Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

नागरिक शनिबार

स्वर्गको एक टुक्रा मनाङ

  • २२ मंसिर, २०७०
  • रामदेवी महर्जन
  • DISQUS_COMMENTS
(1 Vote)
हिमालको काखमा छ सानो मेरो गाउँ

पर्वतकी छोरी हुँम पार्वती हो नाउँ,

शिरमा गंगापूर्ण, अन्नपूर्ण र तिलिचो पिक। चट्टानका पहराबीचमा कलकल बगेकी मर्स्याङदी नदी। बीचमा झुरुप्प गाउँ। नजिकै स्तूपा। मनाङ पुग्दा साँझ ५ बजेको थियो। अस्ताउँदो सूर्यका किरण अन्नपूर्ण र गंगापूर्णका टुप्पामा छरिँदा सुन टल्किएझैं लाग्यो। स्वर्गको सानो टुक्रा रहेछ मनाङ।


मनाङ गेटबाट छिर्नेबित्तिकै देखिएको प्राकृतिक सौन्दर्यमा रमाउँदै हामी गुनगुनाउन थाल्यौं, 'हिमालको काखमा छ...। पिसाङदेखि नै कहिले अगाडि र कहिले दायाँ–बायाँ पार्दै हिँडेको हिमाल मनाङ आइपुग्दा हातैले छुन सकिएला जस्तो देखियो।

प्रकृतिप्रेमी समूहको आयोजनामा 'आफ्नो स्वास्थ्य आफ्नै हातमा र उचित आहार, विहार र विचार अभियान' अन्तर्गत हामी ११ दिने पदयात्राको पाँचौ दिन मनाङ पुगेका हौं। संसारकै उत्कृष्ट पदमार्गमा पर्ने अन्नपूर्ण सर्किटको पदयात्रा लमजुङको बेंसीसहर, धारापानी, मनाङ सदरमुकाम चामे, मनाङ भ्याली, थोराङ–ला, मुक्तिनाथ हुँदै अघि बढ्छ।

डा. उमेश श्रेष्ठको अगुवाइमा कात्तिक ३१ गते हामी ललितपुरबाट बसमा बेंसीसहर लाग्यौ। बाटोमा गाडी बिग्रँदा साँझमात्र बेंसीसहर पुग्यौं। एक रात त्यहीँ बसेर बिहान जीपमा हामी च्याम्चे गयौं।

नीलो आकाश, दायाँ–बाया" आकाशै छुन खोज्ने हरिया डाँडा, बीचमा कच्ची बाटो। तल मर्स्याङ्दी नदी। डाँडा फेदमा गाउँलेको मेहनत गह्रागह्रामा झुलिरहेको थियो। बेंसीसहरदेखि च्याम्चेजाँदा बाटोमा देखिएका दृश्यले आँखा र मनलाई शीतल बनायो।

साँच्चै संसार एउटा खुल्ला किताब हो। घुमघाम नगर्नेले यसको एक पानामात्र पढ्छ। घुम्नेले सिंगै पुस्तक पढ्छ। हाम्रो देश सानो छ तर प्राकृतिक सौन्दर्यले धनी छ। घुम्टोभित्रकी दुलहीजस्तै। हामीले ठाउँ–ठाउँमा जीप रोकेर तस्बिर खिच्यौं। ड्राइभर भाइ मिजासिला रहेछन्, हामीलाई गाइड गरे। नेपाल पढ्दै छौं जस्तो लाग्यो हामीलाई।

बिहान ११ बजे च्याम्चे पुग्यौं। गुरुङ बस्ती। दूध खोलामा पहिरो गएकाले चामेसम्म जीपमा जान सकेनौं। होटलमा खाना खाएर १२ बजे हाम्रो पदयात्रा सुरु भयो। नदी किनारै–किनार। च्याम्चे झरनाको पानी दूधजस्तै सेतो थियो। झरनाबाट उडेर आएको चिसो हावाको स्पर्शले शरीरलाई चिसो बनायो। हामीले निकै फोटा खिच्यौं त्यहाँ। झरनाको पानी छुँदा लुगा भिज्यो। जुत्ता भिज्यो। अलिक पर अर्को झरना पनि भेटियो।

