Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

टुहुरो

  • १५ मंसिर, २०७०
  • माधव सयपत्री
  • DISQUS_COMMENTS
(0 votes)
एकाएक घरमा बुबाको मृत्युको खबर पस्यो। घरमाथि आँपको फेदबाट काकाले घरमा बुबाको मृत्युको खबर पठाउनुभएछ । बुबाको किरिया काकाले नै बस्नुपर्ने भएकोले उहा" घरमा पस्नु हुन्थेन। घरमा रुवाबासी कोलाहल र चित्कार सुरु भयो। हजुरआमा मझेरीमै पछारिनुभयो।
आमा मूल ओछ्यानमा ढल्नुभयो। बत्तीस वर्षको युवावयको प्यारो छोरो गुमाउनु पर्दा हजुरआमाको मन कस्तो भयो होला! आफुतीसै नपुगी आफ्नो श्रीमान्ले सदाका लागि छोडेर जा"दा आमाको मुटु कति चिरा भयो होला!

दुई दिनअगाडि सुनेको थिए", बुबा साह्रै बिरामी हुनुहुन्छ रे। तर यति छिट्टै गइहाल्नुहुन्छ भन्ने सोचेको थिइन। भाइ तीन वर्षको थियो। म सात वर्षको भएको थिए। मान्छे जन्मिन्छ र मर्छ भन्ने कुरामात्र थाहा थियो। मरेको मान्छे एक दिन फर्किन्छ होलाजस्तो लाग्थ्यो। बुबा पनि फर्किनुहुन्छ होला, पछिसम्म सोचिरहे। दूधे बालख भाइलाई त झन् के थाहा!

हामी चार घन्टा लगातार रोइरह्यौं। आमा र हजुरआमाका आँखामा आ"सु सकिएका थिए। आँखा सुख्खा भएका थिए। हिक्कहिक्क मात्र सुनिन्थ्यो। आसुका लेग्रा गालाभरि पोतिएको थियो। तलाको डिलमा भाइ रोइरहेको थियो। ऊ बुबा बितेको कुरा सुनेर रोएको थिएन, आमाको दूध खान नपाएर रोएको थियो। हाम्रो आसु र भाइको आसुको अर्थ फरक थियो। फरक–फरक अर्थको रुवाइमा आसुका तत्व पनि फरक हुन्छन् कि! रुवाइ सकिएपछि घरमा मृत्यु–सन्नाटा छायो।

तीन दिनअगाडि आमाले बुबालाई छाउनी अस्पतालमा भेटेर आउनुभएको थियो। बल्लबल्ल सास पु¥याएर भन्नुभएको थियो रे, 'छोराहरूलाई राम्ररी पढाउनू। पीर नगर्नू।' सायद बुबाले बेहासीमा त्यस्ता कुरा गर्नुभएको थियो होला! कमाउने बुबा नै नभएपछि असहाय आमाले हामीलाई कसरी पढाउनु!

बुबा बहुतै अध्ययनशील हुनुहुन्थ्यो रे। तीन कक्षामात्र पढेको भए पनि उहा"मा शिक्षाचेत प्रचुर थियो रे। अहिले बुबाका अक्षर हेर्दा दस कक्षाको विद्यार्थीको भन्दा कम राम्रा छैनन्। देवीभागवत् र स्वस्थानी किताबका खाली पानामा बुबाका हस्तलिपि हेर्दा त्यस्तै लाग्छ। बुबा सिर्जनशील पनि हुनुहु"दो रहेछ। गणसूत्र मिलाएर शार्दूलविक्रीडित छन्दमा कविता पनि लेख्नुभएको रहेछ। ती श्लोकले आज पनि मलाई बुबाको सम्झना गराउछ।

...

२०३३ को मध्य माघ छ। चिसोले बसिखानु छैन। घामको चिनुमानु छैन। मलाई घरदेखि पर बा"सको झ्याङ्मा लगे। काका नुहाउन थाल्नुभयो। मलाई लुगा फुकाल्न लगाए। नांगैभुतुंगै पारे। तानेर खेतको गरामा लगे। ढुंगामा बसाए र खन्याए चिसो पानीको डेक्ची। म मार हानेर नछिनेको खसीझैं बलले भ्याएसम्म उफ्रिदै कराए। 'आमा ...!' भन्दै चिच्याएर पर भाग्न खोजेछु। फेरि मलाई जबर्जस्ती तानेर ल्याए। दुई जनाले मेरा पाखुरामा समाते। खन्याए ती धर्मान्धहरूले डेक्चीभरिको पानी। भाग्ने कुरा मेरो बुताबाहिर गयो। कखरे पुरेत मलाई आदेश गरिरहेका थिए, 'मिचेर न्वा बाबु!' कसरी मिच्नु? हात ग"गरिएर लाटा भएका थिए। यताउता नजाने। सकीनसकी मयल माडेजस्तो गरेँ। मेरो टाउकोमा पानीको फोहरा बर्सी नै रह्यो । मुटु जमेझै भयो । म नियतिको कुचक्रमा परे।

