Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

नागरिक शनिबार

घाम ताप्दै आराम

  • १३ पुष, २०७०
  • दीपकराज जोशी
  • DISQUS_COMMENTS
(0 votes)
पर्यटन दिनानुदिन बहुआयामिक बन्दै गइरहेको छ। पर्यटनमा सेवाको विशिष्टता र गुणस्तरीयता बढेझैं विविधता थपिँदै गएको पाइन्छ। प्राकृतिक सौन्दर्यमा रमाउने, सांस्कृतिक अनुभव सँगाल्ने र साहसिक गतिविधिमा संलग्न हुने सीमितताबाट आजको पर्यटन र पर्यटकीय गतिविधि धेरै फराकिलो भएको छ। खासगरी मौसमी (मध्य सेप्टेम्बरदेखि मध्य डिसेम्बर र मध्य मार्चदेखि मध्य अप्रिलसम्मको) गतिविधिका रूपमा सञ्चालित नेपालको पर्यटन विस्तारै बाह्रमासे बन्दै गएको छ। जाडो याम पनि विशेष पर्यटन मौसम बन्दै छ।


कसरी

– पर्यटनमा संलग्न हुने धेरैजसो खर्चयोग्य आम्दानी र घुम्न समय भएकाहरू हुन्। नेपालमा यो वर्गभित्र सरकारी, गैरसरकारी, वित्तीय, व्यापारिक तथा अन्य संस्थामा कार्यरत कर्मचारी, उद्योगी, व्यवसायी, व्यापारी र पेसाकर्मी पर्छन्। विशेषतः जाडो मौसम व्यापार व्यवसायका हिसाबले सुस्त समय हो। त्यसो हुँदा स्वभावैले ती संस्थामा कार्यरत कर्मचारीमाथि कम चाप हुन जान्छ। त्यसैले यस वर्गका मान्छेलाई घुम्न जाने समय मिल्छ।

– यो समय राजधानीलगायत चिसो पहाडी ठाउँका स्कुले बच्चादेखि कलेजका ठिटा–ठिटीसम्म र शिक्षक–शिक्षिकादेखि प्राध्यापकसम्मले लामो समय जाडो बिदा पाउँछन्। विद्यार्थी समूह बनाई घुमघाममा निस्कन्छन्। बच्चाबच्ची बाबु–आमालाई घुमाउन जोड गर्छन्। धेरैजसो सरकारी र ...क' वर्गका वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई सरकारले ...पे लिभ'को व्यवस्था गरेकाले सपरिवार घुम्न जान यही मौसमले प्राथमिकता पाउँछ।

– पश्चिमा युरोप र अमेरीकी देशमा यो समय अत्यन्त जाडो हुने, घरबाटा हिउँले सेताम्मे हुने, घाम महिनौं नदेखिने र जीवन कष्टकर हुने हुन्छ। त्यसैले त्यता बसोबास गरिरहेका गैरआवासीय नेपाली पनि त्यहाँको जाडो छल्न नेपाल आउँछन्। उनीहरू परिवार वा साथीको समूह बनाई घुम्न निस्कन्छन्।

जाडोमा संसारभर भव्य रूपमा मनाइने क्रिसमस र अंग्रेजी नयाँ वर्ष पर्छन्। नेपालमा पनि अचेल भव्य रूपमा मनाइन्छ। सांस्कृतिक विविधताले भरिएको नेपालमा थारू समुदायको नयाँ वर्ष माघी, हिन्दुको माघे संक्रान्ती, शेर्पाको सोनम ल्होसारजस्ता जाडो मौसममा मनाइन्छ। माघी महोत्सव तराईका थारू बस्तीमा मनाइन्छ। चितवन र बर्दिया उत्कृष्ट गन्तव्य हुन सक्छन्, जाडोमा घुम्न।

अंग्रेजी नयाँ वर्ष आगमनका बेला पोखरामा हुने सडक महोत्सव नेपालमा हुने सबैभन्दा भव्य महोत्सव हो, यस मौसमको। त्यसैगरी बर्दियामा हुने हात्ती पोलो र सौराहामा हुने हात्ती महोत्सव अर्को विशिष्ट पर्यटकीय गतिविधि हो। जाडोमा पसिना नआउने भएकाले साइक्लिङ पनि नयाँ र विशिष्ट गतिविधि हो, स्वास्थ्य र पर्यटन दुवैका हिसाबले। काठमाडौं उपत्यका वरपर शिवपुरी, कीर्तिपुर, चोभार, दक्षिणकाली, साँखु, नगरकोट, चाँगु, लाकुरी भन्ज्याङ, हात्तीवन, पोखरा वरपर र धुलिखेलजस्ता ठाउँमा साइक्लिङ गर्न सकिन्छ।

