Monday 12 Jestha, 2077 | May 25, 2020
Menu

नागरिक शनिबार

टिफिन बक्स

  • २० पुष, २०७०
  • मीना बज्राचार्य
  • DISQUS_COMMENTS
(1 Vote)
टिफिन बक्स
गौतम कक्षा पाँचमा पढ्थे। गौतम चार वर्षको हुँदा उनको बुबा बित्नु भएको थियो। गौतमलाई उनकी आमा शान्तिले दुःख गरी हुर्काएकी थिइन्। गौतमले पनि आमाको दुःख राम्ररी थाहा पाएका थिए। त्यसैले गौतम स्कूलमा धेरै मेहेनेत गरेर पढ्थे।


गौतम पढ्ने स्कूलका साथीहरु जहिले पनि मिठा मिठा खाजा घरबाट ल्याउँथे। तर गौतमले भने सँधैं मकै भट्मास त कहिले गुन्द्रुक र रोटी लान्थे। त्यसैले साथीहरुले उनलाई ए गुन्द्रुके त कसैले ए मकैभट्मासे भनेर गिज्याएर हैरान पार्थे। यसरी टिफिन खाने बेलामा सबैले हेप्ने गरेकोले गौतमले टिफिन ल्याउनै छाडिदियो। सबै साथीहरु चौरमा रमाएर मिठा मिठा टिफिन खाएर खेलिरहँदा गौतम भने कक्षा कोठामा बसेर सँधै चित्रहरु बनाएर बस्थे। गौतमलाई कसैले पनि वास्ता गर्दैन थिए।

साथीहरुको व्यवहार देखेर गौतमलाई कहिले काँहिं त साह्रै चित्त दुख्थ्यो। ऊ आमाको काखमा धुरुधुरु रोएर स्कूमा साथीहरुले हेपेको कुरा आमालाई सुनाउँथे। तर आमाले सँधै सम्झाउँथिन् —"राम्रोसँग पढ बाबु , अरुको कुरामा नलाग। राम्रोसँग पढ्यौ भने भोलि ठूलो मान्छे हुन्छौ। अनि सबैले मान्नेछ।" भनेर फकाउँथे।

एकदिन गौतमको स्कूलमा श्रेया भन्ने नयाँ विद्यार्थी भर्ना हुन आइन्। श्रेया काठमाण्डौंबाट आएकी थिइन्। श्रेयाका बुबा जागीरबाट विराटनगरमा सरुवा भएका थिए। त्यसैले श्रेयालाई पनि त्यहींको स्कूलमा भर्ना गरिदिएका थिए। श्रेया ज्यादै मिलनसार थिइन्। ऊ धनी बाबुकी एक्ली छोरी भएपनि पटक्कै घमण्डी थिइनन्।

श्रेयो तुरुन्तै स्कूलका सबै साथीहरुसँग घुलमिल भइसकेकी थिइन्। सँधै सबै साथीहरुसँग मिलेर खाजा खान्थिन्। तर श्रेयाले गौतमलाई भने टिफिन खाँदा कहिल्यै देखिनन्। उसले साथीहरुसँग गौतमको बारेमा सोधिन्। विशालले त्यही बेला फुर्ति गर्दै भने, —"उसले कहिल्यै गतिलो र मिठो टिफिन ल्याउँदैन। खाली गुन्द्रुक, र भटमास मात्र ल्याउँछ। त्यस्ता गुन्द्रुकेसँग पनि हाम्रो मिठो टिफिन बाँडेर खान्छ त?" उसको कुरालाई सबै साथीहरुले सही थपे। तर श्रेयाले भनिन्— "टिफिन मिठो ल्याउँदैमा मात्र साथी बनाउँने र नमिठो ल्याउँदैमा साथी नबनाउँने भन्ने पनि कहीं हुन्छ त? म त गौतमसँग टिफिन खान जान्छु।"

श्रेयाले गौतमलाई एक्लै कक्षा कोठामा बसेर लेखिरहेको दखिन्। ऊ पनि त्यहीं गइन्। श्रेया आएको चाल पाउँना साथ गौतम हतार हतारमा कक्षा कोठाबाट बाहिर निस्के। उनको पछि श्रेया पनि गइन्। श्रेयाले बोलाउँदा पनि ऊ नबोलि यताउता जान थाले। पछि खाजाको समय सकिएपछि मात्र कक्षा कोठामा आए। श्रेया गौतमको चाल देखेर दंग परिन्।

साथीहरुले गौतमलाई हेपेको श्रेयालाई पटक्कै मन परेन। त्यसैले अबदेखि श्रेयाले गौतमसँग खाजा खाने निधो गरिन्। भोलिपल्ट टिफिन खाने समयमा सबै साथीहरु चौरमा गए तर श्रेया भने गईनन्।

श्रेयाले गौतम बसेको बेञ्चमा गएर भनिन् — "गौतम म तिमीसँग टिफिन खान्छु है? खोइ तिम्रो टिफिन? हामी बाँडेर खाउँ न।"

गौतमले लजाउँदै भने, "मैले आज टिफिन ल्याउन बिर्सें।"

"के भयो त भोलि ल्याउ न। आज तिमी मेरो टिफिन खाउ, बरु भोलि म तिम्रो टिफिन डबल खाउँला नि है?" भन्दै श्रेयाले आफ्नो टिफिन बक्स अगाडि सारिन्। तर गौतमले खान मानेन। बरु उनले बिस्तारै भने,

"म मिठा मिठा टिफिन ल्याउँन सक्दिन श्रेया, त्यसैले तिमी मसँग टिफिन......."