म नांगेझार छु। ममाथि माघे ठण्डीको पानी डेक्चीबाट ओइर्याइदै छ। रुदै बुरुकबुरुक उफ्रिरहेको छु। कसैले ममाथि दया देखाएको छैन । सोचे– धर्म भनेको यस्तै हुदो रहेछ। बालकलाई पनि नछोड्ने, कठोर। मैले जति नै चिसो पानीले नुहाए पनि मेरा बुबा फर्केर आउनुहुन्थेन। मेरो अधीनमा र बलबुताले भ्याउने भए म हिन्दु नामधारी धर्मको जरोकिलै उखेलेर फालिदिने थिए।

ममाथि पानी खन्याइ"दै गर्दा हजुरआमालाई सम्झिए । उहामलाई अति प्यारो गर्नुहुन्थ्यो। हजुरआमा त्यहा भएको भए 'केटाकेटीलाई चिसो पानी नहाल' भन्नुहुन्थ्यो होला। हजुरआमालाई म आमा भन्थे। आमालाई भाउजू। ठूलो भएपछि पनि भाउजू नै भने।

...

बुबा जागिरे भएपछि म परिवार र गाउलेकै प्यारो भएको थिए। आमा र ठूलो मामाले दोलखाको मेलुङमा लाग्ने बुधबारे हाटमा मलाई पनि लैजानुहुन्थ्यो। खोला र अप्ठ्यारो ठाउँमा मामाले बोक्नुहुन्थ्यो। बीचमा मिल्ती खोला छ। त्यो खोलाले दोलखा र रामेछापलाई छुट्याउछ। सगै हाट गएका गाउ"ले पनि मलाई फुक्र्याउ"थे । बाटो हि"ड्दा मलाई हात हल्लाएर शानसित हिड्न लगाउथे। 'आहा! हल्दारको छोरो क्या राम्रोसित हिडेको! हात हल्लाएको कति सुहाएको!' मैले राम्रो भइदिनुपथ्र्यो। हिड्दा, बस्दा, बोल्दा मेरो बुबाको हल्दारीको इज्जत राखिदिनुपथ्र्यो। म जन्मेकै वर्ष मेरो बुबा जागिरे हुनुभएकोले मलाई सबैले 'यो केटो लच्छिनको छ' भन्थे।

०१३ सालमा मेलुङबाट मेरा हजुरबा बसाइ सरेर रामेछापको फुलासी गएका रहेछन्। मेलुङमा त्यति बेलै ललितबहादुर कार्कीले हाई स्कुल स्थापना गरिसकेका रहेछन्। छोराहरूलाई नपढाएर मेरा हजुरबाचाहि दाउरा, घास, पानीको सुविधा खोज्दै पारिपट्टि गएका रहेछन्। कहाको मेलुङ, कहाको फुलासी। बेलैमा स्कुल खोलिदिएको हुनाले त्यहाका मानिसहरू अहिले राज्यको नीतिनिर्माण तहमा पुगेका छन्। हाम्रो भने उही अठारौं शताब्दीको जर्जर समाजजस्तो छ।

...

बुबा हुदा मलाई सबैले प्यारो गर्थे। बुबा बितेपछि मैले 'टुहुरो' को पदवी पाए। एकदिन पञ्चायती कचहरी भइरहेको ठाउमा एउटा तालुकेले भन्यो, 'धर्मेका छोरा गु भए । अब यिनीहरू बिग्रिए।' म नजिकै खेलिरहेको थिए। त्यो कुराले मेरो छातीमा त्रिशूल रोपियो । मेरो बालमन नराम्ररी चिरियो। त्यहा केही भन्ने आट गरिन। मन पोलिरह्यो। आङमा घाम पनि लागेन। हाय! स्वार्थी दुनियाँ ! धिक्कार छ त"लाई। बुबा हुदा नानी, बाबु थिए । बुबा बितेपछि गु!

उमेरले सानै भए पनि समाजको मेरो स्तरको विश्लेषण गर्न थाले। समाज बलेको आगो ताप्छ। निभ्न लागेकोलाई बाल्न कोसिस गर्दैन। निभेकोलाई त झन् के बाल्थ्यो। बुबा बितेपछि मलाई झन् बढी माया गर्नुपर्ने हो नि! त्यो तालुकेले भनेको मैले नसुनेझै गरेँ। मलाई ठूलै भुइँचालो आएझै भयो। म निरीह थिए। मुटुमाथि ढुंगा राखेर रोए। उमेरमै श्रीमान् गुमाएकी मेरी आमाले झन् कति तीता वचन सहनुपर्यो होल !

