Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

नागरिक शनिबार

डाकु आयो—डाकु आयो, फुस्सा...

  • २२ मंसिर, २०७०
  • सौरभकिरण श्रेष्ठ
  • DISQUS_COMMENTS
(0 votes)
मलाई कुकुर मन पर्दैन । त्यसमा पनि यो छाउरो खैरे त पटक्कै मन पर्दैन। जहाँ मनलाग्यो त्यही घरिघरि सू सू र आची गर्छ। मोजा पायो कि च्यूइंगम चपाएझैं चपाएर प्वालैप्वाल पारिदिन्छ। मैले त त्यस्तो जंगली कुकुरलाई नपालौं भनेकै हुँ, तर के गर्ने? खैरे भनेपछि बाबाआमा हुरुक्कै हुन्छन्।


यसो भन्दैमा म कहाँ चुप लागेर बस्छु र? खैरेलाई धपाउन कुनै न कुनै जुक्ति लगाइहाल्छु नि। म यस्तै सोच्दै थिएँ, अचानक मेरो आखाँ खैरे भएतिर पुग्यो। त्यसै बेला खैरे जिब्रो लपलपाउँदै लुसुक्क चर्पीभित्र छिर्‍यो। हो, यही बेला मेरो घैंटामा बत्ती बल्यो।

'छ्या... आमा, खैरेले त आची पनि खान्छ जस्तो छ। हेर्नुहोस् त त्यो चर्पीभित्र छिरेको।' मैले घिनाउँदै भने, 'यस्तो आची खाने कुकुरलाई के पाल्नू? छ्या छ्या छ्या, छिः छिःछिः!'

'हो र!' मेरो कुरा सुनेर ममीले दंग पर्दै भन्नुभयो, 'कुकुर भनेको यस्तो पो हुनुपर्छ, बुझ्यौ? यो त उम्दा जातको कुकुर पो रहेछ। घर ल्याएर तालिम दिन पनि भ्याएको छैन चर्पी जान पनि जानिसकेछ। हि हि हि! बरु तिमीलाई सिकाउन मलाई कम्ता दुःख भएको थिएन। तिमीलाई चर्पी जान सिकाउन मलाई पाँचपाँच वर्ष लाग्यो। बुझ्यौ?'

भो पुग्यो। मैले जिन्दगीमै नपाएको जवाफ आमाबाट पाएँ। खैरेलाई धपाउने योजना एकपल्ट विफल भएकोले म त्यहाँबाट हिँडेँ।

साँझपख ढोकाको घन्टी बज्यो। घरभित्र कुकुरको भुकाइ गुञ्जियो। म उत्सुक भएर ढोका खोल्न गएँ। मेरोअगाडि एकजना अनौठो मान्छे झोला बोकेर उभिरहेको थियो। उसले हातमा रबरको पञ्जा लगाएको थियो। खानीको सुरुङमा काम गर्ने मानिसले झैं निधारमा टर्च–बत्ती बाँधेको थियो। पहेँलो प्लास्टिकको क्याप लगाएको थियो। डाक्टरले लगाउनेजस्तो सेतो कपडा, एप्रोन लगाएको थियो। मैले उसलाई चिन्नै सकिनँ। तर ऊ भने मलाई चिनेझैं गरेर हाँसिरहेको थियो।

भित्र भान्छाबाट 'भौ भौ' आवाज आइरहेको थियो। त्यो मान्छेले निधारको टर्च बाल्यो र ढोकाभित्र चिहाउँदै सोध्यो, 'कुकुर भुकिस्या हो? म डाकु आएको छ भनिदेऊ न।'

'ए बाबा काशिनाथ! मान्छेलाई भन्दा कुकुरलाई सम्मान गर्ने यो कस्तो डाकु हो? एकजना डाकुसँग आमनेसामने भएर बोल्नुपर्दा मेरो मुखै सुक्यो। के थाहा उसले झोलाबाट स्वाट्ट पेस्तोल वा बम झिक्यो भने के गर्ने?

