Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

नागरिक शनिबार

कटाक्षमा हुर्किएका 'हुरीका चल्ला'

  • ३ फागुन, २०७०
  • सन्तोष न्यौपाने
  • DISQUS_COMMENTS
(1 Vote)
कटाक्षमा हुर्किएका 'हुरीका चल्ला'
थ्रिलरका गीतहरूले संसारमा राज गरिरहेका बेला काठमाडौंमा भीम तुलाधर उदाए। लामो कपाल, कालो गगमाथि कालै ड्रेस लगाएर स्टेजमा उक्लिँदा कसैले माइकल ज्याक्सनलाई सम्भि्कए त कसैले एलोसपेर्सीलाई। 'मायालुलाई...' जब उनी गिटार नचाउँदै स्टेजमा गीत घन्काउँथे, दर्शकको वाहवाहीले सहर थर्किन्थ्यो।
‘नेपाली संगीतमा रातारात क्रान्ति आएको थियो,’ क्रस रोड ब्यान्डका संजय श्रेष्ठ सम्झन्छन्। 
देश प्रजातान्त्रिक युगतर्फ जाँदै थियो। २०४६ सालको संघारमा नेपाली संगीतको नयाँ विधा पपले अस्तित्व खोज्दै थियो। जसलाई पुराना स्रष्टाले कटाक्ष आरोप लगाउँथे– संस्कृति बिगार्ने, हल्लाका भीड, हुरीका चल्लाहरू!
त्यही बेला कीर्तिपुर पांगामा धेरै ब्यान्डको सहभागितामा ठूलो कन्सर्ट भयो। तुलाधरको ब्यान्डसहित संजय श्रेष्ठ, संजीव प्रधान, सर्जु रन्जित, हरिश माथेमा, सुनिल उप्रेतीलगायतका गायक स्टेजमा उक्लिए। पञ्चायत ढलिसकेको थियो। त्यस बेलाका युवालाई के चाहियो र! नयाँ संगीतको प्रयोगमा गाए, नाचे, उफ्रिए। 
कीर्तिपुर आइपुग्दा नेपाली पप संगीत दुई पाइलाअगाडि बढिसकेको थियो। यसको विकासमा लागिपरेका गायक संजय श्रेष्ठ भन्छन्, 'पुराना र नयाँ पुस्ताबीचको द्वन्द्वले पप संगीत जन्मिएको हो।' उनी आफूलाई दोस्रो पुस्ताको पप गायकको रूपमा चिनाउँछन्। सन् १९९१ मा उनले 'क्रस रोड' ब्यान्डको सुरुवात गर्दा ओमविक्रम विष्ट, हरिश माथेमा, सुनिल उप्रेती, भीम तुलाधर, प्रवेशमान शाक्यजस्ता गायकले नेपाली पपमा होमिइसकेको थिए। ओमविक्रमले नै नेपाली नेपाली पप संगीतको बीउ रोपेको बताउँछन्, संजय। विष्टको 'मौनतामा अल्भि्कएको...' गीतले त्यसबेलाका स्रोतालाई पश्चिमा संगीतको तिर्सना मेटाइदिन्थ्यो। नेपाली पपलाई नयाँ उचाइमा पुर्यााउन यही गीत कोशेढुंगा ठहरियो। गिटारिस्टसमेत रहेको ओमविक्रमको योगदानले पपको विकासले गति लिएको समकालीन र पछिल्लो पुस्ताहरू बताउँछन्। 
ओमविक्रम लामो सयमदेखि अमेरिकामा छन्। उनका समकालीनहरू पनि अधिकांश देशबाहिरै छन्। संजय भन्छन्, 'अमेरिकामा बस्ने सुनिल दाइको नयाँ एल्बम आउँदैछ। विदेश बसे पनि उनले संागीतिक मोहलाई चटक्कै भुल्न सकेका छैनन्।' 
