22 Chaitra, 2076 | April 04, 2020
Menu

नागरिक शनिबार

सास्ती र सुस्तीको घर

(0 votes)
काठमाडौं– बिरामी लिएर अस्पताल पुग्ने आफैं बिरामी भएर फर्कन्छन्, उपचारको पालो कुर्दाकुर्दै कति बिरामीको मृत्यु हुन्छ। भनसुन गराउन सके शऒ्ढया पाइन्छ, नसके निजी अस्पतालको रेफर लिएर फर्कनुपर्छ।

सस्तोमा सुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउने जिम्मेवारी बोकेका सरकारी अस्पतालमा बिरामीले यति सास्ती र झन्झट बेहोर्नुपर्छ कि निको भए'नि नभए'नि फेरि आउनु नपरोस् भन्दै अस्पताल परिवारलाई नै सराप्दै निस्कन्छन् सेवाग्राही।
सीमित भौतिक संरचना र कर्मचारी, चिकित्सक अभाव, बिरामीको चाप, प्रविधि एवं उपकरण कमी र पहुँचको बोलवालाले सर्वसाधारण अस्पतालजस्तो संवेदनशील ठाउँमा पनि हैरानी र हन्डरले आजित छन्। स्वास्थ्यका नाममा व्यापार गर्न पल्केका सरकारीकै चिकित्सक र कर्मचारीको सिकार बन्ने बिरामीको झन् बेहाल छ।
अस्पताल प्रशासन र चिकित्सक आफैँ बिरामी खोज्दै हिँड्नुपर्ने निजी अस्पतालका तुलनामा सरकारी सेवा यति झन्झटिलो छ, गुणस्तरीय सेवाको आशामा सरकारी सेवा पर्खिरहने धैर्य कमैले मात्र राख्छन्। परिणाममा 'सुलभ स्वास्थ्य सेवा' को सरकारी नारा कागजमै सीमित बन्छ, निजी अस्पताल र क्लिनिक सर्वसाधारणको 'घरखेत चुसेर' मोटाउँछन्। 
भुक्तभोगीका अनुसार निजी अस्पताल चलाउन सार्वजनिक सेवालाई जानी–जानी झन्झटिलो बनाइदिने घातक प्रवृत्ति समेत झ्यांगिँदो छ, सरकारीमा कार्यरत चिकित्सक–मेडिकल कर्मचारीमा।
ठूला सरकारी अस्पताल वीर, त्रिवि शिक्षण, प्रसूतिगृहमा सामान्य जाँचका लागि विशेषज्ञ तहको जनशक्ति प्रशस्त छन् तर प्रत्येक युनिटका ओपिडी सातामा दुई दिनमात्र खुल्छ। सुरुमा बिरामीले देखाएको चिकित्सक भेट्न त सामान्य अवस्था पनि एक साता लाग्छ। जनरल ओपिडीबाट स्वास्थ्य परीक्षणमा छिरेको बिरामीले त नौ दिनसम्म कुर्नुपर्छ। ओपिडीको पालो परेका बारहरू बिदा भएमा थप दिन लाग्छ।
रोग पत्ता लगाउन गरिने परीक्षणका लागि वीरमै भरपर्ने बिरामीले त दुई महिनासम्म कुर्नपर्ने अवस्था छ। रोग पत्ता लागिसकेको अवस्थामा शल्यक्रिया नै गर्नुपर्दा त आकस्मिक अवस्थामा बाहेक कम्तीमा महिना दिनदेखि ६ महिनासम्म पालो कुर्नुपर्छ। 
आन्तरिक समस्याले सेवामा देखिने ढिलोसुस्तता एकतिर छँदैछ, भनसुनका भरमा सुत्त पालो मिचेर छिर्ने नयाँ बिरामीले अरू बिरामी थप पीडित बन्छन्। 
'पालोमा रहेका बिरामीलाई सेवाबाट वञ्चित गरेर पनि भनसुन र चिनजानका भरमा भर्ना भएकालाई सेवा दिने प्रवृत्ति हुन्छ,' वीरका एक वरिष्ठ चिकित्सकले भने, 'यहाँ सेवा दिने आधाभन्दा बढी भनसुनले नै सहज सेवा पाएका हुन्छन्।'
चिकित्सकले लगाएका परीक्षण बाहिर महँगो शुल्क तिरेर गर्ने र डाक्टरसँग कुराकानी गरेर पालो मिलाउन सक्नेहरूले अलि छिटो उपचार पाउँछन् भने सोझासिधा बिरामी त अलमलमै हराउँछन्।
जनरल ओपिडीमा आएको बिरामीले केही दिनपछि मात्रै विशेषज्ञसम्म पुग्न पाउँछ। विशेषज्ञले सुझाएअनुसारको परीक्षणका लागि सामान्य दिसा, पिसाब र रगत जाँच गरेरै आउँदा पनि दुई दिन लाग्छ। 'पहिले देखाएकै डाक्टर भेट्न एक साता कुर्नुपर्छ अलि महँगा र विशेषज्ञ नै परीक्षण गर्नुपरे त दुई महिनासम्म लाग्छ,' वीरका एक चिकित्सकले भने।
