Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

नागरिक शनिबार

मैथिली संगीत : प्रभावले गुम्दैछ सुर

  • ३ फागुन, २०७०
  • सुरेश यादव
  • DISQUS_COMMENTS
(0 votes)
मैथिली संगीत : प्रभावले गुम्दैछ सुर
भाषा, लिपि र कलासँगै गीत–संगीतमा पनि छुट्टै पहिचान कायम गरेको मैथिली संस्कृति नेपालको तराई र भारतको उत्तरी क्षेत्रमा प्रख्यात छ।
मैथिली संगीतको आफ्नै 'घराना’ छ। राग, रागिनीहरू पनि छन्। तर पनि मैथिली संगीतले अहिलेको विकसित सांगीतिक बजारमा व्यावसायिक पैठ (पक्कड) जमाउन सकेको छैन। 
आयातित संगीतले मैथिली बाहुल्य बजार ओगटेपछि मैथिली गीत–संगीतको व्यावसायीकरण हुन नसकेको जानकारहरू बताउँछन्। संगीतका घरानामध्ये लखनऊ घराना, मुगल घराना, बनारस घराना, दिल्ली घरानाजस्तै मैथिली संगीतको पनि छुट्टै स्वतन्त्र घराना छन्। त्यसमध्ये विद्यापति घराना अहिलेसम्म बढी प्रचलनमा रहेको छ। मिथिलाका आदिकवि कोकिल विद्यापतिकै पाला (१३ औं शताब्दी) मा यस घरानाको विकास भएको हो। विद्यापति घरानाअन्तर्गत आधुनिक र पौराणिक गीत र भजन गाइने चलन रहेको बताउँछन्, लोक संगीतका मर्मज्ञ धनुषा बहुअर्वा निवासी ८१ वर्षीय रामसोभित राउत। 
विद्यापति घरानाअन्तर्गत विरह, वेदना–विछोड, हास्य–परिहास र शृंगार रसयुक्त गीत गायन नै यद्यपि कायम रहेको सात दशकदेखि निरन्तर सांगीतिक दुनियाँमा रमेका राउतले बताए। संगीतका सात सुरभित्रै विभिन्न घराना पर्छन्। तीभित्र विभिन्न राग, रागिनी, आधुनिक, पौराणिक गीत गाइन्छ। 
संगीतको व्यावसायिकीकरणमा मैथिली संगीतले मौलिकतालाई थाँति राख्दै अघि बढिरहेको छ। त्यसैले अन्य घरानामा आधारित संगीतको 'भल्गारिटी’भन्दा पृथक् मैथिली संगीतको बजार कमजोर रहेको एकथरीको दाबी छ। मैथिली संगीतलाई भोजपुरी गीतको भल्गर शब्द चयनबाट तयार पारिएका गीत–संगीतले बढी प्रभाव पारिरहेका छन्। हिन्दी भाषाका चालु गीत–संगीतले पनि मैथिलीजस्ता मौलिक संगीतलाई असर पारिरहेको लोकवादक योगेन्द्र पण्डित बताउँछन्। 
'के पतिया ले जायत रे, मोरा प्रियतम् पास' र,
'माधव कि कहु सुन्दरी रूपे, कतेक जतन बिनु...'
विद्यापतिको यो शृंगारिक गीत जोसुकैलाई मन्त्रमुग्ध गर्न सक्छ। 
तर, 'काँख तर बेग लट्का कलेज तोँ जाइछे,
हम बजैछी मैथिली तोँ इंगलिश बतियाइछे
रे छौरा तोरा बज्जर खस्तौ'
अशोक दत्तको यो 'भल्गर' गीत अहिलेको पुस्तामा बढी चलेको पाइन्छ। योभन्दा पनि अति भल्गर भोजुपुरी गीत यस्तो छ– 
'कभि चीत, कभी पट
सइँया मारे सटासट'
