Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

घामको झुल्को

  • २० पुष, २०७०
  • बेनुपराज भट्टराई
  • DISQUS_COMMENTS
(1 Vote)
घामको झुल्को
प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँ लाई पर्यटकीय केन्द्र बनाउन दशकदेखि सक्रिय अन्तुवासी अचेल सन्तोषको सास फेर्दै छन्। सात वर्षसम्म हरेक मंसिरमा महोत्सव गर्दै, विकास निर्माणमा जुट्दै र प्रचारमा समय खर्चिंदै आएका अन्तुवासीले आफ्नो गाउ" उजिल्याएपछि फुर्सद अनुभव गरेका हुन्।


सात हजार छ सय ३७ फिट उचाइमा रहेको अन्तु सूर्योदय दृश्यावलोकन निम्ति दार्जिलिङको टाइगर हिलभन्दा पनि उपयुक्त गन्तव्य मानिन्छ। 'झुल्के घाम हेर्न जाऊ" अन्तु डा"डैमा' नारासाथ महोत्सवले वर्षौं माहोल तताएको थियो। महोत्सव नियाल्न सीमापारीबाट पनि ठूलो संख्यामा मानिस आइपुग्थे।

ठूलो क्षेत्रफल ओगटेको अन्तुपोखरीको सुधार गर्दै स्थानीयले दुइटा डुंगा चलाएपछि पर्यटकले थप आनन्द लिन पाएका छन्। इलाम जिल्लाको अन्तुका हरेक डा"डाबाट कञ्चनजंघा र कुम्भकर्ण हिमाल नियाल्न सक्छन्। पशुपतिनगरबाट भारतीय बाटो प्रयोग गर्दै छब्बिसे–गुफापाताल भएर पनि अन्तु पुगिन्छ।

सीमापारी दार्जीलिङको पर्यटकीय नगरी मिरिकको सामुन्नेमै रहेको अन्तुमा मनग्गे पर्यटकीय सम्भावना देखेरै गाउ"ले विकासमा जसरी एकजुट भए, अहिले प्रतिफल त्यसैगरी हात पार्दै छन्। द्वन्द्वकालमा जोखिम मोलेरै मनाइएका महोत्सवमा समेत आन्तरिक पर्यटकको धुइरो लाग्ने गर्थ्यो।

'अबचाहिँ अन्तु सबैतिर चिनिएजस्तो लाग्छ' चारैतिरबाट पर्यटक आउन थालेपछि उत्साहित स्थानीय अगुवा एकराज घिमिरे भन्छन्, 'विकासका काम अझै बा"की रहेकाले पर्यटक आगमन बढ्ने अपेक्षा छ।' ग्रामीण पर्यटन प्रवर्द्धनका निम्ति २०६० देखि ०६८ सम्म अन्तुवासी गाउ"को हितमा बढी सक्रिय थिए।

महोत्सवले चौतर्फी परिचय फैलाएपछि अन्तु आउने पर्यटक बढेका हुन्। सुरुका वर्षमा महोत्सवकै बेलामात्र दुई/चार सयको संख्यामा पर्यटक आइपुग्ने अन्तुमा अचेल बर्सेनि १५ हजारभन्दा धेरै आउ"छन्। जसमा पूर्वी जिल्लाका धेरै हुन्छन्। अन्तुमा विदेशी पर्यटकसमेत बेला बेला झुल्किन्छन्।

अदुवा, अलैंची, अम्लिसो, आलु, ओलन (दूध) अर्थात् इलामको पहिचान बनेका पा"च 'अ'ले अन्तु पहिल्यैदेखि प्रख्यात छ। अचेल अन्तुवासीले पा"च 'अ' मा अरू छ 'अ' अर्थात् अर्थोडक्स चिया, अर्किड (सुनाखरी), अकबरे (खुर्सानी), अन्तुपोखरी, अन्तुडा"डा र अतिथि सत्कार थपेर ११ 'अ'ले चिनाउ"दै छन्।

'आफैं रोप्ने, फलाउने र खाने भएकाले यस्ता नगदेवाली हामीलाई खासै वास्ता लाग्दैनन्,' अन्तुको पर्यटन विकासमा मरिमेट्ने टेकबहादुर आले भन्छन्, 'तर घुम्न आएकाहरू हाम्रो मेहेनत र परिश्रम देखेर मख्ख हुन्छन्।' पैदल एक घन्टामैं पुगिने मेचीखोलाको उद्गमस्थलसमेत नजिकै हु"दा अन्तुको महŒव निकै छ।

