Monday 19 Jestha, 2077 | June 01, 2020
Menu

नागरिक शनिबार

घरभन्दा राजनीति प्यारो

(0 votes)
अष्टलक्ष्मी शाक्य अष्टलक्ष्मी शाक्य
अष्टलक्ष्मी शाक्य सानैदेखि विद्रोही स्वभावकी थिइन्। सम्पन्न परिवारमा जन्मे पनि सुखसयल छानिनन्। २०१० सालमा काठमाडौं, झोछेंमा जन्मेकी उनी परिवारका आठ सन्तानमध्ये फरक स्वभावकी मानिन्थिन्। पढाइलेखाइमा निकै ध्यान दिन्थिन्। यसै क्रममा चिनियाँ भाषा सिक्न डा. महेशमान श्रेष्ठकोमा पुगिन्।
श्रेष्ठले उनलाई चिनियाँ भाषासँगै कम्युनिज्म पनि पढाए। माओत्से तुङको जीवनीले अष्टलक्ष्मीलाई निकै प्रभावित बनाएछ। अनि लागिन्, कम्युनिस्ट राजनीतितिर। 
छोरी राजनीतिका नाममा बाहिर बरालिँदै हिँडेको परिवारले मन पराएन। त्यसमाथि उ बेलाको पञ्चायतविरोधी कम्युनिस्ट सक्रियता! छोरीलाई राजनीतिबाट छुटाउन परिवार बिहे गरिदिने योजनामा पुग्यो। उनले मानिनन्। बिहे नगर्ने घुर्कीको बदलामा घरमै थुनिइन् निकै दिन। एकचोटि बहिनीसँग मिलेर जुक्ति निकालिन्। बहिनीकै सहयोगमा २०३६ सालमा घरबाट बहाना बनाएर निस्केकी उनी त्यसपछि फर्किनन्। भित्रभित्रै नेकपा (माले)सँग आबद्ध भएर राजनीतिक काम सुरु गरिसकेकी थिइन्। महिलामुक्तिका लागि संघर्षको बाटो रोजेर घर छोड्दा उनको उमेर २० वर्ष थियो। 
त्यसबखत अमृतकुमार बोहरा नेकपा (माले) का बागमती इन्चार्ज थिए। पार्टी अनुमतिमा २०३७ सालमा उनले बोहरासँग बिहे गरिन्। लगत्तै पार्टीकामका सिलसिलामा पिस्कर पुगिन्। त्यहाँ दुई वर्ष बसिन्। सहरको सयलमा हुर्केकी उनले थुप्रै दिन विकट गाउँका अप्ठ्यारामा बिताउनुपरेको थियो। 
उनी लेख्नमा निकै सिपालु थिइन्। संघर्ष र लगावले पार्टीको ‘सक्रिय महिला'मा बढुवा गरायो। २०४० सालमा पार्टीको झापा जिल्ला सदस्य बनिन्। अनेम संघ मेची अञ्चल इन्चार्जको जिम्मा पाइन्। पञ्चायतकालमा पटकपटक पक्राउसमेत परेकी थिइन्। 
२०५६ को आमचुनावमा काठमाडौंबाट विजयी भएपछि उनी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बनिन्। २०६४ सालमा उद्योगमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेकी छिन्। हाल संविधानसभा सदस्य, नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा राज्यव्यवस्था विभागप्रमुख छिन्।

असललाई मेरो भोट

सुनिल पोख्रेल, रंगकर्मी मतदाता, ललितपुर क्षेत्र नम्बर ३ चुनावमा मत राख्न पाउनु मेरो अधिकार हो। अहिलेको चुनावप्रति म केही उत्साहित छु, केही निराश। चुनावकै मुखमा देशका धेरै ठाउँ घुम्ने मौका...

यातायातको चोर बाटो

यातायातको चोर बाटो

काठमाडौं– उदयपुरका माधवप्रसाद दाहाल सोमबार दुई बजे मोटरसाइकलको कागजपत्र ‘चेक' गराउन ललितपुर ताल्छीखेलस्थित बागमती यातायात कार्यालय आइपुगे। बाटैमा उनलाई बिचौलियाले रोके, 'एक हजार दिनूस्, आजै काम हुन्छ।' दाहाल अन्कनाए। सोझै...

घाटका डाक्टर

घाटका डाक्टर

पशुपति आर्यघाटको छेवैमा छ– पशुपतिनाथ आर्यघाट सेवा केन्द्र। आर्यघाटमा ल्याइएको भौतिक शरीर जब खरानीमा परिणत हुँदै कालो धुवाँ बनेर उड्न थाल्छ, केन्द्र त्यहीँ धुवाँको भुमरीमा छोपिएझैं लाग्छ। हिन्दु धर्मावलम्बीहरूको पवित्र...

लाहुरे सहरको गैरलाहुरे

लाहुरे सहरको गैरलाहुरे

म नेपालको यस्तो समुदायको सदस्य हुँ, जसलाई पहिले मतुवाली भनेर चिनिन्थ्यो, अहिले जनजाति भनिन्छ। त्यस समुदायलाई अंग्रेजहरूले ‘मार्सल रेस' वा ‘लडाकु जाति' भनेर खुट्याएका थिए र आफ्नो फौजमा भर्ती लिने...

बिटल्सका फ्यान

बिटल्सका फ्यान

अफिसको भित्ताभरि अंग्रेजी रक ब्यान्ड 'बिटल्स'को पोस्टर छ। किशोर अवस्थादेखि नै यो ब्यान्डको 'डाई हार्ट फ्यान' हुनुको नातालाई उनले जीवित राखेका छन्। नाङ्लो बेकरीका सञ्चालक श्याम कक्षपति देखिन्छन् पनि– 'बिटल्स'का...

सन्तानलाई पैसा होइन, समय दिऊँ

कुनै काम सफल पार्न काम गर्ने व्यक्तिमा त्यससम्बन्धी ज्ञान र अनुभव दुवै हुनुपर्छ। सन्तानको लालनपालनमा पनि यो लागू हुन्छ। तर, अधिकांश मामिलामा पहिलोपटक आमाबाबु हुनेसँग यो दुवै हुँदैन। कसैकसैसँग किताबी...

२०१३ का चर्चित

२०१३ का चर्चित

२०१३ हामीबाट बिदा भइसकेको छ। नयाँ वर्षको सुरुवात भइसक्यो। २०१३ मा निकै फिल्म आए। तिमीले फुर्सदमा फिल्म हेर्‍यौं हौला पनि। तिमीलाई २०१३ मा मनपरेका कुनै फिल्म छन् कि? पुरानो वर्षलाई...

ह्याङ आउट बर्दिया

ह्याङ आउट बर्दिया

पुलको डिलबाट मुन्तिर निहुरिएका मान्छे। नदी किनारमा घडियाल। मस्त घाम तापिरहेका। एउटा होइन, दुइटा होइन, दर्जनौं। तीभन्दा माथि–माथि उडिरहेका चखेवा जोडी!