लोक संगीतमा आधारित परम्परागत गीत गायन मन पराउनेको कमी भने छैन। तर, आधुनिक गीतको दबदबाले आम जनजिब्रोमा बस्न नसकिरहेको हो। जुनसुकै कला, संगीत होस्, व्यावसायिक रूपमा विकास हुन सकेन भने त्यसको मौलिकता जोगाउन राज्यले पहल गर्नुपर्ने भनाइ रंगकर्मी उपेन्द्रभगत नागवंशीको छ। 
'मैथिली गीत–संगीतको प्रवर्द्धन भाषा प्रेमीहरूले गर्छन्। त्यसले मौलिकता जोगाउन त सक्छ तर, व्यावसायिक सफलता दिलाउन सक्दैन,’ नागवंशी भन्छन्, 'व्यावसायिक सफलताका लागि बजारको मागअनुसार हामीले आफ्नो कुरो पस्किन सक्नुपर्छ। त्यही गर्न नसकेर मैथिली गीत–संगीत बजारीकरण भए पनि व्यावसायिक रूपमा सफल हुन सकेको छैन।’ 
मिथिला क्षेत्रमा सन्ततिले आफ्नो पुर्खाबाट सिकेका कला नै एकले अर्को पुस्तामा हस्तान्तरण गर्दै यहाँसम्म आइपुगेको हो। युवा पुस्तालाई संगीतसम्बन्धी ज्ञान आर्जन गर्न एउटा संगीत विद्यालय पनि छैन।
संगीत पढाउने व्यवस्थित विद्यालय नभएकै कारण आफूलाई निकै समस्या भएको ८१ वर्षे राउतको तीतो अनुभव छ। सामान्य परिवारमा जन्मेका राउतले अर्काको गाई चराउँदै लोक संगीतमा हात माझेका हुन्। तत्कालीन राजा वीरेन्द्रको वैवाहिक समारोहमा राजदरबारमै पुगेर आफ्नो वाद्यवादन तथा स्वरमा विद्यापति घरानाका गीत 'परम प्रिय पावन मिथिला देश, जत’ पधारल स्वयं महेश' भन्ने बोलको गीत गाएर प्रशंसित भएका थिए। 
राउतको उक्त ख्यातिसँगै शिष्यको रूपमा थुप्रैले वाद्यवादन सिकाइदिन आग्रह गर्न थाले। दर्जनौंले सिकेर आज देश–विदेशका ठूल्ठुला होटेल, रेस्टुरेन्टमा त्यही कलालाई जीवनको साधन बनाइरहेका छन्। तर, राउतले आर्थिक अभावकै कारण उक्त सिकाइ विधिलाई संस्थागत गर्न नसकेकोमा अहिले पनि दुखेसो पोखिरहेका छन्। 
जनकपुरको गंगासागरको डिलमा दुई जना संगीतका जानकारहरूले राजर्षि जनक संगीत विद्यालय सञ्चालन त गरे तर, केही वर्षमै उनीहरू दिवंगत भएपछि बन्द भएको विद्यालय उनीहरूको पार्थिव शरीरसँगै हराएर गएको छ। 
यता, दिल्लीमा विभिन्न वाद्ययन्त्र बजाउने कला सिक्दै आएका ललित कामत, प्रवेश मल्लिक र रमेश मल्लिकको समूहले वर्ष दिनअगाडि आलाप संगीत विद्यालय सञ्चालन गरेका छन्। त्यसको पनि भविष्यका लागि कुनै ठोस आधार देखिँदैन। 
मैथिलीको अपार संस्कृति भण्डार छ। समृद्ध साहित्य छ। रागात्मक, गीतात्मक र संगीतात्मक लोक परम्परा छ। समयसापेक्ष परिमार्जन गर्दै लग्न सके ठूलै फड्को मार्न सकिने संगीतकर्मी तथा संगीत लिपिकार कमल मण्डल बताउँछन्। 
ग्रामीण भेगमा निर्मित माटोको घर–भित्तामा कुँदिएको चित्र आज विश्व बजारमा पुगेको छ। ख्याति कमाएको छ। डलरौं आर्जन गर्ने स्रोत बनेको छ– मिथिला आर्टको नाउँमा। मैथिली गीत–संगीतको पनि मौलिकतालाई व्यवस्थित बजारीकरण गर्न सके त्यसैगरी चर्चामा ल्याउन सकिने मण्डलको तर्क छ।
बिटल्सका फ्यान