...

घरमा गरिबीले सधैं आँ गरेर मुख बाइरहन्थ्यो। चार मुरी धानले वर्ष दिनको अक्षेतादेखि भतेरसम्मलाई पर्याउनुपथ्र्यो। चामलको भातको मुख देख्न तिथिश्राद्ध र दसैं–तिहार नै आउनुपथ्र्यो। म जन्मिदा घरमा धानको गेडा पनि रहेनछ। बुबा लुंगी बेरेर धान खोज्न जानुभएछ। माथि नन्दलाल काफ्ले साहुले तीन पाथी धान दिएछन्। बुबाले लुंगीमै पोको पारेर ल्याउनुभएछ। त्यस्ले मेरो न्वारान अनि आमाको सुत्केरी टरेछ।

खै कस्तो संयोग! पछि उनै नन्दलाल काफ्लेकी नातिनी मेरी पत्नी भइन्।

संघर्षको सहरमा सफलताको वर्षा

'मैले योभन्दा बढी पढाउन नसक्ने भएँ । अरू पढ्नुछ भने काठमाडौं जा, काम गरेर पढ्,' आठ कक्षा पढ्दै गरेका शम्भु श्रेष्ठ बाबुको यस्तो आज्ञा प्रतिवाद गर्ने सामथ्र्य राख्दैनन् । मात्र...

पाखा लाग्दैछन् बागमती भजाउनेहरू

पाखा लाग्दैछन् बागमती भजाउनेहरू

काठमाडौं– बागमतीका नाममा अहिले पनि १ सय ८० संघसंस्था छन्। उनीहरुले कहिल्यै बागमतीको वास्तविक समस्या समाधानमा वकालत गरेनन् तर यही नाममा पैसा मागेर समितिलाई दिक्कै बनाए। 'बागमतीलाई भजाएर खानेहरु आजकाल...

आँसुले ल्याएको सफलता

आँसुले ल्याएको सफलता

'मेरो जीवनमा सबै कुरा छिटोछिटो भयो,' लिली थापाले मधुर आवाजमा भनिन्। १३ वर्षमै एसएलसी सकेकी उनी २८ वर्षमै तीन छोराकी आमा बनिन्। खुसीको आगमन जति छिटो भयो त्यत्ति नै छिटो उनका...

आफू त परियो गोतामे!

नयाँ सडकको पीपलबोट। नेपालको जिउँदो इतिहास। सुस्ताउँदै पत्रिका हेर्नेहरू छन्। भुइँमा र बारमा समेत टनाटन छन्, पत्रपत्रिका र साहित्यिक पुस्तकहरू। बास्ना नै साहित्यको आइरहेछ। बारमा झुन्डिइरहेको 'शिरीषको फूल'ले मलाई सुयोगवीर...

झलमल्ल पुनहिल

झलमल्ल पुनहिल

कोही हिमालतिर क्यामेरा ताकिरहेका। कोही खुशीका आँसु चुहाइरहेका। पुनहिल (३,२१० मिटर) मा हरेक बिहान सूर्योदय र हिमाल हेर्नेहरुको मेलै लाग्छ। त्यहाँबाट धौलागिरी, अन्नपूर्ण, हिमचुली, गंगापूर्ण र माछापुच्छे्र लगायत हिमाल देखिन्छ।

लेख्नु सजिलो छैन

लेख्नु सजिलो छैन

अघिल्लो वर्ष मो यानले नोबल पुरस्कार पाएसँगै मेरो ध्यान पनि चिनियाँ साहित्यतिर तानियो। मैले चिनियाँ साहित्य अध्ययनमा खर्चें। समकालीन चिनियाँ साहित्यमा थुप्रै भिन्न मतहरू रहेछन्। मैले अपेक्षा गरेभन्दा बढी सामाजिक...

अन्तर्द्वन्द्व

अन्तर्द्वन्द्व

'तपाईं यो बच्चाकी आमा?'एउटा नियमित प्रश्न। कसैसँग केही अन्तरंग हुँदा एक वा दुई संवाद साट्नेबित्तिकै ममाथि आइपर्ने प्रश्न। यस्तो प्रश्न– अलिकति स्पष्टीकरणको मौकाका लागि मिठास अनुभव गर्दछु भने उतिखेरै त्यो...

डल्लो

डल्लो

पहिलो दिन : ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो। छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन। कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको...