Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

नागरिक शनिबार

इतिहास पाठशाला

  • २९ मंसिर, २०७०
  • नरहरि सापकोटा
  • DISQUS_COMMENTS
(1 Vote)
सामान्यतः गोरखा बजार साँझ छिप्पिन नपाउँदै बन्द हुने र बिहान घाम झुल्किएपछि खुल्ने गर्छ। तर अचेल (कात्तिकदेखि फागुनसम्म) साँझ अबेर र बिहान मिर्मिरेमै चहलपहल बढ्छ। कारण हो– शैक्षिक भ्रमणको याम।


गोरखा काठमाडौंबाट ५ घन्टा बस यात्रामा आउन सकिन्छ। पोखरा र चितवनबाट तीन घन्टामै। काठमाडौं–पोखरा सडकको तनहुँ, आँबुखैरेनीबाट २४ किलोमिटर दुरीमा गोरखा सदरमुकाम। सदरमुकामसम्म पक्की सडक।

गोरखा राज्यको इतिहास बुझ्न सदरमुकाम छाडेर बाहिर पुग्नै पर्दैन। बजार छेवैमा गोरखा संग्रहालय छ, पृथ्वीनारायण शाहाले नेपाल एकीकरण सुरु गरेको तल्लो दरबारमा। संग्रहालयको गेटैसम्म सवारी साधन लान सकिन्छ। संग्रहालय हेर्न विद्यार्थीले पाँच र अरूले १० रुपैयाँ तिर्नुपर्छ। क्यामेराको २५ र एक सय रुपैयाँ छुट्टै तिर्नुपर्छ। मोबाइल क्यामेरा प्रयोग गर्दा भने पैसा लाग्दैन।

संग्रहालय छिर्नेबित्तिकै दरबारले ध्यान खिच्छ। त्यहाँ कुँदिएका बुट्टाले सबैलाई लोभ्याउँछ। मुल ढोकामा पृथ्वीनारायण शाहकालीन तोप छ। मुलढोकाको दायाँ र बायाँ तोपमा आड लागेर फोटा खिच्नेको भीड लाग्छ। मुल ढोकाबाट भित्र छिरेपछि गोरखामा रहेका जातजातिको डमीले झनै कौतुहल बढाउँछ। गुरुङ, कुमाल, भुजेल, कामी जातिको भेषभूषा र पेसा झल्कने डमी। दुरुस्त मान्छेजस्तै।

माथिल्लो तला उक्लिएपछि सुरु हुन्छ, नेपाल एकीकरणको इतिहास। गोरखाको गौरव। गोरखाको शाहकालीन इतिहासको चिनारी। पहिलो कक्षमा पृथ्वीनारायणको पालामा गोरखामा भएका शिलालेख र चिनारीको झल्को राम्रैसँग मिल्छ। पहिलेका भाषा र ग्रन्थ राम्रोसँग पढ्न सकिँदैन र बुझिँदैन। ती ग्रन्थ र पृथ्वीनारायणका भनाइहरूलाई फोटोमा उतारिएको छ।

दोस्रो कक्षले धेरै बेर अलमल्याउँछ। त्यहाँ पृथ्वीनारायणलाई देख्न पाइन्छ। उनका पालामा नेपाल एकीकरण कसरी सम्भव भयो? फोटो हेरे सजिलै बुझिन्छ। भारादारलाई एकीकरणको तयारी गराइरहेका तस्बिर त्यहाँ छन्। हात्तीमाथि चढेर पृथ्वीनारायणले नुवाकोट एकीकरणको योजना बुनेकादेखि युद्धको भल्को दिने तस्बिर।

तेस्रो हतियार कक्ष। तोप, भाला, बन्दुक आदि। अहिले प्रयोगमा आउनेभन्दा धेरै भिन्न। जुन हतियारको सहायताले पृथ्वीनारायणले गोरखाबाट एकीकरण शुभारम्भ गरेका थिए। त्यही कक्षको अगाडि राजगद्दी छ।

चौथो कक्षमा सिक्का छन्। पाँच पैसादेखि एक रुपैयाँसम्मका। तामा र सुनका पैसा पनि। एक सिक्काले उति बेला सयौं बिघाहा जमिन र कैयौं हतियार किन्न सकिन्थ्यो। ती पैसा विदेशवाट हतियार किन्न पृथ्वीनारायणले प्रयोग गर्थे भन्ने इतिहास छ। संग्रहालयको पाँचौ कक्षमा भाँडावर्तन छन्। पृथ्वीनारायणदेखि राम शाहका पाला हुँदै अहिलेसम्म प्रयोगमा आएका माना, पाथी, ढक तराजु। अन्तिम कक्षमा ठूल–ठूला मादल, ढोलक, नरसिंहा छन्।

