Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

नागरिक शनिबार

स्टेजले उठाएका कलाकार

  • ३ फागुन, २०७०
  • उपेन्द्र लामिछाने
  • DISQUS_COMMENTS
(1 Vote)
स्टेजले उठाएका कलाकार
विश्व प्रसिद्ध संगीतकार विथोवेनका छोरालाई एकपटक कसैले सोधेछन्, 'तपाईंलाई कस्तो संगीत मन पर्छ?'
उनले खल्तीबाट चानचुन पैसा निकाले र कान नजिक बजाउँदै भने, 'यसको खनखन मन पर्छ।'
पछिल्लो समय नेपाली गीत–संगीतको धुनसँगै पैसाको खनखन सुनिन थालेको छ। 


क्यासेट तथा सिडीको कमाइ घटेको समयमा देश–विदेशमा हुने विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रमले कलाकारको पोल्टो भरेको छ। संगीतका कारण विदेश उनीहरूका लागि पानी पधेँरो बनेको छ। जीवनस्तर फेरिएसँगै उनीहरू विभिन्न देशका स्टेज फेरिरहेका छन्। 
६ महिना आकाश, ६ महिना जमिन
दुई दशकअगाडि 'फैलियो माया दुबोसरि' गाएर चर्चाको शिखरमा पुगेका राजेश पायल राईको गायन अहिलेसम्म दुबोझैं मौलाइरहेको छ। उनले ४ सय नेपाली फिल्म, डेढ दर्जन एल्बम र अन्य गरी ४ हजारभन्दा बढी गीत गाइसके। देश–विदेश डुल्ने नेपाली कलाकारहरूमध्ये उनी अग्रपंक्तिमा आउँछन्। कतिपय साथीभाइले उनलाई '६ महिना आकाशमा, ६ महिना जमिनमा!' भनेर जिस्क्याउँदा रहेछन्। 
'हो उनीहरू मलाई यसै भन्छन्,' राईले हाँस्दै भने, 'पासपोर्टमा लागेका भिसा हेर्दा आफूलाई पनि हो जस्तै लाग्छ।' हङकङ १९ पटक, कोरिया १४ पटक, मलेसिया ६ पटक, जापान ४ पटक, बेलायत ४ पटक, दुबई ५ पटक पुगिसकेका उनी यात्राको क्रम अझै नरोकिएको सुनाउँछन्। 'मलेसियाबाट भर्खरै फर्केर आएँ, अब दुबई हुँदै युरोपको टुरमा जाँदैछु,' उनी भन्छन्, 'नेपाल आएको समयमा पनि देशका विभिन्न ठाउँ पुग्दैमा फुर्सद हुँदैन।' उनले आफ्नो लागि राजधानी ट्रान्जिटजस्तै भएको बताए।
गीतबाट आउने रोयल्टीको भरले नथेग्ने भएपछि राईमात्रै स्टेज शोप्रति आकर्षित भएका छैनन्, पछिल्लो समय चलेका केही गायकका लागि युरोप र खाडी मुलुक पानी पधेँरोजत्तिकै बनेको छ। 'दर्शन नमस्ते' एल्मबको शीर्ष गीतमार्फत राई स्टेजमा झनै छाए। 'असतोमा सद्मगय...' गीत पनि निक्कै चलेको उनी सुनाउँछन्। 'वेदको पंक्तिलाई गीतको लयमा गाउँदा दर्शकले मन पराए,' उनले भने, 'स्टेज कार्यक्रममा पनि यस्ता गीतको माग्ा बढ्दो छ।' 
कमाइलाई अंकमा भन्न नचाहने उनी 'कमाउनुभन्दा पनि बचाउनु ठूलो कुरा हो' भन्ने तर्क गर्छन्। 
मलाई अमेरिका यही
'मलाई अमेरिका यही' गीतका गायक पशुपति शर्मा युरोपको एक महिने सांगीतिक यात्रा सिध्याएर नेपाल फर्किए पनि फुर्सदले बस्नै पाएनन्।
माघ १५ गते नेपाल फर्केलगत्तै यहाँका महोत्सवले उनलाई काठमाडौंमा बस्न दिएनन्। फागुनसम्म उनी महोत्सवकै लागि 'प्याक' भइसकेका छन्। 'त्यसपछि जापार र रसिया जानु छ,' उनी भन्छन्, 'विभिन्न देशमा रहेका नेपाली दाजुभाइबाट निम्तो आइरहन्छ। अहिले खाली रहनुपर्ने अवस्था छैन।' 
