Wednesday 5 Kartik, 2077 | October 20, 2020
Menu

नागरिक शनिबार

पाखा लाग्दैछन् बागमती भजाउनेहरू

  • २७ पुष, २०७०
  • सुबोध गौतम
  • DISQUS_COMMENTS
(1 Vote)
पाखा लाग्दैछन् बागमती भजाउनेहरू
काठमाडौं– बागमतीका नाममा अहिले पनि १ सय ८० संघसंस्था छन्। उनीहरुले कहिल्यै बागमतीको वास्तविक समस्या समाधानमा वकालत गरेनन् तर यही नाममा पैसा मागेर समितिलाई दिक्कै बनाए। 'बागमतीलाई भजाएर खानेहरु आजकाल छाउन छाडेका छन्', अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका एक कर्मचारीले संस्थाहरूको विवरण माग्दा दिएको जवाफ हो यो। बागमती सफा गर्छौं भन्दै पैसा माग्न आउनेको भिड लाग्ने निकायमध्येको एउटा हो, यो समिति।

ती कर्मचारीले थप्दै भने, 'बगमतीमा प्रभावकारी रूपमा सरसफाइ र अन्य काम हुन थालेपछि भजाइखानेहरू आउन हच्किएका हुन्।' अघिल्ला वर्ष बागमतीका नाममा पैसा माग्नेहरुले वाक्कै बनाएको ती कर्मचारीको भनाइ छ। 
०६९ मंसिर ४ बाट बागमती सफा महाअधियान सुरु भएको छ। त्यो अभियानअन्तर्गत मीनभवनसम्म ६० भन्दा बढी संघसंस्थाले सरसफाइ गरिरहेका छन्। बागमती आयोजनाले पनि धेरै पहिलेदेखिको योजना दुई वर्षयता केही प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको छ।
सरकारी निकायहरुजस्तै गैरसरकारी संघसंस्थाले बागमतीको वास्तविक रोगको उपचार कहिल्यै गरेनन्। रोग एकातिर र उपचार अर्कोतिर भयो। नदी अतिक्रमण, ढल व्यवस्थापन र फोहोर व्यवस्थापनमा यी संघसंसथाले प्रभावकारी रुपमा वकालत गरेको भने बागमतीको यो हालत हुँदैनथ्यो भन्नेहरू धेरै छन्।
'ती संघसंस्था चलाउनेको जीवनयापनको माध्यम नै बागमती हो,' वातावरणविद तोरण शर्मा भन्छन्, 'ती संस्था समस्या समाधान गर्न भनेर स्थापना भएकै होइन। बागमतीलाई देखाएर अलिअलि पैसा ल्याएर वकालत गर्ने काममात्र हो। वकालत प्रभावकारी भएन।'
शर्माले भनेजस्तै बागमतीको वास्तविक समस्या समाधानमा उनीहरुको ध्यानै गएन। नदीमा ढल मिसाउने सरकारी, निजी र गैरसरकारी संघसंस्थाको ढोकामा धर्ना बस्न कोही गएनन्। नदी किनारमा सञ्चालित प्रदूषक उद्योग, कलकारखानाको ढोकामा कहिल्यै ताल्चा लागेन। बागमती संरक्षणका नाममा स्थापना गरिएको सरकारी निकायलाई कहिल्यै दबाब दिइएन।
समितिका अर्का पदाधिकारी भन्छन्, 'बागमती सफा भयो भने आफ्नो रोजीरोटी खोसिने हो कि भन्ने डरमा कतिपय संघसंस्थामा देखिन्छ। त्यस्ता संस्था अहिले देखिएका छैनन्।'
बागमतीका नाममा स्थापित संघसंस्थाले विगतमा नदीका पकेट–पकेट क्षेत्रमा वृक्षरोपण गरे। तर ती बिरुवा कहिल्यै हुर्किएनन्। कतिपय संस्थाले आर्यघाटमा नियमित दीपप्रज्ज्वलन पनि गरे र कतिपयले गुह्येश्वरी घाटमा कार्यकर्ता भेला गराएर शंख फुक्न लगाए। वर्षायाममा र्या फटिङ पनि गरियो। बेलाबेला नदीकिनारमा झारपात पनि उखेलियो। यस्ता गतिविधिले नदीको संरक्षणभन्दा पनि विकृति भित्रिए।
अझ बागमतीसम्बन्धी जनचेतना जगाउने नाममा नानाथरी कार्यक्रम गरिए। तिनै कार्यक्रममा तस्बिर संस्थाको वेबसाइटमा राख्ने र विदेशी सहयोग ल्याउने कामबाहेक नदीको वास्तविक समस्या र समाधानका लागि एकीकृत र प्रभावकारी रूपमा राज्यलाई दबाब दिने किसिमले कहिल्यै वकालत भएको पाइएन। 