वीरमा पाइने सेवामध्ये पनि भिडियो एक्सरे गर्न एक साता, प्वाल पारेर गरिने मिर्गौला र पित्तथैलीको शल्यक्रियाका छ महिना, डाइलसिसका लागि वषार्ँै कुर्नुपर्ने हुन्छ। 'डाइलसिसका लागि त कि सेवा लिइरहेको मान्छे मर्नुपर्छ, वा प्रत्यारोपणमा जानुपर्छ,' ती चिकित्सकले भने।
फोक्सोको जाँच इआरसिपी, ठूलो आन्द्राको जाँच कोलोनोस्कोपी, पेटको जाँच इन्डोस्कोपीका लागि तीनदेखि चार साता लाग्छ। विस्तारित ओपिडी सेवा दिएकाले त सामान्य एक्स–रे समेत घन्टौँ लाइन बस्दा पनि एकैदिन पाउँदैनन्। अस्पतालभित्रका सेवालाई 'प्यारालाइज' गर्ने र आ–आफ्ना स्वार्थसिद्धिमा लाग्ने समूह यत्रतत्र हुन्छन्। 'यतिसम्म कि अस्पताल फार्मेसीमा भएका औषधि छैन भन्नेदेखि, शल्यक्रियामा नचाहिने औषधि लेख्ने र पछि शल्यकक्षाका सहयोगी, नर्स र कतिपय चिकित्सकले नै सोही पसलमा लगेर बेच्नेसमेत गिरोह लागिपर्छ,' 
आइसियु र भेन्टिलेटर त भाग्यले मात्रै भेटिन्छ। दाँत भर्ने, जराको उपचारका लागि कम्तीमा छ महिना लाग्छ। जनरल सर्जरी र नाक, कान र घाँटीको शल्यक्रियाको पालो छ महिना कुर्दा पनि मुस्किलले आउँछ। नसाको अवस्था हेर्ने प्रविधि डप्रन गर्न एक महिना र इन्डोस्कोपी गर्न तीन साता कुर्नपर्छ। 
शिक्षण अस्पतालको अवस्था पनि यस्तै छ। क्षमताले भ्याउने अवस्थामा पनि कम समय दिने, कम संख्यामा मात्रै शल्यक्रिया गर्ने र रेडियोलोजी सेवामा पनि तोकिएका संख्याले मात्रै पाउँछन्। सिटी स्क्यान र एमआरआईका लागि दुई दिनदेखि एक सातासम्मको पालो कुर्नपर्छ। कतिपय प्रयोगशाला जाँच र बायस्पीका लागि एक सातै लाग्छ। अस्पताल भर्ना भएपछि तुलनात्मक रुपमा गुणस्तरीय सेवा भएको शिक्षण अस्पतालमा आकस्मिक कक्षमा भर्ना पाउनै हम्मेहम्मे पर्छ। आकस्मिक कक्षामा शऒ्ढया पाएपछि पनि वार्डमा भर्ना हुन बिरामी पक्षले निकै 'पापड बेल्नुपर्ने' अवस्था छ।
असामान्य र धेरै परीक्षणको आवश्यकता पर्ने अवस्थामा बाहेक अस्पताल छिरेकै दिन बिरामी रोग पत्ता लगाएर जाओस् भन्ने चाहना सरकारी अस्पतालका व्यवस्थापकमा कमै भेटिन्छ। 
व्यवस्थापन कमजोर रहेका वीर, प्रसूति गृहजस्ता अस्पतालमा महत्वपूर्ण उपकरण बिगार्ने र महिनाँैसम्म नबनाएर चिकित्सकहरुले नै निजी अस्पताल रेफर गर्ने प्रवृत्ति व्याप्त छ। वीरमा महत्वपूर्ण मानिने सिटीस्क्यान करिब छ महिनादेखि बिग्रिएको बिग्रियै छ, बनाउने सुरसार नै छैन। महँगो परीक्षणमा गरिने सिटीस्क्यान मात्र होइन, सामान्य जाँचका लागि पनि न्यून संख्यामा मात्रै सेवा दिने र बिरामीलाई लामो पालोमा राखेर सरकारी सेवा वञ्चित गरेर निजीमा तान्न अस्पतालका चिकित्सक र कर्मचारी नै सक्रिय छन्।
कुनै पनि सरकारी निकायले आफ्ना कार्यालयमा सेवाग्राहीलाई कुन सेवा कसरी लिने, कति समयमा दिने भन्ने नागरिक बडापत्र राख्नुपर्छ। बडापत्रअनुसार सेवा नदिए उजुरी सुन्ने अधिकारीसमेत तोकिएको हुन्छ। सरकारी अस्पतालमा न बडापत्र छ, न सामान्य सूचना दिने शाखा। रोग, उपचार, लाग्ने समय, अनुमानित खर्च र त्यसको सम्भावित हानि वा फाइदाबारे बिरामी पक्षलाई जानकारी गराउने प्रवृत्ति कुनै सरकारी अस्पतालमा भेटिँदैन। 
