Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

नागरिक शनिबार

कालु हमालको सपना

(1 Vote)
केरा बगैंचा। बगैंचाभित्र कटेज। आँगनमा लोकल कुखुरा। भुर्रभुर्र चरा। रूखमा टाँगिएका उखान तुक्का। डुंगा पोखरी। पौडी पोखरीहरू। बीचमा रेस्टुरेन्ट। क्याम्पिङ साइट। बीच भलिबल कोर्ट। छेउमा रानी कुलो। किनारमा बालुवा।


कालु हमालको 'बनानाज रिसोर्ट' आफैंमा टीकापुरको पर्यटकीय प्रोडक्ट बनिसक्यो। केराको जरादेखि फूलसम्मका परिकार पाइन्छ त्यहाँ। हमाल केराबाट बनेका निम्की, अचार, तरकारी, फिंगरचिप्स, पकौडा, मम, खीर, चिप्स, ब्रान्डीदेखि वाइनसम्म २५ परिकार बेच्छन्।

जनबोलीमा 'बनाना किङ' उपाधि पाएका छन् उनले। रिसोर्ट ३ बिघा १२ कट्ठाको बगैंचा। त्यहाँ मालभोग, चिनीचम्पा, स्वीट बनानालगायत स्थानीय र केही विदेशी जातका ७ प्रजातिका केरा छन्।

टीकापुर बसपार्कदेखि डेढ किमि दुरीमा रिसोर्ट। सस्तो छ मेनु। २० देखि ५० रुपैयाँ प्लेटमा केराका परिकार पाइन्छ। वाइन बोतलको १०० रुपैयाँ मात्र। कटेजमा सुतेको ५ सय रुपैयाँ। रिसोर्टमा ५ कर्मचारी छन् भने रेस्टुरेन्टमा १० जना। त्यहाँ पाँचवटा कटेज (घर) छन्। डिमान्ड अनुसार कटेज बढाउँदै जाने उनको सोच।

तीन वर्ष भयो रिसोर्ट खुलेको। बनाना रेस्टुरेन्ट खोलेको भने ०६१ मै हो। अलमलमा नपरौं, उनको रेस्टुरेन्टमा केराका परिकारमात्रै होइन, दालभातदेखि विकासे मदिरा पनि पाइन्छ। बेकरी र डेरीका परिकार थप्दै छन् उनी। घुमन्ते र स्थानीयलाई त यो रिसोर्ट सजिलो छ नै, सस्तोमा महिनौसम्म बसेर लेखपढ गर्न चाहने कवि/लेखकका लागि समेत उपयोगी छ।

'हामीले रिफ्रेसमेन्ट सेन्टर बनाउन खोजेका हौं,' हमाल भन्छन्, 'हाम्रो रिसोर्टमा एक कप चिया मात्रै खाएर पनि घन्टौ घाम तापेर बस्न सकिन्छ।'

किसानको बारी नै रिसोर्ट बन्न सक्छ। एग्रो टुरिज्मको पाठशाला बनिसक्यो उनको रिसोर्ट। किसान र विद्यार्थी बेला–बेलामा अध्ययन गर्न आउँछन्। हमाल उनीहरुसँग अनुभव बाँड्छन्। उनी हाँस, कुखुरा, गाई, बँगुरलगायत जनावर पालेर रिसोर्टलाई एग्रो टुरिज्म टे्रनिङ सेन्टर बनाउने धुनमा छन्।

'देशभर कतै सुन्तला, कतै केरा, कतै आँप र कतै स्याउका परिकारसहितका यस्तै रिफ्रेसमेन्ट सेन्टर खुल्नुपर्छ,' ५४ वर्षे हमाल चिन्डो तालु सुम्सुम्याउँदै भन्छन्, 'गरिब किसानले गरिबकै लागि यस्तो रेस्टुरेन्ट खोल्नुपर्छ।'

केरा खेतीमा तीन दशक बिताइसके उनले। २०३९ सालमा रामपुर क्याम्पसबाट बीएस्सी एजी पास भएपछि उनको बाटो मोडियो। जागिरले जीवन धान्न कठिन पर्छ। जागिर खाएर भ्रष्ट वा निराश हुनुभन्दा आफैं इलमी बन्ने अठोट गरे उनले।