हराउँदै बागमती सभ्यता
मानव सभ्यताको सुरुआत नदीकिनारबाट भएका थुप्रै उदाहरण संसारमा छन्। नेपाल खाल्डोको सभ्यताको सुरुआत पनि बागमती नदीबाटै भएको हो। नदीकिनारका धार्मिक, सांस्कृतिक र आध्यात्मिक स्थल सभ्यताका स्रोत हुन्। 
संस्कृतिविदका अनुसार नदीकिनारमा मान्छेको बस्ती हुन्छ। ती मान्छेको दैनिकी त्यही नदीकिनारका गतिविधिबाट सुरु हुन्छ। उनीहरुले त्यही नदीकिनारबाट धेरै कुरा सिक्छन् जसलाई सभ्यताका रुपमा व्याख्या गर्न सकिन्छ। त्यो बिस्तारै एउटा समुदायबाट अर्को समुदायमा फैलिँदै जान्छ। ढुंगेयुगबाट सभ्यताको सुरुआत भएको मानिन्छ। 
२०१६ सालमा पुरातŒव र संस्कृति विभागको स्थापना भएपछि बागमती सभ्यताबारे अध्ययन सुरु भएको हो। अध्ययन भ्रमणमा आएका भारतीय संस्कृतिविद ए. घोसलाई ललितपुरको तलेजु मन्दिरलगायत सम्पदाले समेत प्रभाव पार्न सकेन। तर उनी बागमतीबाट प्रभावित भए। र, उनले काठमाडौंको सभ्यताको आधार नै बागमती हो भन्ने बुझेका थिए।

