Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

नागरिक शनिबार

घरभित्रै फुटबल

  • २२ मंसिर, २०७०
  • सन्तोष न्यौपाने
  • DISQUS_COMMENTS
(0 votes)
बिहानको चिसोमा धापासीका सुनिल लामा नक्साल पुग्छन्। नक्सालमा चिनिया एम्बेसीको पछाडि एक्स–सेल रिक्रियसन सेन्टर छ। त्यहीँ आइपुग्छन्– दिवाकर, विक्रम, निमा, सुनिल र सुनिलका अरू साथीहरू।


शरीरलाई स्वस्थ र तदुरुस्त राख्न साताको चार दिन फुटबल खेल्छन् यिनीहरू। एक्स–सेल फुटबल खेल्न मिल्ने इनडोर फुटसल हो। 'हामी एक वर्षदेखि यहाँ फुटबल खेल्न आइरहेका छौं,' जोरपाटीबाट आएका निमा लामाले भने, 'यो हाम्रो नियमित अभ्यास पनि हो।'

एक्स–सेलजस्तै केही समयदेखि काठमाडौंमा इन्डोर फुटबल खेल्ने सुविधा भएका फुटसल धमाधम खुलिरहेका छन्। काठमाडौंमा खेल्ने खुला ठाउँको अभाव भइरहेका बेला यस्ता फुटसल केटाकेटीदेखि वृद्धसम्मका लागि आकर्षक ठाउँ बनिरहेको छ।

एकातिर युवाहरू रमाइरहेका बेला अर्कातिर नियमित ट्रेनिङमा व्यस्त थिए, विद्यार्थीहरू।

नियमित अभ्यासका लागि फुटसल आकर्षक ठाउँ बनेको छ। 'हामी हेल्थका लागि नियमित फुटबल खेल्छौं,' आफ्ना साथीहरूका बीच रहेका निमाले भने, 'बाहिर धुलो–धुवाँ छ, खेल्ने ठाउँ पनि छैन। तर यहाँ सुरक्षित पनि छ।' उनको कुरामा अन्य साथीको असहमति छैन।

काठमाडौंमा खेल्ने ठाउँको अभाव र फुटबलप्रेमी धेरै भएकाले फुटसलको ट्रेन्ड आएको बताउँछन्, नेपालमा सबैभन्दा पहिला फुटसल भिœयाउने नवाङ निमा लामा। साढे दुई वर्षपहिले निमाले ठमेलमा पहिलो फुटसल खोलेका थिए। अहिलेसम्म काठमाडौं उपत्यकामा १५–१६ वटा यस्ता फुटसल खुलिसकेका छन्।

साँघुरो काठमाडौंको अलावा फुटसलमा पाइने सुविधाले पनि यसका पारखीको संख्या दिनानुदिन बढ्दै छ। एक्स–सेलका सुपरभाइजर राजेश श्रेष्ठ भन्छन्, 'फुटसलमा दिइने सुविधाले पनि युवालाई आकर्षण गरेको छ।' फुटसलमा चेन्जिङ रुम, आराम गर्ने सुविधा, चिया कफीका लागि क्याफे, साथीभाइ जम्मा हुने उपयुक्त ठाउँ, फुटबलमा चाहिने विभिन्न सामग्री उपलब्ध हुने भएकाले फुटसलमा आकर्षण बढेको हो।

सोखिनका लागि मात्र होइन, फुटबल पारखीका लागि फुटसल नयाँ गन्तव्य हो। नौ वर्ष संकटा क्लबमा फुटबल खेलेर २०३२ सालमा छोडेका पुराना खेलाडी रमेश मल्ल पनि नक्सालमै भेटिए। ६३ वर्षे मल्ल नियमितजसो फुटसल धाउँछन्। 'यहाँ खेलिरहँदा पुराना दिनको याद आउँछ,' कमल थापा डिफेन्ड खेल्दा मिड फिल्डमा खेल्ने मल्लले भने, 'अहिले त एक्सरसाइज र स्वास्थ्यका लागि मात्र आएको हुँ।' एक घन्टा खेल्दा पनि उनी थाक्छन् तर साथीभाइसँग सानो फिल्डमा खेल्दा खुबै रमाइलो लाग्ने उनको अनुभव छ। मल्लकै उमेर पछ्याइरहेका बमबहादुर गुरुङ पनि पसिनाले निथ्रुक्क भएर बसिरहेका थिए। स्याङ्जा घर भएका उनी एक समय कास्कीको डाँफे क्लबबाट फुटबल खेल्थे। ...नियमित फुटबल खेलेको बानी, अहिले पनि रहर लाग्छ,' गुरुङले भने, 'अहिले त जीउ फूर्तिलो राख्न आएको हुँ।'

पुरानामात्र होइन, राजेश श्रेष्ठका अनुसार जुमानु राईदेखि अहिलेका धेरै फुटबल खेलाडीका लागि 'सुन्दर रंगशाला' बनेको छ फुटसल। कहिले टुर्नामेन्ट हुन्छ, कहिले एक्सरसाइजका लागि मात्र। केही समयपहिले भएको साफ खेलकुदका बेला १० दिनको ट्रेनिङ पनि एक्स–सेल फुटसलमा भएको श्रेष्ठ बताउँछन्।