बिटल्सका फ्यान

अफिसको भित्ताभरि अंग्रेजी रक ब्यान्ड 'बिटल्स'को पोस्टर छ। किशोर अवस्थादेखि नै यो ब्यान्डको 'डाई हार्ट फ्यान' हुनुको नातालाई उनले जीवित राखेका छन्। नाङ्लो बेकरीका सञ्चालक श्याम कक्षपति देखिन्छन् पनि– 'बिटल्स'का...

जात्रै जात्राको इन्द्रजात्रा

जात्रै जात्राको इन्द्रजात्रा

युवाहरूको ठूलो जमात र वृद्धहरूको समेत सहयोगमा तान्दै–घिसार्दै भित्रिएको लिंगोले बर्सेनि उपत्यकामा इन्द्रजात्रा भिœयाउँछ। भदौ २४ गते काभ्रेको नालास्थित जंगलबाट ल्याइएको लिंगो काठमाडौंको हनुमानढोका दरबारअगाडि ठड्याइयोे। भोलि विधिपूर्वक ढालेपछि यो...

धार्मिक सहिष्णुताको पाठशाला

धार्मिक सहिष्णुताको पाठशाला

सहिष्णु छन् नेपाली। जहाँ मन्दिर, त्यहाँ चैत्य। शिवसँगै पद्मसंभव। मिलेर बसेका हिन्दु र बौद्धमार्गी। हलेसी त झन् त्रिधार्मिक संगम। जसले हिन्दु, बौद्धमार्गी र किरातीलाई एउटै सूत्रमा बाँधेको छ।

साहित्यको उन्नयन कि व्यापारीकरण

साहित्यको उन्नयन कि व्यापारीकरण

'एनसेल नेपाल लिटरेचर फेस्टिभल– २०१३' सुरु भएको छ। सन् २०११ देखि यो कार्यक्रम आयोजना गर्न थालिएको हो। बहुराष्ट्रिय कम्पनी एनसेलको आर्थिक लगानी र सहयोगमा गर्दै आइएको यस कार्यक्रममा एनसेल, यसको...

हिंसाले पुर्‍याउँछ सडकमा

दुई हप्ताअघि राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठन (कोसिस) का अध्यक्ष मातृका देवकोटाको मोबाइलमा रिङ बज्यो। दोलखाका एक सरकारी अधिकारी भन्दै थिए, 'एउटी बहुलाहीले बच्चा जन्माएकी छे। बच्चा बालमन्दिरमा पठाइदिन्छौं, उसको...

लेख्नु सजिलो छैन

लेख्नु सजिलो छैन

अघिल्लो वर्ष मो यानले नोबल पुरस्कार पाएसँगै मेरो ध्यान पनि चिनियाँ साहित्यतिर तानियो। मैले चिनियाँ साहित्य अध्ययनमा खर्चें। समकालीन चिनियाँ साहित्यमा थुप्रै भिन्न मतहरू रहेछन्। मैले अपेक्षा गरेभन्दा बढी सामाजिक...

उज्यालो पर्व

उज्यालो पर्व

दिदीबहिनीको हातबाट टीका लगाउँदा दाजुभाइको मुहारमा झल्कने खुसी दीपावलीको उज्यालोभन्दा कम हुँदैन । त्यसैले त खुसी, उमंग र उज्यालोको पर्व बनेको छ, तिहार । घरघरमा गरिने दीपावलीले पनि जीवनको अन्धकार...

घामको झुल्को

घामको झुल्को

प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँ लाई पर्यटकीय केन्द्र बनाउन दशकदेखि सक्रिय अन्तुवासी अचेल सन्तोषको सास फेर्दै छन्। सात वर्षसम्म हरेक मंसिरमा महोत्सव गर्दै, विकास निर्माणमा जुट्दै र प्रचारमा समय खर्चिंदै आएका...