'सामान्य टिकट काट्न, बिल तिर्न वा चाहिएको सेवा कहाँ पाइन्छ भन्ने थाहा नपाएर पनि सयौं बिरामी अस्पतालमा घुमिरहेका हुन्छन्, उनीहरुलाई बाटो देखाउने, सल्लाह दिने कुनै व्यवस्था हुँदैन,' शिक्षण अस्पतालका एक चिकित्सक भन्छन्।
प्रसूति गृह र शिक्षणको प्रसुति विभागमा सबैभन्दा बढी बेडकै समस्या पर्छ। प्रसुति सेवाको रेफरल अस्पताल भए पनि प्रसुति गृहमा भर्ना भएका बिरामीका गम्भीर ढंगको समस्या र जटिलता देखिए त्यहाँ उपचार सम्भव छैन। अवस्था खस्किँदै गएको पुरानो अस्पताल टेकुमा आइसियु आवश्यक पर्दासमेत पाइन्न। न रोगअनुसार चिकित्सक संख्या र अन्य जटिलता हेर्ने बहुविशेषज्ञ सेवा नै छ। अत्याधुनिक मानिने परीक्षण टेकुमा हुँदै हुन्न।
सरकारी अस्पतालका सेवा कमजोर मात्र छैन, भएका सेवा पनि छैन भनेर बिरामी निजीमा तान्ने गिरोह नै खटिन्छ, अस्पताल भित्र–बाहिर। शिक्षण अस्पतालका पूर्व कार्यकारी निर्देशक डा. भगवान कोइराला अस्पतालमा यस्तो विकृति रहेको स्विकार्दै त्यसलाई चिर्न आफूलाई निकै चुनौती भएको बताउँछन्। 
'बिहानदेखि बेलुकासम्म काम गर्ने थुपै चिकित्सकलाई गाल पर्नेगरी, निजीमा बिरामी बेच्ने दलालहरु अस्पतालभित्रै हुन्छन्,' उनी भन्छन्, 'बिरामी पक्षले सचेत भएन र व्यवस्थापनले आँखा चिम्लिदिएको अवस्थामा सार्वजनिक अस्पतालमा भएका सेवा पनि छैन भन्दै तीनै दलालले बिरामी लान्छन् र तिनका मतियारसमेत परिचालित हुन्छन्।' 
उनका अनुसार सरकारी स्वास्थ्य संस्थाका प्रमुख समस्याको कारण बिरामीको मागका आधारमा अस्पताल सेवा प्रदान गर्न सक्षम नहुनु, अन्यत्रै न्यून संख्यामा शऒ्ढया, सबै चिकित्सकले पर्याप्त समय नदिनु, भएका क्षमताको पनि पूर्ण उपयोग नगर्दा सरकारी अस्पतालको सेवा बिरामीमैत्री नहुनु हो। 'काम गर्नेलाई प्रोत्साहन छैन, काम नगरीकन हिँडे पनि कसैले केही नगर्ने प्रवृत्ति छ,' कोइरालाले भने, 'बढी काम गरे बढी पैसा आउने व्यवस्था नगर्दा पनि समस्या आइरहेको छ।' 
हरेक सरकारी संस्थाका चिकित्सक नै अस्पतालभन्दा क्लिनिक बढी धाउने प्रवृत्तिले समस्या निम्त्याइरहेको उनी बताउँछन्। 'अस्पतालमा नै काम राम्रो गर्ने र समय दिनेहरुकै क्लिनिक पनि बढी चल्छ भन्ने रुपमा पनि बुझाउनु जरुरी छ,' उनले भने।
अन्य सेवामा जस्तो स्वास्थ्य सेवामा सबै कुरा एकै दिन सम्भव नहुने उनले बताए। 'अमेरिका, बेलायतमा पनि वेयटिङ हुन्छ, आकस्मिक र तत्काल उपचार नपाएर थप क्षति हुने सेवामा तत्काल दिने र हानि नगर्ने सेवामा पर्खाउने हो, तर यहाँ त पछि दिएको लाममा पनि ढिलो गरेर दुःख दिइन्छ।'
सेवा मिलेन भन्दा पनि भएको सुविधा दिइयो कि दिइएन भन्ने मूल प्रश्न रहेको उनी स्विकार्छन्। 'सरकारीमा उपकरण, शल्यकक्षा कम प्रयोग गर्ने र समय पनि कम दिने प्रवृत्ति ठूलो समस्या हो,' उनले भने, 'थोरै जनशक्ति र स्पेसलाई पूर्ण प्रयोग गरेर पनि निजीले सन्तुष्टि दिनसक्ने, सरकारीले चाहिँ नसक्ने पछाडिको कारण यही हो।'
अनशनको बटमलाइन