अचेल होमस्टे (घरबास) पर्यटनमा पनि चहलपहल हुन थालेको छ। होमस्टे नयाँ संस्कृति, नयाँ घरबास, नयाँ खानपिन, नयाँ पारिवारिक वातावरण अनुभव गर्न पाइने उत्कृष्ट र ज्ञानबर्द्धक पर्यटकीय गतिविधि हो। मंसिरमा ठड्याइएका परालका थाकमा खेल्न, आगोमाथि भुटिएका मकै र पोलिएका आलु/शखरखण्ड खान बालबालिका धेरै रमाउँछन।

तराईमा शीतलहर सुरु हुने, घाम नदेखिने र चिसो बढ्ने हुँदा पारिलो घामको मज्जा लिँदै आराम गर्न/रमाउन सकिन्छ मध्य पहाडी क्षेत्रमा। डडेल्धुरा, सुर्खेत, दाङ, पाल्पा, पोखरा, बन्दीपुर, गोर्खा, काठमाडौं, दोलखा, जिरी, सिन्धुली, धरान, धनकुटा, इलाम आदि क्षेत्रमा जाडो मौसममा पनि पारिलो घामको मज्जा लिन सकिन्छ। सनबास्किङका रूपमा पश्चिमाले गर्ने एक मुख्य पर्यटकीय गतिविधि हो घाम, ताप्दै आराम गर्नु।

जाडोमा हिउँमा खेल्न पाइन्छ। अलिअलि पानी पर्दा उच्च पहाडी क्षेत्रमा सेता हिउँका डल्ला खेल्दै रमाउन सकिन्छ। डडेल्धुरा, खप्तड, रारा, डोल्पा, मुस्ताङ, मनाङ, लमजुङ, माथिल्लो गोर्खा, दामन, रसुवा, फुल्चोकी, दोलखा, सगरमाथा, ताप्लेजुङजस्ता क्षेत्रमा हिउँको मज्जा लिन सकिन्छ।

कहाँ–कहाँ

काठमाडौं वरपर – नगरकोट, धुलिखेल, लाकुरी भन्ज्याङ/फुल्चोकी, सुन्दरीजल, शिवपुरी, ककनी, थानकोट, खोकना/बुङमती, साँखु/चाँगु, कीर्तिपुर/चम्पादेवी/चोभार/दक्षिणकाली, आदि।

पोखरा वरपर, ढोरपाटन, चितवन, बर्दिया, इलाम, कोशीटप्पु, धरान, धनकुटा, जनकपुर, दोलखा, जिरी, दामन, बन्दीपुर, गोरखा, पाल्पा, लुम्बिनी, दाङ, बर्दिया, सुर्खेत, खप्तड, डडेल्धुरा, शुक्लाफाँटा आदि।

के–के

साइक्लिङ, हाइकिङ, भिलेज टुर, जंगल सफारी, स्नो वाक, क्याम्प फायर पार्टी, धार्मिक यात्रा, सन बास्किङ, घरबास (होमस्टे) आदि

के खाने

सुप र तातो झोल पदार्थ, मकै, अन्डा/मासु, गेडागुडी, रोटी, दूध, मौसमी फलफूल आदि

के लाउने

कटनको भित्री लाउने लुगा (थर्मोकट आदि), हाइनेक, स्वेटर/ज्याकेट, टोपी/गलबन्दी, जुत्ता/बाक्लो मोजा, हिउँ पर्ने ठाउँ भए लामकाने टोपी/पन्जा/कालो चस्मा आदि

के लाने

टाउको/पेट/ज्वरोसम्बन्धि सामान्य औषधि, टर्च लाइट, स्क्र्याप ब्यान्डेज, बदाम वा अन्य सुख्खा फलफूल, पानी तातो रहने भाँडा (थर्मस, मेगास्लिम बोटल आदि), कोल्ड क्रिम, क्यामेरा/मोबाइल, अति धेरै जाडो हुने गन्तव्य भए स्लिपिङ ब्याग, बाक्लो सल र यी सबै सामान अट्ने एउटा बलियो र बोक्न सजिलो झोला।

ध्यान दिऔं

– पहाडी क्षेत्रमा हवाई यात्रा गर्नुहुन्छ भने फर्कनका लागि वैकल्पिक बाटोबारे पनि विचार पुर्‍याउने। अन्यथा मौसम गडबडी भई फ्लाइट नहुँदा गाह्रो हुन सक्छ।