भीम तुलाधरको असनस्थित घरमा अन्नपूर्ण क्यासेट सेन्टर थियो। ०३९ सालदेखि सुरु भएको सेन्टरका तखता हिन्दी र अंग्रेजी एल्बमले भरिएका हुन्थे। उनी तखताबाट फुत्तफुत्त एल्बम झिक्थे र सुन्थे– बिटल्स ब्यान्ड, पर्पल, पिङ फायर्डजस्ता विश्वप्रसिद्ध ब्यान्डका गीत। यही प्रभावले उनी बिस्तारै संगीतमा लहसिए। २०४० सालमा ६ जना साथीको समूह बनाएर ब्यान्ड नै खोले– 'द इन्फ्ल्युयन्स ब्यान्ड'। आठ वटा गीत समावेश गरेर ब्यान्डले पहिलो एल्बम निकाल्यो– मायालुलाई। त्यसबेलाको रेकर्डिङ अहिलेजस्तो सहज थिएन। लाइभ रेकर्डिङ गर्नुपर्थ्यो। बल्लतल्ल रेकर्डिङ सिध्याएको भीम सम्झन्छन्। 
'त्यतिखेर नेपाली पप गीत भन्ने चलन नै थिएन,' उनी भन्छन्, 'हामीले पनि पश्चिमी गीत निकाल्यौं भनेर खुसी भएका थियौं।' सो एल्बममा परम्परागत नेपाली गीत भन्दा बेग्लै पहिचान रहेको संजय बताउँछन्। नेपाली ट्र्याकका गीत सुन्दै आएकाहरूले भने, 'अंग्रेजीजस्तो पप गीत।' यसरी नेपाली पप गीतले आफ्नो पहिचान बनाउँदै गयो।
'मायालुलाई' नै नेपाली सांगीतिक ब्यान्डले निकालेको पहिलो एल्बम भएको दाबी गर्छन्, भीम। 'ब्यान्डले निकालेको पहिलो पप एल्बम हाम्रै हो,' उनले भने। त्यतिखेर काठमाडौंमा अरू ब्यान्ड पनि नभएका होइनन्। प्रिज्मा, लेजेन्ड, काठमाडौं क्याट्स्, एलिगेन्ट्स, ब्लाइन्ड फेड, रोधीजस्ता ब्यान्ड पनि चर्चामा थिए। ती ब्यान्डले अंग्रेजी गीतमात्रै गाउने गरेको भीम बताउँछन्। विभिन्न ठाउँमा हुने कन्सर्टमा पनि अंग्रेजी गीतमात्रै गुञ्जिन्थे। 
त्यसबेलाका सांगीतिक ब्यान्डले स्टेजमा नयाँपन भिœयाएको भीम बताउँछन्। पश्चिमी रक एन्ड रोल शैलीका अंग्रेजी गीत घन्किने स्टेजहरूमा बिस्तारै नेपाली गीत पनि बज्न थाले। नेपाली गीतलाई स्टेजमा उतार्न पनि पप संगीतको सहयोग रहेको उनी बताउँछन्। 'सामान्य माइक हातमा लिएका गायकलाई सुन्दै आएका दर्शकले नयाँपन पाए,' उनी गर्व गर्छन्, 'नेपाली संगीतलाई यसरी पनि प्रस्तुत गर्न सकिने रहेछ भनेर हामीले प्रमाणित गर्यौंा।' नेपाली गीतलाई 'भिजुअल' रूपमा अगाडि बढाउन पनि भीमको भूमिका रहेको संजय सुनाउँछन्। 
पश्चिमा संगीतको प्रभावले नेपालमा पप गीत जन्मियो। तर यसलाई अगाडि बढाउन सजिलो थिएन। ०४० सालमा भीमले ‘नेपाली ब्व्यान्डकै पहिलो एल्बम’ निकाल्दा धेरै संघर्ष र आरोपहरू खेप्नुपर्योल। उनीहरूको 'शैली'लाई पुराना स्रष्टाले रुचाएका थिएनन्। 'नयाँ र पुराना कलाकार पुस्ताबीच एक किसिमको द्वन्द्वजस्तै थियो,' संजय भन्छन्, 'तबला र मादल बजिरहेको नेपाली गीतमा ड्रमसेट र गिटारको प्रयोग गर्दा धेरै प्रतिक्रिया खेप्नुपर्योज।' पुराना गीतमा लोकजीवनका सुस्केरा र साहित्यका रस हुन्थे। नयाँ पुस्ताले सुरु गरेको पपमा नयाँ पुस्ताले रुचाउने सरल र सोझो खालका भाव हुन्थे। ‘माया मेरी माया, हाम्रो मिलन कहिले हुन्छ गीत निकाल्दा पुराना स्रष्टाले पचाएनन्,' संजय आफ्नै गीतको उदाहरण दिँदै भन्छन्, ‘साहित्यिक रस नभएको, ठाडो शैलीको गीत भनेर उडाए।' 
