Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

कूटनीतिक क्षेत्रमा काम गर्ने योजना

  • २४ फागुन, २०७०
  • स्मृति ढुंगाना
  • DISQUS_COMMENTS
(1 Vote)
सुजाता कोइराला सुजाता कोइराला
‘क्षमता भएकालाई गुटबन्दी गरेर पछार्ने काम सबैतिर हुने रहेछ,' नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला अचेल यस्तो अनुभूति गरिरहेकी छन्। उनी आउँदो अधिवेशनमा महŒवपूर्ण भूमिका र पदका लागि संघर्ष गर्ने सोचमा छिन्।
‘अघिल्लो अधिवेशनमा उपसभापति दिन्छु भनियो तर पछि धोका भयो,' यही गुनासो कार्यकर्तालाई ‘सेयर' गर्न उनी पूर्व र पश्चिम कार्यकर्ता भेटघाटको तयारीमा छिन्। संविधानले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पनि आफ्नै पार्टी नेतृत्वको सरकारले त्यसलाई पालना नगरेकोमा उनी असन्तुष्ट बनेकी छन्। 
कांग्रेस विदेश विभाग प्रमुखका साथै इन्क्याप नामक संस्थाको महिला विभागमा समेत बसेर काम गर्दै आएकी उनी बाबु (गिरिजाप्रसाद कोइराला) का कारण राजनीतिमा आउन सजिलो भएको बताउँछिन्। तर, बाबुकै आडमा ‘छलाङ मारेको' आरोप स्विकार्दिनन्। भन्छिन्, ‘गिरिजाबाबुकी छोरी हुँ र क्षमता भएको व्यक्ति पनि हुँ।'
उनले पार्टीका विभिन्न पदमा रहेर काम गरिन्। उपप्रधानमन्त्रीसम्म भइन्। बाबुको नाममा जिपी फाउन्डेसन स्थापनाका लागि गृहकार्य गरिरहेकी उनी त्यही संस्थामार्फत विकास, शान्ति र कूटनीतिक क्षेत्रमा काम गर्ने योजनामा छिन्। 
दलहरू गम्भीर नबनेकाले मुलुकको विकास नभएको उनको ठहर छ। ‘गम्भीर भएर काम गरे दस वर्षमै विकासको लहर ल्याउन सकिन्छ,' उनी भन्छिन्, ‘तराईमा सिँचाइ सुविधा हुने हो भने कसैलाई जागिर चाहिँदैन, कयौं योजना बनेर थन्किएका छन्। यी काम पूरा गर्न दलहरु एकजुट हुनुपर्छ।'
जगदम्बा जित्ने शब्दहरू जसले ठट्टैमा बैंस बिताए

जगदम्बा जित्ने शब्दहरू जसले ठट्टैमा बैंस बिताए

जगदम्बा–श्री पुरस्कार घोषणा भइसक्दा समेत कवि/गीतकार रत्नशमशेर थापाले पत्तो पाएका थिएनन्। उनलाई खुसीको तात्तातो खबर सुन्नबाट वञ्चित गरिदियो– चोरिएको टेलिफोन तारले। आफ्नै खबर टेलिभिजनको स्क्रोलमा खरर्र कुदेको हेर्न दिएन– लोडसेडिङले। 

लगातार तीनपटक सभापति

लगातार तीनपटक सभापति

सक्रिय राजनीति गर्ने उनले कहिल्यै सोचेकी थिइनन्। तर, वियोगको संयोगले उनलाई नेपाली कांग्रेसको जिल्ला सभापति बनाइदियो। उनी हुन्– नेपाली कांग्रेसकी पहिलो महिला सभापति सीतादेवी यादव (५८)।

चरण–चरणका संघर्ष

चरण–चरणका संघर्ष

पाँच दिदीबहिनीबीच हुर्किएकी उनले छोरी हुनुको सामाजिक अवहेला त सहनुपरेन, तर परिवारमा गढेको ‘पुत्रमोह' संस्कारले भने कता–कता मन चसक्क पारिरहन्थ्यो। छोरी स्कुल पठाउने जमाना थिएन त्यो। भलै, पम्फा भुसाल अर्घाखाँची सन्धिखर्ककी...

घर (कथा)

स्वयम्भूको स्तुपा छिर्ने बाटोको मोडैनिर उसले आफ्नो गाडी बिसायो। उसका आँखा परपरसम्म डुलेर फर्किए। चित्रबहादुरको कतै अत्तोपत्तो थिएन। उसले एकपटक आफ्नो नाडीमा बाँधेको घडी हेर्यो । अपराह्नको चार बजेको थियो।...

'अझै कति गम्भीर भइदिनु मैले?'

'अझै कति गम्भीर भइदिनु मैले?'

नेपाल लिट्फेस्टमा शनिबार र आइतबार सहभागी हुने भारतीय लेखक शोभा डे त्यहीँको लेखक र मनोरञ्जन दुनियाँमा अक्सर छाइरहन्छिन्। उनीसँगकव इमेल वार्ता पढ्नुहोस्:

व्यापकता पाउँदै नेपाल संवत्

चुन्दा बज्रचार्य हिजोआज निकै व्यस्त छिन् । विभिन्न कार्यक्रममा भ्याई–नभ्याई छ । उनको व्यस्तता नजिकिँदै गरेको चुनाव प्रचारको लागि होइन । 'नेपाल संवत् न्हूँदा राष्ट्रिय समिति ११३४' की अध्यक्ष रहेकी...

'महान् सहिद'मा रातो धर्का

कवि इच्छुकको बारेमा सम्झन लायक 'ठूल्ठुला' प्रसंगहरू नहुने नै भए। २०५८ सालताका म एउटा सानो 'कमरेड कवि' त्यसमा पनि अन्तर्मुखी। जिब्रोमो 'चिप्लो पदार्थ'को कमी भएको म ठूल्ठुला कमरेडहरूसँग त्यति सजिलै...

नाति–नातिना स्याहार्न विदेश

भर्खर जन्मेको बच्चालाई चाहिने सामान काठमाडौंबाटै पोको पारेर यशोदा शर्मा (बाबा) अस्ट्रेलिया पुगिन्। उनका पोकोभित्र थिए– तोरीको तेल, लिटो, ढाकाको भोटोलगायत नातिनीका लागि चाहिने अन्य सामग्री। अस्ट्रेलियामा बच्चाका लागि चाहिने...