Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

नागरिक शनिबार

शून्यबाट सभासदसम्म

(1 Vote)
शान्ता चौधरी शान्ता चौधरी
आठ वर्षको उमेरदेखि २५ वर्षको हुँदासम्म जमिनदारको घरमा कमलरी बसेकी शान्ता चौधरी २०६३ सालमा मुक्त भइन्। दाङ लक्ष्मीपुरकी उनी मुक्त भएपछि ढुक्कले बसिनन्, आफूजस्तै अन्य कमलरीको मुक्ति–अभियानमा होमिइन्। जमिनदारकहाँ पाएको दुःख र पीडा सार्वजनिक गर्दै उनले सरकारलाई घच्घच्याउँदा नेताहरूसमेत छक्क परे।
‘आफू जमिनदारको घरमा बस्दा पाएको दुःखले नै कमलरी–मुक्तिका लागि लडिरहन प्रेरित गर्योम,' उनले भनिन्। उनको साहस र संघर्षबाट प्रभावित राजनीतिक दलका नेताले पार्टीमा आउन थुप्रै कसरत गरे। अन्ततः उनले नेकपा एमाले रोजिन्, सोही दलबाट २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ सभासद भइन्। ‘मुक्ति अभियानको क्रममा कुनै न कुनै दलमा आबद्ध हुनुपर्ने अवस्था आयो,' उनले भनिन्, ‘त्यतिबेला मैले एमाले रोजेँ र सभासद् बनेँ।'
सभासद् भइसकेपछि उनले पछाडि फर्कनु परेन। ‘शून्यबाट सुरु भएको मेरो यात्रा सभासदसम्म पुग्यो,' उनी भन्छिन्, ‘सभासद भइसकेपछि पनि कमलरी मुक्ति अभियानलाई अगाडि बढाइरहेँ।' आफ्नै पहलबाट पहिलोपटक कमलरीका लागि १२ करोड बजेट छुट्याउन सफल भएको उनी सुनाउँछिन्।
व्यवस्थापिका संसदमा प्राकृतिक स्रोत साधन समितिको सभापतिसमेत भएकी उनी प्राकृतिक स्रोतमाथि भूमिहीनको अधिकार स्थापित गराउन दिनरात खटिइन्। सांसद र सभासद्को अर्थसमेत नबुझेकी निरक्षर चौधरीलाई ‘शान्ता' लेख्नमात्र पनि पाँच मिनेट लाग्थ्यो रे! ‘हिम्मत नहारी अगाडि बढेँ,' उनी खुसी हुँदै भन्छिन्, ‘नपढे पनि जीवनमा आइलागेका कष्ट र पीडाले धेरै शिक्षा दियो।' 
दोस्रो संविधानसभा निर्वाचनमा पराजित भए पनि हरेस नखाएको उनी बताउँछिन्। ‘मेरो अभियान पराजित भएको छैन,' उनले भनिन्, ‘कमलरी मुक्तिका लागि सधैं लडिरहने छु।'
मान गुमाइरहेका प्रतिष्ठान

मान गुमाइरहेका प्रतिष्ठान

विधागत उन्नतिका निम्ति एउटा प्रतिष्ठान पर्याप्त भएन भन्ने आवाज २०४६ सालको परिवर्तनसँगै उठेको हो। त्यसैले उतिबेलैदेखि विधागत विशेषताअनुसार प्रतिष्ठान बनाउने प्रयत्न सुरु भयो। तर गणतन्त्र ल्याइएपछि मात्र त्यस आवाजले मूर्तरूप...

शताब्दीका अविस्मरणीय यात्री

शताब्दीका अविस्मरणीय यात्री

ग्रामोफोनको अभिलेख पछ्याउँदा नेपाली संगीत आरम्भ भएको एक शताब्दी पार भइसक्यो। सेतुरामले नेवारी लोकगीत 'राजामती' रेकर्ड गरेर नेपाललाई गीति संसारमा पदार्पण गराएको मानिन्छ। यो सन् १९०८ ताकाको कुरा रहेछ। त्यही...

इतिहास पाठशाला

सामान्यतः गोरखा बजार साँझ छिप्पिन नपाउँदै बन्द हुने र बिहान घाम झुल्किएपछि खुल्ने गर्छ। तर अचेल (कात्तिकदेखि फागुनसम्म) साँझ अबेर र बिहान मिर्मिरेमै चहलपहल बढ्छ। कारण हो– शैक्षिक भ्रमणको याम।

'टम ब्वाई' कमान्डर

'टम ब्वाई' कमान्डर

साढे दुईतले घरको पहिलो भर्यारङ उक्लेपछि देब्रेतिर एउटा कोठा छ। ठूलो कोठाभित्र एउटा टेलिभिजन छ। टेबलमा औषधि र थर्मस राखिएका छन्। कोठाको एउटा कुनामा बेड। बेडमा सुतिरहेकी छन्, एक वृद्ध...

हात्तीमय सौराहा

हात्तीमय सौराहा

सौराहा र हात्ती एक अर्काका परिपुरक हुन्। चितवनको सौराहा आउनेहरू हात्ती चढ्छन्, जंगल घुम्छन्। जंगलमा पाइने दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा हेर्न हात्तीमाथि नचढी सुखै छैन। सौराहाको मुख्य आकर्षण हात्ती सफारी...

म अम्मली

दोस्रो जनआन्दोलनमा, सशस्त्र प्रहरीको दुवाकोट क्याम्पमा थुनिएका बेला नेपाली कवि र कविताको कुरा हुँदै गर्दा एकजना प्रगतिवादी साहित्य समीक्षकसित म अलि चर्कै स्वरमा बोलें। बाझैं नै भने पनि हुन्छ। राष्ट्रकवि...

चाबेलमा लिन आउनु ल!

चाबेलमा लिन आउनु ल!

किन हिरासतमा छ नारीआजसम्म?के तिमीले आफ्नो अँगालोबाटअझै मुक्त गरेका छैनौ उसलाई?खै, कुन मुडमा लेखेको थिएँ मैले यो छोटो कविता। बेला कुबेला कविता त लेख्ने नै हुँ मैले पनि। 'लू' लेख्दाताका...

ह्याङ आउट बर्दिया

ह्याङ आउट बर्दिया

पुलको डिलबाट मुन्तिर निहुरिएका मान्छे। नदी किनारमा घडियाल। मस्त घाम तापिरहेका। एउटा होइन, दुइटा होइन, दर्जनौं। तीभन्दा माथि–माथि उडिरहेका चखेवा जोडी!