Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

नागरिक शनिबार

चरण–चरणका संघर्ष

  • आइतबार २५ फागुन, २०७०
  • सन्तोष रिमाल
  • DISQUS_COMMENTS
(1 Vote)
पम्फा भुषाल पम्फा भुषाल
पाँच दिदीबहिनीबीच हुर्किएकी उनले छोरी हुनुको सामाजिक अवहेला त सहनुपरेन, तर परिवारमा गढेको ‘पुत्रमोह' संस्कारले भने कता–कता मन चसक्क पारिरहन्थ्यो। छोरी स्कुल पठाउने जमाना थिएन त्यो। भलै, पम्फा भुसाल अर्घाखाँची सन्धिखर्ककी स्कुल जान पाउने औंलागिन्ती छोरी थिइन् जसले कक्षामा सधैँ फस्ट–फस्ट भएर ज्ञानसँगै इज्जत पनि जमाइन्।
‘छोरी भएर पनि कस्तो छोरोजस्तो!,' राम्रो काम गर्दा मिल्ने यस्तो प्रतिक्रिया बिझाउँथ्यो उनलाई। ‘म किन छोरीजस्तै छोरी नबन्ने?' सन्धिखर्ककै जनज्योति स्कुलमा पढ्दाताका नै उनी बेलायती महारानी एलिजावेथ, भारतीय नेतृ इन्दिरा गान्धी, श्रीलंकाकी भन्डारानाइके जस्ता विश्वविख्यात छोरीका समाचार सुन्थिन् र त्यस्तै बन्ने सपना देख्थिन्। 
‘समाजले महिलाको अस्तित्व गन्दैनथ्यो, त्यही आक्रोशले राजनीति नबुझ्ने उमेरमै म महिलावादी भइसकेकी रहिछु,' २०३३ बाट राजनीतिक जीवन प्रवेश गरेकी पम्फा विगतका पाइला यसरी गम्छिन्।
आठ कक्षा पढ्दै गर्दा अनेरास्ववियुको भूमिगत राजनीतिमा संलग्न भइन् उनी। राजनीतिक प्रशिक्षणले उनलाई सिकायो, ‘महिला असमानता र विभेदको सम्बन्ध त राजनीतिसँग पो रहेछ।' 
पम्फा त्यस्तो सामाजिक परिवेशमा राजनीतिमा सक्रिय भइन् जतिबेला महिला राजनीतिमा वर्जित थिए। व्यवस्थाविरोधी आन्दोलन कसैले गर्नुहुन्न भन्ने मान्ययता थियो। क्रान्तिकारी कम्युनिस्ट राजनीतिमा लाग्दाको परिणाम सम्झेरै मान्छे हायलकायल हुन्थे। पम्फा तेस्रो, कठिनतम बाटो सोझिइन्, राजनीतिको।
२०३६ सालमा पुल्चोक क्याम्पसमा इन्जिनियरिङ पढ्न आएपछि उनको विद्यार्थी राजनीति अझ फैलियो। त्यतिबेला पार्टीका ऐनासरि थिए विद्यार्थी संगठन। देशको जनमत संग्रह उनले विद्यार्थी नेतृको हैसियतले बुझ्न पाइन्। विपरीत धु्रवको राजनीतिमा लाग्ने महिलालाई कतिसम्म दुःख हुन्छ भन्ने यथार्थ उनलाई त्यही समयले बुझायो।
२०३७ सालमा महँगीविरुद्ध आन्दोलन गर्दा पम्फा जेल परिन्। ‘मरेको भए बरु केही हुँदैनथ्यो। जेल पर्नु जति इज्जत फाल्ने काम अर्को थिएन तत्कालीन समाजमा,' उनी सम्झन्छिन्। 
सम्पन्न परिवारकी छोरी उनलाई काठमाडौं पढ्न पठाएर परिवारले गाउँभरि कसैले नगरेको काम गरेको थियो। छोरीको नियतिसँगै समाज बदल्ने प्रयास गरेको थियो उनको परिवारले। पम्फा त झन् आम महिलाको नियति बदल्ने मोर्चामा आबद्ध भइन्। ‘समाज बदल्ने काम राजनीतिले मात्र गर्नसक्छ, त्यो पनि क्रान्तिकारीले मात्र,' उनी राजनीतिको यही कठिन बाटोमा प्रतिबद्ध भएर लागिन्।
उनलाई नरबहादुर कर्माचार्यले नेकपाको सदस्य बनाए। पारिजात अध्यक्ष रहेको अखिल नेपाल महिला संगठनमा उनको संलग्नता बढ्यो। संयुक्त जनमोर्चाको त उनी अध्यक्ष नै भइन्। 
‘महिलालाई पार्टी अध्यक्ष हुन अहिले त असम्भवजस्तो छ। त्यतिबेलाको त्यो जिम्मेवारी पाउँदा परिपक्व बनेको अनुभव गरेँ,' २०४६ सालपछि परिवर्तित राजनीतिमा पनि उनले महिला मुक्तिको सम्भावना देखिनन्। २०५२ सालमा माओवादीमा लागेर उनी सशस्त्र क्रान्तिमा होमिइन्। 
परिवारले पहिले त उनको राजनीतिक यात्रामा विरोध जनायो, पछि मौन बस्यो र अन्तिममा समर्थन।
नेपाली राजनीतिको विभिन्न चरणमा उनी सक्रिय बनिन्। स्कुल पढ्दाको राजनीतिक जीवन निकै प्रतिकूल थियो। काठमाडौंमा विद्यार्थी राजनीतिताका धेरै समय दमन र धरपकड सहेर बित्यो। जेल, नेल र हिरासत पानीपँधेरोजस्तो भयो। 
पञ्चायतकालका मरिचमान सिंह, सूर्यबहादुर थापा र प्रजातन्त्रकालका मनमोहन अधिकारी, शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनले एउटा पक्ष समान पाइन्– गिरफ्तारी।
आफू संलग्न जनयुद्धले महिलाको चेतना विस्तार गरेर ठूलो उपलब्धि हासिल गरेको दाबी छ उनको। ‘महिलाहरुमा अन्यायको प्रतिरोध गर्ने समार्थ्य राजनीतिक कारणले नै बढाएको हो। १० वर्षमा हामीले हजार वर्षमा नगरेको उपलब्धि प्राप्त गर्यौं ,' उनी भन्छिन्।
पम्फा उपाध्यक्ष रहेको पार्टी नेकपा–माओवादीले गएको संविधानसभा चुनावमा भाग लिएन। अहिलेको व्यवस्थासँग प्रशस्त गुनासो छ उनको, ‘त्यति दुःख गरेर जुन उद्देश्यका लागि परिवर्तन खोज्यौं, त्यो पाउन सकिएन।'
घरभन्दा राजनीति प्यारो

