Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

नागरिक शनिबार

रङहरूको अस्वाभाविक संयोजन

  • १८ माघ, २०७०
  • सिपी अर्याल
  • DISQUS_COMMENTS
(0 votes)
आकाशमुनि ठिंग उभिएको छ, एउटा खुल्ला ढोका। ढोकाको वारि र पारि फैलिएको छ चौर र त्यसमाथि छ आकाशको छानो! 'निर्बन्ध मोन्टाज' निबन्धसंग्रहको आवरण यस्तो छ। पहिलोपल्ट पुस्तकको यस्तो आवरणकला देख्दा त्यसले एकदम आकर्षित गरेको थियो। कुनै निबन्धसंग्रहको लागि यो एउटा सुललित कभर होझैं लागेथ्यो।

त्यसरी उभिएको ढोकाबाट भित्र छिरेर जब अक्षरसँग संवाद थालियो, आवरण कलाबाट पाएको सन्तुष्टि अक्षरबाट पूर्ण–रूपेण पाउन सकिएन। एउटा पाठक कुनै पुस्तकबाट शतप्रतिशत खुसी हुनु नै पुस्तक उत्कृष्ट हुनुको मानक हो। संग्रह पढेर म बिलकुल खुसी हुन सकिनँ, पूरै निराश पनि भइनँ। एक हिसाबले खिन्न भएँ। पुस्तक पढिसकेपछि आवरण पृष्ठ फेरि पल्टाएँ, 'मोन्टाज' शब्दमाथि घोत्लिएँ। मोन्टाज, अर्थात् धेरै रङ छताछुल्ल पारेर बनाउन खोजिएको आकृति। थुप्रै रङको अस्वाभाविक संयोजन भएको त्यस आकृतिमा कसैले सग्लो कला देख्लान्, कसैले क्यानभासमा बिनासित्ती रङ पोखेर फोहोर गरिएको भन्लान्। मजस्ता पाठकले चाहिँ कहीँकतै पहिल्यै देखिएको धमिलो आकृति मान्लान्। र, मन परेको हो कि, नाइ त्यसको धुमिल अड्कलमात्र गर्न सक्लान्!
निबन्धसंग्रहमा अभि सरले तीन शब्दे शीर्षकको ब्राण्डबाट उछिट्टिएर 'पिपलबोट' लेखेका छन्, जसमा उनले न्युरोड पिपलबोटसँग गाँसिएका नोस्टाल्जिक इतिहासलाई अक्षरको आकार दिएका छन्। सधैंझैं उनका निबन्ध सरल लाग्छन् तर पढ्दै जाँदा असाध्यै कठिन। उनले पाठकसँग संवाद गरेका हुन् कि आफैसँग, भेउ पाउनै मुस्किल। बुद्धिसागरको शैली चुम्बकीय लाग्छ। जनकराज सापकोटाले पनि उम्दा निबन्धकार हुनुको छनक दिनसकेका छन्, राजमार्गमा यौवन र भात बेच्ने तरुणीलाई तेस्रो आँखाबाट केलाइरहँदा। नगरकोटीको स्टाइल रोमान्चक लाग्छ। फकिर समयलाई बिलकुल फरक शैलीमा टिपोट गर्दै उनले पाठलाई तानिरहन्छन्। मनु ब्राजाकीले चाहिँ डायस्पोरा शब्दको जथाभावी प्रयोगमाथि कडा आलोचना पस्केका छन्। यसैगरी यज्ञशले विगत दुई दशकमा नेपाली समाजको हरेक क्षेत्रमा भएका उल्लेखनीय 'उथलपुथल'लाई केलाउने गम्भीर समाजशास्त्रीय प्रयास गरेका छन्, 'संयुक्त परिवार टुक्रिएजस्तै घर पनि अपार्टमेन्टमा टुक्रिए।' नेपाली समाजमा आएका नौलोपनबारे यज्ञशको यही वाक्यले धेरैथोक बताउँछ। त्यसबाहेक सरुभक्तको 'महाभारत'मा त्यस ग्रन्थले उनलाई पारेको प्रभावको चर्चा गरेका छन्, सरल भाषामा। उनले महाभारतले जस्तो अरू कुनै कृतिले आकर्षित गरेका छैनन् भन्दै त्यसको महिमा गाएका छन्। यसबाहेक नारायण श्रेष्ठ, सरस्वती प्रतीक्षा, राजकुमार बानियाँ, शेखर खरेल, खगेन्द्र संग्रौला, रमेश क्षितिज, बसन्त बस्नेत, नारायण वाग्लेलगायतका निबन्ध राम्रा छन्। किताबमा सँगालिएका राम्रा निबन्ध लेख्ने लेखकको लिस्ट अझै तन्काउन सकिन्छ भने झुर निबन्धहरूलाई दस औंलामा गन्न सकिन्छ। ती झुर निबन्धले पाठकको टाउको टन्टनी दुखाउँछन् मात्रै।
पाठकले के बुझिराख्नुस् भने, पुस्तकमा अटेका निबन्ध पढ्दा तपाईंको मनमा सम्झनाका केही झिल्का उठ्छन्। 'कहीँकतै पत्रपत्रिकामा, वेब वा कुनै पुस्तकमा समेत पढिसकेका निबन्ध रहेछन् यी त' भन्ने लाग्ला तपाईंलाई। यद्यपि, पुस्तकमा केही निबन्ध भर्जिन पनि छन्, पहिलोपटक प्रकाशित भएका।
पुस्तकमा सबैथोक अटेको छ, न्युरोड पिपलबोटदेखि, राजमार्गमा भात र यौवन सँगसँगै बेच्ने तरुणी, आधुनिक हुँदै गरेको नेपाल र भारतको ब्ल्याक एन्ड ह्वाइट तस्बिर, मुगु र मान्मको पीडादेखि ताजमहलसम्म समेटिएका छन्। यो पृथ्वीभित्रै अस्तित्वरत 'स्वर्ग'देखि 'नर्क'सम्मको सग्लो बयान छन्, निबन्धमा। लेखकहरू स्वयंले परिचयको रूपमा आफूले गरेका कन्फेसन्सहरू चाखलाग्दो पारामा प्रस्तुत छन्। ती पढ्दा मजा लाग्छन् र नौला पनि।
सारमा, पुस्तकबाट बिलकुल नयाँ कुराको अपेक्षा नगरे पाठकलाई सजिलो होला। यसमा, समावेश गर्नै नहुने खालका लेखहरू राखिनु र नेपाली निबन्ध लेखन इतिहासमा अभूतपूर्व योगदान पुर्याएका हस्तीको निबन्ध नराखिनु सम्पादक दीपक सापकोटाको गम्भीर भूल हो। पुस्तकको कन्टेन्ट आफैमा नराम्रो छैन यद्यपि, अटेका निबन्ध र ती प्रस्तुत गर्ने शैलीमा ब्यापक छाँटकाँट हुनुपर्थ्यो। पुस्तकलाई 'बउल अफ सलाद' बनाउन खोजिएको प्रयास सफल देखिँदैन। सापकोटाले उत्कृष्ट निबन्ध रोजेर आफ्नो क्षमता पुष्टि त गरे। तर झुर निबन्ध चिन्न नसकेर उनको क्षमता डगमगिएको छ। छरिएर रहेका निबन्धको तस्बिर एउटै एल्बममा पल्टाएर हेर्न खोज्नेलाई पुस्तक रामै्र लाग्ला।
निर्बन्ध मोन्टाज 
सम्पादक : दीपक सापकोटा
प्रकाशक : बिएन पुस्तक संसार
पृष्ठ : ३५६
मूल्य : ४९९ रुपैयाँ
हुर्काउँदै फुटबलर