देश–विदेशमा हुने कार्यक्रममार्फत कलाकारको जीवनस्तर बदलिएको उनी सकार्छन्। 'सिडी बिक्न छोडेपछि हामीजस्ता कलाकारले सांगीतिक कार्यक्रममा प्रवेश पाउनु ठूलो अवसर हो,' उनले आफ्नो आम्दानी लुकाउन चाहेनन्, 'गीत गाएरै मासिक २ लाखसम्म बचत हुने रहेछ।' 
बेल्जियम, लक्जम्वर्ग, पोर्चुगल, नेदरल्यान्ड, फिनल्यान्ड, स्पेन, फ्रान्स, जर्मनमा रहेका नेपालीलाई भरपूर मनोरञ्जन दिएको उनको अनुभव छ। 'प्रत्येक कार्यक्रममा ४ सय हाराहारीमा दर्शक जम्मा हुन्थे,' उनले भने, 'विदेशमा रहेका दाजुभाइलाई नेपाली लोकभाका सुनाउन पाउँदा उनीहरू झनै खुसी देखिन्थे।' त्यहाँका नेपालीले सरदर २० युरो खर्चेर कार्यक्रममा सहभागी हुने गरेको उनले बताए। 
नेपालमा १० हजारदेखि ४० हजारसम्म पाउने कलाकारले विदेशमा हुने कन्सर्टबाट सरदर १ लाखदेखि डेढ लाखसम्म आम्दानी गर्ने शर्मा बताउँछन्। 'यत्ति नै रकम भन्ने हुँदैन,' उनले थपे, 'आयोजकको हैसियत र कलाकारसँगको चिनजानका आधारमा पारिश्रमिक निर्धारण हुन्छ।' 
गीतको बजार गायकको स्वास्थ्य ठिक रहुन्जेल राम्रै कमाइ भए पनि भविष्यमा यही पेसाले सहयोग पुर्या उँछ भन्न नसकिने उनी सुनाउँछन्। 'गाउन्जेल चमकदमक छ,' उनले भने , 'दर्शक–स्रोताको मागअनुसार नयाँ गीत नल्याए यो चमकदमक शून्यमा झर्न सक्छ।'
उध्रेको चोलीले सिएको जिन्दगी
फेब्रुअरी पहिलो साता नेपालगन्जको महोत्सवमा सांगीतिक प्रस्तुति दिएकी इन्दिरा जोशी ११ तारिखमा झापाको धुलाबारी पुगिन्। १४ र १५ तारिखमा चितवनको कार्यक्रम सकेर उनी १६ तारिख इटहरी पुग्नेछिन्। उनको व्यस्त तालिकाअनुसार १७ तरिखमा गीत रेकर्डिङका लागि राजधानी फर्कने र १८ तारिखमा फेरि चितवन फर्कनेछिन्। चितवनमा दुई दिन बिताएपछि उनी ढुक्कले बस्न पाउनेछैनन्, किनकि कतारमा सांगीतिक प्रस्तुति दिन २१ तारिखमा कतार उड्नु छ। 'कतारबाट फर्केर नेपालमा विभिन्न ७ वटा कार्यक्रममा व्यस्त रहन्छु,' मार्चसम्मको व्यस्तताबारे उनले सुनाइन्, 'मार्च ७ मा अस्ट्रेलिया जानु छ।'
'नेपाली साकिरा' नामले समेत चिनिने जोशीको दैनिकीलाई अहिले तालिकाले डोहोर्याहउँछ। 'कहाँ जानुछ, कुन कार्यक्रम छ, तालिका नहेरी थाहा हुन्न,' उनले भनिन्, 'दैनिकी यति व्यस्त भयो कि, यताउता घुम्दैमा फुर्सद मिल्दैन।' 
डिसेम्बरको अन्तिम साता कोरिया र क्यानाडाको कन्सर्ट सिध्याएर नेपाल आएकी उनले जनवरीको दोस्रो सातादेखि यहाँका विभिन्न महोत्सवमा सहभागिता जनाइन्। 
सन् २०११ मा पहिलो एल्बम 'जस्ट कलेक्सन' निकालेकी उनी गीत गाउनकै लागि उनले दुई दर्जन देश पुगिसकेकी छिन्। बेलायत, फ्रान्स, स्पेन, पोर्चुगलदेखि जापान, कोरिया, मलेसिया, कतारबाट नेपाली कलाकारलाई विशेष आमन्त्रण गरिने उनले बताइन्।