सुधारिएको खेतीपातीमैं आश्रित भएर अन्तुवासीले अपनाउन थालेको आधुनिक जीवनशैली पर्यटकलाई अर्को आर्कषण बन्दै छ। 'खेतीपातीकै भरमा पनि यहा"का मानिसले कति राम्ररी जीविकोपार्जन गरेको' भन्दै अन्तुका कुनाकुना चहार्ने धेरै हुन्छन्। चियामा जीवन देखेका गाउ"ले फूल खेतीमा पनि सामेल छन्।

अन्तुको प्रमुख आर्कषण मानिने सूर्योदय, हिमशृंृंखला र प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्न सबै उमेर समूहका नरनारी धुइरिन्छन्। झिसमिसे उज्यालो भुइँमा नखस्दै अन्तुडा"डामा पुगेर सूर्योदयको मनोरम दृश्यावलोकन गर्न दूधमुखे बालकदेखि सेतै फुलेका बुढापाका अग्रसर हुन्छन्। कार्तिक–मंसिरमा भीड लाग्छ।

अन्तुमा लोपोन्मुख लेप्चा जातिको संग्रहालय देख्न सकिन्छ। जहा" युद्धमा प्रयोग भएका हतियारदेखि परम्परागत पोसाकसमेत छन्। अन्तु मुलुकमै सबैभन्दा नजिकबाट सूर्य उदाएको देख्न सकिने ठाउँ हो।

अन्तु डाँडामा खान/बस्न होमस्टे सुविधा छ। त्यहाँका ३५ घरले सस्तोमा पाहुनालाई खाना र बास दिन्छन।

त्रिकोणधारी सल्ला र चियावारीको बीचमा पर्ने अन्तुडा"डाबाट दार्जिलिङका आधा दर्जन बजार र चिया बगानका अतिरिक्त सिलिगुडी, खर्साङ, बागडुग्राजस्ता सहरसमेत देखिन्छन्। अन्तुबाट त्यहा" पुग्न धेरै बेर लाग्दैन।

मेची राजमार्गअन्तर्गत इलामको फिक्कलबाट डेढ घन्टा गाडी यात्रामा अन्तु पुग्न सकिन्छ। सिद्धिखोलासम्म बाटो कालोपत्रे छ। कच्ची सडक चा"डै कालोपत्रे हु"दै छ। इलाम सदरमुकामदेखि करिब ५५ किलोमिटर पूर्वमा अवस्थित अन्तु झापाको बिर्तामोडदेखि पनि उत्तिकै दूरीमा पर्छ। यस बाटोमा दैनिक ट्याक्सी चल्छन्।

होमस्टेकी आमा

गुडिया आले सात वर्षअघिसम्म नया मान्छेको छेउ पर्दैनथिइन्। १० कक्षा पढेकी उनलाई नचिनेका मान्छेस"ग बोल्नुपर्दा पसिनै छुट्थ्यो। तीन छोरी जसरी हुर्किंदै गए, अन्तुको पर्यटन विकास पनि उही गतिमा भयो। गुडियामा ठूलो परिवर्तन आयो। पर्यटकको सत्कार सिपालु भइसकिन् उनी।

सूर्योदय, हिमशृृंखला र फरक जीवनशैली नियाल्न आउने पर्यटकमध्ये धेरैको रोजाइ गुडियाको घर हुन्छ। उनका पति धनकुमार 'पर्यटन विकास' भन्दै डुल्नमै बढी समय खर्चिन्छन्। पाहुनाको सत्कार उनी गर्छिन्। दैनिक ५०/६० अतिथि उनकोमा हुन्छन्।

'घरधन्दामै अल्भि्करहने बानीले जीवनमा यस्तो दिन पनि आउला भन्ने सोचेकै थिइन"' दर्जन बढी परिकार बनाउने सीप हासिल गरिसकेकी गुडियाले भनिन्। अन्तुमा वर्षमा १५ हजार पर्यटक आइपुग्छन्। तीमध्ये गुडियाको घरमा ५ हजार जति बस्छन्।

हुर्केका तीनै छोरी झापा बसेर स्नातक पढ्दै गर्दा गुडियालाई बेलाबेला सघाउने श्रीमान् धनकुमार हुन्छन्। जतिसुकै पर्यटक आए पनि सकभर आफैं पकाई–तुल्याई गर्छिन्, खानेकुरा दिन्छिन् र धन्दापात आफैं गर्छिन्। त्यतिमै उनको दैनिकी सकि"दैन। प्रायः एक रात बसेर जाने पर्यटकसँग हिसाब देखाएर पैसा लिन्छिन्। पुष्पगुच्छा दि"दै टीका लगाएर बिदाइ गर्छिन्।