हुर्काउँदै फुटबलर

पोखराको अन्तिम दक्षिण कुनोमा पर्छ, दोबिल्ला। यहाँ फुस्रे खोला सेती नदीमा मिसिन्छ, अनि दुवै एक भएर बग्छन्। त्यसपछि कुन पानी सेतीको, कुन फुस्रेको छुट्याउन सकिन्न।त्यही दोबिल्लामा छ, सहारा एकेडेमी, जहाँ...

भर्चुअल दुनियाँमा साहित्य

भर्चुअल दुनियाँमा साहित्य

नेपाली साहित्यसम्बन्धी पत्रिका निस्कन थालेको साढे एघार दशक पुगिसक्यो। १९५५ सालमा प्रकाशित नेपाली भाषाको पहिलो साहित्यिक पत्रिका 'सुधासागर'यता धेरै पत्रिका निस्किए, बन्द भए । पत्रिकाहरू अब कागजका अक्षरमा मात्रै सीमित...

डाकु आयो—डाकु आयो, फुस्सा...

मलाई कुकुर मन पर्दैन । त्यसमा पनि यो छाउरो खैरे त पटक्कै मन पर्दैन। जहाँ मनलाग्यो त्यही घरिघरि सू सू र आची गर्छ। मोजा पायो कि च्यूइंगम चपाएझैं चपाएर प्वालैप्वाल...

पसिनाको नदी

विमानको चक्काले भूमि स्पर्श गर्दा हामी फिलाडेल्पि्कया विमानस्थलमा रहेछौं। त्यहीँबाट अमेरिका प्रवेशको पूर्ण अनुमति प्राप्त गर्नुपर्दा रहेछ।

यसरी लेखियो 'झोला'

२०३४ सालमा शनिश्चरे मावि झापाको मुखपत्र 'उषा' पत्रिकामा मेरो पहिलो कथा छापिएको थियो कृष्णप्रसाद भट्टराईको नामबाट। शीर्षक थियो 'गुनासो'। त्यस अघि नै अप्रकाशित कथाहरुको संख्या निकै नै थियो तर २०३३...

सेतो छडीको कथानक

सेतो छडीको कथानक

सामाजिक कथानक पछ्याउने आख्यानकार मनिषा गौचन पहिलो उपन्यास ‘वल्लीको डायरी' पछि ‘ह्वाइट केन' लिएर आएकी छन्। 

राजनीतिमा रंग

राजनीतिमा रंग

अभिनेत्री रेखा थापा निकै अड्कलेर कुरा गर्छिन्। सोचेर जवाफ दिन्छिन्। सकेसम्म कुरा छोट्याउने प्रयत्न गर्छिन्।यो उनको पुरानो बानी भने होइन।राजनीतिमा लागेपछि उनको स्वभाव बदलिएको छ। फिल्मको कुनै मोडले भूमिकामा आएको...

चार युगका चार सारथि

चार युगका चार सारथि

आधुनिक एथ्लेटिक्समा महत्वका साथ हेरिने म्याराथन दौड कसरी सुरु भयो होला? उत्तर खोज्दै जाँदा एउटा ऐतिहासिक आहान फेला पर्छ। फैडिपिडेस नामका ग्रिसेली सैनिक युद्धमा विजयको खबर दिन म्याराथनदेखि एथेन्ससम्म दौडिएको...