जोशीलाई चर्चाको शिखरमा पुर्या्उने 'उध्रेको चोली' प्रायः कार्यक्रममा नछुट्ने गीत हो। 'जुन देश पुगे पनि पनि बढी फर्माइस यही गीतको आउँछ,' उनले सुनाइन्, 'यो गीत मेरो कमाइको भरोसा बनेको छ।' 
उध्रेको चोली गाएरै पाएको पारिश्रमिकले उनको 'लाइफस्टाइल' फेरिएको छ। 'मैले संगीतबाट नाम र दाम दुवै पाएको छु,' नवलपरासीको परासीबाट राजधानी छिरेकी उनी भन्छिन्, 'संगीतकै कमाइबाट आफ्नो र घरपरिवारको आवश्यकता पूरा भइरहेको छ।' मेहनत गर्ने कलाकारका लागि अहिलेको 'बजार' राम्रो रहेको बताउने उनी भन्छिन्, 'साधना र निरन्तरता भए सधैं राम्रो हुन्छ।' 
हुरी बतासझैं आयौ तिमी 
स्टाइलिस गायक निमा रुम्बाका अनुसार क्यासेट र सिडी हराउँदै गएको अवस्थामा 'हुरी बतासझैं' आएका महोत्सवको लहरले कलाकारलाई नयाँ जीवन दिएको छ। 'यति यस्तो नहुँदो हो त क्यासेट र सिडीसँगै हामी पनि लोप हुन्थ्यौ,' दुई दशकदेखि गायन क्षेत्रमा निरन्तरता दिँदै आएका उनी भन्छन्, 'देश–विदेशमा हुने कार्यक्रमले पप, लोक तथा आधुनिक गायक/गायिकाको जीवनस्तर सुधारेको छ।' 
सा“झमा पनि, आऊ आऊ न, प्रेयसी, मिस क्याटवाकजस्ता लोकप्रिय पपका गायक निमा संगीतले आफूलाई नाम, दाम र ग्ल्यामसर दिएको बताउँछन्। 'संगीतकै कारण विभिन्न विभिन्न कम्पनीको ब्रान्ड एम्बास्डर बन्ने मौका पाएको छु,' उनी आत्मसन्तुष्टि व्यक्त गर्छन्,्क 'संगीतकै कारण घरपरिवारको जीवन सहज बनेको छ।'
क्या दामी भो 
गायक शिव परियार पनि देश–विदेशमा व्यस्त रहने कलाकार हुन्। मेला–महोत्सवमा हुने सांगीतिक कार्यक्रमले केही सीमित कलाकारलाई बचाएको उनको बुझाइ छ। 'तर सबै कलाकारका लागि यो लागू हुँदैन,' उनले भने, 'यतिबेला नेपाली संगीतको प्रचार र विकासमा महोत्सवले टेवा दिइरहेका छन्।' कलाकारले गाएको गीतबाट रोयल्टी जम्मा हुने स्थिति आए आम्दानी अझै भरपर्दो हुने उनी बताउँछन्।
गाइएका सबै गीत चल्दैनन्। चलेका गायक सबैले निरन्तरता दिन सक्दैनन्। तर परियारलाई 'क्या दामी भो' गीतले १० देश र ६० भन्दा बढी जिल्ला घुमाइसकेको छ । 'गीत त पहिला पनि राम्रै चलेका थिए,' रित्तो–रित्तो छु, पागल बनायौ प्रिय, अलिकति नजर तिम्रोजस्ता गीत गाएका उनले भने, 'तर यो गीत बिकाउ भयो।' आफ्नो आर्थिक अवस्था सुधार्न यही गीतले बढी सहयोग गरेको उनले सुनाए। 'कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ' का गायकले थप्छन्, 'आर्थिक रूपमै पनि 'क्या दामी भो।' 
पानीपानी भयो मन पनि
सदावहार गायिकाको उपाधि पाएकी गायिका नलिना चित्रकार संगीतले आफूलाई धेरैथोक दिएको सुनाउँछिन्। गीत गाउनकै लागि हङकङ, कोरिया, जापान, मलेसिया, लन्डन, क्यानाडा गइसकेकी उनी अमेरिकामात्रै ६ पटक पुगिन्। 'मलाई संगीतले घुमायो, सिकायो र नाम दिलायो,' उनले भन्छिन्, 'गायक/गायिकालाई हिट गानाले पाल्छ। त्यो त हाम्रो अभिभावकस्तै हो।' 
