Sunday 11 Ashwin, 2077 | September 26, 2020
Menu

नागरिक शनिबार

खतरा जिएम खान्कीको

  • १३ पुष, २०७०
  • स्वरुप आचार्य
  • DISQUS_COMMENTS
(0 votes)
खतरा जिएम खान्कीको
अनुवांसिक गुण परिवर्तित (जिएम) बिऊबाट फलेका खाद्य वस्तु (जिएम फुड) बारे वहस भर्खर सुरु भएको छ। तर, राष्ट्रिय नीतिको अभावमा नेपाली जनजीवनमा यस्ता अप्राकृतिक खाद्यान्न दैनिक भोजनमा मिसिन थालिसकेका छन्– यिनले स्वास्थ्यमा पार्ने असरबारेको चिन्ताविना।


विश्वभरमा 'जिएम फुड' खान हुने नहुनेवारेको अनुशन्धान गम्भिर ढंगमा जारी छ। सुरुमा पशुका लागिमात्र भनेर उत्पादन थालिए पनि उत्पादकको व्यापारिक जालोले यसलाई त्यतिमै सीमित राखेको छैन्। पशु–पंक्षी हुदै मानवीय भोजनमा पनि अप्राकृतिक भोजन नजाँनिदो पारामा प्रवेश भइसकेका छन्।

विश्वभरका धेरै प्रतिष्ठित खाद्य पदार्थ उत्पादकले जिएम फुडबाटै खानेकुरा बनाइरहेको खाद्यविज्ञहरु बताउँछन्। खासगरी जंक फुडमा जिएमको प्रयोग बढि हुने गरेको पाइएको छ। युरोपियन युनियनका सबै देससँगै अष्ट्रेलिया, चीन, जापान लगायत ४० मुलुकमा जिएम फुड प्रतिवन्धित छन्। यी देशमा उत्पादन हुने वा विदेशबाट आयात गरिने खाद्य सामाग्रीमा प्रयोग भएका कच्चा पदार्थबारे पनि खुलाउनुपर्ने व्यवस्था छ। तर, त्यहाँ पनि जिएम फुडबाट उत्पादित खाद्य सामाग्रीको दुश्प्रभाव विभिन्न अध्ययनले देखाएका छन्। अन्यत्र उत्पादन गर्ने वा आयात गर्नेलाई कुनै प्रभावकारी बाटो नभएकाले जिएम फुडले सोझै भान्छासम्म पहुँच बनाएको विज्ञहरुको दावी छ।

नेपालमा खाद्य अनुसन्धान तथा गुणस्तर विभाग भए पनि यसले प्रभावकारी रुपमा काम गर्न सकेको छैन्। खाद्य सामाग्रीमा प्रयोग भएका कच्चा पदार्थबारे प्रष्ट पार्नुपर्ने सामान्य नियम भए पनि जिएम फुड जाच्ने प्रविधी नभएको विभागका प्रवक्ता प्रमोद कोइराला स्विकार्छन। भन्छन्, 'हामीसँग खाद्य सामाग्रीमा अखाद्य वस्तु मिसिएको भए जाँच गर्ने संयन्त्र छ। तर, जिएमबारे भन्न सकिन्न।' उनका अनुसार नेपालमा जिएम खाद्य सामाग्री अनुगमन गर्ने कुनै कानुन नभएकोले पनि यसबारे खास चर्चा छैन।

विभिन्न अध्ययनका प्रतिवेदनअनुसार 'जिएम फुड' को प्रयोगले पशुसँगै मानिसमा पनि गम्भिर स्वास्थ्य समस्या निम्त्याउने पुष्टी भइसकेको छ। जिएम फुडको प्रयोगले पशु र मान्छे दुवैको कलेजो, पित्त, मिर्गौला र प्रजनन स्वस्थ्यमा समस्या निम्त्याउने देखिएको छ।