'कसैलाई नठगी खान सक्ने पेसा कृषि भएकाले किसान बनेँ', उनी गर्व गर्छन, 'आफ्नै खुट्टामा उभिन पाउँदा खुसी छु।' रेस्टुरेन्ट खोल्ने योजना पछि बनेको हो। जब एउटा किसानले तराईमा १० बिघामात्रै जमिन राख्न पाउने नीति सरकारले ल्यायो तब हमाल हच्किए।

'किसानलाई १० बिघा पर्याप्त छैन,' उनी भन्छन्, 'त्यसैले नयाँ काम गर्ने उपाय खोज्दाखोज्दै बनाना रेस्टुरेन्ट खोलेको हुँ।'

सानाले सुन्न नहुने कथाहरू

हाम्रो गाउँमा एकथरी अचम्मका कथा थिए। कथा पनि कस्ता भने केटाकेटीले सुन्नै नहुने। क्यैगरी सुनियो भने कानभित्रै लुकाउनुपर्ने, कसैलाई भन्न नपाइने। भने कुटाइ खाइने। म सम्झन्छु, यस्ता कथा हाम्रो गाउँमा...

स्टेजले उठाएका कलाकार

स्टेजले उठाएका कलाकार

विश्व प्रसिद्ध संगीतकार विथोवेनका छोरालाई एकपटक कसैले सोधेछन्, 'तपाईंलाई कस्तो संगीत मन पर्छ?'उनले खल्तीबाट चानचुन पैसा निकाले र कान नजिक बजाउँदै भने, 'यसको खनखन मन पर्छ।'पछिल्लो समय नेपाली गीत–संगीतको धुनसँगै...

म अम्मली

दोस्रो जनआन्दोलनमा, सशस्त्र प्रहरीको दुवाकोट क्याम्पमा थुनिएका बेला नेपाली कवि र कविताको कुरा हुँदै गर्दा एकजना प्रगतिवादी साहित्य समीक्षकसित म अलि चर्कै स्वरमा बोलें। बाझैं नै भने पनि हुन्छ। राष्ट्रकवि...

मेरो वागमती यात्रा

मेरो वागमती यात्रा

काठमाडौंमा कलेजको विद्यार्थी भएर आउ“दा देखेका यहा“का केही बिम्बले मेरो मन कहिल्यै छोडेनन्। म यहा“का काष्ठकला, पेगोडा शैलीका मन्दिर, धातुका ढलोट र पत्थरका मूर्ति अनि बहाः र चोकहरू देखेर चकित...

नेपाली संगीतको प्रतिध्वनि

नेपाली संगीतको प्रतिध्वनि

यद्यपि यो प्रश्न पुरानै हो, 'नेपाली संगीतको मुड के त?'यसबारे निबन्धकार शंकर लामिछानेले लिखतमै भनेका छन्, 'एक दृष्टिले हेर्ने हो भने नेपाली संगीतको मुडसिर्जना गर्नमा दार्जिलिङ र कालिम्पोङकै देन बढी...

लेख्नु सजिलो छैन

लेख्नु सजिलो छैन

अघिल्लो वर्ष मो यानले नोबल पुरस्कार पाएसँगै मेरो ध्यान पनि चिनियाँ साहित्यतिर तानियो। मैले चिनियाँ साहित्य अध्ययनमा खर्चें। समकालीन चिनियाँ साहित्यमा थुप्रै भिन्न मतहरू रहेछन्। मैले अपेक्षा गरेभन्दा बढी सामाजिक...

सञ्चार सीप र सिद्धान्त

नेपालमा सञ्चार, आमसञ्चार र पत्रकारिता विषयमा केन्द्रित भई पुस्तक प्रकाशन गर्ने क्रम बढ्दो छ। यही क्रममा साढे तीन दशकदेखि पत्रकारिता तथा आमसञ्चार विषय प्राध्यापन गर्दै आउनुभएका सञ्चारविद् लालदेउसा राईको पछिल्लो...

घाम ताप्दै आराम

पर्यटन दिनानुदिन बहुआयामिक बन्दै गइरहेको छ। पर्यटनमा सेवाको विशिष्टता र गुणस्तरीयता बढेझैं विविधता थपिँदै गएको पाइन्छ। प्राकृतिक सौन्दर्यमा रमाउने, सांस्कृतिक अनुभव सँगाल्ने र साहसिक गतिविधिमा संलग्न हुने सीमितताबाट आजको पर्यटन...