Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

गजबका किट्स

  • २० पुष, २०७०
  • क्रान्ति पाण्डे
  • DISQUS_COMMENTS
(0 votes)
गजबका किट्स
तिमीले पजल खेलेका छौं? घरमा नभए स्कुलमा खेलको हुनुपर्छ। पजल खेल्न खुब मज्जा हुन्छ है। आफुलाई मनपर्ने कार्टुन पात्र वा फिल्मको पजल खेल्न पाए त झन् मज्जा। अनि दिमागी कसरत बढाउने पजल चाहीँ तिमीलाई कस्तो लाग्छ। जे भएपनि छरिएर रहेका टुक्राहरु जोडेर कुनै आकृति बनाउन रमाइलै हुन्छ। बजारमा थुप्रै प्रकारका पजलहरु पाइन्छन्। केही जनावरका चित्र भएका हुन्छन्। केही फलफुलका।
रमाइलो मात्रै होइन पजल पढाइलाई सहयोग पुर्‍याउने किसिमका पनि हुन्छन्। बजारमा थुप्रै कम्पनीका पजल पाइन्छन्। केही प्लास्टिकका पनि हुन्छन्। केही काठका पनि।

हाम्रै नेपालमा एउटा पजललगायतका शैक्षिक सामग्री बनाउने कारखाना छ। सातदोबाटोको टुटेपानीमा रहेको सो कारखानाको नाम उडन किट्स हो। फुर्सदमा तिमी गयौं भने आफै थाहा पाउँछौं, ओहो काठबाट पनि गजबका पजलजस्ता शैक्षिक सामग्री बन्दा रहेछन्। कारखाना छिर्ने बित्तिकै थुप्रै काठको चाङ छ। कामदारहरु काठलाई मेशिनबाट विभिन्न आकार दिँदै गरेका भेटिन्छन्। त्यस्तै महिलाहरु दिदीहरु घाममा बसेर आकारमा ल्याइएका त्यस्ता काठलाई रंगरोगन गर्दै बसेका भेटिन्छन्।

सुरुमा यो कारखाना मंगलबजारमा थियो। नाम पनि नेपलिज उडन किट्स थियो। कुरो २०४६ सालको हो। संस्थापक राम कुमार ताम्राकारले भने, ' मैले यो फ्याक्ट्री खोल्दा त्यस्तै १८ वर्षको मात्र थिए।' उनको कारखानाबाट काठका थुप्रै प्रकारका शैक्षिक किटहरु उत्पादन हुँदै आएका छन्। यसरी किट बनाउने काम गर्न थालेको पनि २० वर्ष भइसकेको राम कुमारको अनुभव छ। 'मेरो बुबा फर्निचरमा काम गर्नु हुन्थ्यो। उहाँकै प्रेरणाले भनौं ममा बालबालिकाकोलागि किट उत्पादन गर्ने सोच पलायो ' उनले भने, त्यसताका केही विदेशी कुटनितिज्ञहरुले पनि हामीलाई बालोपयोगी सामग्री उत्पादन गर्न घच्घच्याइरहन्थे।'

सुरु सुरुमा खासै बजारमा नभएका काठका कलात्म शैक्षिक सामग्रीहरु आजभोलीका अभिभावकले सजिलै किनिदने उनी सुनाउँछन्। 'केही स्कुलहरुले संस्थागत रुपमा आफैं पनि यस्ता सामग्रीहरु उत्पादन गर्न अर्डर गर्छन्।' उनको कारखानाको विशेषता भनेको के हो भने उनी सबै सामग्रीमा काठको प्रयोग गर्छन्। भन्छन्, 'प्लास्टिकजस्तो काठ स्वास्थ्यमा असर पुर्‍याउने हुँदैन। अर्को कुरा यहाँ प्रयोग गरिने रंगहरु पनि विषाक्त नभएर स्वास्थ मैत्री छन्।' उनले किट बनाउन प्रयोग हुने काठहरु नेपाली लोकल बजारबाटै ल्याएर प्रयोग गर्ने बताए।

