Monday 19 Jestha, 2077 | June 01, 2020
Menu

नागरिक शनिबार

अनशनको बटमलाइन

  • ४ माघ, २०७०
  • दीपक दाहाल
  • DISQUS_COMMENTS
(0 votes)
अनशनको बटमलाइन
काठमाडौं– सात दिनदेखि सातसूत्रीय माग राखेर अस्पतालमै आमरण अनशन बसिरहेका शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले उठाएका मागमध्ये सुरुमा सबैभन्दा कम समर्थन पाएको मुद्दा थियो– डा. प्रकाश सायमीको पुनर्बहाली। एक व्यक्तिका पक्षमा आमरण अनशनजस्तो जोखिम उठाएको भन्दै कतिपयले केसीको आलोचना पनि गरे। तर, यो त्यही माग थियो जसले समग्र स्वास्थ्य क्षेत्रका बेथितिविरुद्ध धावा बोल्दै थियो।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. प्रकाश सायमीको राजीनामा स्वस्फूर्त थिएन, बाध्यतात्मक थियो– केसीले यही आधारमा उनको पुनर्बहालीलाई आफ्ना मागको बटमलाइन बनाए। व्यक्तिका लागि होइन, प्रणालीका लागि यो माग उठाएको बताउने केसी भन्छन्, 'यो (सायमीको राजीनामा स्वीकार) आइओएमका प्राध्यापकहरूको ह्युमिलिएसनको विषय हो, त्यसैले म बटमलाइनमा सम्झौता गर्दिनँ।'
पुस २ देखि लागू हुनेगरी मंसिर १९ मै राजीनामा दिएका पूर्वडिन डा. सायमीले स्वास्थ्यको कारण देखाए पनि केसीले यसलाई राजनीतिक तथा प्रशासनिक दबाबको परिणाम मान्दै अनशन बस्नुअघि नै अस्वीकृत गर्न त्रिवि कार्यकारी परिषदसँग आग्रह गरेका थिए।
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले समेत राजीनामा फिर्ता लिन आह्वान गरेको र त्यसका लागि सायमीले सम्बन्धन दिन दबाब नदिने लिखित प्रतिबद्धता खोजेको अवस्थामा त्रिवि पदाधिकारीले अघिल्लो साता बुधबार उनको राजीनामा स्वीकृत गरी त्यसको भोलिपल्टै डा. शशि शर्मालाई नयाँ डिन नियुक्त गरिदिए। समस्या यही बिन्दुबाट बल्भि्कयो।
कतिपयले स्वास्थ्यका कारण पद त्याग्न चाहेको एक व्यक्तिलाई फर्काउन आन्दोलन गरेको आरोप पनि लगाए केसीलाई। केसी भने वरियताका आधारमा नियुक्त डिनलाई दबाबमा राजीनामा दिन बाध्य पारेर प्राज्ञिक क्षेत्रकै अपमान भएको अडानमा पूर्ववत् रहे।
कानुनी हिसाबले सम्भव नभए पनि सायमीको पुनर्बहालीलाई केसीले प्रमुख सर्त बनाएका छन्। सायमी स्वयं पदमा फर्किन नचाहे वरियताका आधारमा नयाँ डिन नियुक्त हुनुपर्ने केसीको माग छ। सुरुमा त्रिवि कार्यकारी परिषद, डा. केसी र संस्थानका अधिकांश प्राध्यापकले समेत पटक/पटक राजीनामा दिने (सायमी) डिनको पुनर्बहाली हुन नहुने बताएका थिए। फ्याकल्टी डक्टर्स एसोसियसनले पनि काम गर्न सक्दिनँ भनेर छाडेका व्यक्तिलाई पदमा फर्काउन नहुने अडान राखेको थियो।
तर अनशनको छैठाँै दिन सायमीले विज्ञप्तिमार्फत 'सम्बन्धनका लागि अनावश्यक दबाब आएकैले आफ्नो स्वास्थ्यमा समेत असर परेर राजीनामा दिएको' सार्वजनिक गरे। केसीको बुझाइ पुष्टि गरिदिने सायमीको विज्ञप्तिले आन्दोलनलाई नयाँ मोड दियो। त्यसपछि केसीको बटमलाइनमा पनि समर्थनको ओइरो लाग्न थालेको छ।
