ओली फर्किए, सर्वसम्मत नेतृत्व छान्ने दावी
- बुधबार ३ बैशाख, २०७१
- मणि दाहाल
- DISQUS_COMMENTS
काठमाडौं— डेढ महिनासम्म नयाँ दिल्लीमा उपचार गराएपछि एमाले नेता केपी शर्मा ओली बुधबार काठमाडौं फर्किएका छन्। एमालेको भावी अध्यक्षका सम्भावित प्रत्यासीको रुपमा हेरिएका उनले काठमाडौं विमानस्थलमा महाधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने बताए।
ओलीलाई स्वागत गर्न गृहमन्त्री बामदेव गौतम र उनी निकट नेताहरु विमानस्थल पुगेका थिए। विष्णु पौडेल, शंकर पोखरेल, विद्या भण्डारी लगायत सभासदहरु पनि विमानस्थल पुगेका थिए।
मृगौला र पिसाबसम्बन्धी समस्याका कारण ओली फागुन १८ गते उपचारका लागि नयाँ दिल्ली गएका थिए। ७ वर्षअघि मृगौला फेरेका उनले त्यसअघि ग्रान्डी इन्टरनेसनल अस्पतालमा एक साता उपचार गराएका थिए।
मृगौला र पिसाबसम्बन्धी समस्याका कारण ओली फागुन १८ गते उपचारका लागि नयाँ दिल्ली गएका थिए। ७ वर्षअघि मृगौला फेरेका उनले त्यसअघि ग्रान्डी इन्टरनेसनल अस्पतालमा एक साता उपचार गराएका थिए।