Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

डिस्कदेखि डिजिटल

  • ३ फागुन, २०७०
  • भाषा शर्मा
  • DISQUS_COMMENTS
(0 votes)
तत्कालीन राजा महेन्द्र संगीतका सौखिन थिए। उनी दिनहुँजसो गीत सुन्न कलाकारलाई बोलाउँथे। उनीसँगै रानी रत्नराज्यलक्ष्मी पनि संगीतको सारेगममा मन्त्रमुग्ध बन्थिन्। वर्षौंदेखि दरबारमा गीत गाउँदै आएका कलाकारले गीत रेकर्डका लागि चासो देखाए र राजासामु जाहेर गरे। राजाको चित्त बुझिहाल्यो। रानी रत्नकै नामबाट उनले ट्रस्ट खोल्न लगाए, जसको मुख्य काम 'गीत–संगीतको प्रवर्द्धन गर्नु' थियो। 
रत्नको आर्थिक सहयोगपछि २०२४ सालमा रत्न रेकर्डिङ ट्रस्टको स्थापना भयो। नेपाली संगीत रेकर्डिङको पहिलो जग यसैलाई मानिन्छ। सञ्चार संस्थान ऐन २०२८ बनेसँगै रत्न रेकर्डिङ पनि संस्थानमा बदलियो। त्यसबेला ५ वटा संस्थान बनेका थिए। 
गीत सुन्न रेडियो नेपालबाहेक कुनै माध्यम थिएन। रेडियोमा धेरैजसो हिन्दी गीत बज्थे। त्यसबेला डिस्कमा गीत रेकर्ड हुन्थ्यो। एउटा डिक्समा दुइटा गीत अटाउँथ्यो। प्रिन्ट गर्न कलकत्ता पुग्नुपर्ने। डिस्कमा दम दिएपछि चक्का घुम्थ्यो, अनिमात्रै आवाज आउँथ्यो। बिस्तारै ४५ स्पिड डिस्क आयो, जुन ब्याट्री र बिजुलीबाट बजाउन सकिन्थ्यो। त्यसको प्रिन्ट जापानमा गरिन्थ्यो। 
रत्न रेकर्डिङमा बच्चु कैलाश, कुमार सुब्बा, नारायणगोपाल, गोपाल योञ्जनका गीत रेकर्ड भए। कुमार बस्नेतका लोकगीतले त्यहीबेला निकै चर्चा पाए। संगीतका लागि दरबारको स्वीकृति पाउनु सौभाग्यजत्तिकै हुन्थ्यो। रहर गर्नेका 'गीत रेकर्ड गरिदिनू' भन्ने सरकारी दबाब पनि पर्थ्यो। नामका लागि मात्र निकालिएका गीत बिक्री नभएर चाङमा थुप्रिन्थे। दरबार र मन्त्रीका नजिकका मान्छेलाई संस्थानको कर्मचारी नियुक्ति गरिन्थ्यो। यही विकृतिका कारण रत्न रेकर्डिङ संस्थागत बन्न नसकेको गायक गणेश रसिकको गुनासो छ। दुई वर्ष संस्थानको महाप्रबन्धकको समेत काम सम्हालेका रसिकको अनुमान छ, '२२ वर्षको दौरानमा अढाई सय जति डिस्क, दुई सय क्यासेट रत्नले बजारमा ल्याएको थियो।' 
बीस र तीसको दशकमा बल्ल नेपाली मौलिक गीत रेकर्ड हुन थाले। अम्बर गुरुङ, शिव शंकर, पुष्प नेपाली, माणिकरत्न, अरुणा लामाजस्ता कलाकारको आगमनपछि नेपाली गीतमा नयाँ तरंग आउन थाल्यो। त्यसबेलाका गीत अहिलेसम्म कालजयी बनिरहेकै छन्। 