ताम्राकारको अनुभव छ, 'स्कुलमा बालबालिकालाई घोकाउनुको साटो यस्तो प्रकारका सिर्जनात्मक सामग्रीहरु उपलब्ध गराएमा बेस हुन्छ।' बालबालिकाले पत्यक्ष रुपमा छोएर खेलाएर कुनै बस्तुलाई चिने भने पछि सम्मकालागि उपयोगी हुने उनी सुनाउँछन्। सुरुसुरुमा स्कुलमा पढ्न समेत मुस्किल पर्ने समयमा उनले केही समस्या झेले पनि पछिल्लो समयमा राम्ररी नै उत्पादन चलेको छ। उनले भने, 'सुरुमा त यस्ता शैक्षिक सामग्रीको बजार नै थिएन।' रामकुमारले आफ्ना सम्पूर्ण सामग्रीहरुमा नेपाली स्वरुप अनुरुप नै सामग्रीहरु उत्पादन गरेको बताउँछन्।

राम कुमारले नेपाली समाज र बालबालिकाको सिकाइलाई लिएर नेपाली परिवेशकै फलफुल र जनावरका आकृतिहरु समावेश गर्दै आएका छन्। बालबालिकाकोलागि उपयोगी शैक्षिक सामग्री उत्पादन त आजभोली उनका लागि समाजसेवाजस्तै भएको छ। भन्छन्, 'यो पनि समाजसेवा नै भो, देशको भविष्यको चित्र कोर्ने बालबालिकाको शैक्षिक क्षमता अभिवृद्धिका लागि मेरो सानो काम पनि कतै उल्लेखयोग्य होला जस्तो लाग्छ।' उनको कामले विदेशतिर पनि ख्याती कमाउँदै गएको छ। केही विदेशी संस्था र व्यक्तिहरुले उनको सामग्रीहरु खपत गर्दे आएका छन्।

'केही विदेशी आएर आफु अनुसारको डिजाइन पनि दिन्छन्।' उनले भने। ताम्राकारको कारखानामा हस्तकलाका गिफ्ट सामग्री र खेलौनहरु पनि उत्पादन हुने गर्छन्। उनको कारखानाबाट शैक्षिक सामग्रीहरु अंकित पजल बोर्ड, नक्सा र विभिन्न जीवजन्तु अंकित पजल लगायतका शैक्षिक सामग्री उत्पादन हुँदै आएका छन्। उनको कारखानाबाट उत्पादित सामग्रीहरुलाई युनिसेफ, डानिडा, शैक्षिक तालिम केन्द्र, रातो बंगला, लिटल एन्जल्स, एकता बुक्स लगायतका संस्थाहरुले प्रयोग गर्दै आएका छन्।

ऋभिभावकसँगै आउने सानासाना नानीहरु पजल किनिदिन निकै करकर गर्छन्। थापाथलीमा रहेको एकता बुक्सकी सिनियर सेल्स प्रमुख राधा शर्माले भनिन्, 'यहाँ आउने अभिभावकहरु आफ्ना नानीहरुलाई क्रिएटिभ किसिमका पजलहरु किनिदन रुचाउँछन्।' एकता बुक्सबाट जनावरका चित्र अंकित पजलहरु त्यस्तै कार्टुन पात्र अंकित पजल बढी बिक्ने गरेको उनको अनुभव छ। 'पजलमा पनि शैक्षिक क्षमता बढाउने किसिमका पजलहरु किन्न आउँछन्।', शर्माले भनिन् , 'आफ्ना बालबालिकाका लागि पजलमा पैसा खर्च गर्ने पनि बढ्दै गएका छन् आजभोली।'

पजलकै कुरा गर्दा उडन किट्सका सामग्रीहरु स्कुल तथा मोन्टेश्वरीहरुले थोक र खुद्रा रुपमा लैजाने गर्दा रहेछन्। पजलहरु सस्तोमा १७५ देखि महँगोमा बाह्र तेह्र सयमा पाइन्छ। 'हाम्रोमा इन्डियन र चाइनिज पजलहरु पनि खुब बिक्री हुन्छ। विशेषगरी शैक्षिक पजल हुन्।', एकताका फ्लोर इन्चार्ज जुलियन रोङओङले भने, 'बालबालिकाहरु क्लरफुल पजलहरु खुबै मनपराउँछन्।'
वीरसिंहको पोखरेली पौरख

