Monday 19 Jestha, 2077 | June 01, 2020
Menu

नागरिक शनिबार

बोझ होइन बुढेसकाल

  • १५ मंसिर, २०७०
  • उषा पोखरेल
  • DISQUS_COMMENTS
(1 Vote)
बोझ होइन बुढेसकाल
सन् १९८३ मा अमेरिकाको हवाई छँदा अन्तर्राष्ट्रिय फेस्टिभलमा जापानी फिल्म हेरेकी थिएँ– 'ब्यालेड अफ नारायामा'। त्यस बेला हामी (श्रीमान्–श्रीमती) तन्नेरी नै थियौं। घरमा बूढो भएर थला परेका कोही थिएनन्। जापानी समाजमा ७० वर्ष कटेका नागरिकको पीडालाई फिल्मले यसरी प्रस्तुत गरेको थियो कि, फिल्म हेरिसक्दा निकै गम्भीर भइसकेकी थिएँ।
बाबुआमालाई थोरै खानेकुरा दिएर मर्नका लागि जंगल छोड्ने छोराछोरीको चरित्र देखाएको थियो फिल्मले। त्यसले उजागर गरेको धेरै विषय नेपाली समाजसँग मिल्दाजुल्दा थिए। नेपालमा वृद्ध–वृद्धालाई बोक्सीको आरोप लगाएर अपमानित गर्ने कारुणिक अवस्थासँग मैले त्यो फिल्मलाई दाँजेँ।

अमेरिकामै एउटा साथीले आफ्नी आमालाई एल्डरी केयरमा राखेको थियो। त्यो मोडर्न सोसाइटीमा बूढाबूढीको अवस्था झनै खराब लाग्यो। ज्येष्ठ नागरिकलाई अलग्याएर राख्ने चलनले गर्दा बच्चाबच्ची पनि आफ्ना हजुरबुबा÷हजुरआमाबाट टाढा हुन्थे। बूढाबूढीले माया पाएनन्, बच्चाले संस्कार पाएनन्।

हाम्रो शिक्षाले संवेदनशीलता सिकाउँदैन। परिवारको संरचना पनि फेरिन थाल्यो। पुरानो जमानाका बच्चा संयुक्त परिवारमा हुर्कन्थे, परिवार नै पाठशाला बन्थ्यो। नाति–नातिनी हजुरबा हजुरआमाको प्यारो बन्थे। त्यही संगतले उनीहरू संस्कार र सीप सिक्न सक्थे।

मेरो हजुरबा सय वर्ष बाँच्नुभयो। उहाँ ९५ वर्षसम्म त साइकलमा हिँड्नुहुन्थ्यो। मैले उहाँहरूसँग लामो समय बिताउन पाएँ, धेरै सिक्न पाएँ। अमेरिकामा 'ग्रयान्ड प्यारेन्स' भनेको त हाम्रो यहाँ 'गोरु बेचेको साइनो' भनेजस्तै हुँदा रहेछन्। १० वर्ष अमेरिकामा रहँदा मैले हाई स्कुल पढ्नेलाई परामर्श दिने काम पाएँ। त्यति बेला परिवारका ज्येष्ठ सदस्यहरूको आदर गर्नुपर्ने र उनीहरूबाट सिक्नुपर्ने धेरै कुरा बताएँ। देश फर्किएपछि पनि विभिन्न संस्थामा आबद्ध रहेर यही क्षेत्रमा काम गरेँ।

नेपाली कांग्रेसले ज्येष्ठ नागरिकका विषयमा घोषणापत्रमा उल्लेख गर्न भन्दै मलाई केही बुँदा लेखिदिन आग्रह गरेको थियो। राज्यले राख्नुपर्ने कुरालाई मैले दस्तावेजको रूपमा उल्लेख गरिदिएकी थिएँ।

ज्येष्ठ नागरिकको अवस्था गाउँभन्दा सहरमा कारुणिक छ। गाउँमा परिवार र आफन्तले उनीहरूको आदर गर्छन्। समय समयमा भेटघाट गर्ने हुँदा त्यति एक्लोपनको महसुस गर्नु पर्दैन। सहरमा बाबुआमा सँगै राख्दा के भन्लान् भन्ने सोच व्यापक छ। उनीहरूको हेरचाह गर्ने 'कन्फिडेन्ट' धेरैमा नभएको देखेकी छु।