रोजगारीका लागि विदेश जाने चलन बढेसँगै तीसको दशकदेखि डिस्क प्रविधिबाट क्यासेटको विकास भयो। क्यासेटमार्फत कलाकारको आवाज गाउँगाउँ पुग्यो। ब्रिटिस सेनामा भर्ती हुने लाहुरे जब घर फर्किन्थे, काँधमा टेपरेकर्डर बोकेर गीत घन्काउँदै आउँथे। 'गीत–संगीतको विस्तार र प्रवर्द्धनमा लाहुरेहरूको पनि ठूलो भूमिका छ,' रसिक भन्छन्, 'गाउँगाउँमा क्यासेट पुर्यााउने उनै थिए।' विदेशबाट घर फर्कनेहरू प्रायः ठूलो टेप लिएर गाउँ फर्कन्थे। 
पुष्प नेपालीले २०२६ सालतिर टुँडिखेलमा गीत गाउँदा गितार बजाएको हेर्नेको घँुइचो लाग्यो। भारतीय संगीतको प्रभाव त्यसबेला पनि थियो। कलाकारले हिन्दीलाई नेपालीमा अनुवाद गरेर गाउने चलन थियो। आफैंले बनाएका गीतप्रति कलाकार सन्तुष्ट थिएनन् वा आत्मविश्वास कम थियो। म्युजिक नेपालको स्थापनापछि नेपाली संगीतले झनै फड्को मारेको रसिक बताउँछन्। 
रेडियो नेपालमा गीत रेकर्ड नहुँदा कलकत्तासम्म पुग्नुपर्थ्यो। नेपाली गीत यस्तो फ्युजनमा बन्थ्यो– गाउने नेपाली, बाजा बजाउने बंगाली, एरेन्ज गर्ने भारतीय। नेपालमै रेकर्ड हुन थालेपछि एरेन्ज, वाद्यवादन सबै यहीँ हुन थाल्यो। भगतसिंह र मनश्याममात्रै संगीतमा चलेका नाम थिए। म्युजिसियनको संख्या न्यून थियो। आर्मी ब्यान्डमा स्टाफ नोटेसनमा काम गर्नेमात्र वाद्यवादनका लागि खप्पिस दरिन्थे। 
बहुदलीय व्यवस्थापछि एक्कासि रत्न रेकर्डिङ खारेज भयो। त्यहाँका कर्मचारी गोरखापत्र संस्थान र नेपाल टेलिभिजनमा गए। रत्न रेकर्डिङका जायजेथा टेलिभिजनमै पुर्याेइयो। यो उथलपुथलले रेकर्डका सामानबारे अभिलेख पाउन मुस्किल भएको रसिक बताउँछन्। नेपाली संगीतलाई उठाउन स्थापना भएको रत्न रेकर्डिङ पञ्चायत ढलेसँगै ढल्यो। 
...
नयाँ उद्योग गर्ने विषयमा सोचिरहेको बेला कसैले भनेछ, 'हिन्दी क्यासेट लिएर बेचे पनि फाइदै छ।' क्याम्पस पढाइरहेका सन्तोष शर्मालाई 'म्युजिक' नयाँ व्यवसाय लाग्यो। तर उनले हिन्दी होइन, नेपाली गीत रेकर्ड गराएर गीत बेच्ने योजना बनाए। लेक्चर छाडेर म्युजिक नेपाल खोल्ने कुरा गर्दा सबै छक्क पर्थे। धेरैको प्रश्न थियो, 'नेपाली गीत बेचेर खान पुग्ला के?' बजारमा हिन्दी र अंग्रेजी गीतका क्यासेट छ्याप्छ्याप्ती भइरहेका बेला नेपाली क्यासेट बिक्री गर्ने कल्पना गर्नुसम्म पनि शर्माका लागि चुनौती थियो। 
म्युजिक नेपाल खोल्नुलाई उनी 'नयाँ सोच' भन्न रुचाउँछन्। उनी न त म्युजिसियन, न गीतकार, न त गायक नै। नयाँ क्षेत्रमा प्रवेश कसरी गर्ने? तर केही काम गरेर नाम कमाउने सानैदेखिको सोचले 'म्युजिक नेपाल' जन्मियो। 
शर्माका बुबा उद्योग–व्यवसाय चलाउँथे। परिवार उनलाई पुर्ख्यौली पेसा सम्हालेको हेर्न चाहन्थे। पञ्चायतकालमा उद्योग व्यवसाय सञ्चालनका लागि स्वीकृति गराउन झन्झटिलो प्रक्रिया थियो। कसैको आँखा नपरेको संगीत क्षेत्रमै लाग्ने शर्माको अठोटले रेडियो नेपाल र रत्न रेकर्डिङले हालेको जगमा इँटा थपिदियो। यही म्युजिक नेपालको छहारी पाएर धेरै कलाकार व्यावसायिक बने। 
