Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

मुक्तिनिम्ति ज्यानको बाजी

(1 Vote)
जयपुरी घर्ती जयपुरी घर्ती

महिलामाथि हुने चरम उत्पीडनले जयपुरी घर्तीलाई राजनीतिमा लाग्न उक्सायो। उनी जहाँ समस्या देख्थिन्, त्यसको समाधान राजनीतिले मात्र गर्न सक्छ भन्ने सोच्थिन्।पुरुषले पाँचवटीसम्म श्रीमती थुपार्थे, उनीहरुलाई कजाएर आफू मालिक बन्न खोज्थे।

घर–समाजका यस्ता व्यवहार देख्दा तीव्र असन्तुष्टि रहन्थ्यो उनमा। गरिबी र वर्गीय उत्पीडनले उनमा क्रान्तिको ज्वाला दन्काउँथ्यो। नन्दकिशोर पुन (पासाङ) ले सामाजिक विभेद र अत्याचारको जड पञ्चायती व्यवस्था हो भनेर बुझाउँदा जयपुरी स्कुले विद्यार्थी थिइन्। त्यो व्यवस्थाको जरो उखेल्ने अझियानमा सघाउन उनीहरु चन्दा उठाउँथे। उनका काका प्रधानपञ्च थिए, निर्दलीय व्यवस्थाका सारथि। पासाङहरु बहुदलको पक्षमा आन्दोलन हाँक्थे। प्रधानपञ्चकी भतिजी भए पनि जयपुरीलाई बहुदलीय राजनीति नै ठीक लाग्यो।
२०४६ पछि उनी जनमोर्चामा लागिन्, त्यसपछि एकता केन्द्र। १० कक्षा पढ्दै गर्दा सार्वजनिक मुद्दा लाग्यो। त्यसपछि भूमिगत भएकी उनी २०५१ सालमा माओवादीमा लागिन्। उनलाई माओवादी जनयुद्धले किन आकर्षित गर्यो१ भने यो पार्टीले महिलालाई थिचोमिचोबाट अघि बढाउने नारा बोकेको थियो। ‘अलिअलि उत्पीडन त जनयुद्धकै क्रममा पनि झेलिएको हो। तर, समाजकै जस्तो जकडिएको भने थिएन,' उनी काखे बच्चा साथमा लिएर युद्धमा होमिएकी थिइन्। 
दिन–रात, भीरपाखा, भोको पेट, जंगल, सुरक्षाकर्मीको घेरा जयपुरीको जीवनमा कति आए, कति। ‘तर, संघर्षको मैदानमा डटेरै लागिरहेँ। छोरी बोकेर युद्धमा हिँड्दा बरु पीडा भएको थिएन, त्यो संघर्षले ल्याएको उपलब्धि संविधानसभा विघटन हुँदा, प्रतिगमन हुँदा साह्रै पीडा भएको छ,' नेकपा–माओवादी नेतृ जयपुरी भन्छिन्।
आफ्नो दुःख संस्थागत हुन नसकेकोमा उनी गुनासो गर्छिन्। 
जनयुद्धमा ब्युरो इन्चार्ज भएर काम गरेकी जयपुरी पार्टी खुला राजनीतिमा आएपछि सभासद भइन्, महिला संगठनको जिम्मेवारी लिइन्, दलीय सचेतक भइन् र एक महिना मन्त्री पनि बनिन्। 
गुनासाबीच एउटा पक्षले भने उनलाई खुसी दिन्छ, ‘पहिला घरानिया महिला मात्र राजनीतिसँग जोडिन्थे। हाम्रो आन्दोलनले गाउँघरका निम्नवर्गीय महिलामा पनि राजनीतिक चेतना फैलाएको छ।'
लक्ष्मीका पुजारी

लक्ष्मीका पुजारी

अहिलेको तिहारमा व्यवसायी शशिकान्त अग्रवाल त्यति रौनक पाउँदैनन् । 'म सानो छँदाको तिहार पो तिहार !' त्यो बेलाको तिहार रसिलो लाग्नुमा उनीसँग केही कारण छन्। 'नयाँ लुगा सिलाइन्थ्यो, एक हप्ताअघि नै...

प्रक्रियामा विश्वास

डा. भगवान कोइरालामतदाता, काठमाडौं क्षेत्र नम्बर– ५आम नेपाली मतदाताझैं चिकित्सक डा. भगवान कोइराला पनि मंसिर ४ मा हुने दोस्रो संविधानसभाको चुनावमा भोट हाल्न आतुर छन्। आफूले चाहेको उम्मेदवारलाई जिताएर संविधानसभामा...

भोटभन्दा चन्दा माग्ने धेरै

भोटभन्दा चन्दा माग्ने धेरै

'धेरै जना मंसिर ४ को प्रतीक्षामा व्यग्र छन्, मलाई कहिले सकिएला जस्तो भइसक्यो,' व्यवसायी प्रदीपकुमार श्रेष्ठ चन्दा माग्नेले हैरान बनाएपछि यस्तो बताउन थालेका छन्। उनीकहाँ भोट माग्ने भन्दा पैसा माग्ने...

'टम ब्वाई' कमान्डर

'टम ब्वाई' कमान्डर

साढे दुईतले घरको पहिलो भर्यारङ उक्लेपछि देब्रेतिर एउटा कोठा छ। ठूलो कोठाभित्र एउटा टेलिभिजन छ। टेबलमा औषधि र थर्मस राखिएका छन्। कोठाको एउटा कुनामा बेड। बेडमा सुतिरहेकी छन्, एक वृद्ध...

संघर्षको सहरमा सफलताको वर्षा

'मैले योभन्दा बढी पढाउन नसक्ने भएँ । अरू पढ्नुछ भने काठमाडौं जा, काम गरेर पढ्,' आठ कक्षा पढ्दै गरेका शम्भु श्रेष्ठ बाबुको यस्तो आज्ञा प्रतिवाद गर्ने सामथ्र्य राख्दैनन् । मात्र...

तेह्र वर्षमै क्रान्तिमार्ग

तेह्र वर्षमै क्रान्तिमार्ग

२०२८ सालमा झापा जिल्ला कमिटीले गरेको सशस्त्र संघर्षको निर्णयले कम्युनिस्ट आन्दोलनमा हलचल नै ल्यायो, त्यसको तरंगले गौरा प्रसाईंलाई पनि नराम्रोसँग हल्लायो। त्यो आन्दोलनमाथिको दमनबाट बच्न कयौं व्यक्ति भारत पसे। केहीले...

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

म विसं २०३५ फागुनमा पृथ्वीनारायण क्याम्पस, पोखराबाट नेपाल र एसियाली अनुसन्धान केन्द्र काठमाडौंमा सरुवा भएर आएँ । म पोखरामा छँदा नै गुरु पण्डित नयराज पन्तका चेला भोलानाथ पौडेलका छोरा सामनाथबाट...

गजबका किट्स

गजबका किट्स

तिमीले पजल खेलेका छौं? घरमा नभए स्कुलमा खेलको हुनुपर्छ। पजल खेल्न खुब मज्जा हुन्छ है। आफुलाई मनपर्ने कार्टुन पात्र वा फिल्मको पजल खेल्न पाए त झन् मज्जा। अनि दिमागी कसरत...