Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

लगातार तीनपटक सभापति

  • २४ फागुन, २०७०
  • मिथिलेश यादव
  • DISQUS_COMMENTS
(0 votes)
सीतादेवी यादव सीतादेवी यादव
सक्रिय राजनीति गर्ने उनले कहिल्यै सोचेकी थिइनन्। तर, वियोगको संयोगले उनलाई नेपाली कांग्रेसको जिल्ला सभापति बनाइदियो। उनी हुन्– नेपाली कांग्रेसकी पहिलो महिला सभापति सीतादेवी यादव (५८)।
नेपाली कांग्रेस सिरहाका योद्धा चन्द्रनारायण यादवको २०५७ असार ५ गते हत्या भयो। उनी जिल्ला विकास समितिको सभापति बनेका थिए। त्यतिखेर पत्नी सीता क्रियाशील सदस्य थिइन्। चन्द्रनारायण हत्याको चार महिनापछि भएको पार्टीको जिल्ला अधिवेशनले सीतालाई सभापति चयन गर्योक। पति गुमाएको शोकसँगै उनलाई पार्टी चलाउने जिम्मेवारी थपियो।
पहिलो महिला जिल्ला सभापतिको ‘पदवी’ उनले लगातार तीनपटक सुरक्षित गरिन्। सिँचाइको व्यवस्था नहुँदा किसानले भोग्नुपरेको पीडा र घरेलु हिंसाको सिकार भएका ग्रामीण महिलाको समस्या हटाउने प्रयास गरिन्। 
उनले २०६२/०६३ को जनआन्दोनमा सक्रिय भूमिका निर्वाह गरिन्। जिल्लामा आन्दोलनको वेग बढाएर काठमाडौं हुइँकिइन्। गिरिजाप्रसाद कोइरालासँगै सडकमा निस्किइन्। ‘सीताजी तपाइँ सडकमा नजानुस्, कोठामै बस्नुस्,’ कोइरालाले सम्झाउँदै भनेको क्षण अहिले पनि उनको दिमागमा ताजै छ। तर, उनी सधैं कोइरालासँगै सडकमा उत्रिइन्।
राजनीतिसँगै समाजसेवामा सक्रिय सीतादेवीले २०५८ सालमा श्रीमान चन्द्रनारायण यादवको स्मृतिमा चन्द्रनारायण मेमोरियल ट्रस्ट स्थापना गरेर समाजिक कार्य गर्दै आएकी छन्। ट्रस्टमार्फत उनले चन्द्रनारायण यादव मेमोरियल मेटरनिटी अस्पताल स्थापना गरेकी छन्।
मलाई मनभोग आमालाई क्याडवरी

मलाई मनभोग आमालाई क्याडवरी

बिहानीको चार वा पाँच बजेतिर ओछ्यानबाट बोलाउनुहुन्छ, 'ए बाबु, मलाई उठाइदेऊ...।' त्यसपछि ओछ्यानसँगै मेचमा जोडिएको कमोढ र कोपराको प्रयोग हुन्छ।

यसरी लेखियो 'झोला'

२०३४ सालमा शनिश्चरे मावि झापाको मुखपत्र 'उषा' पत्रिकामा मेरो पहिलो कथा छापिएको थियो कृष्णप्रसाद भट्टराईको नामबाट। शीर्षक थियो 'गुनासो'। त्यस अघि नै अप्रकाशित कथाहरुको संख्या निकै नै थियो तर २०३३...

गुञ्जनका दिदीबहिनी

गुञ्जनका दिदीबहिनी

विश्वका एक महान् साहित्यकार स्यामुएल बेकेटबारे मैले कतै पढेको थिएँ– उनी आफूलाई उपन्यासकार सम्झन्थे तर दुनियाँले उनलाई नाटककार बढी सम्भि्कदियो। साहित्यकारको नियतिलाई कति सहज वा असहज रूपमा लिन सकिन्छ, म...

खुकुरी

किन–किन पुष्पा दिदी मलाई मन पराउनुहुन्न।उहाँ अत्यन्त भलाद्मी देखिनुहुन्छ। रूपरङ र बोली पनि मिठो छ। जब उहाँ क्याम्पस छिर्नुहुन्छ, अघिपछि दर्जन केटी देखिन थाल्छन्।– ‘पुष्पा दिदी, स्ववियुले हामीलाई कहिले पिकनिक...

२०१३ का चर्चित

२०१३ का चर्चित

२०१३ हामीबाट बिदा भइसकेको छ। नयाँ वर्षको सुरुवात भइसक्यो। २०१३ मा निकै फिल्म आए। तिमीले फुर्सदमा फिल्म हेर्‍यौं हौला पनि। तिमीलाई २०१३ मा मनपरेका कुनै फिल्म छन् कि? पुरानो वर्षलाई...

स्वर्गको एक टुक्रा मनाङ

हिमालको काखमा छ सानो मेरो गाउँपर्वतकी छोरी हुँम पार्वती हो नाउँ,शिरमा गंगापूर्ण, अन्नपूर्ण र तिलिचो पिक। चट्टानका पहराबीचमा कलकल बगेकी मर्स्याङदी नदी। बीचमा झुरुप्प गाउँ। नजिकै स्तूपा। मनाङ पुग्दा साँझ...

लक्ष्मीका पुजारी

लक्ष्मीका पुजारी

अहिलेको तिहारमा व्यवसायी शशिकान्त अग्रवाल त्यति रौनक पाउँदैनन् । 'म सानो छँदाको तिहार पो तिहार !' त्यो बेलाको तिहार रसिलो लाग्नुमा उनीसँग केही कारण छन्। 'नयाँ लुगा सिलाइन्थ्यो, एक हप्ताअघि नै...

मोलामोल मालपोत

मोलामोल मालपोत

हातमा सादा नेपाली कागज र लालपुर्जा, काखीमा केही फाइल च्यापेर सेवाग्राही यताउता घुमिरहेका छन्। काम छिटो सकाउन सबैलाई हतार छ। 'सर मेरो यो हेरिदिनुस् न, यसमा सही गर्दिनुपर्योा, यी मेरो...