'डाकु! डाकु! डाकु आयो!' म दौडेर भान्छाकोठामा पुगेँ। म अत्तिएको देखेर बुबाआमा पक्क पर्नुभयो।

'बुबा बाहिर डाकु आएको छ। त्यो भुक्ने कुकुरसँग भेट्छु भन्दै छ,' मैले डराउँदै भने। मेरो कुरा सुनेर बुबाआमाको अनुहार एकाएक पहेँलो भयो।

'कुकुर भुकेको आवाज सुनेर चोरडाँका भाग्ला भनेको त! झन् डाकु घरमै आयो?' बुबाले रुन्चे स्वरमा भन्नुभयो।

'तपाईं त कस्तो पिन्चे छ्या!' आमा जंगिनुभयो। एक हातमा डाडु अनि अर्को हातमा पन्यू उज्याउँदै आमा अघिअघि हिँड्नुभयो। म पनि के कम, नजिकैको कुचो बोकेर आमाको पछिपछि लागेँ।

डाकुलाई देख्नासाथ आमाले उसलाई झम्टिहाल्नुभयो। आमाले उसको टाउकोमा डाडु र पन्यू बजाइहाल्नुभयो ट्वाङ ट्वाङ। डाकु भुइँमा लड्यो। अनि आमाले दुवै हात कम्मरमा राख्दै रिसाउँदै सोध्नुभयो, 'तँ को? के खोजेको?'

'म डाकु, डाक्टर कुकुर हेर्ने क्या। भर्खर तपाईंको घरमा कुकुर भुकेको सुनेँ। त्यसैले यसो कुकुरको बारेमा बुझौं भनेर आएको हुँ। साँच्चै, तपाईंले कुकुरलाई रेविजको खोप दिनुभएको छ कि छैन। त्यसलाई कुनै रोग लागेको पो छ कि? कुकुरको बानी व्यहोरा कस्तो छ?' डाकुले मुसुक्क हाँस्दै दुवै हात जोड्दै सोध्यो।

'त्यो छाउरोले गर्दा म त हैरान भइसकेँ। यसले जे पनि खान्छ अनि जहाँजतै सूसू र आची गर्छ। त्यसले गरेको फोहोर सफा गर्दैमा हैरान। लौ न डाकुजी तपाईंसँग त्यस्तो कुनै औषधि छ, जुन खाएपछि खैरेले जे पायो त्यही नखाओस् अनि जहाँ पायो त्यहीँ आची पनि नगरोस्,' मैले विनम्र स्वरमा भने। मेरो कुरा सुनेर बुबाले तर्केर हेर्नुभयो। मैले पनि बुबालाई नदेखे झैं गरेँ।

'यदि खान र आची गर्न नदिने हो भने कुकुर नपाल्नु नै बेस। बुझ्नुभयो?' डाकुले हाँस्दै सुझायो।

'बुबा, यो डाकुजीले भनेझैं बरु कुकुरै नपाल्ने पो हो कि! बेकारमा खान पनि दिनुपर्छ अनि त्यसको फोहोर पनि सोहोर्नुपर्छ,' मैले बुबालाई फकाउँदै भने। बुबा एकछिन घोरिनुभयो। मेरो कुरामा बुबा सहमत हुन लाग्नुभएझैं देखिएको थियो, त्यो डाकुले भन्यो 'तर मसँग एउटा सुई छ। त्यो सुई लगाएपछि कुकुरले कोठाभित्र आची गर्दैन, बरु सधैं बाहिर चौरमा गएर गर्छ। के त्यो सुई लगाइदिऊँ। लगाइदिऊँ है?'

डाकुको कुरा सुनेर बुबा फुरुंग गर्दै कुकुर लिन भित्र जानुभयो। फाल्नुपर्ने कुकुर, यो डाकाले गरेर फेरि घरभित्र बस्ने भयो भनेर म निराश भएँ। जब बुबाले खैरेलाई बाहिर ल्याउनुभयो तब डाकुले जिल्ल पर्दै भन्यो, 'आपुई! यत्रो सानो कुकुरले यस्तो ठूलो आवाजमा भुकिसिन्छ? अविश्वसनीय। हेर्दा त भुस्या होइसिन्सजस्तो छ।' सिसीबाट सुई भर्दै डाकुले बुबालाई बलियोसँग कुकुर समाउन भन्यो। बुबाले खैरेको टाउकोतिर र मैले पछाडिको खुट्टातिर बेस्करी समात्यौं। डाकुले कुकुरको पछाडिको तिघ्रा मुसारेर सुई लगाउन तयार भयो।

जब डाकुले सुई पसाउन खोज्यो तब जिन्दगीमै नसोचेको घटना भयो। खैरे बेस्करी चल्यो र लात्ती हान्दै उफ्रियो। डाकुको हातबाट सुई फनक्क घुमेर उसकै नाडीमा घुस्यो। 'एैया!' डाकु जोडले करायो। त्यसैबेला बुबाले पनि अत्तिदै खैरलाई छोडिदिनुभयो। खैरे डाकुमाथि जाइलाग्यो।

'बाफ रे बाफ!' डाकु चिच्याउँदै त्यहाँबाट कुलेलाम ठोक्यो।

यो घटनाले गर्दा हाम्रोे जिन्दगीमा तीनवटा कुरा पक्का हुने भयो :

१. डाकु फेरि हाम्रो घर आउने छैन।

२. सुईको कारण अबदेखि डाकुलाई आची गर्न खुला चौर जानुपर्ने हुन्छ।

३. खैरेलाई धपाउने कुरा मेरा लागि सोचेजति सजिलो हुने छैन। उफ्...!