केसी बचाऊ अभियानका संयोजक डा. राजेन्द्र वाग्लेले अनशन कुनै व्यक्तिलाई हटाउन र डिन बनाउन गरेको भन्ने भ्रम पूर्वडिनको विज्ञप्तिले चिरेको बताए। लामो समयदेखि मौन बसेको प्रध्यापक संघ, आइओएम र फ्याकल्टी डक्टर्स एसोसिएसनले पनि समाधानका लागि नयाँ डिनको राजीनामाको विकल्प नभएको भन्दै विज्ञप्ति जारी गरेका छन्।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाले सायमीको विज्ञप्तिले डा. केसीको तेस्रो एजेन्डामा बल पुर्याचएको बताए।
डा. केसीले मागमा नवनियुक्त डिनको राजीनामा भन्ने कतै उल्लेख गरेका छैनन्। 'म उहाँ (शशि) को विरोधी होइन,' डा. केसी भन्छन्, 'नियुक्तिकर्ता र त्यसको पृष्ठभूमिसँग मेरो असहमति हो।' 
कुनै पनि दबाबमा काम गर्न नचाहने स्वच्छ छविका डिनको पहिचान बनाएका डा. सायमीले डिन नियुक्त भएकै दिन नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने अडान राखेका थिए। त्रिवि पदाधिकारीसँग पनि उनले संस्थाको स्वायत्तता र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन माग गरेका थिए। 
सुरुमै उनले सहायक डिनमा नियुक्तिका लागि पठाएको सिफारिस त्रिवि पदाधिकारीले महिनौंसम्म अड्काएर सम्बन्धन दिने सर्त सारे। यहीकारण सायमीले डिनमा नियुक्त भएको तीन महिनामै पदबाट राजीनामा दिएका थिए। चौतर्फी दबाबपछि सिफारिस कार्यान्वयन तथा केही अधिकारसमेत प्रत्यायोजन गरेपछि सायमीले राजीनामा फिर्ता लिएका थिए।
उनले फ्याकल्टी बोर्डबाट सम्बन्धन नदिने निर्णय गराएपछि भने त्रिवि पदाधकारी जसरी पनि सायमी हटाउने खेलमा लागेका थिए। आइओएम उच्च स्रोतका अनुसार त्यसका लागि सायमीकै भाइ एवं पूर्वडिन डा. अरुण सायमी, हालका डिन डा. शशि शर्मा र कांग्रेस निकट चिकित्सकहरूको सहयोगमा त्रिविले वैधानिक प्रक्रिया छलेर सम्बन्धन दिन खोजेको थियो।
यो कार्यमा अवैध तवरले गठित अनुगमन समितिमा रहेका डा. करवीरनाथ योगी, डा. डिएन शाह, डा. शशि शर्मा र डा. केके ओलीलगायत आइओएमकै प्राध्यकपकले त्रिवि पदाधिकारीलाई सघाएका थिए। अख्तियारको हस्तक्षेपपछि यो प्रक्रिया पनि रोकिएको थियो।
सायमीका पालामै सम्बन्धनका लागि गरिएको दोस्रो प्रयास पनि सफल नभएपछि त्रिवि पदाधिकारीले सायमीले निर्णयका लागि पठाएका महत्वपूर्ण फाइल रोक्ने र सम्बन्धनलाई सर्त बनाउने गरेका थिए। 
राजीनामा दिने अघिल्लो दिन पनि डा. सायमी र डा. भगवान कोइरालाले बिस्तारै राजिनामा दिएर बाटो खोलिदिउँला भन्दै अहिले फाइल नरोक्न भनेपछि उपकुलपति हीराबहादुर महर्जनले सम्बन्धनमा सहयोग नगर्ने हो भने आफूहरूले पनि सहयोग गर्न नसक्ने जवाफ दिएका थिए। त्यसपछि सायमी राजीनामा दिन बाध्य भए र भोलिपल्टै सवारीचालकमार्फत राजीनामापत्र बुझाइदिए। 
राजीनामापछि मौन बसेका सायमीले अनशनपूर्व केसीसँगको भेटमा दबाब थेग्न नसकेरै राजीनामा दिएको बताएका थिए। स्रोतका अनुसार निजी कलेजका सञ्चालकमार्फत सायमीलाई 'पाँच करोडको आर्थिक प्रलोभन' दिँदै अन्यथा जे पनि हुनसक्ने धम्की दिइएको थियो।