रत्न रेकर्डिङको पक्षपाती व्यवहारबाट दिक्क बनेका कलाकारका लागि म्युजिक नेपाल ठूलो उत्साह बन्यो। स्वर परीक्षाका लागि गला सुकाउनेहरू म्युजिक नेपालमार्फत खुल्न थाले। मेची–महाकालीका खुलेका डिलरले लोकदोहोरी र विभिन्न जातजातिका भाका काठमाडौंसम्म ल्याइपुर्या ए।
लोकदोहोरीमा शरदचन्द्र शाह र कुमार बस्नेतजस्ता कलाकार देखिए। संस्थापक शर्मा भन्छन्, 'लोकदोहोरीलाई घरघरसम्म पुर्याकउने म्युजिक नेपाल नै हो।' प्रेमराजा महत र बमबहादुर कार्कीले गाएको 'पानको पात,' 'खोला पारी निरमाया' गीत एकाएक चर्चित बने। 
त्यसबेला प्रतिक्यासेटको मूल्य २५ रुपैयाँ पर्थ्यो। 'नारायणघाटमा सय वटा क्यासेट पठाएको हारालुछ भएछ,' शर्मा सुनाउँछन्, 'एउटा क्यासेट ५ सयसम्ममा किनेछन्।' लाहुरेहरूले समेत रुचाएको 'पानको पात' निकै लोकप्रिय भयो। नेपाली संगीतले विस्तार पाइरहँदा पनि त्यसबेला बैंककबाट ल्याइएका हिन्दी गीतका क्यासेट बिक्री हुन्थे। 
हिन्दी गीतको प्रभावमा परिसकेको बजारमा नेपाली क्यासेट बिकाउनु मुस्किल थियो। टेपरेकर्डर बेच्ने पसलमै क्यासेट राखिन्थ्यो। क्यासेट लिएर पसलेहरू 'नेपाली गीत कसले किन्छ?' भन्ने प्रश्न गर्थे। शर्मा बुझाउँदै भन्थे, 'दिनभरि बजाउनुस्, क्यासेट बिकेन भने भोलि लिन आऊँला।' बिस्तारै नेपाली गीतको बिक्री बढ्यो सँगसँगै कलाकारको लोकप्रियता पनि बढ्यो। गीत बिक्न थालेपछि कलाकारलाई रोयल्टी दिने परम्परा आफूले नै बसालेको शर्मा दाबी गर्छन्।
पछिल्लो समय म्युजिक नेपालले शिक्षामा जोड दिँदै जातजातिका संगीत संरक्षण गर्नपट्टि लागेको छ। संगीत शिक्षा पाठयक्रममा समेत समावेश भएको छ। संगीत स्कुलले ४५ जातिको संगीत संकलन गरेको शर्मा बताउँछन्। म्युजिक नेपालले २०६५ सालसम्म एक हजार ७ सय गीति एल्बम बजारमा ल्याएको तथ्यांक छ। 
हिजोआज गीतका क्यासेट र सिडी बिक्न छाडिसके। 'प्रविधिले पाइरेसी बढाएको छ,' शर्माले भने, 'प्रतिलिपि अधिकार ऐन भए पनि प्रभावकारी काम हुन सकेको छैन।' पाइरेसीबाट उत्पादक, कलाकार र सरकारसमेत मर्कामा परेको उनको भनाइ छ। 
२०४९ सालमा स्थापना भएको म्युजिक नेपालले प्रख्यात १० जना म्युजिसियन राखेको थियो। प्रेम अवतारी, नर्वु छिरिङ, सुशील विश्वकर्मा, राजु अग्रवाल, भुपेन्द्र रायमाझीजस्ता कलाकार थिए। डिस्कलाई क्यासेटले विस्थापित गर्योऐ। फेरि सिडी आए, सिडीलाई पनि डिजिटलले विस्थापित गर्दैछ।
राजनीति गर्न परिवारभित्रै संघर्ष

