Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

खेलौना

  • २९ मंसिर, २०७०
  • मुकुन्द अर्याल
  • DISQUS_COMMENTS
(0 votes)
बहिनी अपेक्षा,

धेरै–धेरै सम्झना।

'केही दिनअघिको घटना तिम्रो मनमा ताजै होला। मामुले ल्याइदिएको खेलौनासँग दिनभरि खेल्दै रमाएका थियौं। मैले खेलौंनाको कपाल कोरिदिएर तिमीले खेलौनाको निधारमा टीका, मुहारमा पाउडर लाइदिएपछि कति राम्रो भएको थियो है खेलौना? त्यही खेलौनासँग दिनभरि खेलेर साँझ खाईवरी मेरो मामुले सुनाएको कथा सुन्दै हामीसँगै सुतेका थियौं। बिहान उठ्दा तिमी पनि गइसकिछौ, साथमा खेलौना पनि थिएन।
कस्तो नरमाइलो लाग्यो, तिमी त घर गयौ तर खेलौना कहाँ गयो होला मैले कतिका महिना जम्मा गरेको पैसाले किनेको खेलौना। मामाघरबाट ल्याएको, मामुले दिएको, बाबाले दिएको पैसा खुत्रुकेमा जम्मा गरेर किनेको त्यति राम्रो खेलौना। त्यो घटनापछि मलाई निद्रा पनि राम्रो परेको छैन। खान, स्कुल जान, केही गर्न मन लाग्दैन। हेर न कसले लग्ो होला त्यत्ति राम्रो खेलौना? भूतले लग्यो भने पनि मामु फुपूसँगै हुनुहुन्थ्यो। तिमी पनि मसँगै निदाएकी के थाहा होला र!'

आफ्नै मामाकी छोरी आभाको यो पत्र पढ्दा–पढ्दै अपेक्षालाई खेलौना चोरेेकोमा पीडाबोध भयो। खेलौना किन्न आभाले अपनाएको उपायबारे थप कौतूहल जाग्यो। चिठी पूरा नहुँदै उनी मामाघरको सम्झनामा डुबिन्।

उनी तिहारमा आमासँग मामाघर गएकी थिइन्। मामाघरमा दिदी आभाको हातमा सुन्दर खेलौना देखेर उनको मन लोभिएको थियो र उनले यो खेलौना कहाँ पाइन्छ कति पर्छ भनेर सोधेकी थिइन्। त्यसको जवाफमा आभाले आफूले दुई वर्षसम्म जम्मा गरेको दुई सय रुपैयाँमा खेलौना किनेको बताएकी थिइन्। आभाले त्यत्रो पैसा कसरी जम्मा गरेकी होली भन्ने लागेको थियो।

अपेक्षाले आमासँग त्यस्तै खेलौना किनिदिने प्रस्ताव राखेकी थिइन् तर आमाले आफूसँग पैसा नभएकोले किन्न नसक्ने बताएपछि उनको मनमा त्यही खेलौना लिएर जाने गलत सोच मनमा आएको थियो। मिर्मिरेमै मामाघरबाट हिँडेकी अपेक्षाले खेलौना जामाभित्र अँठ्याएर बाटो लागेकी थिइन् ।

अहिले उनलाई पीडा भएको छ– कति चित्त दुखाई होली दिदीले। राति सुत्दा पनि काखमा च्पापेर सुत्थी। कसरी मामाघर गएर मुख देखाउने? यही पीडाबोधका साथ अपेक्षाले चिठीको बाँकी भाग पढ्न थालिन् :

'अँ, के गर्ने त, फेरि अर्को खुत्रुके किन्नुपर्ला। पैसा जोगाएर। तिमी अर्को साल यहाँ आउँदा त्योभन्दा राम्रो खेलौना किनेर राख्छु अनि सँगै खेलौंला है।'

तिम्री दिदी

आभा

मामाघरबाट आएका व्यक्तिले आभाको पत्र दिएका थिए। यो पत्र आभाकी मामुले पनि पढ्न भ्याएकी थिइन्। उनलाई छोरी र भान्जी दुवैको खेलौना मोहले भित्रभित्रै चिमोटेको थियो। उनलाई त्यो खेलौना भान्जीले लगेको पक्का–पक्कीजस्तै अनुमान थियो। त्यसैले उनले आभाको चिठीसाथै एक खुत्रुके पनि पठाएकी थिइन्। त्यो खुत्रुकेमा माइजूले राखिदिएको एक सय रुपैयाँको नोट बाहिरबाटै देखिन्थ्यो। अपेक्षाले हतपत त्यो खुत्रुके समातिन् र मामाघरबाट आएको मान्छेलाई खेलौना फिर्ता गरिन्।

उनले त्यो खुत्रुकेमा आफूसँग भएको २० रुपैंया पनि छिराइन्। अस्ति त ७० रुपैयाँ थियो। चकलेट र चाउचाउ नखाएको भए त्यो पनि जोगिन्थ्यो भन्दै चुकचुकउँदै अब पैसा जोगाएर खुत्रुकेमा हाल्ने प्रण गरिन्।