धार्मिक र सांस्कृतिक पक्ष
बागमती क्षेत्रमा २५ भन्दा बढी तीर्थयात्रा चल्दै आएका थिए। यसमध्ये बागद्वारदेखि कटुवाल दहसम्मको यात्रालाई सबैभन्दा ठूलो मानिन्छ। यो यात्रा पूरा गर्न १५ दिनभन्दा बढी समय लाग्छ। दक्षिणकालीबाट झन्डै डेढ घन्टा हिँडेर कटुवाल दह पुग्न सकिन्छ। यात्रा त्यहा“बाट सुरु भएर बागद्वारमा गएर टुंगिन्थ्यो। जुन अहिले बन्द छ। तर अहिले पनि धर्मालम्बीहरु कटुवाल दह पुग्ने गरेका छन्। 
यो यात्रामा पर्ने तीर्थस्थल र घाटको संख्या लगभग उत्तिकै छ। आर्यघाट क्षेत्रका नःह, जयमंगला, भस्मेश्वर र राजराजेश्वरी आदि घाट छन्। तल गएपछि शंखमूल, कालमोचन, पचली, चोभार, सुन्दरीघाट र जलविनायक घाटलाई महŒवपूर्ण रुपमा लिइन्छ। 
पशुपतिनाथको ब्रह्मनालमा प्राण त्याग्नुअघि बागमतीको एकथोपा पानी मुखमा परेमा प्राणी मुक्त हुन्छ भन्ने मान्यता छ। मरणाशन्न व्यक्तिलाई ब्रह्मनालमा सुताएर नाइटोसम्म बागमतीको पानीमा डुबाउने र पशुपतिको जल ब्रह्मनालबाट झिकेर खुवाउने परम्परा छ। आर्यघाटमा दाहसंस्कार गर्दा निस्किने धुवाँ पशुपति क्षेत्रमा पुग्यो भने मृतात्मा जीवत हुन्छ भन्ने मान्यता छ। स्वस्थानी व्रतकथामा बागमती किनारको गौरीघाटमा स्नान, मृगस्थलीमा किराँतेश्वरको दर्शन पनि उल्लेख गरिएको छ। 
गोकर्णमा कुशेऔँशी, शारदीहरु शरद ऋतुको अमावश्या र पौषकृष्ण औंशी वैदिक र बौद्ध धर्मनुयायीनिम्ति गोकर्णस्थित बागमतीको उत्तर बाहिनीको महŒव त्यत्तिकै छ। श्राद्धतर्पणजस्ता पैतृक कर्मलाई शास्त्रहरुमा उच्चतम स्थान दिइएको छ।
कटुवाल दहको सेतुभिन्न तीर्थस्नान र कर्कट नागको पूजा गर्नाले कोटि गाई दान गरेसरह फल पाइने भनाइ छ। यसैगरी, अन्जानमा वन्यजन्तु मारेको पाप पनि नास हुने मान्यता छ। बागमती तीर्थको सबैभन्दा माथिको तीर्थका रुपमा वागद्वारको ब्रह्मसरस्वती तीर्थलाई लिइन्छ। यहा“ स्नान गरी ब्रह्माको पूजा गर्दा सयौँ मुरी अन्नदान गर्दा र सय मुरी पञ्चामृत पान गराएसरहको फल पाइने विश्वास छ।
बागमती/विष्णुमतीमा नुहाए महारोग निको हुने, कालमोचनमा नुहाए काल काटिने र तीर्थस्थलमा स्नान र दर्शन गरे अनेक पापबाट मोक्ष पाई सोझै स्वर्ग पुगिने विश्वास गरिन्थ्यो। तर अहिले यहा“ नुहाए लुतो, दादजस्ता रोगले तुरुन्त सक्रमण हुन्छ। यसले कालमोचन होइन, काल निम्त्याउने अवस्था छ। यसको उदाहरण भएका छन्, पशुपति आर्यघाट र श्लोषमान्तक वनवरपरका बाँदर। यी बा“दर बागमतीमा खेल्दा लुतो लागेको विगतको अध्ययनले देखाइसकेको छ। 
संकटमा संरचना
बागमती/विष्णुमती क्षेत्रका प्रायः सबै घाट अहिले संकटमा छन्। यी क्षेत्रमा बनाइएका कलात्मक मठमन्दिर, पाटी पौवा, भकारी र भर्याेङ र देवस्थल लोप हुँदैछन्। अहिले भएका संरचना पनि जीर्ण छन्। तीर्थस्थल, नदीकिनारका ब्रह्मनाल, भकारीलगायत नदी अतिक्रमणका कारण अवशेष पनि भेट्टाउन मुश्किल पर्छ।

पुनर्जीवन पाएको नदी

छङगेछङ नदी, कोरिया सियोल
सन् १९५० देखि १९५३ सम्म भएको उत्तर र दक्षिण कोरियाबीचको युद्धमा धेरै मान्छे दक्षिण कोरियाको राजधानी सियोलमा बसाइँ सरे। राजधानीको जनसंख्या ह्वात्तै बढ्यो। भौतिक निर्माणको काम धमाधम भए। उद्योग, कलकारखाना बढे। राजधानीमा फोहोरसँगै धुलो, धँुवाको प्रदूषण बढ्यो। प्रत्यक्ष असर राजधानी हुँदै बग्ने नदी छङगेछङमा पर्यो । नदीमा फोहोर र ढलले ढपक्कै ढाकिदियो। छङछङ बगिरहेको ५.८ किलोमिटरको नदी बिस्तारै ढलमा परिणत भयो। अन्तमा नदीमा पानी बग्नै छाड्यो।
नदीमा पानी बग्न छाडेपछि कोरिया सरकारले नदी बग्ने ठाउँमा सडक निर्माण गरेर गाडी गुडाउन थाल्यो। सन् १९७६ मा १६ मिटर चौडाइ भएको सडक निर्माण सम्पन्न भयो। 
नदीमा राजमार्ग बनेपछि सहरको सुन्दरता गुमेको, नदी किनारको सम्भता हराएको महसुस गरियो। ३० वर्षदेखि गुमेको नदीको सुन्दरता फर्काउन २००३ मा सरकारले नदीमा बनेका भौतिक संरचना, बाटो भत्काएर नदी पुनर्स्थापना गर्योन। नदीलाई पुरानै अवस्थामा फर्काउन हान नदीबाट पानी तानेर यसमा बगाउन थालियो। जमिनमुनिको पानी तानेर बगाइयो, छङगेछङमा कृत्रिम नदी बग्न थाल्यो। 
अहिले यो नदीमा कृत्रिम पानी बगिरहेको छ। सन् २००५ देखि सर्वसाधरणका लागि खुला गरिएको नदीको पानी सफा छ, सँगै जलचर प्राणी मजाले बाँचिरहेका छन्। यसले राजधानी सियोलको अधिकतम तापक्रम घटेको छ। यो अहिले पर्यटन गन्तव्यको केन्द्र बनेको छ। पुरानै अवस्थामा फर्काउन यो नदीका लागि करिब २८ करोड १० लाख डलर खर्च भएको थियो।