राजनीति गर्न परिवारभित्रै संघर्ष

स्याङ्जाको थुमपोखरामा जन्मिएकी पद्मा अर्याल नेकपा एमाले स्याङ्जाकी अध्यक्ष हुन्। सातौं जिल्ला अधिवेशनमा पुण्यप्रसाद भुसाललाई पराजित गर्दै उनी एमालेको एकमात्र महिला जिल्ला अध्यक्ष बनेकी थिइन्।

इतिहास साधक पितापथमा

काठमाडौं– घरमा ठ्याक्कै कति पुस्तक छन्, उनीहरूले हिसाब निकालेका छैनन्। इतिहास अन्वेषक स्वर्गीय नयराज पन्तका दुई छोराको दैनिकी बाबुले जम्मा परेका तिनै पुस्तक र अभिलेखको अध्ययन, प्रकाशन र व्यवस्थापनमा बित्छ।

२०१३ का चर्चित

२०१३ का चर्चित

२०१३ हामीबाट बिदा भइसकेको छ। नयाँ वर्षको सुरुवात भइसक्यो। २०१३ मा निकै फिल्म आए। तिमीले फुर्सदमा फिल्म हेर्‍यौं हौला पनि। तिमीलाई २०१३ मा मनपरेका कुनै फिल्म छन् कि? पुरानो वर्षलाई...

‘स्मार्ट' बन्दैछ सवारी लाइसेन्स

काठमाडौं-न घामले खुइलिने डर, न पानीले भिजाउने चिन्ता। हराइहाले पनि अरु कसैले दुरुपयोग गर्ला कि भन्ने कत्ति पीर नहुने। सवारीचालकका लागि खुसीको खबर छ– यातायात व्यवस्था विभागले आठ महिनापछि ‘स्मार्ट...

यार, मजाक गरेको

यार, मजाक गरेको

किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?

मनमोहक खप्तड

मनमोहक खप्तड

खप्तड लेक प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ। डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाको २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाइएको हो। सरकारले २०४३ असार ९ गते...

मःमःको सहर

चालिस वर्षअघि असनको मासंगल्लीमा लक्ष्मीनारायण डंगोलको प्रख्यात खाजा पसल थियो– छोयला, कचैला, भटमास र चिउराको खाजा पाइने। एकदिन उनले ग्राहकलाई फरक स्वाद चखाउने विचार गरे र, 'ट्राई' गरे। नयाँ स्वादको...

माछा खान कुलेखानी

बिजुली निकाल्न बाँध बाँधेपछि ताल बनेको मकवानपुरको इन्द्रसरोवर आन्तरिक पर्यटक रमाउने गन्तव्य बनेको छ। विशेषतः काठमाडौं र हेटौंडामा बस्नेहरू शनिबार र अन्य बिदाका दिन माछा खान कुलेखानी पुग्छन्। त्यहाँ तालमा...