बढायो। सरकारले जेठमा पनि अनुगमनलाई निरन्तरता दिएपछि व्यवसायीले पसल बन्द गरेर आन्दोलन थाले। ११ दिनसम्म पसल बन्द गरेका व्यवसायीले बाणिज्य बैंकबाट सुन उठाएनन, सुनको नयाँ मुल्य तोकेनन्। उनीहरुको भनाइ थियो- अनुगमन बन्द गरिनुपर्छ यसले व्यवसायीलाई आतंकित पार्‍यो।

आउँदैछन् नयाँ गाडी

  • बजार
काठमाडौं - व्यावसायिक प्रतिस्पर्धा र उपभोक्ता रुची हेरेर व्यवसायीले एक सातादेखि चार महिनाभित्र १२ नयाँ मोडेलका गाडी ल्याउँदै छन्।

साढे ३ सय किलो सुन बैंकमै थन्कियो

काठमाडौं - व्यवसायीले सुन नकिनेपछि वाणिज्य बैंकहरुसँग साढे ३ सय किलो सुन सञ्चित भएको छ। एक सातादेखि देशभरका पसल बन्द हुँदा हरेक दिनको कोटा र पहिलाको स्टकसमेत गरेर साढे ३ सय किलो सुन थन्किएको बैंकरले बताएका छन्।

गुगल वर्चस्व

काठमाडौं - मोबाइलका पर्याप्त एप्सले पक्कै पनि तपाईंको दैनिकी सजिलो बनाएको छ। यसका ओएस, इमेल सर्भिस, सर्च इन्जिन, सोसल नेटवर्क नभए के हुन्छ? जीवन त चल्ला, तर पूर्ण हुँदैन। अबको दुनियामा प्रविधिमैत्री जीवन आवश्यक भइसक्यो। भनिन्छ, 'कोरमा गुगल पेरीफेरीमा अरू'। ओएसमा पनि गुगल, इमेलमा पनि गुगल, सर्च इन्जिनमा पनि गुगल र सोसल नेटवर्कमा पनि गुगल। कतिपयमा गुगल अगाडि छ भने कतिपयमा अरूले रेस जितिरहेका छन्।

बजार अनुगमन धेरै, कारबाही कम

काठमाडौं - वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग लगायत निकायले गरेको अनुगमनले थुप्रै अनियमितता भेटे पनि कमैमाथि मात्र कारबाही हुने गरेको  छ। विभागले गत साउनदेखि वैशाखसम्म गरेको १५ सय ५९ पटकको अनुगमनमा ५ सय कसुर पाइएका थिए। ती पाँचै सयमाथि कारबाही भएको छैन। 
Subscribe to this RSS feed