Monday 12 Jestha, 2077 | May 25, 2020
Menu

नागरिक शनिबार

‘अधिकारप्राप्तिको हतियार राजनीति'

  • २४ फागुन, २०७०
  • भाषा शर्मा
  • DISQUS_COMMENTS
(0 votes)
कमला रोक्का कमला रोक्का
कमला रोक्का बहुदलीय व्यवस्थापछि राजनीतिमा छिरेकी हुन्। रुकुमको प्वाँङमा जन्मेकी उनले इच्छा हुँदाहुँदै पनि पढ्न पाएकी थिइनन्। यही बखत कम्युनिस्ट आन्दोलनका नाराले उनलाई साह्रै छोए। ‘महिला–पुरुष समान अधिकार' जस्ता वाक्य उनको पढ्ने इच्छासँग मेल खाए।
‘अर्काको घर जाने छोरी पढाउनु हुन्न' भन्ने आमाको धारणा उनको इच्छाको बाधक थियो। लुकीलुकी स्कुल जाँदा आमाबाट धेरैचोटि पिटाइ खाएको सम्भि्कन्छिन् उनी। 
२०३२ सालमा जन्मेकी उनी २०४६ सालदेखि स्कुल जान थालिन्। यसका लागि परिवारमा गतिलै विद्रोह गर्नुपरेको थियो। सँगसँगै राजनीतिक कार्यक्रममा सहभागी हुन थालिन्। 
२०५२ सालमा तत्कालीन नेकपा (माओवादी) की पूर्णकालीन कार्यकर्ता भइन्। रुकुमको प्रहरीचौकी आक्रमणमा उनी पहिलो छापामार महिलाका रूपमा संलग्न थिइन्। त्यसपछि महिला संगठनको क्षेत्रीय संयोजक, ब्रिगेड कमिसार हुँदै पार्टीमा सक्रियता जारी राखिन्। भन्छिन्, ‘राजनीति अधिकारप्राप्तिका लागि हो, चुनौती त पक्कै हुन्छ।' हरेक चुनौती पार गराउँदै अधिकारप्राप्तिमा सफलता दिलाउने एक मात्र हतियार राजनीतिबाहेक अरू देख्दिनन् उनी। 
‘जीवन संघर्षै–संघर्षले भरिएको' भन्न रुचाउँछिन्। ‘असम्भव' शब्द आफ्नो डायरीमै नरहेको बताउने उनी इमानदारीपूर्वक काम गरे पार्टीभित्र उचित जिम्मेवारी पाइनेमा विश्वस्त छिन्। 
२०६४ सालमा माओवादीका तर्फबाट संविधानसभा सदस्य बनेकी उनले अन्तरिम व्यवस्थापिकामा पार्टी सचेतकको भूमिका निर्वाह गरिन्। डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालिन्। अहिले एनेकपा (माओवादी) केन्द्रीय सदस्य, रुकुम जिल्ला पार्टी संयोजक छिन्। जनसंख्याका आधारमा समानुपातिक नीतिनिर्माण, लैंगिक विभेद अन्त्य, राज्यसत्तामा महिला सहभागिताको आवाज उठाउँदै आएकी छिन्। 
युद्धमै प्रीति बस्यो, बिहे भयो अनि छोरा जन्मियो। सम्झन्छिन्, ‘पारिवारिक झन्झट बेहोर्नु परेन। पार्टी नै परिवार बन्यो। राजनीति प्रमुख पेसा। एकअर्कालाई सघाएर दुवै जना राजनीतिमा टिकेका छौं।' 
भन्छिन्, ‘सशक्त विचारले महिलालाई सक्रिय बनाइराख्छ। क्षमता बढाएर राज्यका प्रमुख अंगमा अधिकार दाबी गर्न सक्नुपर्छ। अनि मात्र महिला नीतिनिर्माण तहमा पुग्न सक्छन्।'
‘अधिकारप्राप्तिको हतियार राजनीति'

‘अधिकारप्राप्तिको हतियार राजनीति'

कमला रोक्का बहुदलीय व्यवस्थापछि राजनीतिमा छिरेकी हुन्। रुकुमको प्वाँङमा जन्मेकी उनले इच्छा हुँदाहुँदै पनि पढ्न पाएकी थिइनन्। यही बखत कम्युनिस्ट आन्दोलनका नाराले उनलाई साह्रै छोए। ‘महिला–पुरुष समान अधिकार' जस्ता वाक्य...

अनुभूतिका किनारामा

अनुभूतिका किनारामा

मैले कवितालाई हृदय धुने सत्यको रुपमा लिंदै आएको छु। समयलाई प्रकाश प्रदान गर्ने कविताको सत्यलाई आत्मसात गरिरहेको छु। रंगमञ्चमा उभ्याएर शिल्पीलाई उनको आराधनालाई सम्मान प्रकट गर्न समय रोजिरहेको छु।

माया मिठो बन्दीपुरको

माया मिठो बन्दीपुरको

हरिया डाँडा, दूधे हिमाल, चिसो हावा, मन्दिर अनि जातजातिका अनुहार। बन्दीपुर जतिपटक पुगे पनि धीत मर्दैन। मोहनी लगाउँछ त्यो पहाडी थुम्कोले।

पात्रहरूसँगै दमिनी भीरमा

'दमिनी भीर' बजारमा आएदेखि नै धौले कान्छोले पटकपटक 'गाउँ आउन' भनिरहेकै हो। काठमान्डुको व्यस्तता वा व्यस्तताको बहाना देखाउँदै मैले कान्छोलाई टार्दै आइरहेको थिएँ। आख्यान बुन्न त्यत्रो तागत दिने एक महत्वपूर्ण...

इतिहास साधक पितापथमा

काठमाडौं– घरमा ठ्याक्कै कति पुस्तक छन्, उनीहरूले हिसाब निकालेका छैनन्। इतिहास अन्वेषक स्वर्गीय नयराज पन्तका दुई छोराको दैनिकी बाबुले जम्मा परेका तिनै पुस्तक र अभिलेखको अध्ययन, प्रकाशन र व्यवस्थापनमा बित्छ।

सत्ता परिक्रमामा अल्झेको संस्कृति

'पण्डित ओमकारनाथजी आफ्नो एउटै गीतबाट जति प्राप्ति महशुस गराउन सक्छन्, म अनेकौं भाषणबाट पनि त्यस्तो प्राप्ति महशुस गराउन सक्दिन।' महात्मा गान्धीले शास्त्रीय गायक ओमकारनाथ ठाकुरको कलाकारितामाथि त्यस्तो उच्च भावको टिप्पणी गरेका...

गुञ्जनका दिदीबहिनी

गुञ्जनका दिदीबहिनी

विश्वका एक महान् साहित्यकार स्यामुएल बेकेटबारे मैले कतै पढेको थिएँ– उनी आफूलाई उपन्यासकार सम्झन्थे तर दुनियाँले उनलाई नाटककार बढी सम्भि्कदियो। साहित्यकारको नियतिलाई कति सहज वा असहज रूपमा लिन सकिन्छ, म...

परिवारै आँखीझ्याल कुँद्दै

परिवारै आँखीझ्याल कुँद्दै

हाकुपटासी लगाएकी नेवारी युवती। पुरानो घरको आँखी झ्यालबाट बाटो चियाउँदै। बिहान पुजाआजा गर्ने बत्ति काट्दै। युवतीले बाटोमा हिड्ने युवाहरूलाई नियाल्ने। युवाहरूले पैसाका ढिकाले फ्याट्ट–फ्याट्ट आँखी झ्यालमा बत्ति काट्ने युवतीलाई हिर्काउने।...