खेलाडीमात्र होइन, फुटसल धाउनेहरूमा फिल्मका कलाकार पनि छन्। ...मौन' फिल्मका कलाकार युनिटले फिल्म प्रमोसनका लागि फुटसलमा फुटबल खेलेका थिए।

केटाकेटीका लागि पनि फुटसल उपयुक्त ठाउँ बनेको छ। नवाङ निमा लामाका अनुसार बच्चा लिएर फुटसलमा आउने अभिभावक धेरै हुन्छन्। अभिभावक पनि खेल्न पाउने, बच्चा पनि खेल्न पाउने। निमाले १२ वर्षमुनिका बच्चालाई फुटबल ट्रेनिङ पनि दिन्छन्, यही फुटसलमा।

नक्साल पुग्दा अर्को फिल्डमा खेल्दै थिए, ब्रिटिस कलेज पानीपोखरीका विद्यार्थी। समूह–समूह बनाएर आएका विद्यार्थी। 'यो हाम्रो ट्रेनिङ हो,' ए लेभल पढ्दै गरेका प्रसुन श्रेष्ठले भने, 'ट्रेनिङ गर्नुपर्‍यो भने यस्तै फुटसलतिर आउँछौं।' कलेजको ट्रेनिङमा मात्र होइन अरू बेला उनीहरू फुटबल खेल्न फुटसल धाउने गर्छन्।

यसरी भित्रियो फुटसल

साढे दुई वर्षपहिले नवाङ निमा लामा थाइल्यान्ड गएका थिए। त्यहाँ पढ्दै गरेको भाइलाई भेट्न गएका उनी नयाँ ठाउँ पुगे, जहाँ घरभित्रै फुटबल खेलिन्थ्यो। त्यसैलाई भनिँदो रहेछ– फुटसल। उनीहरूले पनि त्यहाँ फुटबल खेले।

नयाँ ठाउँमा फुटबल खेल्दै गर्दा उनको मनमा झट्ट एउटा कुरा आयो– फुटसलमा फुटबल खेल्ने चलन त नेपालमा सुरु भएकै छैन। नेपालमा पनि फुटसल भिœयाउन कसो नसकिएला!

त्यही बेला उनले यताउता बुझे। थाइल्यान्ड, सिंगापुरजस्ता देशमा फुटसल बिजनेस धेरै फस्टाएको रहेछ। 'थाइल्यान्डको एउटा टोलमा फुटसलको अवधारणा रहेछ,' लामा भन्छन्, 'त्यो बेला थाइल्यान्डमा तीन सयभन्दा धेरै फुटसल भएको जानकारी पाएको थिएँ।'

लामा नेपाल फर्किएपछि थाइल्यान्डमा जस्तै फुटसल खोल्ने विचार गरे। चल्ने हो/होइन उनी दोधारमा थिए। 'मैले लगभग साढे एक वर्षजति रिसर्च गरेँ,' लामा भन्छन्, 'राम्रो लोकेसन खोज्दा पनि धेरै समय लाग्यो।' यताउता बु‰दा काठमाडौंमा फुटसल चल्छ भन्ने लाग्यो उनलाई।

फिल्म हेर्ने, पुल खेल्ने, पौडी खेल्ने, जिम जाने मान्छे त हुन्छन् भने फुटसलमा किन नआऊलान्? फिजिकल फिटनेसका अन्य व्यवसाय चलिरहेका छन् भने फुटसल कसो नचल्ला? उनले निष्कर्ष निकाले। 'मिडल क्लास मान्छे फुटसलमा आउँछन् भन्ने लागको थियो,' निमाले भने, 'त्यही समूहलाई टार्गेट गरेर फुटसल खोल्ने विचार गरेँ।'

फुटसल सञ्चालन गर्ने उपयुक्त ठाउँका लागि उनी निक्कै भौंतारिए। उनी चाहन्थे– भीडभाड र सबैलाई उपयुक्त ठाउँ होओस्। त्यस्तै ठाउँ भेट्टाए– ठमेलको जिए हल।

फुटसल सुरु गर्न उनले धेरै विज्ञापन गर्नैपरेन। सामाजिक सञ्जालबाटै उनले फुटसलबारे जानकारी गराए। सुरुमै कसरी आकर्षित गराउने? उनी अन्योलमा थिए। तर उनले सोचेभन्दा फरक भयो। फुटसलमा फुटबल खेल्न आउनेको कमी भएन। व्यवसाय विस्तारै फस्टाउँदै गयो। यसैको प्रतिफल, उनले बौद्धमा पनि अर्को फुटसल खोलिसकेका छन्।

साढे दुई वर्षयता काठमाडौंमा १५–१६ भन्दा धेरै फुटसल खुलेको उनको अनुमान छ। आफूले सुरु गरेको व्यवसाय विस्तार हुँदै गएकोमा उनी खुसी छन्। 'बिजनेस गर्नुभन्दा फुटसलको प्रमोसन गर्नु मेरो उद्देश्य थियो,' लामाले भने, 'अहिले पनि यसैमा लागिपरेका छौं।'