च्याम्चे (१,३८५ मिटर) बाट धारापानी (१,९०० मिटर) पुग्न ११ किमि हिँड्नु थियो। बाटोमा शिलालेख भेट्यौ। नेपाली सेनाले सडक खन्दा ६ जवानको मृत्यु भएको त्यसमा लेखिएको थियो। चट्टान फोरेर बनाइएको छ बाटो। ती सैनिकप्रति श्रद्धा जागेर आयो।

अलिक हिँडेपछि ताल गाउँ पुग्यौं। हेर्दा समुद्री टापुजस्तै देखिने बस्ती रहेछ ताल। पारिपट्टि चट्टानलाई चिरेर बगेको भरना झन् कति राम्रो! हामी त्यहाँबाट हिँडेर साँझ ५ बजे धारापानीको इको हिमालयन होटल झोला बिसायौं।

किचनमा खाना पाक्दै थियो। नजिकैका झरना र मर्स्याङ्दीको चिसो हावाले हाम्रो नाकमा हान्यो। शेरबहादुर दाइ गाउन थाले–

बिहान उठ्नासाथ एकलिटर पानी पिउँकी

पेट सफा हुने गरी दिशा खलास हुन दिउँकी

आफ्नो स्वाथ्य आफ्नै हातमा

न औषधि न रोग साथमा।

सानुकाजी महर्जन र शेषनारायण दाइले मादल र डम्फु बजाए। हामी नाच्यौं। एक छिन नाचेपछि जिउ तात्यो।

बिहान उठ्नेबित्तिकै मनतातो पानी पियांैै। यसरी पिउ"दा दिसा खलाँस हुन्छ। शरीरमा फोहोर जम्मा हुँदैन। कब्जियत हुँदैन। मोटोपन हुँदैन। हाम्रो समूहले बहुदिने पदयात्रामा प्रकृतिमा रहेको स्वास्थ्यका सरल नियम पालना गर्दै गाउँ गाउँमा स्वस्थ्य ज्ञान फैलाउँछ।

६ बजे धारापानी होटल छाड्यौं। अगाडि गुजुमुज्ज बस्ती रहेछ। प्रायः घरमा होटल र लज। अनि सानो बगैंचा। सयपत्रीले पहेँलपुर।

दानाक्युबाट उकालो सुरु भयो। बाटामा धेरै विदेशी भेट्यौं। सबैलाई नमस्ते गर्दै हिँड्यौ। धारापानी (१,९०० मिटर)बाट चामे (२,७१० मिटर) पुग्नु थियो। जंगलको ठाडो उकालो, बल्ल शरीरबाट हल्का पसिना निस्कन थाल्यो। छिन–छिनमा सेतो कुहिरोले सूर्यलाई लुकाइदिँदा चिसो हुन्थ्यो। देउराली हुँदै तिमाङ पुग्दा हुस्सुले नजिकको मान्छेसम्म देख्न गाह्रो भयो। ठाउँ–ठाउँमा पानी र फलफूल बे्रक गर्दै हिँड्यौं।

हाम्रो २९ जनाको समूह देखेर सबै अचम्म मान्थे। दिउँसो १ बजे चामे पुग्यौं। गुजुमुज्ज घर। होटलअगाडि बगैंचा। बजार रहेछ चामे। माने र स्तूपा बाटैभरि। हामी पुल तरेर अन्नपूर्ण होटल गयौं। हाम्रा गाइड जापान दाइ र अनिल श्रेष्ठ पहिल्यै पुगेर खाना अर्डर गरिसकेका थिए। धारापानीबाट १७ किमि दुरीमा चामे (२,७१०मिटर)। खाना खाँदाखाँदै झरी पर्‍यो। हामी चामेमै रोकियौं।

हामी ३ वटा होटलमा बाँडियौं। आठ जना केटी भने खाना खाएकै ठाउँमा कुइसाङ दिकीको होटलमा बस्यौं। २० जनासम्म राख्न सक्ने होटल रहेछ। हामी भान्छामा उहाँसँग गफियौं। साँझ तातोपानी मुहानमा गयौं। सानो पोखरी रहेछ। पाँच जनाजति मात्र बस्न मिल्ने। हामी हातखुट्टा भिजाएर बजार डुल्न निस्कियौं। पदयात्राको सिजन भएकाले सबै होटल भरिभराउ थिए।