'अब त ५०/६० जनालाई खुवाएर पठाउन सामान्य लाग्न थालेको छ' मन्त्रीदेखि राजदूतसम्मको सत्कार गरिसकेकी गुडियाले निर्धक्क भनिन्, 'थोरै पढेका, हा"सेर बोल्ने, झर्कोफर्को नगर्ने र हातमा सीप भएका महिलालाई होमस्टे फापेको छ।'

उनले चार महिना कन्टिनेन्टल खाना बनाउने तालिम लिएर 'होमस्टे' थालेकी हुन्। 'होमस्टे' प्रभावकारी बन्दै जा"दा अन्तुको सिको गर्ने फैलि"दै छन्। 'यहा"को जीवनशैली, खेतीपाती र आतिथ्य देखेर आफ्नो ठाउ"मा त्यस्तै पर्यटकीय विकास गर्छु भन्दै फर्किने धेरै हुन्छन्' स्थानीय युवा धरणी घिमिरेले भने।

'थोरै खर्चमा धेरै सन्तुष्टि मिल्नेगरी बास दिएकोमा खुसी छु' स्याङ्जाका विनीत आचार्यले आगन्तुक पुस्तिकामा लेखेका छन्, 'यहा"को होमस्टे नमुना लाग्यो।'

गुडिया आले।

घर (कथा)

स्वयम्भूको स्तुपा छिर्ने बाटोको मोडैनिर उसले आफ्नो गाडी बिसायो। उसका आँखा परपरसम्म डुलेर फर्किए। चित्रबहादुरको कतै अत्तोपत्तो थिएन। उसले एकपटक आफ्नो नाडीमा बाँधेको घडी हेर्यो । अपराह्नको चार बजेको थियो।...

असललाई मेरो भोट

सुनिल पोख्रेल, रंगकर्मी मतदाता, ललितपुर क्षेत्र नम्बर ३ चुनावमा मत राख्न पाउनु मेरो अधिकार हो। अहिलेको चुनावप्रति म केही उत्साहित छु, केही निराश। चुनावकै मुखमा देशका धेरै ठाउँ घुम्ने मौका...

भूतमान्डु

कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै'छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको...

मदानीमा शब्द–मन्थन

आसनग्रहण। ब्याज वितरण। उद्घाटन। स्वागत मन्तव्य। उस्तै परे ज्ञातअज्ञात सहिदका नाममा एक मिनेट मौनधारण। पुस्तक विमोचन। लम्बेतान भाषण। कार्यपत्र। टिप्पणी। पृथ्वीमा रात परिसक्दा पनि नतुरिने कवि गोष्ठी। सभापतिबाट सभा विसर्जन।

अमरता नचाहनेले रचनालाई माया गर्दैन

इटालीका ८१ वर्षे उपन्यासकार अम्बर्टो इको समकालीन विश्वका बहुचर्चित लेखकमध्ये एक हुन्। उनी दार्शनिक, निबन्धकार, साहित्यिक समालोचक र संकेतशास्त्री पनि हुन्। इकोको परिचय यत्तिमा सीमित छैन। उनी पचास हजारभन्दा बढी...

कसले लैजाला गाउँमा दसैं?

बारीका डिलडिलमा उभिएका बोटमा लटरम्म अम्बक पाक्न थाले होलान्। घुरेनको आडका निबुवा र बिमिरा पनि छिप्पिन थाले होलान्। बोटै नुहाएर फलेका अनार र दारिममा पनि त मिठो स्वाद पसिसक्यो होला।यी...

नबिझाउने, नबिलाउने

नबिझाउने, नबिलाउने

'नारी पुरुष, एक रथका दुई पांग्रा'यो उक्ति अभिनेत्री मिथिला शर्मालाई सही लाग्छ। उनको रथ भने एक पांग्रामै सन्तुलित देखिन्छ। 'तपाईंले त एक पांग्राकै भरमा छलाङ मार्नुभयो नि?' अविवाहित यी अभिनेत्री...

दिल्लीमा नेपाली स्वाद

दिल्लीमा नेपाली स्वाद

नयाँ दिल्ली–गुल्मी खर्ज्याङ– ५, मानकोटका २२ वर्षे बसन्त गाहा मगर तीन वर्षयता चिनियाँ खाना बनाइरहेछन्। गुडगाउँको अग्रवाल होटलमा चिनियाँ खानाको तालिम लिएका उनी नेपाली र भारतीयलाई चिनियाँ स्वाद चखाउन पाएकामा...