युवाको जमात गिटार, ड्रमसेटजस्ता अत्याधुनिक वाद्यसामग्री बोकेर हिँड्दा 'विदेशी बाजा बजाउने' भनेर आलोचना खेप्नुपर्थ्यो। ‘त्यतिखेरका कट्टर कम्युनिस्टहरू पप गीतले आफ्नो संस्कृति बिगारेको, युवालाई भड्काएको आरोप लगाउँथे,' संजय सम्झन्छन्, 'बेलाबेलामा त हामीसँग चर्काचर्की पनि पर्थ्यो।’ 
पपले विकृति ल्याउन नभई बरु युवाबीच प्रेमको भावना सिर्जना गरेको संजय ठान्छन्। 'ड्रग्सतिर लागेका कतिपय युवा गिटार बाकेर म्युजिकतिर लागे,' उनले भने, 'पपले संगीतमा नयाँ आयाम ल्याइदियो। क्यासेटको त बाढी नै आयो।' युवाहरू उपहारको रूपमा क्यासेट आदानप्रदान गर्न थालिसकेका थिए। 
संजयले सन् १९९१ मा पाँचजना साथीसहित 'क्रस रोड ब्यान्ड' निर्माण गरे। यो ब्यान्डको आगमनले नेपाली पप क्षेत्रमा ठूलो तरंग ल्याइदिनयो। ब्यान्डले एल्बम निकाल्ने तयारी गरे पनि कुनै पनि कम्पनी तयार भएनन्। 'यस्तो पनि गीत हुन्छ' भनेर ओठ पल्टाएको संजय सम्भि्कन्छन्। उनीहरूको जोसले आखिर 'नयाँ मोड' नामक एल्बम आइछाड्यो, अम्बर गुरुङको रेकर्डिङ स्टुडियोबाट। गुरुङका छोरा शरदले यसका लागि भरपूर सघाएका थिए। ९ महिना लगाएर निकालेको एल्बमले पप संगीतमा पनि नयाँ मोड नै भिœयायो। १० वटा गीत रहेको एल्बम निस्किएपछि आफूहरूलाई आक्षेप लगाउनेको मुख टालिएको संजय बताउँछन्। 'पपलाई गीत नै नभन्नेहरूको मुखमा बुझो लाग्यो। बिस्तारै उनीहरूले पनि हाम्रा गीत सुन्न थाले।' ६ वटा एल्बम निकालिसकेको क्रस रोडका पुराना सदस्या लाखापाखा लागिसकेका छन्। नयाँ सदस्यको संलग्नतामा सातौं एल्बम टिजिआइएफ विमोचनको तयारी भइरहेको संजयले सुनाए। 
रेडियो नेपालको एकलौटीपन कारण पप गीतले अवसर पाउनु नै ठूलो कुरा हुन्थ्यो। स्वर परीक्षा पास नगरी रेडियोमा गीत बज्दैनथ्यो। संजयले परीक्षा त दिए तर सफल भएनन्। 'तर मैले गाएका गीतहरू हिट भए,' उनी भन्छन्, 'स्वर परीक्षामा पास नगरी मेरा गीत नै रेडियोमा बज्दा अरू पनि छक्क परे।' 
एकछत्र राज गरेका सरकारी रेडियो नेपाल र नेपाल टेलिभिजनले पप संगीतलाई कम प्राथमिकतामा राखेका थिए। रेडियोमा हप्ताको एक दिन मंगलबार बेलुका पौने ९ बजे पपसम्बन्धी 'संगीत लहर' कार्यक्रम बज्थ्यो भने टेलिभिजनमा रोशनप्रताप राणा 'संगीत संगम' कार्यक्रम चलाउँथे। 
