Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

नागरिक शनिबार

‘आधा धर्ती' की पक्षपाती

(0 votes)
बिन्दा पाण्डे बिन्दा पाण्डे
२०३७ सालको आमहडतालमा बिन्दा पाण्डे पञ्चायती व्यवस्थाविरुद्धको र्या्लीमा सहभागी भइन्। उनका दाइ पक्राउ परेका थिए, रिहाइको मागमा र्यायली निकालिएको थियो। त्यसमा सहभागी भएको भन्दै बाबुले गाली गरे, बिन्दालाई आन्दोलनको चस्का पस्यो। २०४६ सालको आन्दोलनका बेला उनी अनेरास्ववियुको केन्द्रीय नेता भइसकेकी थिइन्।
विभिन्न भूमिगत राजनीतिक दलका नेता, अधिकारकर्मी र विद्यार्थी संगठनबीच टेलिफोन सम्पर्क गराउने जिम्मा उनैको थियो। पक्राउ पर्नबाट जोगिएर उनले जिम्मेवारी सम्पन्न गरिन्। 
२०४८ मा विद्यार्थी राजनीति छाडेर अखिल नेपाल महिला संघमा आबद्ध भइन् उनी। मजदुर संगठन जिफन्टमा आबद्ध भएर श्रमिक महिलालाई संगठित पार्ने जिम्मेवारी पनि निर्वाह गरिन्। 
२०५० देखि २०५४ सम्म जिफन्टकै कार्यक्रम संयोजक भएर हङकङमा काम गरिन्। 
फर्किएपछि केन्द्रिय महिला श्रमिक विभागमा सचिवको जिम्मेवारी पाइन्। विदेश विभाग सचिव र शिक्षा विभाग सदस्यको जिम्मेवारी पनि पर्योव उनको काँधमा। २०६० देखि २०६५ सम्म उनी जिफन्टकै उपमहासचिव थिइन्। 
राष्ट्रिय महिला आयोगकी संस्थापक पाण्डेले संविधानको लैंगिक विश्लेषण र लैंगिक विषयमा सुझाव तयार पार्ने काम गरिन्। 
उनी आन्दोलनमा लाग्दा महिलालाई ‘आधा आकाश' ठानिन्थ्यो। उनीहरुले ‘आधा धर्ती' अर्थात् भूमिमा पनि महिला अधिकारको आवाज उठाए। यो विषयलाई पार्टीभित्रकै पुरुष नेताले पनि असहज मानेको उनी बताउँछिन्।
अंश र वंशमा महिलाको समान अधिकार माग्ने नेतृको पंक्तिमा बिन्दाको आवाज चर्को छ। महिलाविरुद्ध हिंसाको आचारसंहिता, प्रजनन अधिकार र आमाका नाममा नागरिकता पाउनुपर्ने हकलाई टुंगोमा पुर्यानउन उनी लागिपरेकी छन्।
जता पैसा त्यतै डाक्टर

जता पैसा त्यतै डाक्टर

दाङकी सारा बुढामगर बिहान चार बजे सहिद गंगालाल हृदय केन्द्र बाँसबारी पुगेकी थिइन्। 'मिर्मिरेमै पुगेन भने पालो पाँइदैन,' पहिलो अनुभवबाट उनले थाहा पाइसकेकी थिइन्। चारै बजे पुग्दा पनि उनी पन्ध्रांै...

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

म विसं २०३५ फागुनमा पृथ्वीनारायण क्याम्पस, पोखराबाट नेपाल र एसियाली अनुसन्धान केन्द्र काठमाडौंमा सरुवा भएर आएँ । म पोखरामा छँदा नै गुरु पण्डित नयराज पन्तका चेला भोलानाथ पौडेलका छोरा सामनाथबाट...

दयावान् दयाराम

बिहीबार दिउँसो १२:१० बजे।आदर्श सौलः युवक उच्च मावि, बुङ्मति, ललितपुर।एक सुस्त बालक विद्यालय प्रांगणमा धसि्रँदै यताउता गरिरहेका छन्। मुखको कुनाबाट अविरल र्‍याल बगिरहेको छ, तर पुछ्न सक्दैनन् या जान्दैनन्। शारीरिक...

जब्बर अराजक

यस वर्षको मदन पुरस्कार विजेता राजन मुकारुङकी आमा विष्णुलेखा हिजो शुक्रबार ७१ वर्ष लागिन्। भोजपुर दिल्पा नागीस्थित घरमा बसिरहेकी उनलाई पंक्तिकारले टेलिफोनबाट जन्मदिनको शुभकामना दियो। अनि सोध्यो, 'तपाईंलाई थाहा भइसक्यो...

मण्डेलाको भाषण

आज हामी सिंगै देश र विश्वलाई नवजात् स्वतन्त्रताको कोसेली चढाइरहेका छौं।असाधारण मानवीय विनाश गराउने युद्ध रोकिएको दर्दनाक समयपछि हामी यस्तो समाज जन्माउँदैछौं, जसप्रति भोलि सिंगो मानवताले गौरव गर्नुपर्ने छ। हाम्रा...

लोक सेवाका गुरु

लोक सेवाका गुरु

चुडामणि शर्मा, शान्तराज सुवेदी र हरि बस्याल एक समय निकै चर्चामा थिए । शर्माले लोक सेवा परीक्षामा एकैपटकमा सात ठाउँबाट नाम निकाल्दा उनका साथी सुवेदी र बस्यालले पाँच–पाँच ठाउँबाट नाम...

पात्रहरूसँगै दमिनी भीरमा

'दमिनी भीर' बजारमा आएदेखि नै धौले कान्छोले पटकपटक 'गाउँ आउन' भनिरहेकै हो। काठमान्डुको व्यस्तता वा व्यस्तताको बहाना देखाउँदै मैले कान्छोलाई टार्दै आइरहेको थिएँ। आख्यान बुन्न त्यत्रो तागत दिने एक महत्वपूर्ण...

अन्तर्द्वन्द्व

अन्तर्द्वन्द्व

'तपाईं यो बच्चाकी आमा?'एउटा नियमित प्रश्न। कसैसँग केही अन्तरंग हुँदा एक वा दुई संवाद साट्नेबित्तिकै ममाथि आइपर्ने प्रश्न। यस्तो प्रश्न– अलिकति स्पष्टीकरणको मौकाका लागि मिठास अनुभव गर्दछु भने उतिखेरै त्यो...