लेख्नु सजिलो छैन

लेख्नु सजिलो छैन

अघिल्लो वर्ष मो यानले नोबल पुरस्कार पाएसँगै मेरो ध्यान पनि चिनियाँ साहित्यतिर तानियो। मैले चिनियाँ साहित्य अध्ययनमा खर्चें। समकालीन चिनियाँ साहित्यमा थुप्रै भिन्न मतहरू रहेछन्। मैले अपेक्षा गरेभन्दा बढी सामाजिक...

युरोपले गरायो 'युटर्न'

युरोपले गरायो 'युटर्न'

'अंग्रेज बु्रअर नभई कम्पनी चलाउन नपाइने भयो, लौन खोज्न जाऔं !'काठमाडौंमा डिस्टिलरी चलाउने एकजना साथीको आग्रह टार्न नसकेर युरोप घुम्न हिँडेका वसन्तराज मिश्रको निम्ति त्यही भ्रमण जिन्दगीकै महत्वपूर्ण 'टर्निङ प्वाइन्ट'...

लोक सेवाका गुरु

लोक सेवाका गुरु

चुडामणि शर्मा, शान्तराज सुवेदी र हरि बस्याल एक समय निकै चर्चामा थिए । शर्माले लोक सेवा परीक्षामा एकैपटकमा सात ठाउँबाट नाम निकाल्दा उनका साथी सुवेदी र बस्यालले पाँच–पाँच ठाउँबाट नाम...

खतरा जिएम खान्कीको

खतरा जिएम खान्कीको

अनुवांसिक गुण परिवर्तित (जिएम) बिऊबाट फलेका खाद्य वस्तु (जिएम फुड) बारे वहस भर्खर सुरु भएको छ। तर, राष्ट्रिय नीतिको अभावमा नेपाली जनजीवनमा यस्ता अप्राकृतिक खाद्यान्न दैनिक भोजनमा मिसिन थालिसकेका छन्–...

घर (कथा)

स्वयम्भूको स्तुपा छिर्ने बाटोको मोडैनिर उसले आफ्नो गाडी बिसायो। उसका आँखा परपरसम्म डुलेर फर्किए। चित्रबहादुरको कतै अत्तोपत्तो थिएन। उसले एकपटक आफ्नो नाडीमा बाँधेको घडी हेर्यो । अपराह्नको चार बजेको थियो।...

मैथिली संगीत : प्रभावले गुम्दैछ सुर

मैथिली संगीत : प्रभावले गुम्दैछ सुर

भाषा, लिपि र कलासँगै गीत–संगीतमा पनि छुट्टै पहिचान कायम गरेको मैथिली संस्कृति नेपालको तराई र भारतको उत्तरी क्षेत्रमा प्रख्यात छ। मैथिली संगीतको आफ्नै 'घराना’ छ। राग, रागिनीहरू पनि छन्।...

डाकु आयो—डाकु आयो, फुस्सा...

मलाई कुकुर मन पर्दैन । त्यसमा पनि यो छाउरो खैरे त पटक्कै मन पर्दैन। जहाँ मनलाग्यो त्यही घरिघरि सू सू र आची गर्छ। मोजा पायो कि च्यूइंगम चपाएझैं चपाएर प्वालैप्वाल...

पहिलोपटक भोट हाल्दै करिश्मा

पहिलोपटक भोट हाल्दै करिश्मा

करिश्मा मानन्धरले अहिलेसम्म भोट हालेकी छैनन्। मतदाता नामावलीमा नाम नभएर होइन। 'मैले अहिलेसम्म भोटको महत्त्व नै बुझिनँ। अहिले बल्ल महसुस गरेकी छु। यसपटक चाहिँ पक्कै भोट हाल्छु,' उनी भन्छिन्, 'राजनीतिक...