पछिल्लो समय केसी अनशनको समर्थनमा आइओएमका धेरै वरिष्ठ चिकित्सक खुलेर नलाग्नुको कारण चार वर्षकै कार्यकाल सायमी रहे कुनै पनि हालतमा सम्बन्धन हुँदैन भन्ने बुझाइ नै थियो। बीचमा त्रिवि पदाधिकारीलाई अनुगमनमार्फत सघाएका आइओएमकै पदाधिकारी पनि डा. सायमी कुनै हालतमा फर्किनुहुन्न भन्नेमा छन्। तर केसीको जीवन रक्षाका लागि आवश्यक परे फर्किने भनाइ सायमीले राखेका छन्। 
डा. केसीका अनुसार जसरी पनि सम्बन्धन दिन चाहने त्रिवि पदाधिकारीलाई डा. सायमी रहँदासम्म आइओएमबाट सम्बन्धन पाइन्न भन्ने राम्रोसँग थाहा थियो। 'त्यसकारण उनीहरू इमानदार सायमीलाई ह्मुलियसन गराएर छाड्न बाध्य पार्ने र स्वार्थसिद्ध गर्न सहयोगी हुने डिन ल्याएर सम्बन्धन दिन चाहन्छन्।'
केसीले वरिष्ठताका आधारमा डिन नियुक्तिको विषयलाई प्रमुख एजेन्डा बनाउनुको कारण नवनियुक्त डिन डा. शर्माले जुनसुकै समयमा सम्बन्धन खुला गर्छन् भन्ने चिन्ताले हो। सम्बन्धनकै लागि सबै दलको समर्थन र निजी मेडिकल कलेजको सहयोगमा आएका भनिएका डा. शर्माले 'हाललाई स्थगन' भनिएको सम्बन्धन जुनसुकै दिन खोल्छन् भन्ने केसीको बुझाइ छ। त्यसैले पनि धेरै दल र उच्च सरकारी अधिकारी अरू जे छाडेर पनि डा. शर्माको निरन्तरता चाहन्छन्।
कतिपयले डा. शर्मालाई समस्या छल्न विदेश जानसमेत सल्लाह दिइरहेको उच्च स्रोत बताउँछ। तर आन्दोलन र सत्याग्रहले जटिल मोड लिएपछि आइओएमका फ्याकल्टी डक्टर्स र प्राध्यपक संघले शर्मालाई राजीनामा दिन दबाब दिइसकेको छ। 
सम्बन्धन पर्खाइमा रहेका कलेज सञ्चालकले संस्थानका धेरै वरिष्ठलाई प्रलोभनमा पारिसकेकाले पनि पुनर्बहालीको मुद्दामा धेरै असहमत देखिएको जानकार बताउँछन्। 'कलेजवाला, दलका नेतादेखि संस्थानभित्रै पनि कलेजलाई सहयोग गरेर कमाउन चाहनेका लागि शर्माले मिलाउन सक्छन् भन्ने छ।' 
उच्चस्रोतले भन्यो, 'मन्त्रिपरिषद अध्यक्ष र मन्त्रीले बिहीबार पुनर्बहालीको एजेन्डामा पन्छिन खोज्नुका पछाडि पनि उच्च राजनीतिक दबाब नै प्रमुख कारण हो।' 
शिक्षामन्त्री माधव पौडेलले पनि नयाँ डिन आफूहरुले नियुक्त नगरेको र हटाउन पनि नसक्ने बताए। 'जसले नियुक्त गरेको हो, उसैले हटाउला,' उनले भने। 
तर केसी इमानदार छविका सायमी वा वरिष्ठताका आधारमा नयाँ कलेजसँग सम्झौता गरेर धोका नदिने डिन नियुक्त भएको हेर्न चाहन्छन्।
आइओएम स्रोतका अनुसार गत वैशाखमा बन्द भएको सम्बन्धन खोल्ने अधिकार फ्याकल्टी बोर्डलाई हुन्छ। आगामी फागुनमा फ्याकल्टी बोर्डमा पनि बहुमत पद खाली हुँदैछ। ती पदमा नयाँ डिनले आफूअनुकूल सदस्य नियुक्त गरेर पुनः सम्बन्धन खोल्न सक्छन्। 
'तत्काललाई बन्द गर्ने भन्ने निर्णय भएको छ, सधैँलाई बन्द गर्नुपर्छ,' डा. केसीले भने, 'त्यसो भए जसरी पनि डिन बन्न यो खेल पनि हुन्न होला।'

