Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

नागरिक शनिबार

घर (कथा)

  • १८ माघ, २०७०
  • जानुका बराल
  • DISQUS_COMMENTS
(1 Vote)
स्वयम्भूको स्तुपा छिर्ने बाटोको मोडैनिर उसले आफ्नो गाडी बिसायो। उसका आँखा परपरसम्म डुलेर फर्किए। चित्रबहादुरको कतै अत्तोपत्तो थिएन। उसले एकपटक आफ्नो नाडीमा बाँधेको घडी हेर्यो । अपराह्नको चार बजेको थियो। ऊ तोकेकै समयमा आइपुग्यो तर चित्रबहादुर त्यहाँ थिएन। बाटो साँघुरो भएकाले उसले गाडीलाई केही पर लगेर रोक्यो अनि चित्रबहादुरको प्रतीक्षा गर्न थाल्यो।
चित्रबहादुरलाई उसले पन्ध्र दिनअघिमात्र चिनेको हो। जग्गा खोज्ने क्रममा नजिकका आफन्तले भेट गराइदिएका थिए। चित्रबहादुर जग्गा दलालीको काम गर्दो रहेछ। सुरुमा त उसलाई चित्रबहादुर निकै फरासिलो लागेको थियो, तर समयको पक्का रहेनछ। दस मिनेट कुर्दा पनि चित्रबहादुर नआएपछि ऊ सडक किनारमा टहलिन थाल्यो।
चिसो सिरेटो चलेकाले मान्छेहरू हतार–हतार आफ्नो गन्तव्यतिर लम्कँदै थिए। मोटरगाडी तँछाडमछाड गर्दै हुइँकिएर आउँथे। बेपत्तासँग धुलो उडिरहेको थियो। सडकको किनारमा पसल ओछ्याइएका थिए। ऊ सडक किनारमा सामान किन्न भनेर आएको पनि होइन। अमूल्य समय खेर गएकोमा उसलाई निकै थकथक लाग्यो।
उसले फोन गर्योह तर उताबाट व्यस्त रहेको संकेत आयो। हिजो साँझको सल्लाहअनुसार उसलाई यही सडकपारि कतै जग्गा देखाउने कुरा थियो। चार आना माटोमा भए पनि घर बनाउनुपर्छ भन्दै उसकी श्रीमतीले निकै करकर गर्न थालेकी थिई। राजधानीमा घर बनाएर बस्ने सपना उसको पनि निकै पुरानो हो। खाई–नखाई रुपैयाँ जम्मा गरेर उसले जग्गा र घरसम्म जोड्न पुग्ने बनाएको थियो। 
सडकका दुवै किनारमा जता हेरे पनि घरैघर थिए। खाली जग्गा कतै देखिँदैन थियो। चित्रबहादुरप्रतिको उसको विश्वास पातलिँदै गयो।
फलफूल राखेको ठेला उसको गोडैनिर आएकोले ऊ अलि पर सरेर उभियो। उसका आँखालाई त्यस ठेला व्यापारीको अनुहारले मज्जैसित तान्यो। त्यसको ख्याउटे अनुहार उसलाई पहिले कतै देखेझैं लाग्यो। एकछिन ऊ आँखा झिम्म नगरी त्यसकै अनुहारमा एकोहोरिरह्यो। त्यसले धुलो भएको कालो ज्याकेट लगाएको थियो। मास्कले अनुहार आधा छोपिएको थियो। चिम्सा आँखामात्र देखाएर ग्राहकसँग फलफूलको मोल गरिरहेको थियो। ऊ सुन्तला ६० रुपैयाँ किलो भन्दै थियो। ग्राहकचाहिँ ४० रुपैयाँमा मागिरहको थियो।
'दिनु न दाइ,' ग्राहकले ढिपी गर्योा।
'म बिल गेट्सको छोरो हुँ र?' त्यसले निकै झिँजो मानेर भन्यो, 'घाटाको व्यापार गर्न सक्दिनँ।' 
ऊ तिनीहरूको मोलमोलाइ चाख मानेर सुनिरहेको थियो। 
यतिन्जेल माउसलाई त्यसको अनुहार राम्रैसित याद आइरहेको थियो। आवाज सुनेपछि त झन् ऊ प्रस्ट भयो। उसले दुई पाइला अघि सारेर त्यसको पिठ्युँमा धाप मार्योद र भन्यो, 'के छ दाइ?'
'ओहो! जय, तँ कहाँबाट आइपुगिस् हँ,' उसको अनुहारमा आश्चर्यका रेखा देखिए। 