– स्वास्थ्य हेरविचार गर्ने। आरामदायी सुताइ र गुणस्तरीय खानपिनमा जोड दिने।

– बच्चाबच्चीलाई चिसोबाट बचाउने। जान लागेको गन्तव्यमा औषधि–उपचार वा स्वास्थ्य चौकीको व्यवस्थाबारे जानकारी राख्ने।

– आफैं गाडी हाँकेर जाने हो भने कुहिरो/हुस्सु लागेको समयमा ध्यानपूर्वक चलाउने। मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने।

– स्थानीय रक्सी वा अन्य मादक/लागु पदार्थको सेवन गर्दा त्यसको गुणस्तर र असरबारे हेक्का राख्ने।

– जाने/सुनेका कुराबारे नयाँ ठाउँमा ज्ञान फिँजाएर चेतना फैलाउन सहयोग पुर्‍याई उत्तरदायी पर्यटकको पहिचान दिने।

– घुम्न गएका गन्तव्यमा फोहोर नफाल्ने, प्रदूषित नगर्ने र गलत आचरण प्रदर्शित नगर्ने।

– चोर, फटाहा, ठगसँग सावधानी अपनाउने।

(जोशी नेपाल पर्यटन बोर्डका अधिकृत हुन्।)

'जाली फटाहालाई छाडिन्न'

'जाली फटाहालाई छाडिन्न'

काठमाडौं– 'जग्गा अधिग्रहणले बागमतीको नक्सा नै बदलिएको छ।'यो भनाइ हो, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख गजेन्द्रकुमार ठाकुरको।उनी बुधबार दिउँसो आफ्नो टोलीसँग मीनभवनस्थित विश्व निकेतन स्कुल क्षेत्र आइपुगेका...

आत्मघाती गोल

आत्मघाती गोल

जाडो दिन ढल्दै थियो। हाम्रा टिम क्याप्टेन चौधरीले हामीलाई 'हट लेमन विथ हनी' खुवाइरहेका थिए। राष्ट्रिय गौरवको हाम्रो टिम एउटा अनाम भट्टी स्टाइलको क्याफेमा भेला भएको थियो। तीन महिनादेखि तलब...

किताबी ठेलीमा उभिनुभएको शिव दाइ

मोतीराम भट्टद्वारा लिखित र आजभन्दा १२२ वर्षअघि प्रकाशित कवि भानुभक्तको जीवनचरित्र अंग्रेजीमा अनुवाद गर्दै थिए। अकृनको फोन आयो, 'दाइ, शिव दाइ बित्नुभयो।' 'मोतीरामलाई पाखा राखे, पिकदूत पढ्ने इच्छा थियो त्यसदिन।...

यार, मजाक गरेको

यार, मजाक गरेको

किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?

यसरी लेखियो 'झोला'

२०३४ सालमा शनिश्चरे मावि झापाको मुखपत्र 'उषा' पत्रिकामा मेरो पहिलो कथा छापिएको थियो कृष्णप्रसाद भट्टराईको नामबाट। शीर्षक थियो 'गुनासो'। त्यस अघि नै अप्रकाशित कथाहरुको संख्या निकै नै थियो तर २०३३...

राजनीतिमा रंग

राजनीतिमा रंग

अभिनेत्री रेखा थापा निकै अड्कलेर कुरा गर्छिन्। सोचेर जवाफ दिन्छिन्। सकेसम्म कुरा छोट्याउने प्रयत्न गर्छिन्।यो उनको पुरानो बानी भने होइन।राजनीतिमा लागेपछि उनको स्वभाव बदलिएको छ। फिल्मको कुनै मोडले भूमिकामा आएको...

माया मिठो बन्दीपुरको

माया मिठो बन्दीपुरको

हरिया डाँडा, दूधे हिमाल, चिसो हावा, मन्दिर अनि जातजातिका अनुहार। बन्दीपुर जतिपटक पुगे पनि धीत मर्दैन। मोहनी लगाउँछ त्यो पहाडी थुम्कोले।

अन्तर्राष्ट्रिय अवसरको खाँचो

अन्तर्राष्ट्रिय अवसरको खाँचो

काठमाडौं-दुई वर्षअघि इन्डियन प्रिमियर लिग (आइपिएल) मा शक्ति गौचनको ‘ट्रायल' यात्रा निकै चर्चित रह्यो। ट्वान्टी–२० विश्वकप छनोटमा जगमगाउदो प्रदर्शनपछि नेपाली क्रिकेटका लोकप्रिय खेलाडी शक्ति राजस्थान रोयल्सको सम्पर्कमा पुगेका थिए।