"ठीकै छ त्यसो भए म पनि भोलि देखि टिफिन पनि ल्याउँदिन। यो टिफिन पनि खान्न।" श्रेया ठुस्किन्।

श्रेयाले टिफिन नखाई बसेकीले गौतमले बिस्तारै हात अगाडि बढाएर खान थाले। त्यसपछि दुबै मिलेर रमाइलो मान्दै खाए। त्यसदिन गौतमलाई ज्यादै रमाइलो लाग्यो। आफ्नो पनि साथी भएकोमा गौतमको खुशीको ठेगानै रहेन। भोलिपल्ट गौतमले मकै भट्मास र गुन्द्रुक टिफिन लगे। तर गौतमले लजाउँदै श्रेयाको अगाडि टिफिन बक्स खोलेर देखाइन्। श्रेयाले गौतमको टिफिन सबै खाइदिइन्। आफ्नो टिफिन गौतमलाई खान दिइन्। श्रेया मकै गुन्द्रुक साह्रै मनपराउँथिन्। किनभने यस्तो खाजा शहरमा उत्ति खान पाइदैन।

श्रेया र गौतम जहिले पनि सँगै टिफिन खान थाले। ए्कले अर्कोलाई नआएको सिकाइदिन्थे। उनीहरु दुईजना मिलेको देखेर सबै साथीहरु छक्क पर्न थाले। यसरी नै उनीहरुले रमाइलोसँग टिफिन खाने गरेकोले अरु साथीहरु पनि विस्तारै उनीहरुसँग टिफिन बाँडेर खान आउन थाले। त्यसपछि सबैजना मिलेर बस्न थाले। गौतमलाई पनि स्कूलमा असाध्यै रमाइलो लाग्न थाल्यो।

दुई–दुई

एक रात। हालसालैको रात। म मस्त निद्रामा थिएँ। अचानक घरबाहिर कोही सुँक्कसुँक्क रोइरहेको आवाज आयो। आवाज क्रमशः तीव्र हुँदै गएपछि निदाउन सक्ने स्थिति रहेन। म घरबाहिर आएँ। गेट खोलेँ। आवाज...

नामको मोहमा कराते

नामको मोहमा कराते

गाउँका दाजुहरू सबै कराते खेल्थे। दीपक श्रेष्ठ भने फुटबलतिर थिए। एक दिन दाजु राजपाल कर्माचार्यले दक्षिण एसियाली च्याम्पियनसिपले करातेबाट स्वर्ण पदक जितेको खबर गोरखापत्रमा छापियो।

लेखक बन्न भीडबाट भाग्नुपर्छ

जयपुर (भारत) - पहाडको टुप्पोलाई सुनौलो बनाउँदै उदाउने सूर्य, पातको कापबाट छिर्दै भुइँको क्यानभासलाई कलात्मक बनाउने प्रकाश, क्षण क्षणमा रङ फेर्ने मनमोहक दृश्य।

कवि खोज्दै जाँदा

कवि खोज्दै जाँदा

भदौरे झरीले काठमाडौंका अफरोड भिजाइरहेछ। आकाशमा मौसम रोइरहेछ, जमिनमा कवि। एक चर्चित (भनूँ, लोकप्रिय) कविको कांग्रेस प्रवेशले काठमाडौंका कविकुना अझै गर्मिंदा छन्। कोही खुसी छन्, कोही रोइरहेछन्। अखबारमा यो खबर पुरानो...

कठै खेलकुद!

कठै खेलकुद!

नेपालको खेलकुद इतिहासमा लोकतन्त्र स्थापनापछि नै सबैभन्दा बढी राजनीतीकरण मौलाएको छ। देशको झन्डा बोकेर मैदानमा ओर्लने खेलाडीलाई दलको झन्डा बोकाउँछन् नेताहरू।

संघर्षको सहरमा सफलताको वर्षा

'मैले योभन्दा बढी पढाउन नसक्ने भएँ । अरू पढ्नुछ भने काठमाडौं जा, काम गरेर पढ्,' आठ कक्षा पढ्दै गरेका शम्भु श्रेष्ठ बाबुको यस्तो आज्ञा प्रतिवाद गर्ने सामथ्र्य राख्दैनन् । मात्र...

तेह्र वर्षमै क्रान्तिमार्ग

तेह्र वर्षमै क्रान्तिमार्ग

२०२८ सालमा झापा जिल्ला कमिटीले गरेको सशस्त्र संघर्षको निर्णयले कम्युनिस्ट आन्दोलनमा हलचल नै ल्यायो, त्यसको तरंगले गौरा प्रसाईंलाई पनि नराम्रोसँग हल्लायो। त्यो आन्दोलनमाथिको दमनबाट बच्न कयौं व्यक्ति भारत पसे। केहीले...

व्यापकता पाउँदै नेपाल संवत्

चुन्दा बज्रचार्य हिजोआज निकै व्यस्त छिन् । विभिन्न कार्यक्रममा भ्याई–नभ्याई छ । उनको व्यस्तता नजिकिँदै गरेको चुनाव प्रचारको लागि होइन । 'नेपाल संवत् न्हूँदा राष्ट्रिय समिति ११३४' की अध्यक्ष रहेकी...