त्यसको नाम बालकुमार थियो। पन्ध्र वर्षअघि दुवै स्वयम्भूकै कर्मतारा कार्पेट इन्डस्ट्रिजमा जागिर खान्थे। बालकुमार जयको हाकिम थियो। जयको तलब चार हजार अनि बालकुमार बाह्र हजार। पुर्ख्यौली घर त्रिशूलीतिर भएका बालकुमारका छोराछोरी थिए। आम्दामी राम्रै थियो। त्यही बेला उसले दुईतले घर बनाएको थियो। कर्मतारा बन्द भएपछि दुवै लाखापाखा लागेका थिए। 
'कमाइ कति हुन्छ नि दाइ?' जयले सोध्यो। 
'कहिले दिनको पाँच सय, हजार जति बस्छ। कहिलेचाहिँ महिनाभरिको पनि जान्छ।'
'महिनाभरिको पनि जान्छ? कसरी?' आश्चर्यचकित हुँदै जयले जिज्ञासा राख्यो।
बालकुमारले केही दिनअघिको घटना सुनायो, 'सडकमा पसल राख्नमात्रै लागेको थिएँ, नगरपालिकाको गाडीसँग ठ्याक्कै जम्काभेट भयो। गाडीबाट ओर्लंदै पुलिसले नभाग्न भनेपछि म त्यही उभिइरहेँ। मेरा पाइलै सरेनन्।
'अनि पुलिसले के गर्यो् त?'
'ज्ञानी बाजे हुनुहुँदो रहेछ। योचाहिँ तपाईं नै राख्नुस् भनेर फलफूलको पोका दियो, गाडा लिएर गयो। पछि गाडा छुटाएर ल्याउँदा दस हजार खर्च लाग्यो।'
बालकुमारले कुरा मोड्दै सोध्यो, 'अचेल के गर्दै छस् त?'
'सोलारको व्यापार गर्दैछु।'
बिहे गरिस्?
'छोरी छ पाँच वर्षकी।'
'तेरो उमेरमा मेरो त छोरो प्लस टु पढ्दै थियो। अहिले त अमेरिकामै छ। खैरेनी बिहे गरेर बसेको छ।'
'छोरी नि?' जयले छोरीबारे बु‰न चाह्यो।' 
'छोरी–ज्वाइँ अस्ट्रेलियामा छन्। कहिलेकाहीँ पैसा पठाइदिन्छन्।' 
'अनि के दुःख गरिरा त? गाह्रो हुँदैन गाडा लिएर चोकचोक डुल्न?'
'नगरेर के गर्नु। जिउ सधाउनु परेन। साठी वर्षमै थला परियो भने कसले हेर्छ?'
जयले 'छोराछोरीले हेर्लान् नि' भन्न आँटेको थियो तर बोलेन। 
जय घडेरी हेर्न स्वयम्भू आएको बुझेपछि बालकुमारले भन्यो, 'बुझिस् जय, काठमाडौंमा त घर पनि घाँडो हुँदो रहेछ। छोराछोरी फर्केर आउने होइनन् ,केलाई चाहियो घर?' 
'आफ्नो पनि घर थियो त, हैन र?'
'थियो नि। छोराछोरी पढाउँदा, विदेश पठाउँदा सिद्धियो।' 
'घडेरी किन्नुभाको होला नि?'
'घडेरी त आर्यघाटको पुलमुन्तिर छँदै छ नि।'
उसका कुराले जयको मनमा तीखो सुइरो रोपिएझैं भयो। त्यति नै बेला सडकमा फिँजाएका पसलमा भागादौड मच्चियो। पसलेहरू धक्का दिँदै कोही दायाँबाट त कोही बायाँबाट कुम्लो च्यापेर भागे। जय लर्खराएर उभियो। सबै कराइरहेका थिए, 'आयो... आयो। भाग।'
'पछि भेटौंला है जय' भन्दै बालकुमार पनि गाडा गुडाउँदै हतारिएर गयो। सडक किनार एकैछिनमा खाली भयो। तुरुन्तै नगरपालिकाको गाडी हुइकिँदै आइपुग्यो। 
बालकुमारको फोन नम्बर लिन नपाएकोमा उसलाई नमिठो लाग्यो। भारी मनले उसले घडी हेर्योन। दायाँ–बायाँ आँखा घुमायो। चित्रबहादुरको कतै छायाँ पनि देखिएन। कतिन्जेल पर्खिने! ऊ त्यहाँबाट निस्केर आफ्नो गाडीतिर लाग्यो।
गाडी हाँकिरहँदा फोनको घन्टी बज्यो। गाडी किनारमा रोकेर हेर्योा– चित्रबहादुरकै रहेछ। उसलाई फोन उठाउन पनि मन थिएन। फोन उठाएर उसले अब जग्गा हेर्नु नपर्ने कुरा बतायो। बाटोभरि मनमा कुरा खेलिरहेको थिए। बैना दिनका लागि झिकेको पैसा फेरि बैंकमा राख्नुपर्छ। बैंकतिर गाडी मोड्यो। उसको जग्गा किनेर घर बनाउने रहर मरिसकेको थियो।