संग्रहालयभित्र छिरेको एक घन्टामा सबै कक्ष घुमेर सकिन्छ। हरेक कक्षमा कर्मचारी हुन्छन्। कर्मचारीको आँखा छलेर प्रतिबन्ध लगाइएका काम गरियो भने जरिवानामा परिन्छ। संग्रहालयबाट तल झरेपछि ठूलो बगैंचा छ। त्यहाँ पनि ऐतिहासिक पौवा छन्। उति बेला राजामहाराजा आराम गरेर बस्थे रे। हरियाली चउर भित्र पिङ खेल्न, चउरमा बसेर ड्राई फुड खान सकिन्छ।

संग्रहालयबाट गोरखकाली दरबार देखिन्छ। त्यहाँ घुमिसकेपछि आगन्तुकको ध्यान गोरखा दरबारका रूपमा चिनिने गोरखकाली मन्दिरले तान्छ। आधा घन्टा हिँडे गोरखकाली पुग्न सकिन्छ। दरबारसम्मै एकनासले ढुंगा बिछ्याएर सिँढी लगाइएको छ। हिँड्न गाह्रो लाग्ने आगन्तुक २० मिनेट बस चढेर पुग्न सक्छन्। मन्दिरमा प्रवेश शुल्क तिर्नुपर्दैन तर क्यामेरा शुल्क भने संग्रहालयअनुसार लाग्छ।

मन्दिर बायाँबाट भित्र जाने र दायाँबाट निस्कने ढोका छन्। गोरखाकाली मन्दिरको कला कौशल र कालीको प्रतिमाले आगन्तुकको ध्यान खिच्छ। मन्दिरमा गाडिएका ध्वजा पताका र रङले मन लोभ्याउँछ। दरबारभित्र शाहकालीन राजा बस्ने कोठा, उनीहरूले प्रयोग गर्ने चुलो चौका हेर्न पाइन्छ। काली, भगवती सरस्वती धेरै देवदेवीका मूर्ति छन्। सँगै गुरु गोरखनाथको गुफा छ। पृथ्वीनारायणलाई नेपाल एकीकरणको सल्लाह दिने गोरखनाथ। गोरखनाथको आशीर्वाद लिने भक्तजनको घुइँचो लाग्छ। गोरखनाथलाई मन पर्ने परिकार रोट। रोट चढाए भाकल पूरा हुने जनविश्वास छ। चामलको पिठोमा ५२ थरीका मसला मिसाएर रोट तयार गरिन्छ।

दरबार आसपासमा गणेश, दुर्गा भवानीलगायत देवदेवीका मन्दिर छन्। एक घन्टामा मन्दिर पूरै घुम्न सकिन्छ। मन्दिरबाट निस्किएपछि माथिपट्टि सिद्धपाइला भन्ने ठाउँ छ। त्यहाँबाट गोरखकाली मन्दिर र पछाडिपट्टि गाउँको दृश्य देखिन्छ। सिद्धपाइला भएको ठाउँमा तीनपटक घुमेर दुवै खुट्टा त्यहाँ रहेको पाइलामा टेक्न सके इच्छा पूरा हुने जनविश्वास छ। गोरखा दरबार परिसरमै राजा राम शाहको झल्को दिने न्याय चौतारा छ। 'न्याय नपाए गोरखा जानू' भन्ने उनको भनाइ प्रख्यात छ।

गोरखा भित्रिएका पर्यटक ५ देखि ७ घन्टामा सदरमुकामको इतिहास हेरेर फर्कन सक्छन्। आगन्तुकका लागि प्रशस्तै होटल छन्। सदरमुकाममा मात्रै ३० भन्दा बढी होटल छन्। सामान्य होटलमा नेपाली सादा खाना एक सय २० रुपैयाँमा पाइन्छ। चार सय रुपैयाँमा कोठा पाइन्छ।

होमस्टेमा बस्ने हो भने सदरमुकामबाट तीन किलोमिटर नजिकै कट्टेलडाँडामा होमस्टे सुरु गरिएको छ। ब्राह्मण समुदायको बाहुल्य रहेको गाउँका ३० घरमा होमस्टे छ। खानेकुरामा दूध, दही र संस्कृतिमा भजन कीर्तन त्यहाँको मुख्य अकर्षण हो।

सालिकको खोजी

ज्ञान निकेतन काठमाडौंबाट शैक्षिक भ्रमण आएका विद्यार्थीले शिक्षक सन्तोष पौडेलसँग सोधे, 'पृथ्वीनारायण शाहको सालिक खोई त सर?' शिक्षक अकमक्क परे। गोरखा संग्रहालयका कर्मचारीलाई हातको इसाराले उनले सोधे, 'पहिले यहाँ पृथ्वीनारायणको सालिक थियो नि?'