दुई दशक लामो सांगीतिक यात्रा पार गरेकी चित्रकार 'तिम्रो नजर' गीतबाटै चर्चामा आइन्। पछिल्लो समय उनले 'पानीपानी भयो मन पनि' निक्कै चलेको गीत हो। 
विदेश माइतीजस्तो
लोक गायिका सुनिता दुलालले विदेशमा तीज मनाउन थालेको ५ वर्ष भइसक्यो। उनलाई त अब विदेश नै माइतीझैं लाग्न थालिसक्यो रे। 'तीजको लागि अहिलेदेखि नै विदेशबाट निम्ता आउन थालिसकेको छ,' उनले भनिन्, 'उतै दाजुभाइसंग बजेर तीजका गीत गाउँदै पर्व मनाउन थालेको पनि धेरै भइसक्यो।' 
विभिन्न पर्व तथा उत्सवमा गीत गाउन देश–विदेश घुमेकी उनले बल्ल 'गाएर बाँच्न सकिने' बेला आएको सुनाइन्। 'अब त मलाई विदेश माइतीजस्तै लाग्न थालेको छ,' उनले हाँस्दै भनिन्, 'उता गायो, रमायो अनि दक्षिणा लिएर फर्कियो।' 
'चेलीको माइती' नामक एल्बल निकालेकी उनले पछिल्लो समय गाएको 'अब त मै पनि झुम्का लगाउँछु' गीत चर्चामा रह्यो। प्रायः कार्यक्रममा यही गीतका लागि अनुरोध आउने गरेको उनी सुनाउँछिन्। 
संगीतको सन्तुष्टि 
प्रसिद्ध गायक भक्तराज आचार्यका छोरा सत्यराज संगीतले पैसाभन्दा पनि खुसी दिएको बताउँछन्। 'पहिलाको तुलनामा अहिले संगीतको आम्दानी राम्रो छ,' उनले भने, 'आम्दानीसँगसँगै यसले दिएको आत्मसन्तुष्टि पैसासँग तुलना गर्न मिल्दैन।' 
पागलै भन जे सुकै भन.. जस्ता गीत गाइसकेका आचार्य दर्शक तथा स्रोताले नयाँ गीतसँगै पुरानालाई पनि उत्तिकै माया गर्ने बताउँछन्। 'विदेशमा हुने कार्यक्रममा पनि बुबाको 'मुटु जलिरहेछ' भन्ने गीत फर्माइस आउँछ,' उनले भने। नेपली संगीतको निश्तिच मापदण्ड निर्धारण भएमात्रै व्यक्तिभन्दा पनि समग्र संगीतको उत्थान हुने उनी सुझाउँछन्। 
माया साह्रै महँगो
'न तेजाबी सुन हो माया, न हो छापावाल' गीत गाउने हेमन्त शर्मा गीत सुन्ने युवाहरू विदेशिएका कारण त्यहाँबाट कलाकारको माग हुन थालेको सुनाउँछन्। 'अब त जुन देश गए पनि त्यहाँ हामी सानो नेपाल पाउँछौ,' उनले भने, 'हामीलाई माया गर्ने तिनै स्रोताको सहयोगले प्रोत्साहन दिइरहेको छ।' 
बाहिरी देशमा बस्ने नेपालीको सांगीतिक प्रेमले आफूहरूको कमाइ बढेको शर्मा बताउँछन्। 'महोत्सव र विदेशमा हुने कार्यक्रमले कलाकार पनि महँगो बनाउँदै लगेको छ,' उनले हाँस्दै भने, 'यसलाई हामीले संगीतप्रतिको सम्मानका रूपमा हेर्नुपर्छ।' 
अन्जु पन्त, कोमल वली, बद्री पंगेनी, प्रमोद खरेल, आस्था राउतजस्ता चर्चित कलाकार पनि देश–विदेशका कन्सर्टमा सहभागी हुनेको पंक्तिमा पर्छन्। दसैं, तिहार, तीज, नषँ वर्ष, ल्होछारजस्ता सांस्कृतिक पर्व र मेला–महोत्सवमा नाम चलेका कलाकारको माग बढ्न थालेको छ। स्टेज कार्यक्रमबाट लोक दोहोरी, पप–रक, आधुनिक, मेटलजस्ता सबै विधाका गायक/गायिकालाई धेरथोर राहत मिलेको छ।
दार्जिलिङको सरगम