वीरसिंहको पोखरेली पौरख

ढुंगैढुंगाले बनेका लोभलाग्दा घरहरूले पोखरा आउने पाहुनाका आँखा तान्छन्। माछापुच्छ्रे हिमाल र फेवातालबाहेक आगन्तुकको आँखा पोखरामा यदि अरू केहीले तान्छ भने त्यो यहाँका घर नै हुन्। बेलायती सेनाबाट आर्जेको सम्पत्तिबाट...

क्रिकेटर कविका सपना

क्रिकेटर कविका सपना

धुवाँको पनि धागो हुन्छ र? हुँदैन। फ्याट्टै जवाफ दिइहाल्नु कहिलेकाहीँ गलत हुन्छ। केहीबेर सोच्ने हो भने प्रश्नसँग सहमत हुने ठाउँ प्रशस्तै छन्। किनकि, निरज भट्टराईका हरेक कविताले सोच्न बाध्य गराउँछन्।

परिवारै आँखीझ्याल कुँद्दै

परिवारै आँखीझ्याल कुँद्दै

हाकुपटासी लगाएकी नेवारी युवती। पुरानो घरको आँखी झ्यालबाट बाटो चियाउँदै। बिहान पुजाआजा गर्ने बत्ति काट्दै। युवतीले बाटोमा हिड्ने युवाहरूलाई नियाल्ने। युवाहरूले पैसाका ढिकाले फ्याट्ट–फ्याट्ट आँखी झ्यालमा बत्ति काट्ने युवतीलाई हिर्काउने।...

बाह्रसिंगा पछ्याउँदै

बाह्रसिंगा पछ्याउँदै

जीपमा बसेर बाह्रसिंगा हेर्न शुक्लाफाँटा पुग्दा मन सशंकित थियो। खर झाँगिएका बेला बाह्रसिंगा देख्न नपाइने हो कि भनेर। किनकि ०६६ मंसिरमा पहिलोपटक आउँदा देख्न पाइएको थिएन। घारीभित्र लुकेका थिए। ०७०...

सर, क्षमा पाऊँ

फुकीढल तर अग्लो ज्यान सरासर भित्रिन्छ। साथीहरू जर्यााकजुरुक उठ्छन्। ऊ सरासर गएर कालोपाटीतिर कन्नो फर्काएर ठिङ्ङ उभिन्छ। दुवै हात पखेटाझैं १८० डिग्रीमा फैलाउँछ। र, खुम्च्याउँदै 'बस'को इसारा गर्छ। ओठ खोल्दैन।...

विन्टर डेस्टिनेसन

नमोबुद्धगौतम बुद्धको पूर्वजन्म भएको पवित्र ठाउँ नमोबुद्ध। अध्यात्म, प्रकृति र संस्कृतिको संगम। शारीरिक र मानसिक थकान मेटाउने गन्तव्य। काभ्रेको श्यामपाटी गाविसमा पर्छ नमोबुद्ध। काठमाडौंबाट धुलिखेल हुँदै ३० किलोमिटर दुरीमा।

संघर्षको सहरमा सफलताको वर्षा

'मैले योभन्दा बढी पढाउन नसक्ने भएँ । अरू पढ्नुछ भने काठमाडौं जा, काम गरेर पढ्,' आठ कक्षा पढ्दै गरेका शम्भु श्रेष्ठ बाबुको यस्तो आज्ञा प्रतिवाद गर्ने सामथ्र्य राख्दैनन् । मात्र...

थारु संगीतमा प्रेम र समर्पण

थारु संगीतमा प्रेम र समर्पण

अरी कहासेन सिरिजल चकियाक पिहि्रयाअरी कहासेन सिरिजल चकियाक खुटियाविवाहका बेला गाइने यो गीत पश्चिम नेपालको थारु समुदायमा लोकप्रिय छ। थारु भाषामा 'माँगर' भनिने यो गीत माघ–फागुन महिनामा बढी बज्छ। थारु समुदाय...