'जिएम फुड'को प्रयोगबाट हुने अर्को खतरा विभिन्न प्रकारका एलर्जी हुन्। अमेरिकाको नेब्रास्का–लिंकन विश्व विद्यालयका खाद्य विज्ञान तथा प्रविधि प्राध्यापक रिचार्ड गुडम्यान जिएम फुड स्वास्थ्यका लागि सुरक्षित नहुने बताएका छन्। जिएमओ तथा हाई ब्रिड विउ तथा कृषी रसायन उत्पादनका लागि कुख्यात अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोका लागि काम गरिसकेका वैज्ञानिक गुडम्यान भन्छन्, 'कुनै पनि चिजको प्राकृतिक गुण परिवर्तन गर्नु भनेको जुवा खेल्नु जस्तै हो। यसको दुश्प्रभाव कहिले देखिन्छ अनुमान गर्न सकिन्न।'

मान्छेलाई आवस्यक भिटामिन, प्रोटिन, आइरन खाने कुरामार्फत दिलाउन वैज्ञानिकहरुले अन्नको वंशाणुगत गुण परिवर्तन गरेर जिएमओ बिऊ उत्पादन पनि गरेका थिए। तर, त्यसको दीर्घकालिन प्रयोगले स्वास्थ्यमा उल्टो अशर गरेका तथ्य सार्वजनिक भएका छन्। भारतीय प्रख्यात वातावरणविद वन्दना शिवाको अध्ययन प्रतिवेदनमा उल्लेख छ, 'एसिया क्षेत्रमा खानाका रुपमा प्रयोग हुने चामलमै 'भिटामिन ए' हाल्न सके यसको कमिबाट हुने धेरै रोग कम गर्न सकिने निश्कर्षसहित 'जिएम भिटामिन ए राइस'को बिऊ आविस्कार गरिएको थियो। तर, दैनिक खाने प्राकृतिक खानामै भिटामिन ए हुन्छ। अतिरिक्त थप्दा भिटामिन ए नै बढि भएर स्वास्थ्यमा उल्टो अशर गर्ने कुरा ढाकछोप गर्न खोजिएको छ। जवकि त्यो नयाँ बिउ पत्ता लगाउन गरिएको खर्चले यो क्षेत्रका धेरै स्वास्थ्य समस्या सम्बोधन सम्भव थिए।'

'जिएम फुड' सँगै यसको उत्पादनमा प्रयोग हुने किटनाशक पर्यावरणका लागि झन खतरनाक छ। यस्ता किटनाशक बनाउन प्रयोग गरिएका प्रमूख रासायनिक तत्व 'ग्लाइफोसेट'ले मानिस र पर्यावरण दुवैमा दिर्घकालिन नकारात्मक प्रभाव पार्ने विज्ञहरु बताउँछन्। ग्लाइफोसेटले मान्छेको हार्मोन प्रणालीमा नकारात्मक असर गर्छ। अमेरिकामा कृषी प्रयोगका लागि अनुमति दिइएभन्दा ८०० गुणा कम अवशेषले पनि नकारात्मक असर पार्ने अध्ययनहरूले देखाएको छ। बोट–विरुवा, पशु–पंक्षी तथा मानिसमा यसका अवशेष फेला परेका छन्, जसले तिनको प्राकृतिक प्रणालीमा असर गर्छ। 'मानिसमा यसले क्यान्सरसम्म गराउन सक्छ,' 'एडभर्स इम्प्याक्ट अफ ट्रान्सजेनिक क्रप्स/फुड' रिपोर्टमा उल्लेख छ।

अर्जेन्टाइन वैज्ञानिक एन्डेस कारास्कोले कुखुरा र भ्यागुतालाई ग्लाइफोसेट रसायनयुक्त खाना ख्वाएर अनुसन्धान गर्दा दुवैको भ्रुण (एम्ब्रियो)मा नकारात्मक असर परेको पत्ता लागेको थियो। 'कुखुरा र भ्यागुतामा देखिएको समस्याबाट मानिस पनि जोगिन सक्दैनन,' अनुसन्धानपछि उनले भने।