स्वर्गको एक टुक्रा मनाङ

हिमालको काखमा छ सानो मेरो गाउँपर्वतकी छोरी हुँम पार्वती हो नाउँ,शिरमा गंगापूर्ण, अन्नपूर्ण र तिलिचो पिक। चट्टानका पहराबीचमा कलकल बगेकी मर्स्याङदी नदी। बीचमा झुरुप्प गाउँ। नजिकै स्तूपा। मनाङ पुग्दा साँझ...

गुञ्जनका दिदीबहिनी

गुञ्जनका दिदीबहिनी

विश्वका एक महान् साहित्यकार स्यामुएल बेकेटबारे मैले कतै पढेको थिएँ– उनी आफूलाई उपन्यासकार सम्झन्थे तर दुनियाँले उनलाई नाटककार बढी सम्भि्कदियो। साहित्यकारको नियतिलाई कति सहज वा असहज रूपमा लिन सकिन्छ, म...

संगीत शताब्दी

संगीत शताब्दी

जुद्धशमशेर राणाको पालासम्म नेपाली गीतको खासै लहर थिएन। दरबारका ठूलाबडाकहाँ जम्ने सांगीतिक 'मेहफिल'मा उर्दु र हिन्दी गीत नै धेरै बज्थे। त्यस्तै एक मेहफिलमा बालकृष्ण समको नाटक 'प्रह्लाद' देखाउँदा नेपाली गीत...

फेरिँदैछ बालापान

काठमाडौं– बाल्यकालमा गीर (लठ्ठीले बललाई हानेर खेलिने) खेलेर हुर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरेले अहिलेको लोकप्रिय क्रिकेटसम्म हेर्ने मौका पाए। विश्वभर चलिरहेको क्रिकेट त्यही गीर खेलको विकसित रूपझैं लाग्छ, उनलाई।

नेपाली संगीतको प्रतिध्वनि

नेपाली संगीतको प्रतिध्वनि

यद्यपि यो प्रश्न पुरानै हो, 'नेपाली संगीतको मुड के त?'यसबारे निबन्धकार शंकर लामिछानेले लिखतमै भनेका छन्, 'एक दृष्टिले हेर्ने हो भने नेपाली संगीतको मुडसिर्जना गर्नमा दार्जिलिङ र कालिम्पोङकै देन बढी...

चरण–चरणका संघर्ष

चरण–चरणका संघर्ष

पाँच दिदीबहिनीबीच हुर्किएकी उनले छोरी हुनुको सामाजिक अवहेला त सहनुपरेन, तर परिवारमा गढेको ‘पुत्रमोह' संस्कारले भने कता–कता मन चसक्क पारिरहन्थ्यो। छोरी स्कुल पठाउने जमाना थिएन त्यो। भलै, पम्फा भुसाल अर्घाखाँची सन्धिखर्ककी...

चुलोचौकोबाट निस्केर विद्रोह

चुलोचौकोबाट निस्केर विद्रोह

नेपाली महिला घरबाहिर कमै निस्कन्थे। राजनीतिमा, त्यो पनि भूमिगत। पूर्णकुमारी सुवेदीले यो चुनौती उठाइन् र पहिलो संविधानसभामा उपाध्यक्ष/उपसभामुखसम्म बन्न सफल बनिन्। महिला घरभित्रै सीमित हुनुपर्छ भन्ने मान्यता रहेको समाजबाट विद्रोह...

खेलौना

बहिनी अपेक्षा,धेरै–धेरै सम्झना।'केही दिनअघिको घटना तिम्रो मनमा ताजै होला। मामुले ल्याइदिएको खेलौनासँग दिनभरि खेल्दै रमाएका थियौं। मैले खेलौंनाको कपाल कोरिदिएर तिमीले खेलौनाको निधारमा टीका, मुहारमा पाउडर लाइदिएपछि कति राम्रो भएको...