'सबैलाई प्यारो, अतेलाई गार्‍हो' परिच्छेद–पुस्तक हास्यशृंखलाबाट उद्धृ्रत
मान गुमाइरहेका प्रतिष्ठान

मान गुमाइरहेका प्रतिष्ठान

विधागत उन्नतिका निम्ति एउटा प्रतिष्ठान पर्याप्त भएन भन्ने आवाज २०४६ सालको परिवर्तनसँगै उठेको हो। त्यसैले उतिबेलैदेखि विधागत विशेषताअनुसार प्रतिष्ठान बनाउने प्रयत्न सुरु भयो। तर गणतन्त्र ल्याइएपछि मात्र त्यस आवाजले मूर्तरूप...

सरकारी अस्पताल, सास्ती र सुस्तीको घर

सरकारी अस्पताल, सास्ती र सुस्तीको घर

काठमाडौं-बिरामी लिएर अस्पताल पुग्ने आफैं बिरामी भएर फर्कन्छन्, उपचारको पालो कुर्दाकुर्दै कति बिरामीको मृत्यु हुन्छ। भनसुन गराउन सके शैया पाइन्छ, नसके निजी अस्पतालको रेफर लिएर फर्कनुपर्छ।

त्यो बालापन

९५ वर्ष पुग्नै लागेका संस्कृतिविद् सत्यमोहन जोशी बिहानीको तातो घाम खोज्दै आँगनमा रहेको सोफामा बसे। अग्ला घर छिचोल्दै घामका किरण आँगनमा छरिएका थिए। सहर यस्तो भइसक्यो, निर्वाध घामका किरण आँगनसम्म...

बोझ होइन बुढेसकाल

बोझ होइन बुढेसकाल

सन् १९८३ मा अमेरिकाको हवाई छँदा अन्तर्राष्ट्रिय फेस्टिभलमा जापानी फिल्म हेरेकी थिएँ– 'ब्यालेड अफ नारायामा'। त्यस बेला हामी (श्रीमान्–श्रीमती) तन्नेरी नै थियौं। घरमा बूढो भएर थला परेका कोही थिएनन्। जापानी...

कटाक्षमा हुर्किएका 'हुरीका चल्ला'

कटाक्षमा हुर्किएका 'हुरीका चल्ला'

थ्रिलरका गीतहरूले संसारमा राज गरिरहेका बेला काठमाडौंमा भीम तुलाधर उदाए। लामो कपाल, कालो गगमाथि कालै ड्रेस लगाएर स्टेजमा उक्लिँदा कसैले माइकल ज्याक्सनलाई सम्भि्कए त कसैले एलोसपेर्सीलाई। 'मायालुलाई...' जब उनी गिटार...

सत्ता परिक्रमामा अल्झेको संस्कृति

'पण्डित ओमकारनाथजी आफ्नो एउटै गीतबाट जति प्राप्ति महशुस गराउन सक्छन्, म अनेकौं भाषणबाट पनि त्यस्तो प्राप्ति महशुस गराउन सक्दिन।' महात्मा गान्धीले शास्त्रीय गायक ओमकारनाथ ठाकुरको कलाकारितामाथि त्यस्तो उच्च भावको टिप्पणी गरेका...

लोक सेवाका गुरु

लोक सेवाका गुरु

चुडामणि शर्मा, शान्तराज सुवेदी र हरि बस्याल एक समय निकै चर्चामा थिए । शर्माले लोक सेवा परीक्षामा एकैपटकमा सात ठाउँबाट नाम निकाल्दा उनका साथी सुवेदी र बस्यालले पाँच–पाँच ठाउँबाट नाम...

अनुभूतिका किनारामा

अनुभूतिका किनारामा

मैले कवितालाई हृदय धुने सत्यको रुपमा लिंदै आएको छु। समयलाई प्रकाश प्रदान गर्ने कविताको सत्यलाई आत्मसात गरिरहेको छु। रंगमञ्चमा उभ्याएर शिल्पीलाई उनको आराधनालाई सम्मान प्रकट गर्न समय रोजिरहेको छु।