व्यावसायिक खेतिमा किटनाशकको प्रयोग अनिवार्य हुन्छ। खासगरी विउको प्राकृतिक वंशनाश गराएर हाई ब्रिड वा जिएमओका नाममा प्रयोगमा ल्याइने खेतिमा किटनाशकको प्रयोग सामान्यभन्दा बढि गर्नुपर्छ। जसले कुनै एक प्रजातिको किराको अस्तिव्व संकटमा पार्छ। प्रकृतिले अस्तिव्वमा राखेको कुनै पनि जीवको कृत्रिम उन्मुलनको नतिजा भयावह हुने भएकाले वैज्ञानिकहरु यसलाई निरुत्साहित गर्नुपर्ने बताउँछन्।

अमेरिका र युरोपमा घारका घार मौरी मर्नुमा अध्ययनहरुले जिएम खेतीलाई नै दोषी देखाएका छन्। अनुसन्धानकर्ताका अनुसार गुण परिवर्तन गरिएका विरुवाका परागसँगको सम्पर्कले मौरीको रोग प्रतिरोधात्मक क्षमता घट्छ। 'कोलोनी कोल्याप्स डिसअर्डर' भनिने यही समस्याका कारण अमेरिकामा मात्रै मौरी संख्या एकतिहाई घटेको अनुसन्धान प्रतिवेदनको छ। यसकै कारण धेरै युरोपेली देशले 'एमओएन८१०' ब्रान्डको मकैमा प्रतिबन्ध लगाएका छन्।

'जिएम बिऊ र त्यसबाट उत्पादित खाद्य सामाग्री बारे विस्तृत अध्ययन भइ नसकेको अवस्थामा यसबाट टाडा बस्नु नै उपयुक्त हुन्छ। प्रयोगमा आएको धेरै वर्ष पछि मात्र यसले पर्यावरण तथा मानव जीवनमा असर देखाउँछ,' विभिन्न वैज्ञानिक तथा अनुसन्धानमुलक संस्थाका अनुसन्धानको साझा निचोड छ, 'बन्द कोठा भित्र केवल मुसामा प्रयोग गरेर उपयुक्त ठहर्‍याईएको सामाग्री प्रयोग गर्दा दिर्घाकालिन रुपमै धेरै नकारत्मक असरको सामना गर्नु पर्ने हुन सक्छ।'

जिएमओले वातावरणमा पार्ने असर :

– कृषीलाई क्षती नपुर्‍याउने किरामा समेत असर : जिएम बिऊ रोपिएको खेत बारीमा प्रयोग गरिएको किटनाशक हावा वा पानीको माध्यमबाट अन्यत्र जाने हुँदा विषाधीले जिएम बालीसँग सरोकार नभएका किरामाथी समेत असर गर्छ। मोनार्क पुतलीमा 'बिटी कर्न'मा हालिएको किटनाशकको असर यसको एउटा उदाहरण हो।

– केही जातका किरामा किटनाशकको घट्दो असर : किटनाशकको बढ्दो प्रयोगले किरामा किटनाशक प्रतिरोधात्मक क्षमता विकास हुँदै गएको देखिन्छ। लामखुट्टेमा कम हुँदो डिडिटी रसायनको असर यसकै कारण घटदै गएको अनुसन्धानहरुले देखाएका छन्।

– किटनाशकले जलचरमा पार्ने नकरात्मक असर : खेतबारीमा प्रयोग गरिएको किटनाशक बगेर पानीको स्रोतमा मिसिएपछि जलचरमा समेत असर पर्ने देखिन्छ। खास गरि ग्लाइफोसेटको असर जलचरमा पर्ने वैज्ञानिक अध्ययनले देखाएको छ।