बिहान ७ बजे हिँड्न सुरु गर्‍यौं। हाम्रो गन्तव्य अपर पिसाङ (३,३०० मिटर)। चामेबाट १४ किमि दुरीमा। करिब १० किमि हिँडेपछि ढिकुरपोखरी। सफा बस्ती। त्यहाँ देखियो आँखाले नभ्याउने मैदान। हामी करिब २ बजे पिसाङ पुग्यौं। अघिसम्म हरिया मैदान र चट्टानमात्र देखेका थियौं। पिसाङमा सेतो हिमाल देखियो।

ढुंगा र माटोले बनेका घर। बस्तीमाथि गुम्बा। फ्रेस भएर गुम्बामा पुग्यांै। भित्र 'हिंसाले होइन प्रेम करुणा र भाइचाराले मात्र मानव कल्याण हुन्छ' भन्ने सन्देश दिने महामानव बुद्धको मूर्ति रहेछ। आज हामी बुद्ध मार्गमा हिँड्नु पर्ने भएको छ। दुई हात जोडेर सबैतिर शान्तिको कामना गरेँ। सबैको मनमा करुणा र सहयोगको भाव जागोस् भनेँ।

बिहान ७ बजे पिसाङबाट अघि बढ्यौं। आजको बास मनाङ भ्यालीमा। एक घन्टा हिँडेपछि घ्यारु पुल पुग्यौ। बिस्तारै उकालो चढ्यौं। उकालोमा बिस्तारै उचाइ लिनुपर्छ। छिटोछिटो चढे स्वाँस्वाँ बढेर लेक लाग्ने डर हुन्छ। मुख बन्द गरेर लामो स्वास फेर्दै तातो पानी खाँदै आराम गर्दै बिस्तारै चढ्नुपर्छ।

एक घन्टा उकालो पछि घ्यारु (३,६८४) पुग्यौं। अन्नपूर्ण चौंथो हिमाल देख्दा थकाइ भाग्यो। जता क्यामेरा तेर्साए पनि उत्तिकै सुन्दर दृश्य। टिभीमा देखेका दृश्य आँखाअगाडि देख्दा मन खुसीले नाच्न थाल्यौं। नेपाली हुनुको गर्वले छाती ढक्क फुल्यो। त्यहाँबाट ङ्यावल, भ्राका हुँदै साँझ मनाङ गेट पुग्यौं।

ढुंगा र माटोले बनेका एकैनासका घर, एकै ठाउँमा गुजुमुज्ज परेर बसेको, जस्ताका छाना, छानामा दाउरा चाङ। बौद्ध मन्त्र लेखिएका झन्डा। ढुंगा ओछ्याइएका सफा सडक। थोराङ्–ला पास गर्ने पदयात्री एक्लमटाइज हुन यहाँ दुई रात बिताउँछन्।

मनाङ एउटा भ्याली हो। त्यहाँ विदेशीको चहलपहल थियो। सानो ठमेलजस्तै। पर्यटकलाई चाहिने सबै चिज पाइन्छ त्यहाँ। विदेशी धेरै भएकाले बास पाउन गाह्रो भयो। हामी होटलमा बाँडिएर बस्यौं। राजु मानन्धर र अनिल भाइ एक्याप कार्यालयमा सुत्नुभयो।

राती र्र्यालबाट पर्दा उघारेर हेरेँ, राति पनि अन्नपूर्ण र गंगापूर्णको उज्यालोले गाउँ नै झलमल्ल थियो। हिमाललाई आँखाभरि राखेर न्यानो कम्बल ओढेर सुतेँ। थोराङ–ला (५,४१६ मिटर) चढेको सपना देख्दै।

साँच्चै प्रकृतिको सृष्टि कति सुन्दर छ! नेपाल हिमाल, पहाड र तराइको संगम। विडम्बना! बुद्ध वचन बिर्सेर हामी स्वार्थपूर्तिमा लागेका छौं। मनाङजस्ता सुन्दर गाउँ देशभर छन्। जहाँ पर्यटन विकास गर्न सकिन्छ।