बूढो भएपछि काम गराउनुहुन्न भन्ने सोच गलत हो। सकुन्जेल उनीहरूले चाहेको काम गर्न दिनुपर्छ। काममाथिको उनीहरूको अधिकार खोस्नु हुँदैन। यसले नयाँ पुस्तामा सीप रूपान्तरणको अवसर पनि दिलाउँछ। उनीहरूलाई निष्कृय बनाउँदा रीति र संस्कृतिको पाटो सकिन्छ। दायित्व नदिँदा उनीहरूले आफूलाई काम नलाग्ने भएँ कि भन्ने ठान्छन्। यस्तो भावना पैदा हुन दिनु हुँदैन।

भजन, कीर्तन, सत्संगजस्ता ठाउँ बुढेसकालको गन्तव्य हो। सरकारले त्यस्ता ठाउँलाई व्यवस्थित तुल्याउनुपर्छ। नेपालका वृद्धाश्रम दयनीय अवस्थामा छन्, तिनको सुधार गर्नुपर्छ।

हालै मेरी ९० वर्षीया सासूलाई हेपाटाइटिस बी लाग्यो। यो उमेरमा त्यस्तो रोग लागेपछि निको पार्न निकै कठिन पर्यो। पछि थाहा भयो सत्संगमा संक्रमण भएको रहेछ। यस्ता बुढेसकालको गन्तव्यलाई व्यवस्थित पार्न पहल गर्नु पनि उत्तिकै जरुरी छ।

त्यहाँ दिइने प्रसाद कस्तो अवस्थामा छ, बस्ने ठाउँ, आउने मान्छेको अवस्था आदिमा हेक्का पुर्याउनुपर्छ। छिट्टै रोगले संक्रमण गर्ने अवस्थाका मान्छेलाई तन्दुरुस्त पार्न विचार पुर्याउनुपर्ने पक्ष धेरै छन्।

बुढेसकाल किन कारुणिक ?

– बूढो भएपछि अनुहार परिवर्तन हुन्छ। दाँत बाहिर निस्कन्छ, नाकको हाड अनौठो देखिन्छ, शरीर कुप्रो पर्न थाल्छ, शारीरिक बनोट 'डरलाग्दो' हुन्छ। कान कम सुनिन्छ, स्मरणशक्ति ह्रास हुँदा कुरा दोहोर्याइरहेको सुनिन्छ।

– शरीर कमजोर हुन्छ, सम्झना शक्ति घट्छ। उनीहरू आफू छुटेको अनुभव गर्छन्। कुरा राम्ररी नबुझेपछि प्रश्न गरिरहन्छन्। अनि आफ्नै सन्तानले किचकिचे भनेर हेला गर्छन्।

– बच्चाले कुनै चिज १० पटक सोध्दा पनि आमाबाबुले झर्को नमानी बताइदिन्छन्। बूढो भएका आमाबाबुले कुनै चिज तीनपटक सोधे भने 'ह्या भर्खर बताएको हैन' भनेर झर्कन्छन्।

– बच्चा र वृद्धलाई नुहाउन गाह्रो लाग्छ। बच्चाले नुहाउन नमाने पनि पानी तताएर, फकाएर नुहाइदिएको हामी देख्छौं। तर, 'किन राम्रो हुनुपर्यो र!' भन्दै सफा हुन अल्छी गर्ने बाबुआमालाई कर गरेर नुहाइदिने छोराछोरी कमै हुन्छन्। धेरै जना बुढेसकालमा सफा नदेखिनुको कारण यो हो।

– पहिले आमाबाबुले स्याहारे, हुर्काए। अब हामीले हेर्नुपर्छ भन्ने भावना पर्याप्त मात्रमा जागृत हुन सकेको छैन। वास्तवमा यो सम्बन्धको भूमिका 'रिभर्स' हुन सकेन।

– नेपाली सिरियलहरूमा देख्छु– त्यसले ज्येष्ठ नागरिकलाई सम्मान गर्न सिकाउनु सट्टा होच्याएको झैं लाग्छ। भारतीय सिरियलले सासु–बुहारीको सम्बन्ध परिवर्तन गर्दै छ। हामीले यस्ता कुरामा किन हेक्का नपुर्याउने ?

