24 Jestha, 2077 | June 06, 2020
Menu

नागरिक शनिबार

महिला सहभागिता जरुरी

(0 votes)
कमला पन्त कमला पन्त
राजाको प्रत्यक्ष शासनको विरोधमा राजनीतिक दलले गरेको आन्दोलनले सडक तात्दै थियो। त्यही बेला कमला पन्त गर्भवती थिइन्। स्वतन्त्रताको पक्षमा उर्लिएको ‘महाअभियान' को यात्रालाई गर्भले रोक्न सकेन।
तातो सडक, दिनहु“को धरपकड, जेल बसाइ, लाठीचार्ज, भागाभाग अनि टियर ग्याससँग उनी जुधिरहिन्। उनको जुधाइले लोकतन्त्रलाई मजबुत गरायो तर त्यही टियर ग्यास र टायरको धुलो–धपेडीले पेटको बच्चालाई कमजोर बनाइदियो। कमजोर स्वास्थ्य भएको छोरालाई उनले जन्म त दिइन् तर चार वर्षभन्दा बढी जीवित रहन सकेन।
‘मलाई छोरो गुमेको पीडा एकातिर छ,' उनले भनिन्, ‘सँगसँगै देशले लोकतन्त्र पाएकोमा सन्तोष।' उनले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि आफूले जीवनको सबैभन्दा महत्वपूर्ण चिज गुमाएको सुनाइन्। ‘मैले मात्र होइन, धेरै आमाले सन्तान गुमाएपछि लोकतन्त्र आएको छ,' उनी भन्छिन्, ‘अब आमाहरूले सन्तान गुमाउने दिन नआओस् भन्न चाहन्छु।'
२०२१ जेठ १४ गते गोर्खामा जन्मेकी पन्तले काठमाडाैं पद्मकन्या क्याम्पसबाट २०५० सालमा नेपालीमा स्नातकोत्तर गरिन्। विद्यार्थी राजनीतिमा सक्रिय भइरहिन्। क्याम्पस प्रवेशको पहिलो वर्षदेखि नै नेपाल विद्यार्थी संघमा रहेर काम थालिन्। उनी ०४६ सालतिर संघको अध्यक्ष बनिन्। त्यतिखेर पञ्चायती व्यवस्थाको विरोधमा जनआन्दोलनको भव्य तयारी भइसकेको थियो। त्यहाँ उनले आन्दोलनको पक्षमा जनलहरलाई संगठित गर्दै नेतृत्व लिइन् र आफ्नो क्षमता देखाइन्।
२०४२ को सत्याग्रहमा सक्रिय सहभागिता जनाएकी उनले त्यतिखेर मात्रै महसुस गरिन्– राजनीतिबाट बाहिरिन सकिन्न। २०४६ सालको परिवर्तनपछि त्रिभुवन विश्वविद्यालयको परिषद् सदस्यमा निर्वाचित उनले २०५१ सालको मध्यावधि निर्वाचनमा टिकट पाइन् र गोर्खा २ बाट प्रतिनिधिसभा सदस्य बनिन्। २०५६ सालको संसदीय निर्वाचनमा पनि उनी गोर्खाबाटै विजयी भइन्। 
२०५५–५६ मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी पन्तले आफ्नो कार्यकालमा राष्ट्रिय महिला आयोग र बालबालिकाको कल्याणका लागि केन्द्रीय समितिलगायत अवधारणा अगाडि सारिन्। महिलाविरुद्ध हुने भेदभाव उन्मूलनसम्बन्धी महासन्धिलाई बढावा दिने कार्यक्रममा पनि उनको उल्लेख्य भूमिका छ।
पैतृक सम्पत्तिसम्बन्धी विधेयक ल्याउन आफूले निकै मेहनत गरेको उनी बताउँछिन्। ‘महिलालाई आर्थिक रूपमा सक्षम नबनाई मुक्ति सम्भव छैन,' उनले भनिन्, ‘निर्णायक तहमा महिलाको समान सहभागिता आवश्यक छ।'

लेखक बन्न भीडबाट भाग्नुपर्छ

जयपुर (भारत) - पहाडको टुप्पोलाई सुनौलो बनाउँदै उदाउने सूर्य, पातको कापबाट छिर्दै भुइँको क्यानभासलाई कलात्मक बनाउने प्रकाश, क्षण क्षणमा रङ फेर्ने मनमोहक दृश्य।

किसिम किसिमका पाठक

‘दमिनी भीर' पढिसकेपछि गोरखाकी पाठक पुष्पा केसीले मसँग निक्कै घच्चीका मत राखिन्। उनको जोड थियो, ‘तपाईंको उपन्यास पढिसकेँ। राम्रै लाग्यो तर ‘लभ' पुगेन।

लक्ष्य सरकारी जागिर

काठमाडौं शंखरदेव क्याम्पसअगाडि विद्यार्थीको हुल प्रायः टुट्दैन । कोही क्याम्पस पढ्छन् त कोही विभिन्न इन्स्टिच्युट । बाहिर हुने होहल्ला र विद्यार्थी गफभन्दा पर गल्लीभित्र रहेको एपेक्स इस्न्टिच्युटले भने सरकारी जागिरे...

सम्पादकको अवशान

सम्पादकको अवशान

केही समययता सञ्चार माध्यमको स्वामित्व संरचनामा परिवर्तन आउन थालेको छ। यो परिवर्तनको गति अत्यन्तै दु्रत छ। अखबार, पत्रिका र टेलिभिजनहरू कुनै एउटा परिवारको स्वामित्वप्राप्त कम्पनीबाट सञ्चालन हुँदै आएका छन्। त्यसमध्ये...

बागमती यसरी बन्यो ढलमती

बागमती यसरी बन्यो ढलमती

काठमाडौं– शिवपुरी बागद्वारको मुहानबाट छङछङाउँदै उपत्यका फालहाल्ने बागमती पहिले प्राकृत बागमती नै थियो, अहिलेजस्तो ढलमती थिएन। तीस महिनाभित्र बागमतीलाई त्यही अवस्थामा फर्काउने अभियानमा सहभागी सर्वसाधारणको साझा प्रश्न छ : बागमती कसरी...

पन्ध्र सालकै जस्तो जनलहर

काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसको पक्षमा देखिएको जनलहरले ९० वर्ष टेक्नै आँटेका माधवकुमार रिमाललाई पहिलो संसदीय निर्वाचन २०१५ को सम्झना गराउँछ।

विम्ली आफैं बोली

विम्ली आफैं बोली

'बुवा विम्लीको पेनको निभ भाँचियो!' मैले भन्दिनुपर्ने। 'बुवा विम्लीको कापी छैन!' मैले जानकारी दिनुपर्ने! 'बुवा विम्लीको चप्पल चुँडियो!' मैले सिफारिस गर्दिनुपर्ने, 'उसलाई जाली भाको चप्पल चाहियो रे!''बुवा विम्ली यसपालि पनि...

कालो रातको कुरुक्षेत्र

तिनी पुग्दा कुरुक्षेत्र अन्धकारको अँगालोमा गम्लङ्ङ ढाकिएको थियो। आफैंलाई खोज्नुपर्ने त्यस रातमा तिनी आफ्नो पति खोज्न आइन्। आज मारिएका हजारांै सेनामा तिनका पति पनि थिए। आखिर यो त हुनु नै...