Monday 12 Jestha, 2077 | May 25, 2020
Menu

नागरिक शनिबार

चुलोचौकोबाट निस्केर विद्रोह

(0 votes)
पूर्णकुमारी सुवेदी पूर्णकुमारी सुवेदी
नेपाली महिला घरबाहिर कमै निस्कन्थे। राजनीतिमा, त्यो पनि भूमिगत। पूर्णकुमारी सुवेदीले यो चुनौती उठाइन् र पहिलो संविधानसभामा उपाध्यक्ष/उपसभामुखसम्म बन्न सफल बनिन्। महिला घरभित्रै सीमित हुनुपर्छ भन्ने मान्यता रहेको समाजबाट विद्रोह गर्दै २०३५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएर भूमिगत राजनीतिमा होमिइन् उनी।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा छापामारसँगै वर्गीय मुक्तिको सपना बोकेर संगठन विस्तारमा निस्केकी सुवेदीलाई त्यसैले अलग परिचय दिलायो।
पहिलो संविधानसभा निर्वाचनमा बाँके ४ बाट विजयी सुवेदी २०५० सालमा अखिल नेपाल महिला संघ क्रन्तिकारीमा केन्द्रीय अध्यक्षको भूमिका निभाइन्। पार्टी भूमिगत भएपछि उनी पनि भूमिगत राजनीतिमा लागिन्। विद्रोहकालमा बाँके, बर्दियालगायत जिल्लामा काम गरिन्। 
विद्रोहकालमा विभिन्न जिल्ला घुम्न पाएकी सुवेदी अझै पनि महिला पुरुषवादी चिन्तनको सिकार बन्नुपरेको अनुभव सुनाउँछिन्। महिला अधिकार स्थापित गर्न स्रोतसाधनमा पहुँच स्थापना गराउनुपर्ने धारणा राख्छिन् सुवेदी । 
महिलाका पक्षमा आएका हरेक परिवर्तन विद्रोहकै कारण सम्भव भएको उनको धारणा छ। छोरीमान्छे घरबाट निस्कनै हुँदैन भन्ने धारणा तोड्न ‘जनयुद्ध' सफल भएको उनको मान्यता छ। ‘पुरुषवादी मानसिकताको पूरै केही हदसम्म अन्त्य जनयुद्धले गरेको छ,' सुवेदी भन्छिन्, ‘यही कारण जनमुक्ति सेनामा ४० प्रतिशत भन्दा बढी महिला सहभागी भएर लडे।' योगदानअनुसार महिला सहभागिता नभएको उनको गुनासो छ। ‘३३ प्रतिशत सहभागिता जुटाउन पनि मुश्किल छ,' उनी भन्छिन्।
सुवेदी अहिले एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य छिन्।

सिद्धान्तका कुरा

त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागका छात्र सञ्जीव उप्रेती जुनबेला एमएमा गोल्डमेडलका दाबेदार थिए, त्यसबेला उनका बुबा शंकरप्रसाद उप्रेती झापाको चन्द्रगढी जेलमा थिए।

आर्यसमाजदेखि लिम्बुदलसम्म

आर्यसमाजदेखि लिम्बुदलसम्म

तीनजुरे पहाडबाट सोझै आएको हावा म्याङ्लुङ् बजारको डाँडामा पर्ने घरको छतमा आइपुग्छ। त्यहाँ आइपुग्नासाथ हावा र घाम एकासपसमा मिसिन्छन्। त्यो शीतकालको खुला आकाशबाट खसेको घामबाट अतिरिक्त ताप ग्रहण गर्ने संघर्ष...

जाडो बिदामा लुम्बिनी

जाडो बिदामा लुम्बिनी

जाडो बिदामा विद्यार्थीलाई घुमाउनैपर्ने एउटा ठाउँ हो लुम्बिनी। विश्व शान्तिदूत गौतम बुद्धको जन्मथलो। किताबमा पढेका कुरा त्यहाँ पुगेर हेर्दा विद्यार्थी रमाउँछन्। त्यसैले अभिभावकले उनीहरूलाई त्यहाँ घुमाउनुपर्छ।

कसले लैजाला गाउँमा दसैं?

बारीका डिलडिलमा उभिएका बोटमा लटरम्म अम्बक पाक्न थाले होलान्। घुरेनको आडका निबुवा र बिमिरा पनि छिप्पिन थाले होलान्। बोटै नुहाएर फलेका अनार र दारिममा पनि त मिठो स्वाद पसिसक्यो होला।यी...

वाम–रुढताबाट मुक्त

वाम–रुढताबाट मुक्त

त्यो कम्युनिस्ट पार्टी भूमिगत थियो। त्यसका क्रियाकलाप गोप्य थिए। भेटघाट, कुराकानी, बैठक, सभा, सम्मेलन भूमिगत रूपमै हुन्थे। हरेक कार्यक्रममा विचार, निष्ठा, त्याग, क्रान्ति र मुक्तिका कुरा हुन्थे। कसैमा लोभलालच देखिन्नथ्यो।...

दिल्लीमा नेपाली स्वाद

दिल्लीमा नेपाली स्वाद

नयाँ दिल्ली–गुल्मी खर्ज्याङ– ५, मानकोटका २२ वर्षे बसन्त गाहा मगर तीन वर्षयता चिनियाँ खाना बनाइरहेछन्। गुडगाउँको अग्रवाल होटलमा चिनियाँ खानाको तालिम लिएका उनी नेपाली र भारतीयलाई चिनियाँ स्वाद चखाउन पाएकामा...

घामको झुल्को

घामको झुल्को

प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँ लाई पर्यटकीय केन्द्र बनाउन दशकदेखि सक्रिय अन्तुवासी अचेल सन्तोषको सास फेर्दै छन्। सात वर्षसम्म हरेक मंसिरमा महोत्सव गर्दै, विकास निर्माणमा जुट्दै र प्रचारमा समय खर्चिंदै आएका...

शताब्दीका अविस्मरणीय यात्री

शताब्दीका अविस्मरणीय यात्री

ग्रामोफोनको अभिलेख पछ्याउँदा नेपाली संगीत आरम्भ भएको एक शताब्दी पार भइसक्यो। सेतुरामले नेवारी लोकगीत 'राजामती' रेकर्ड गरेर नेपाललाई गीति संसारमा पदार्पण गराएको मानिन्छ। यो सन् १९०८ ताकाको कुरा रहेछ। त्यही...