'पहिले थियो, अहिले छैन', ती कर्मचारीको जवाफले विद्यार्थी खिन्न भए। शिक्षक छक्क परे। ती शिक्षक विद्यार्थी उमेरमा गोरखा घुम्न आउँदा सालिक देखेका थिए। किताबमा पढेको इतिहास बुझ्न आएका विद्यार्थी इतिहास निर्माता पृथ्वीनारायणको सालिक देख्न नपाउँदा दुःखी बन्छन्।

संग्रहालयभित्र सालिक थियो। ०६४ जेठ १ मा माओवादीले राजाको इतिहास मेटाउने नाउँमा सालिक ध्वस्त बनायो। त्यसयता नांगो स्तम्भले जिस्काइरहेझै लाग्छ। अर्का न्यायमूर्ति हुन् राम शाह। गोरखा राज्यका संस्थापक, न्यायका विभूति। उनको सालिक चौतारामा थियो। ४ वर्ष पहिले उच्छृङखल जमातले त्यो तोडिदियो। गोरखा दरबार हेरचाह अड्डाका प्रमुख नानीबाबु पोख्रेल भन्छन्, 'सबै राजनीतिक दलबाट प्रतिबद्धता भयो भने सालिक राख्न सकिन्छ।'
स्कुलदेखि नै लडाकुपन

स्कुलदेखि नै लडाकुपन

२०४६ को आन्दोलनदेखि ०६२/६३ को गणतान्त्रिक आन्दोलनसम्म सधैँ अग्रमोर्चामा कस्सिएर उत्रिने उनको प्रहरी लाठीले धेरैपटक टाउको फुट्यो, कहिल्यै पछि हटिनन्। नेकपा (एमाले) मा मात्र होइन, युवा नेतृ रामकुमारी झाँक्री नेपाली...

'जाली फटाहालाई छाडिन्न'

'जाली फटाहालाई छाडिन्न'

काठमाडौं– 'जग्गा अधिग्रहणले बागमतीको नक्सा नै बदलिएको छ।'यो भनाइ हो, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख गजेन्द्रकुमार ठाकुरको।उनी बुधबार दिउँसो आफ्नो टोलीसँग मीनभवनस्थित विश्व निकेतन स्कुल क्षेत्र आइपुगेका...

त्यो बालापन

९५ वर्ष पुग्नै लागेका संस्कृतिविद् सत्यमोहन जोशी बिहानीको तातो घाम खोज्दै आँगनमा रहेको सोफामा बसे। अग्ला घर छिचोल्दै घामका किरण आँगनमा छरिएका थिए। सहर यस्तो भइसक्यो, निर्वाध घामका किरण आँगनसम्म...

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

म विसं २०३५ फागुनमा पृथ्वीनारायण क्याम्पस, पोखराबाट नेपाल र एसियाली अनुसन्धान केन्द्र काठमाडौंमा सरुवा भएर आएँ । म पोखरामा छँदा नै गुरु पण्डित नयराज पन्तका चेला भोलानाथ पौडेलका छोरा सामनाथबाट...

चरण–चरणका संघर्ष

चरण–चरणका संघर्ष

पाँच दिदीबहिनीबीच हुर्किएकी उनले छोरी हुनुको सामाजिक अवहेला त सहनुपरेन, तर परिवारमा गढेको ‘पुत्रमोह' संस्कारले भने कता–कता मन चसक्क पारिरहन्थ्यो। छोरी स्कुल पठाउने जमाना थिएन त्यो। भलै, पम्फा भुसाल अर्घाखाँची सन्धिखर्ककी...

असललाई मेरो भोट

सुनिल पोख्रेल, रंगकर्मी मतदाता, ललितपुर क्षेत्र नम्बर ३ चुनावमा मत राख्न पाउनु मेरो अधिकार हो। अहिलेको चुनावप्रति म केही उत्साहित छु, केही निराश। चुनावकै मुखमा देशका धेरै ठाउँ घुम्ने मौका...

चतराधाममा निम्तो

चतराधाममा निम्तो

पूर्वाञ्चलको चतराधाममा चैत १७ गतेदेखि पूर्ण महाकुम्भ मेला आरम्भ हुँदैछ। त्यसले राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सदभाव वृद्धि गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ। महिना दिन चल्ने मेलामा चैत्र शुक्ल...

बच्चाहरूसँगै पढ्छु, बच्चाजस्तै भइदिन्छु

बच्चाहरूसँगै पढ्छु, बच्चाजस्तै भइदिन्छु

प्रकाशोन्मुख उपन्यास 'द लोल्यान्ड' की लेखक झुम्पा लाहिरी बंगाली मूलकी अमेरिकी आख्यानकार हुन्। कथा संग्रह 'इन्टरप्रेटर अफ् मलाडिज' का लागि सन् २००० को पुलित्जर पुरस्कार जितेकी उनको 'नेमसेक' उपन्यास पनि...