दार्जिलिङको सरगम

आधुनिक नेपालको राजनीतिक नक्सालाई मेची–महाकाली नदीले छुट्याइदिएको छ। संगीत र साहित्यको मानचित्रबाट मेचीपारिको दार्जिलिङलाई मेटिदियो भने नेपाली सभ्यताको मानचित्र सग्लो हुँदैन। दार्जिलिङ र आसपासका भारतीय भूभागमा नेपाली जाति गएर बसेको इतिहास...

मर्स्याङ्दीझैं तीन घण्टा

मर्स्याङ्दीझैं तीन घण्टा

सहकर्मी सन्तोष न्यौपाने र म अघिल्लो शुक्रबार कपुरधारा पुग्दा अपराह्नको साढे चार बजेको थियो। स्थानीय तरकारी पसलमा कमिज सुरुवाल र ढाकाटोपी लगाएका एक प्रौढ भेटिए। हामीले सोध्यौं, 'माधवप्रसाद घिमिरेको घर...

मध्यम वर्गीयका कथा

प्रज्वल पराजुलीको नयाँ उपन्यास 'ल्यान्ड ह्वेर आई फ्ली' पढ्दै गर्दा मैले आफ्नै बूढी हजुरआमा सम्झेको थिएँ। उपन्यासकी आमा पात्रले मलाई उनको सम्झना दिलायोे।

जब्बर अराजक

यस वर्षको मदन पुरस्कार विजेता राजन मुकारुङकी आमा विष्णुलेखा हिजो शुक्रबार ७१ वर्ष लागिन्। भोजपुर दिल्पा नागीस्थित घरमा बसिरहेकी उनलाई पंक्तिकारले टेलिफोनबाट जन्मदिनको शुभकामना दियो। अनि सोध्यो, 'तपाईंलाई थाहा भइसक्यो...

विवादास्पद कविता

विवादास्पद कविता

विक्रमाब्द २०२९ साउन ७ गते। दिउँसोको समय। अकस्मात् काठमाडौंको नयाँ सडकमा अर्जुनजङ शाहीसित जम्काभेट भयो। उनी युनापकालीन मेरा पुराना साथी, त्यसैले आत्मीयता थियो। युनापले २०३६ सालमा पहिलो पूर्णांकी नाटक 'एउटा...

कुलीन वर्गबाट संघर्ष

कुलीन वर्गबाट संघर्ष

प्रतिभा राणाको जीवन आम महिलाको जस्तो अन्याय र विभेदले भरिएको थिएन। उनी सम्पन्न परिवारबाट राजनीतिमा आउने थोरैमा नेतृमा पर्छिन्। २०४६ सालको परिवर्तनपछि राजनीतिमा आएकी उनी त्यसअघि सामाजिक काममा सक्रिय थिइन्।

नाति–नातिना स्याहार्न विदेश

भर्खर जन्मेको बच्चालाई चाहिने सामान काठमाडौंबाटै पोको पारेर यशोदा शर्मा (बाबा) अस्ट्रेलिया पुगिन्। उनका पोकोभित्र थिए– तोरीको तेल, लिटो, ढाकाको भोटोलगायत नातिनीका लागि चाहिने अन्य सामग्री। अस्ट्रेलियामा बच्चाका लागि चाहिने...

अहिले ठिक अढाई बज्यो

गाउँबाट अचानक हराएको यौटा सानु केटा सोचिरहेछु यो मध्याह्न ऊ के गरिरहको होला?'अहिले ठिक अढाई बज्यो।