Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

नागरिक शनिबार

पराजयले बढाएको सक्रियता

  • आइतबार २५ फागुन, २०७०
  • जितेन्द्रकुमार झा
  • DISQUS_COMMENTS
(1 Vote)
रेणुकुमारी यादव रेणुकुमारी यादव
राजनीतिक माहोलमै हुर्किए पनि रेणुकुमारी यादवलाई आफैं राजनीतिमा होमिएला भन्ने लागेको थिएन। २०४३ सालमा युवा अवस्थामै पति अशोककुमार यादवको हत्या हुँदा नाबालक छोरा अभिषेकको लालनपालनदेखि सम्पूर्ण पारिवारिक जिम्मेवारी रेणुको काँधमा पर्योक। ससुरा र पतिले छोडेको अधुरो काम अघि बढाउन उनी राजनीतिमा लागिन्।
२०४७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेर उनले महिला संघको जिम्मेवारी उठाइन्। चुनाव लड्दा पटक–पटक पराजित भइन्। तर, उनको संकल्प डग्मगाएन। ‘राजनीतिको मुख्य लक्ष्य चुनाव जित्नु मात्र होइन रहेछ, दुई पटकको पराजयले मलाई झन् सक्रिय बनायो,' उनले भनिन्। 
राप्रपाबाट २०५६ सालको संसदीय चुनावमा भने उनले विजय हासिल गरिन्। चुनाव जितेको केही वर्षमै संसद भंग भयो। संसद पुनर्स्थापना भएपछि सूर्यबहादुर थापा नेतृत्वको सरकारमा उनले महिला तथा बालबालिका मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाइन्। 
दोस्रो जनआन्दोलनमा राप्रपा सहभागी नभए पनि रेणुले आफूलाई अलग राख्न सकिनन्। ‘जनताको पक्षमा आन्दोलन गर्न कसैको स्वीकृति आवश्यक पर्दैन भनेर आन्दोलनमा होमिएँ,' उनले भनिन्।
दोस्रो जनआन्दोलनलगत्तै भएको मधेस आन्दोलन क्रममा मधेसी, आदिवासी, जनजातिलगायत उपेक्षित समुदायको हक–अधिकार सुनिश्चित गर्न उनी मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेकी रेणु अहिले सोही पार्टीको केन्द्रीय कोषाध्यक्ष छिन्। 
महिलालाई उपेक्षा गरी कमजोर ठाउँबाट उम्मेदवार बनाउने चलनको विपक्षमा छिन् उनी। राज्यका सबै निकायमा प्रतिशतकै आधारमा महिला सहभागिता अनिवार्य हुनुपर्ने उनको अडान छ। ‘अहिलेसम्म महिला आफ्नालागि सडकमा उत्रेका छैनन्, अब आफ्नो अधिकारका लागि सजग भएर आन्दोलनको अगुवाइ गर्न आवश्यक छ,' उनले भनिन्।

चिन्तन कि गन्थन

लेखकले आफ्ना सिर्जनालाई समाजले हेरिदेओस् भन्ने कि आफूले चाहिँ समाजलाई हेर्ने? कुन लेखकको दृष्टिकोण के हो भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ। लेखकका कुनै पनि रचनाको प्रभाव र टिकाउपन कति छ...

नेपाली संगीतको प्रतिध्वनि

नेपाली संगीतको प्रतिध्वनि

यद्यपि यो प्रश्न पुरानै हो, 'नेपाली संगीतको मुड के त?'यसबारे निबन्धकार शंकर लामिछानेले लिखतमै भनेका छन्, 'एक दृष्टिले हेर्ने हो भने नेपाली संगीतको मुडसिर्जना गर्नमा दार्जिलिङ र कालिम्पोङकै देन बढी...

गलैंचामा बुनिएको जिन्दगी

चाबहिल, रामहिटीको रोल्पा कार्पेटमा दर्जनौं हातहरू गलैंचा तानमा सल्बलाइरहेका थिए । आफूभन्दा अग्लो तानामा खट हालेर धागो उन्दै थिइन्, चिनिमाया तामाङ।

गुन्डागिरीको चिन्तामा ब्यवसायी

कुख्यात गुन्डा दिनेश अधिकारी 'चरी' र राधे भण्डारीबीचको आक्रमण/प्रत्याक्रमण तथा ललितपुरको धापाखेलमा मीनकृष्ण महर्जनमाथि भएको गोली प्रहारको घटनालाई प्रहरीले 'डन संस्कृतिको पुनरोदय'का रूपमा लिएको छ। प्रमुख दलहरूसँग निकट सम्बन्ध राख्ने...

दशक ६० को सौन्दर्य

दशक ६० को सौन्दर्य

काठमाडौं– मदन पुरस्कार विजेता राजन मुकारुङलाई जुनसुकै साहित्य–सभा सम्मेलनमा गए पनि एकैनासका विषय सोधिँदोरहेछ– आञ्चलिक लेखन, सीमान्तकृत लेखन र साँस्कृतिक पहिचान।

नामको मोहमा कराते

नामको मोहमा कराते

गाउँका दाजुहरू सबै कराते खेल्थे। दीपक श्रेष्ठ भने फुटबलतिर थिए। एक दिन दाजु राजपाल कर्माचार्यले दक्षिण एसियाली च्याम्पियनसिपले करातेबाट स्वर्ण पदक जितेको खबर गोरखापत्रमा छापियो।

गजबका किट्स

गजबका किट्स

तिमीले पजल खेलेका छौं? घरमा नभए स्कुलमा खेलको हुनुपर्छ। पजल खेल्न खुब मज्जा हुन्छ है। आफुलाई मनपर्ने कार्टुन पात्र वा फिल्मको पजल खेल्न पाए त झन् मज्जा। अनि दिमागी कसरत...

मदानीमा शब्द–मन्थन

आसनग्रहण। ब्याज वितरण। उद्घाटन। स्वागत मन्तव्य। उस्तै परे ज्ञातअज्ञात सहिदका नाममा एक मिनेट मौनधारण। पुस्तक विमोचन। लम्बेतान भाषण। कार्यपत्र। टिप्पणी। पृथ्वीमा रात परिसक्दा पनि नतुरिने कवि गोष्ठी। सभापतिबाट सभा विसर्जन।