घरभन्दा राजनीति प्यारो

अष्टलक्ष्मी शाक्य सानैदेखि विद्रोही स्वभावकी थिइन्। सम्पन्न परिवारमा जन्मे पनि सुखसयल छानिनन्। २०१० सालमा काठमाडौं, झोछेंमा जन्मेकी उनी परिवारका आठ सन्तानमध्ये फरक स्वभावकी मानिन्थिन्। पढाइलेखाइमा निकै ध्यान दिन्थिन्। यसै क्रममा...

चौबिस वर्षपछि माइत

'एकपल्ट माइत सारो जान मन छ,' उनको रहर सुनेर म अचम्ममा परेँ। उनले माइत नदेखेको दुई दशक भन्दा बढी भइसकेछ।माइत भारतको ग्यान्टोक (गान्तोक)हो भन्ने थाहा थियो। तर यहीँ पर्छ भन्ने...

स्ट्रिङसका जादुगर

स्ट्रिङसका जादुगर

ठमेलको एक रेस्टुरेन्टमा तोकिएको समयभन्दा केही ढिलो उनी हस्याङफस्याङ गर्दै आइपुगे। हामीलाई पर्खाउनु परेकोमा उनलाई ग्लानि थियो। त्यसै रेस्टुरेन्टमा त्यो साँझ उनको पर्फमेन्स थियो। सर्ट, जिन्स र स्यान्डलमा हामीसामु उभिएका...

लेखक बन्न भीडबाट भाग्नुपर्छ

जयपुर (भारत) - पहाडको टुप्पोलाई सुनौलो बनाउँदै उदाउने सूर्य, पातको कापबाट छिर्दै भुइँको क्यानभासलाई कलात्मक बनाउने प्रकाश, क्षण क्षणमा रङ फेर्ने मनमोहक दृश्य।

बच्चाहरूसँगै पढ्छु, बच्चाजस्तै भइदिन्छु

बच्चाहरूसँगै पढ्छु, बच्चाजस्तै भइदिन्छु

प्रकाशोन्मुख उपन्यास 'द लोल्यान्ड' की लेखक झुम्पा लाहिरी बंगाली मूलकी अमेरिकी आख्यानकार हुन्। कथा संग्रह 'इन्टरप्रेटर अफ् मलाडिज' का लागि सन् २००० को पुलित्जर पुरस्कार जितेकी उनको 'नेमसेक' उपन्यास पनि...

सन्तानलाई पैसा होइन, समय दिऊँ

कुनै काम सफल पार्न काम गर्ने व्यक्तिमा त्यससम्बन्धी ज्ञान र अनुभव दुवै हुनुपर्छ। सन्तानको लालनपालनमा पनि यो लागू हुन्छ। तर, अधिकांश मामिलामा पहिलोपटक आमाबाबु हुनेसँग यो दुवै हुँदैन। कसैकसैसँग किताबी...

रङहरूको अस्वाभाविक संयोजन

आकाशमुनि ठिंग उभिएको छ, एउटा खुल्ला ढोका। ढोकाको वारि र पारि फैलिएको छ चौर र त्यसमाथि छ आकाशको छानो! 'निर्बन्ध मोन्टाज' निबन्धसंग्रहको आवरण यस्तो छ। पहिलोपल्ट पुस्तकको यस्तो आवरणकला देख्दा...

'जाली फटाहालाई छाडिन्न'

'जाली फटाहालाई छाडिन्न'

काठमाडौं– 'जग्गा अधिग्रहणले बागमतीको नक्सा नै बदलिएको छ।'यो भनाइ हो, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख गजेन्द्रकुमार ठाकुरको।उनी बुधबार दिउँसो आफ्नो टोलीसँग मीनभवनस्थित विश्व निकेतन स्कुल क्षेत्र आइपुगेका...