Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

नागरिक शनिबार

पतिकै पथमा

(1 Vote)
विद्या भण्डारी विद्या भण्डारी
२०१८ सालमा भोजपुर, मानेभन्ज्याङमा जन्मेकी विद्या भण्डारी विवाहपूर्व पनि राजनीतिमा थिइन्। यद्यपि उनका लागि विशेष राजनीतिक अवसरको उदय भने पति मदन भण्डारी (तत्कालीन एमाले महासचिव) को दुर्घटनामा निधनपछिको परिस्थितिले गराएको मानिन्छ।
८ कक्षा पढ्दै गर्दा कम्युनिस्ट आन्दोलनका कुरा थाहा पाउन थालेकी थिइन् उनले। राजनीतिक प्रशिक्षण लिने क्रममा चिनियाँ क्रान्तिबारे सुनिन्, ‘कम्युनिज्ममा सबै बराबर हुन्छन्। समान कामको समान ज्याला। छोराछोरी, धनी–गरिब भेदभाव हुन्न। सबैले खान, लाउन पाउँछन्।' यही सुनेपछि उनी तत्कालीन नेकपा (माले) तिर आकर्षित भइन्। २०३६ सालको विद्यार्थी आन्दोलनमा उनी सक्रिय थिइन्। त्यसै बेला राजनीतिमा प्रवेश गरिन्। २०३७ सालमा नेकपा (माले) को सदस्यता लिइन्। महेन्द्र मोरङ क्याम्पस पढ्दा अनेरास्ववियुको कोषाध्यक्ष रहेर काम गरिन्। 
राजनीतिक कार्यक्रमकै दौरान मदन भण्डारीसँग भएको भेट २०३९ सालमा बिहेमा परिणत भयो। विवाहपछिका केही वर्ष पतिकै राजनीतिक यात्रामा सघाइरहिन्। आफूले परिवार सम्हालेर मदनलाई राजनीतिमा पठाइन्। प्रत्यक्ष रूपमा पार्टीसँग नजिक हुने फुर्सद यति बेला उनलाई थिएन। 
२०५३ सालको मध्यावधि निर्वाचनको माहोलले पहिले मदन भण्डारी सांसद छानिएको क्षेत्रबाटै विद्यालाई टिकट दिलायो। कांग्रेस हस्ती कृष्णप्रसाद भट्टराईलाई हराएपछिको सफलताले उनलाई जनसंख्या तथा वातावरण मन्त्रीको पदमा पुर्याहयो। सात महिना मन्त्रालय हाँकिन्। २०५५ सालमा अखिल नेपाल महिला संघको अध्यक्ष भइन्। 
नेकपा (एमाले) को छैटौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा आबद्ध उनी आठौं महाधिवेशनमा आइपुग्दा उपाध्यक्षको नेतृत्व लिन सफल भइन्। २०६६ सालमा गणतान्त्रिक नेपालको पहिलो महिला रक्षामन्त्री बनिन्। हाल नेकपा (एमाले) स्थायी समिटी सदस्य, सभासद, अनेम संघ अध्यक्ष छिन्।

इतिहास साधक पितापथमा

काठमाडौं– घरमा ठ्याक्कै कति पुस्तक छन्, उनीहरूले हिसाब निकालेका छैनन्। इतिहास अन्वेषक स्वर्गीय नयराज पन्तका दुई छोराको दैनिकी बाबुले जम्मा परेका तिनै पुस्तक र अभिलेखको अध्ययन, प्रकाशन र व्यवस्थापनमा बित्छ।

दुई–दुई

एक रात। हालसालैको रात। म मस्त निद्रामा थिएँ। अचानक घरबाहिर कोही सुँक्कसुँक्क रोइरहेको आवाज आयो। आवाज क्रमशः तीव्र हुँदै गएपछि निदाउन सक्ने स्थिति रहेन। म घरबाहिर आएँ। गेट खोलेँ। आवाज...

नेपाली संगीतको प्रतिध्वनि

नेपाली संगीतको प्रतिध्वनि

यद्यपि यो प्रश्न पुरानै हो, 'नेपाली संगीतको मुड के त?'यसबारे निबन्धकार शंकर लामिछानेले लिखतमै भनेका छन्, 'एक दृष्टिले हेर्ने हो भने नेपाली संगीतको मुडसिर्जना गर्नमा दार्जिलिङ र कालिम्पोङकै देन बढी...

सानाले सुन्न नहुने कथाहरू

हाम्रो गाउँमा एकथरी अचम्मका कथा थिए। कथा पनि कस्ता भने केटाकेटीले सुन्नै नहुने। क्यैगरी सुनियो भने कानभित्रै लुकाउनुपर्ने, कसैलाई भन्न नपाइने। भने कुटाइ खाइने। म सम्झन्छु, यस्ता कथा हाम्रो गाउँमा...

स्कुलदेखि नै लडाकुपन

स्कुलदेखि नै लडाकुपन

२०४६ को आन्दोलनदेखि ०६२/६३ को गणतान्त्रिक आन्दोलनसम्म सधैँ अग्रमोर्चामा कस्सिएर उत्रिने उनको प्रहरी लाठीले धेरैपटक टाउको फुट्यो, कहिल्यै पछि हटिनन्। नेकपा (एमाले) मा मात्र होइन, युवा नेतृ रामकुमारी झाँक्री नेपाली...

फेरिँदैछ बालापान

काठमाडौं– बाल्यकालमा गीर (लठ्ठीले बललाई हानेर खेलिने) खेलेर हुर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरेले अहिलेको लोकप्रिय क्रिकेटसम्म हेर्ने मौका पाए। विश्वभर चलिरहेको क्रिकेट त्यही गीर खेलको विकसित रूपझैं लाग्छ, उनलाई।

मेरो किङकङ

हाम्रो घरमा बाँदर देखेर म एकछिन त डराएँ। यसो हेरेको सानो बाँदर रहेछ। बच्चाजस्तो लाग्यो। बिचरा एक्लो थियो।'ए दाइ! ए समीर दाइ! बाहिर आउनुस् त,' मैले घरभित्र बस्नुभएको समीर दाइलाई...

भीम तुलाधरको नयाँ आयाम

भीम तुलाधरको नयाँ आयाम

क्यासेटको बजारमा बाढी आउँदा गायक भीम तुलाधर डंुगा खियाउँदै थिए। बाढी बिस्तारै सुक्दै गयो। तुलाधरको डुंगा पनि नचल्ने अवस्थामा पुग्यो। त्यसैले उनी अहिले अलमलमा छन्– प्रविधिको विकासले गायक गायिकालाई राम्रो...