क्रस रोड ब्यान्ड र भीम तुलाधरलाई सुन्दै हुर्किएका निमा रुम्बा, राजेशपायल राई, धिरज राई, नविन के भट्टराई, सुगम पोखरेलहरू पछिल्लो पुस्ताका रूपमा उदाए। नयाँनयाँ स्वाद पनि पस्किए। योसँगै थुप्रै ब्यान्डको प्रवेश भयो। अझ अन्डरग्राउन्ड म्युजिकमा पपको दबदबा रह्यो। निमा सम्झन्छन्, 'सन् १९९० मा पप गीतको संगालो ‘सुपर कलेक्सन’ भनेर निस्केको थियो। व्यावसायिक रूपमा नेपालमा ब्यान्ड बनाउने, रेकर्डिङ गर्ने र स्टुडियो बनाउने चलन चलिसकेको थियो।' 
अत्याधुनिक प्रविधिको प्रवेश र टेलिभिजन, एफएम रेडियोको बाढीले पप संगीत धेरै स्रोता–दर्शकको बीच पुग्यो। कलाकारले आफ्नो पहिचान बनाउँदै लगे। संगीतलाई बढी जोड दिँदै आएका एफएमले पप संगीतप्रति भने न्याय नगरेको संजय तर्क गर्छन्। 'नयाँ र राम्रा गीत मर्ने अवस्था भयो,' उनी भन्छन्, 'गीत जस्तोसुकै भए पनि पैसा खर्च गरेर गीत बजाउन थालियो।' एफएम र 'साइबर युग'को विकास नहुँदै लाखौं एल्बम बिक्री भएको संजय बताउँछन्। 'प्रविधिको विकासले एल्बम बेचेर जीविका चलाउने गायकको जीवन निर्वाहमा समस्या आएको छ,' उनी भन्छन्। 'त्यसबेला धेरै 'स्टेज शो' हुने भएकाले कलाकारले राम्रो पैसा पाउँथे। अहिले त्यो अवस्था छैन,' उनी भन्छन्, 'दुई–चार जनाबाहेक अन्य कलाकारलाई बाच्न गाह्रो छ। अहिले एल्बम निकाल्नु भने सित्तैमा बाँड्नुजस्तै हो।'
व्यावसायिक रूपमा संगीतको विकास हुँदै जाँदा नयाँ चुनौती पनि थपिएका छन्। पहिले पपलाई स्थापित गर्न ठूलो संघर्ष गर्नेहरूलाई गीत गाएरै जीवन धान्न गाह्रो परेको छ। अहिलेको नेपाली संगीतको अवस्थालाई नेपालमा बन्न लागेको संविधानसँग तुलना गर्छन्, संजय। 'जसरी संविधान बन्छ कि बन्दैन भन्ने अवस्था छ, संगीत पनि त्यस्तै छ,' संजयले भने। यो अवस्था सुधार्नका लागि रेडियो, टेलिभिजन, इभेन्ट म्यानेजमेन्ट र कलाकार स्वयं लागिपर्नुपर्ने उनी सुझाउँछन्। 
'मिडियालो राम्रो संगीतलाई प्रश्रय दिनुपर्छ। इमेन्ट म्यानेजमेन्ट गर्नेले कलाकारलाई समान दृष्टिले हेर्नुपर्छ,' उनी भन्छन्, 'एउटै स्टेजमा भारत वा कुनै ठाउँको कलाकारलाई १० लाख दिन्छन् भने नेपाली कलाकारलाई १० हजार मात्र। यो असमानता नेपाली म्युजिकप्रतिको शोषण छ।' 
संजयका अनुसार कलाकार आफूले आफ्नो स्तरलाई सधैं जोगाइ राख्नुपर्छ। विदेशी कुनै कलाकारसँग कुम जोड्दैमा मख्ख पर्नु हुँदैन। विदेशीले भन्दा धेरै गुणा धेरै राम्रो गाउँछन् नेपाली कलाकारले। 'यति हँुदाहँुदै पनि कलाकारले एउटा कुरा भुल्नु हुँदैन,' संजय भन्छन् , 'त्यो हो स्तरीय संगीत सिर्जना।'