थरीथरी रूपरंगका हामी। हाम्रो पहिचान भनेको धर्म, संस्कृति र आचरण पनि हो। प्रकृतिको अनमोल उपहार, धर्म–संस्कृति संरक्षण गरे र हाँसेर पाहुनाको स्वागत गर्न सके देशमा रोजगारी बढ्छ। युवा विदेश धाउनै पर्दैन।

हामीले हाम्रो देश चिन्न सकेका छैनौ। हामी गर्वसाथ विदेश घुम्न जान्छौं, तर नेपाल घुम्दैनौं। पहिला हामीले हाम्रो देश चिन्नु जरुरी छ। आन्तरिक पर्यटनबाट आत्मियता विकास हुन्छ। शान्ति र सम्वृद्धि ल्याउन सकिन्छ।

अनलाइनको सदुपयोग

फुर्सद हुँदा तिमी कत्तिको अनलाइनमा बस्ने गरेका छौ? छौ भने अनलाइनमा के गर्छौ? कतिपय साथी भने धेरै समय फेसबुकमै बिताउने गरेका छन्। अनलाइन भनेको फेसबुकमात्र होइन, यहाँ त धेरै सामग्री...

नामको मोहमा कराते

नामको मोहमा कराते

गाउँका दाजुहरू सबै कराते खेल्थे। दीपक श्रेष्ठ भने फुटबलतिर थिए। एक दिन दाजु राजपाल कर्माचार्यले दक्षिण एसियाली च्याम्पियनसिपले करातेबाट स्वर्ण पदक जितेको खबर गोरखापत्रमा छापियो।

अन्नपूर्णाको भोज

अन्नपूर्णाको भोज

दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै...

स्ट्रिङसका जादुगर

स्ट्रिङसका जादुगर

ठमेलको एक रेस्टुरेन्टमा तोकिएको समयभन्दा केही ढिलो उनी हस्याङफस्याङ गर्दै आइपुगे। हामीलाई पर्खाउनु परेकोमा उनलाई ग्लानि थियो। त्यसै रेस्टुरेन्टमा त्यो साँझ उनको पर्फमेन्स थियो। सर्ट, जिन्स र स्यान्डलमा हामीसामु उभिएका...

पतिकै पथमा

पतिकै पथमा

२०१८ सालमा भोजपुर, मानेभन्ज्याङमा जन्मेकी विद्या भण्डारी विवाहपूर्व पनि राजनीतिमा थिइन्। यद्यपि उनका लागि विशेष राजनीतिक अवसरको उदय भने पति मदन भण्डारी (तत्कालीन एमाले महासचिव) को दुर्घटनामा निधनपछिको परिस्थितिले गराएको...

टुटेको साहित्य जोड्दै

टुटेको साहित्य जोड्दै

बीसको दशकमा नेपाली सांगीतिक क्षेत्रका दुइटा अभियान–समूह निक्कै सक्रिय भए– राल्फा र लेकाली सांगीतिक समूह। राल्फालीहरू वामपन्थी धारमा रहेर क्रान्ति र विद्रोहका गीत गाउँथे, लेकाली विशुद्ध लोकजीवनका भाका र सुस्केरालाई...

धन्न धानेका छन् विभागीयले

धन्न धानेका छन् विभागीयले

चार वर्षअघि चीनको ग्वान्झाउमा भएको १६ औं एसियाली खेलकुदको मार्चपासमा नेपाली सेनाका भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले राष्ट्रिय झन्डा बोकेका थिए।

नेपाली कूटनीतिका ऋषि

नेपाली कूटनीतिका ऋषि

मैले दस वर्षको उमेरमै यदुनाथ खनालको नाम सुनेको थिएँ, २०१८ सालतिर। मेरा पिताजीले लेख्नुभएको किताब 'भानुभक्त आचार्यको सच्चा जीवन चरित्र'मा खनालको भूमिका थियो। उहाँको प्रशंसा गर्दै मेरा पिताजीले भन्नुभयो, 'उहाँजस्तो...