कालु हमालको सपना

केरा बगैंचा। बगैंचाभित्र कटेज। आँगनमा लोकल कुखुरा। भुर्रभुर्र चरा। रूखमा टाँगिएका उखान तुक्का। डुंगा पोखरी। पौडी पोखरीहरू। बीचमा रेस्टुरेन्ट। क्याम्पिङ साइट। बीच भलिबल कोर्ट। छेउमा रानी कुलो। किनारमा बालुवा।

फेसबुकको 'इन्फो'

'नमस्ते है नवीन जी, त फर्स्ट बेन्च नै रिजर्भ गरिएछ त!'आज पनि क्लासभित्र छिर्नेबित्तिकै उनले हाँसेर भनिन्।तिनको अनुहार नियाल्दै लज्जामिश्रित स्वरमा भनेँ, 'त्यस्तो होइन।' उनी मेरो दायाँपट्टि बसिन्। लोकसेवा आयोगको...

महिला सहभागिता जरुरी

महिला सहभागिता जरुरी

राजाको प्रत्यक्ष शासनको विरोधमा राजनीतिक दलले गरेको आन्दोलनले सडक तात्दै थियो। त्यही बेला कमला पन्त गर्भवती थिइन्। स्वतन्त्रताको पक्षमा उर्लिएको ‘महाअभियान' को यात्रालाई गर्भले रोक्न सकेन।

पहिले खोजीखोजी अहिले रोजीरोजी

पहिले खोजीखोजी अहिले रोजीरोजी

‘ओई मनसरा, पल्लाघरे लाहुरे आउँदैछन् रे यसपालि!'‘आई हो र? कहिले?'‘दसैंमा। घरजम गरेर मात्र फर्कने रे!'‘अनि पारिगाउँले लाहुरे पनि आऊला नि त? तँलाई मागेको छ रे होइन?'‘बढी बोल्छेस्? अहिले फेरि ...!'

घाम ताप्दै आराम

पर्यटन दिनानुदिन बहुआयामिक बन्दै गइरहेको छ। पर्यटनमा सेवाको विशिष्टता र गुणस्तरीयता बढेझैं विविधता थपिँदै गएको पाइन्छ। प्राकृतिक सौन्दर्यमा रमाउने, सांस्कृतिक अनुभव सँगाल्ने र साहसिक गतिविधिमा संलग्न हुने सीमितताबाट आजको पर्यटन...

लाख स्रोताबीच कविता

एक समय यस्तो थियो फ्रान्स, स्पेन र तिनका भाषा प्रयोग गरिने मुलुकमा दर्शन, साहित्य र कलाले दुनियाँलाई प्रभावित गरेको थियो। पाब्लो पिकासो, फ्रेडरिको गार्सिया लोर्का र पाब्लो नेरुदाजस्ता नाम अन्तर्राष्ट्रिय...

गुफाभित्र देवतै देवता

गुफाभित्र देवतै देवता

घुर्मिबाट हलेसी जाँदा जयरामघाटमा दुधकोशी नदी तर्नु पर्छ। घाट वारी ओखलढुँगा पर्छ भने पारी खोटाङ। नदीमा बेलिब्रिज छ जुन बर्खामा झिकिन्छ। घाटबाट ३२ किलोमिटरमा हलेसी महादेव। वर्सेनी हजारौं तिर्थालु हलेसी...

पन्ध्र सालकै जस्तो जनलहर

काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसको पक्षमा देखिएको जनलहरले ९० वर्ष टेक्नै आँटेका माधवकुमार रिमाललाई पहिलो संसदीय निर्वाचन २०१५ को सम्झना गराउँछ।