आयुमा जीवन थप्ने चाड

तिहारलाई हामी यमपञ्चक भन्छौं । कात्तिक कृष्ण त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनको यो पञ्चक पर्व काग तिहारबाट प्रारम्भ भएर कुकुर तिहार, गाई तिहार (लक्ष्मी पूजा), गोरु तिहार (...

स्वर्गको एक टुक्रा मनाङ

हिमालको काखमा छ सानो मेरो गाउँपर्वतकी छोरी हुँम पार्वती हो नाउँ,शिरमा गंगापूर्ण, अन्नपूर्ण र तिलिचो पिक। चट्टानका पहराबीचमा कलकल बगेकी मर्स्याङदी नदी। बीचमा झुरुप्प गाउँ। नजिकै स्तूपा। मनाङ पुग्दा साँझ...

टुटेको साहित्य जोड्दै

टुटेको साहित्य जोड्दै

बीसको दशकमा नेपाली सांगीतिक क्षेत्रका दुइटा अभियान–समूह निक्कै सक्रिय भए– राल्फा र लेकाली सांगीतिक समूह। राल्फालीहरू वामपन्थी धारमा रहेर क्रान्ति र विद्रोहका गीत गाउँथे, लेकाली विशुद्ध लोकजीवनका भाका र सुस्केरालाई...

ध्यानमा परम आनन्द

ध्यान–सुख र आनन्द प्राप्तिको माध्यम। ध्यान केन्द्र धाउनेको संख्या बढ्दै छ। नेपालमा पनि ध्यान केन्द्रहरू छन्। काठमाडौं, पोखरा, लुम्बिनीलगायत सहरमा खुलेका केन्द्रमा नेपालीको राम्रै जमघट हुन्छ।

पहिलो र अन्तिम प्रेमीलाई

तिम्रो र मेरोजस्तैउहिले उहिले माई र तमोरको मायापिरती थ्यो' रे।

बहादुर लेखक

बहादुर लेखक

नामको पछाडि 'बहादुर' सुनेकै भरमा मानिसहरू ठान्दा रहेछन्– उनी नेपाली हुन्, पुरुष हुन्। भारतीय मूलकी अमेरिकी लेखक/समीक्षक गायत्रा बहादुर भने न त नेपाली हुन्, न त पुरुष। उनले नेपालको नाममात्र...

अन्तर्द्वन्द्व

अन्तर्द्वन्द्व

'तपाईं यो बच्चाकी आमा?'एउटा नियमित प्रश्न। कसैसँग केही अन्तरंग हुँदा एक वा दुई संवाद साट्नेबित्तिकै ममाथि आइपर्ने प्रश्न। यस्तो प्रश्न– अलिकति स्पष्टीकरणको मौकाका लागि मिठास अनुभव गर्दछु भने उतिखेरै त्यो...

क्रिसमसमा रमाइलो

क्रिसमसमा रमाइलो

विश्वमा मनाइने क्रिसमस हामीले पनि रमाइलो गर्दै मनायौं। त्यस दिन फरक हाँसो, जाँगर, स्फुर्ति र जिज्ञासा थियो। कार्यक्रममा एकपछि अर्को गर्दै स्वागत गीत, आइ.एम.लिटिल स्टार, जिङ्गलबेल, वाकावाका र नेपाली नृत्य...