लामा अहिले फुटसल प्रमोसनमा छन्। नयाँ फुटसल खोल्नेलाई आवश्यक सामग्री उपलब्ध गराउँछन्। कसरी सञ्चालन गर्ने, सरसल्लाह दिन्छन्।

फुटसल खोल्ने लहर काठमाडौंमा मात्र नभएर उपत्यकाबाहिर पनि सुरु भइसकेको छ। पोखरामा दुईवटा फुटसल सञ्चालनमा छन्। 'अन्य सहरबाट पनि यसको माग आइरहेको छ,' उनले भने।

फुटसलले व्यापकता पाउँदै गइरहे पनि सबैले अन्तर्राष्ट्रिय मापदण्डमा बनाउन नसकेको लामा बताउँछन्। 'आवश्यक खुल्ला ठाउँ र उपयुक्त सामग्रीविना केही फुटसल खुलेका छन्, यो राम्रो होइन,' उनी भन्छन्।

के हो फुटसल

फुटसल फुटबल खेल्न इन्डोरमा बनाइएको खेल मैदान हो। कृतिम दुबो (टर्फ) राखेर फुटबल ग्राउन्डजस्तै मैदान बनाइएको हुन्छ। आफूलाई मन लागेका बेला यहाँ निश्चित रकम तिरेर फुटबल खेल्न पाइन्छ।

आफ्नो स्वास्थ्य, मनोरञ्जन वा अभ्यासका लागि फुटसलमा फुटबल खेल्न सकिन्छ। समयअनुसार विभिन्न फुटसलको भाडा १२ सयदेखि २२ सयसम्म छ। धेरैमा १० जनाको समूहमा एकपटक फुटबल खेल्न पाइन्छ।

आयुमा जीवन थप्ने चाड

तिहारलाई हामी यमपञ्चक भन्छौं । कात्तिक कृष्ण त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनको यो पञ्चक पर्व काग तिहारबाट प्रारम्भ भएर कुकुर तिहार, गाई तिहार (लक्ष्मी पूजा), गोरु तिहार (...

प्रक्रियामा विश्वास

डा. भगवान कोइरालामतदाता, काठमाडौं क्षेत्र नम्बर– ५आम नेपाली मतदाताझैं चिकित्सक डा. भगवान कोइराला पनि मंसिर ४ मा हुने दोस्रो संविधानसभाको चुनावमा भोट हाल्न आतुर छन्। आफूले चाहेको उम्मेदवारलाई जिताएर संविधानसभामा...

पूजा गर्न मात्र होइनन् नयराजका कृति

पण्डित नयराज पन्तको १०१ औं जन्म जयन्तीको स्मृतिसभा गत शनिबार नक्सालको 'क्राउन प्लाजा' भन्ने होटलको सभाकक्षामा सम्पन्न भयो। त्यस समारोहको सभापतित्व गर्न न्यायाधीश शेषराज सिवाकोटीले मलाई आग्रह गर्नुभएको थियो।

असललाई मेरो भोट

सुनिल पोख्रेल, रंगकर्मी मतदाता, ललितपुर क्षेत्र नम्बर ३ चुनावमा मत राख्न पाउनु मेरो अधिकार हो। अहिलेको चुनावप्रति म केही उत्साहित छु, केही निराश। चुनावकै मुखमा देशका धेरै ठाउँ घुम्ने मौका...

पन्ध्र सालकै जस्तो जनलहर

काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसको पक्षमा देखिएको जनलहरले ९० वर्ष टेक्नै आँटेका माधवकुमार रिमाललाई पहिलो संसदीय निर्वाचन २०१५ को सम्झना गराउँछ।

आत्मघाती गोल

आत्मघाती गोल

जाडो दिन ढल्दै थियो। हाम्रा टिम क्याप्टेन चौधरीले हामीलाई 'हट लेमन विथ हनी' खुवाइरहेका थिए। राष्ट्रिय गौरवको हाम्रो टिम एउटा अनाम भट्टी स्टाइलको क्याफेमा भेला भएको थियो। तीन महिनादेखि तलब...

दयावान् दयाराम

बिहीबार दिउँसो १२:१० बजे।आदर्श सौलः युवक उच्च मावि, बुङ्मति, ललितपुर।एक सुस्त बालक विद्यालय प्रांगणमा धसि्रँदै यताउता गरिरहेका छन्। मुखको कुनाबाट अविरल र्‍याल बगिरहेको छ, तर पुछ्न सक्दैनन् या जान्दैनन्। शारीरिक...

'जाली फटाहालाई छाडिन्न'

'जाली फटाहालाई छाडिन्न'

काठमाडौं– 'जग्गा अधिग्रहणले बागमतीको नक्सा नै बदलिएको छ।'यो भनाइ हो, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख गजेन्द्रकुमार ठाकुरको।उनी बुधबार दिउँसो आफ्नो टोलीसँग मीनभवनस्थित विश्व निकेतन स्कुल क्षेत्र आइपुगेका...