राज्यको दायित्व

– बूढाबूढी र अशक्तमैत्री यातायात व्यवस्था छैन। ह्विल चेयर नहुँदा छोटो दूरीमा प्रेसर जँचाउन जान पनि सास्ती परेको छ। नेपालमा बस चढ्दा सिँढी उक्लिनुपर्छ। धेरैमा घुँडाको समस्या भएकोले त्यो पनि निकै कष्टकर लाग्छ। हाम्रा सरकारी कार्यालय भर्याङ नचढी नपुगिने खालका छन्। ती ठाउँमा गएर आफ्नो काम सम्पन्न गर्न गाह्रो छ।

यस्ता मानिसलाई काम छिटो गरेर सहयोग गरिदिऊँ भन्ने भावना कर्मचारीमा छैन।

अन्तरिम संविधानले ६० वर्ष कटेकालाई ज्येष्ठ नागरिकको सूचीमा राखेको छ। तर, वीर अस्पतालले ७५ वर्ष नपुगेकालाई सुविधा दिँदैन। देशको एउटा सरकारी अस्पताल पनि ज्येष्ठ नागरिकको लागि आफ्नो बन्न सकेको छैन।

राज्यले महिनाको ५०० भत्ता दिन्छ। त्यसले के गर्ने ? त्यो त दानजस्तो भयो।
महानायकको एक्लो दसैं

महानायकको एक्लो दसैं

अभिनेता राजेश हमाल दसैं आएको र गएको चालै पाउँदैनन्। उनको घरमा 'दसैं कोठा' छ। तर, त्यहाँ जमरा नउमि्रएको एक दशकजति भयो। दुर्गा कवच र चण्डीपाठ गर्न पण्डितहरू आउन छाडे। न...

चार युगका चार सारथि

चार युगका चार सारथि

आधुनिक एथ्लेटिक्समा महत्वका साथ हेरिने म्याराथन दौड कसरी सुरु भयो होला? उत्तर खोज्दै जाँदा एउटा ऐतिहासिक आहान फेला पर्छ। फैडिपिडेस नामका ग्रिसेली सैनिक युद्धमा विजयको खबर दिन म्याराथनदेखि एथेन्ससम्म दौडिएको...

बाइक चोरीको भित्री कथा

बाइक चोरीको भित्री कथा

रातको १२ नाघिसकेको छ। कुकुर अरू रातभन्दा बढी नै भुकिरहेको छ। काठमाडौं मस्त निद्रामा रहँदा दुर्गा श्रेष्ठ भने कुकुरको एकोहोरो भुकाइका कारण ब्युँझन्छन्। साढे एक बजेतिर भुकाइ केही मथ्थर हुन्छ।...

प्राध्यापनबाट परराष्ट्र

प्राध्यापनबाट परराष्ट्र

सचिव र राजदूत समेतका उच्च सरकारी ओहदमा रहेर काम गर्नुभयो, तर यदुनाथ खनालको स्थायी चिनारी 'प्रोफेसर’ हुन गयो। किनभने अंग्रेजी साहित्यमा एमए गरेपछिको उहाँको पहिलो कार्यस्थल त्रिचन्द्र कलेज थियो। जहानियाँ...

जाडोमा फिल्म

तिमी बसेको ठाउँमा अब त जाडो निकै बढिसक्यो होला हगि? जाडोमा धेरै पढ्न, काम गर्न मन लाग्दैन। हात ठिहिर्‍याउँछन्। जाडोमा हिटर बाल्न मजा हुन्छ। गाउँघरतिर अँगेनो वरिपरि झुम्मिएर आगो ताप्न...

लक्ष्मीका पुजारी

लक्ष्मीका पुजारी

अहिलेको तिहारमा व्यवसायी शशिकान्त अग्रवाल त्यति रौनक पाउँदैनन् । 'म सानो छँदाको तिहार पो तिहार !' त्यो बेलाको तिहार रसिलो लाग्नुमा उनीसँग केही कारण छन्। 'नयाँ लुगा सिलाइन्थ्यो, एक हप्ताअघि नै...

संगीत शताब्दी

संगीत शताब्दी

जुद्धशमशेर राणाको पालासम्म नेपाली गीतको खासै लहर थिएन। दरबारका ठूलाबडाकहाँ जम्ने सांगीतिक 'मेहफिल'मा उर्दु र हिन्दी गीत नै धेरै बज्थे। त्यस्तै एक मेहफिलमा बालकृष्ण समको नाटक 'प्रह्लाद' देखाउँदा नेपाली गीत...

बिटल्सका फ्यान

बिटल्सका फ्यान

अफिसको भित्ताभरि अंग्रेजी रक ब्यान्ड 'बिटल्स'को पोस्टर छ। किशोर अवस्थादेखि नै यो ब्यान्डको 'डाई हार्ट फ्यान' हुनुको नातालाई उनले जीवित राखेका छन्। नाङ्लो बेकरीका सञ्चालक श्याम कक्षपति देखिन्छन् पनि– 'बिटल्स'का...