दुई महिनामै अपेक्षाको खुत्रुकेमा झन्डै २५० रुपैयाँभन्दा बढी बचत भएछ। उनले त्यो पैसाले उस्तै खेलौना किनिन् र दिदी आभालाई धन्यवाद पत्र लेखिन्।

अब उनले बचेको पैसाले फेरि अर्को खुत्रुके किन्ने र पैसा बचाई आफ्ना इच्छा पूरा गर्ने सोच बनाएकी छन्। उनी सबै साथीभाइलाई यही कुरा सिकाउँदै हिँड्छिन्। अचेल गाउँमा धेरै केटाकेटीले खुत्रुके अभियान चलाएका छन्। कसैलाई ठूलै आपत परे केटाकेटीले 'खुत्रुके फोड' अभियानबाट सानोतिनो खरखाँचो टारिदिन्छन्। केटाकेटीको यो अभियानबाट हौसिएर वयस्कहरू पनि सामूहिक बचत अभियानमा जुटेका छन्। उनीहरू यसबाट जम्मा भएको पैसा नजिकैको बैंकमा जम्मा गर्छन्, घरायसी काम या कुनै उद्यम गर्नुपरे त्यही बैंकबाट कर्जा लिएर काम चलाउँछन्।

अहिले आभा र अपेक्षा दुवैको हातमा मन परेको खेलौना छ। आभाले छरेको बचतको सन्देशले उनी र बहिनी अपेक्षाको गाउँका बासिन्दाको मुहारमा खुसी ल्याएको छ।
वीरसिंहको पोखरेली पौरख

वीरसिंहको पोखरेली पौरख

ढुंगैढुंगाले बनेका लोभलाग्दा घरहरूले पोखरा आउने पाहुनाका आँखा तान्छन्। माछापुच्छ्रे हिमाल र फेवातालबाहेक आगन्तुकको आँखा पोखरामा यदि अरू केहीले तान्छ भने त्यो यहाँका घर नै हुन्। बेलायती सेनाबाट आर्जेको सम्पत्तिबाट...

मदानीमा शब्द–मन्थन

आसनग्रहण। ब्याज वितरण। उद्घाटन। स्वागत मन्तव्य। उस्तै परे ज्ञातअज्ञात सहिदका नाममा एक मिनेट मौनधारण। पुस्तक विमोचन। लम्बेतान भाषण। कार्यपत्र। टिप्पणी। पृथ्वीमा रात परिसक्दा पनि नतुरिने कवि गोष्ठी। सभापतिबाट सभा विसर्जन।

सेवाग्राहीलाई अल्झाउँछ थाना

म्यानपावरले ठग्यो भन्दै सर्लाहीका यादव थरका एक युवकले मंसिर २५ गते महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिए। उजुरी दर्ता भयो तर कागजपत्र नपुगेको भन्दै कारबाही अघि बढेन। उजुरीकर्तालाई आलटाले जवाफ...

जता पैसा त्यतै डाक्टर

जता पैसा त्यतै डाक्टर

दाङकी सारा बुढामगर बिहान चार बजे सहिद गंगालाल हृदय केन्द्र बाँसबारी पुगेकी थिइन्। 'मिर्मिरेमै पुगेन भने पालो पाँइदैन,' पहिलो अनुभवबाट उनले थाहा पाइसकेकी थिइन्। चारै बजे पुग्दा पनि उनी पन्ध्रांै...

लक्ष्मीका पुजारी

लक्ष्मीका पुजारी

अहिलेको तिहारमा व्यवसायी शशिकान्त अग्रवाल त्यति रौनक पाउँदैनन् । 'म सानो छँदाको तिहार पो तिहार !' त्यो बेलाको तिहार रसिलो लाग्नुमा उनीसँग केही कारण छन्। 'नयाँ लुगा सिलाइन्थ्यो, एक हप्ताअघि नै...

म अम्मली

दोस्रो जनआन्दोलनमा, सशस्त्र प्रहरीको दुवाकोट क्याम्पमा थुनिएका बेला नेपाली कवि र कविताको कुरा हुँदै गर्दा एकजना प्रगतिवादी साहित्य समीक्षकसित म अलि चर्कै स्वरमा बोलें। बाझैं नै भने पनि हुन्छ। राष्ट्रकवि...

यातायातको चोर बाटो

यातायातको चोर बाटो

काठमाडौं– उदयपुरका माधवप्रसाद दाहाल सोमबार दुई बजे मोटरसाइकलको कागजपत्र ‘चेक' गराउन ललितपुर ताल्छीखेलस्थित बागमती यातायात कार्यालय आइपुगे। बाटैमा उनलाई बिचौलियाले रोके, 'एक हजार दिनूस्, आजै काम हुन्छ।' दाहाल अन्कनाए। सोझै...

हराउँदै छ भजन

हराउँदै छ भजन

काठमाडौं- भक्तपुर च्याखाप्याखुका ८५ वर्षीय नारायणभक्त कायपाखु भजनमा भिज्न थालेको आठ दशक भइसक्यो। सानोमा बाजेको काखमा बसेर कृष्णपाटीमा पहिलोपटक भजन सुन्न आएको उनलाई अझै याद छ। मंगलबार साँझ कृष्णपाटीमै भजन...