– जिएम बिऊ रोपिएको खेतसँगै रहेका अन्य विरुवामा असर : जिएम बिऊ रोपिएको खेतबाट पराग सेचन भई अन्य स्थानीय जातका बिरुवामा जिएमका गुण देखिन्छ। यो प्रकृयाले स्थानीय जातका बोट बिरुवा लोप हुने खतरासँगै जिएम बिऊ उत्पादन गर्ने कम्पनीले त्यस बालीमासमेत आफ्नो दावी गर्ने खतरा बढ्छ। मोन्सान्टो कम्पनीले विभिन्न देशमा किसानमाथि हालेको मुद्दाले त्यही तथ्य पेश गर्छ।
साहित्यको उन्नयन कि व्यापारीकरण

साहित्यको उन्नयन कि व्यापारीकरण

'एनसेल नेपाल लिटरेचर फेस्टिभल– २०१३' सुरु भएको छ। सन् २०११ देखि यो कार्यक्रम आयोजना गर्न थालिएको हो। बहुराष्ट्रिय कम्पनी एनसेलको आर्थिक लगानी र सहयोगमा गर्दै आइएको यस कार्यक्रममा एनसेल, यसको...

आखिर बाँचिदो रहेछ !

आखिर बाँचिदो रहेछ !

बिरिङ खोला त्यतिसाह्रो गड्गडाएको उनले कहिल्यै सुनेकी थिइनन्। २०३५ साउन २ गते सोमबार । दुई जिउकी शिवमाया घरधन्दामा व्यस्त थिइन् । श्रीमान् गोरु बेच्न बुधबारे बजार गएका थिए।

राम्रो रचना मिठो नेपाली

भदौतिर जन्मने बच्चा असारमै जन्मियो– सात महिनामा। बिरामी आमाले जन्माएको शिशु कुखुराको चल्लाले जस्तै कैयौं घन्टासम्म आँखा खोलेन। रुँदा पनि रोएन।

थारु संगीतमा प्रेम र समर्पण

थारु संगीतमा प्रेम र समर्पण

अरी कहासेन सिरिजल चकियाक पिहि्रयाअरी कहासेन सिरिजल चकियाक खुटियाविवाहका बेला गाइने यो गीत पश्चिम नेपालको थारु समुदायमा लोकप्रिय छ। थारु भाषामा 'माँगर' भनिने यो गीत माघ–फागुन महिनामा बढी बज्छ। थारु समुदाय...

टुटेको साहित्य जोड्दै

टुटेको साहित्य जोड्दै

बीसको दशकमा नेपाली सांगीतिक क्षेत्रका दुइटा अभियान–समूह निक्कै सक्रिय भए– राल्फा र लेकाली सांगीतिक समूह। राल्फालीहरू वामपन्थी धारमा रहेर क्रान्ति र विद्रोहका गीत गाउँथे, लेकाली विशुद्ध लोकजीवनका भाका र सुस्केरालाई...

सम्पादकको अवशान

सम्पादकको अवशान

केही समययता सञ्चार माध्यमको स्वामित्व संरचनामा परिवर्तन आउन थालेको छ। यो परिवर्तनको गति अत्यन्तै दु्रत छ। अखबार, पत्रिका र टेलिभिजनहरू कुनै एउटा परिवारको स्वामित्वप्राप्त कम्पनीबाट सञ्चालन हुँदै आएका छन्। त्यसमध्ये...

अनुभूतिका किनारामा

अनुभूतिका किनारामा

मैले कवितालाई हृदय धुने सत्यको रुपमा लिंदै आएको छु। समयलाई प्रकाश प्रदान गर्ने कविताको सत्यलाई आत्मसात गरिरहेको छु। रंगमञ्चमा उभ्याएर शिल्पीलाई उनको आराधनालाई सम्मान प्रकट गर्न समय रोजिरहेको छु।

सत्ता परिक्रमामा अल्झेको संस्कृति

'पण्डित ओमकारनाथजी आफ्नो एउटै गीतबाट जति प्राप्ति महशुस गराउन सक्छन्, म अनेकौं भाषणबाट पनि त्यस्तो प्राप्ति महशुस गराउन सक्दिन।' महात्मा गान्धीले शास्त्रीय गायक ओमकारनाथ ठाकुरको कलाकारितामाथि त्यस्तो उच्च भावको टिप्पणी गरेका...