अनशनको बटमलाइन

काठमाडौं– सात दिनदेखि सातसूत्रीय माग राखेर अस्पतालमै आमरण अनशन बसिरहेका शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले उठाएका मागमध्ये सुरुमा सबैभन्दा कम समर्थन पाएको मुद्दा थियो– डा. प्रकाश सायमीको पुनर्बहाली।...

नाति–नातिना स्याहार्न विदेश

भर्खर जन्मेको बच्चालाई चाहिने सामान काठमाडौंबाटै पोको पारेर यशोदा शर्मा (बाबा) अस्ट्रेलिया पुगिन्। उनका पोकोभित्र थिए– तोरीको तेल, लिटो, ढाकाको भोटोलगायत नातिनीका लागि चाहिने अन्य सामग्री। अस्ट्रेलियामा बच्चाका लागि चाहिने...

धार्मिक सहिष्णुताको पाठशाला

धार्मिक सहिष्णुताको पाठशाला

सहिष्णु छन् नेपाली। जहाँ मन्दिर, त्यहाँ चैत्य। शिवसँगै पद्मसंभव। मिलेर बसेका हिन्दु र बौद्धमार्गी। हलेसी त झन् त्रिधार्मिक संगम। जसले हिन्दु, बौद्धमार्गी र किरातीलाई एउटै सूत्रमा बाँधेको छ।

झ्याल्चा अर्थात् यौन लीला

झ्याल्चा अर्थात् यौन लीला

इन्द्रजात्राको अघिल्लो दिन ललितपुरको च्यासलमा रमाइलो जात्रा देखाइन्छ। त्यो जात्रा हो, झ्याल्चा। इन्द्रजात्राकै एक भागका रूपमा रहेको यो जात्रा ललितपुरमा निकै चर्चित छ। के हो त झ्याल्चा जात्रा

१४ डिसेम्बर १९९६

मध्य युरोपको यो बाल्कन पेनिनसुला हिउँदभरि नै पूरै सेताम्मे हुने गर्छ। हिँउको खास्टो ओढेर।म झ्यालबाट बाहिर हेर्छु, हिँउ लगातार बर्सिरहेको छ। आरुको रूख पूरै हिउँले ढाकिएको छ, पारिको डाँडा पूरै...

मनमोहक खप्तड

मनमोहक खप्तड

खप्तड लेक प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ। डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाको २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाइएको हो। सरकारले २०४३ असार ९ गते...

यसरी लेखियो 'झोला'

२०३४ सालमा शनिश्चरे मावि झापाको मुखपत्र 'उषा' पत्रिकामा मेरो पहिलो कथा छापिएको थियो कृष्णप्रसाद भट्टराईको नामबाट। शीर्षक थियो 'गुनासो'। त्यस अघि नै अप्रकाशित कथाहरुको संख्या निकै नै थियो तर २०३३...

मेरो वागमती यात्रा

मेरो वागमती यात्रा

काठमाडौंमा कलेजको विद्यार्थी भएर आउ“दा देखेका यहा“का केही बिम्बले मेरो मन कहिल्यै छोडेनन्। म यहा“का काष्ठकला, पेगोडा शैलीका मन्दिर, धातुका ढलोट र पत्थरका मूर्ति अनि बहाः र चोकहरू देखेर चकित...