Thursday 13 Kartik, 2077 | October 29, 2020
Menu

नागरिक शनिबार

आमालाई भेट्न

  • १ चैत्र, २०७०
  • राजु नेपाल
  • DISQUS_COMMENTS
(1 Vote)
आमालाई भेट्न
एक दिन अचानक भाइले रुँदै फोन गर्योे मलाई। काठमाडौंमा बिहानको करिब साढे आठ बजेको थियो होला। म बसेको ठाउँमा भने साँझको सात बजेको थियो।
भाइले आमा साह्रै बिरामी भएर नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा भर्ना गरेको खबर सुनायो। विनय केही समयका लागि काठमाडौं गएको रहेछ। त्यही बेला आमा बिरामी हुनुभएछ। छिमेकीहरूले हतारहतार एम्बुलेन्स बोलाएर नेपालगन्ज पुर्याेइदिएछन्। आमालाई अस्पतालमा राखेको छ भन्ने थाहा पाउनासाथ त्यही दिन ऊ नेपालगन्ज पुगेछ। ऊ पुग्दा आमा इन्तु न चिन्तुको अवस्थामा अस्पतालको पेटीमा लडिरहनुभएको रहेछ। 
हुन त कोहलपुरमा नेपालगन्ज मेडिकल कलेजले सञ्चालन गरेको शिक्षण अस्पताल नभएको होइन। तर, ढकेरीका हाम्रा अधिकांश छिमेकी कोहलपुरको अस्पताल जान मन पराउँदैनन्। नेपालगन्जमा उपचार नहुने अवस्था आयो भने बरु उनीहरु काठमाडौं अथवा लखनऊ लैजान चाहन्छन्। आमाको हकमा पनि त्यही भएछ। 
अस्पतालमा बेड खाली नभएर आमालाई भुइँमा सुताएको अनि आमा इन्तु न चिन्तु भएको खबर सुन्नेबित्तिकै म आत्तिएँ। के गरूँ, के नगरूँ भयो। फर्किहाल्ने स्थिति पनि थिएन। आमाको मायाले पिरोल्यो मलाई। आँसु–आँसु भएँ। कुन दिनमा अमेरिका आएछु जस्तो पनि भयो। 
सहाराका लागि एउटै विकल्प थिए, सौरभ। सौरभले चाहे भने सहयोग गर्न सक्छन्, आमाको ज्यान बचाउन सकिन्छ भन्ने सोचे“। हुनत एक हप्तादेखि कुरा भएको थिएन उनीसँग। झट्ट फोन गरिहाल्न पनि मन लागेन। एकैछिन घोरिएँ म। केही बेरपछि मन फेरियो। कतिपय समस्याका बेलामा शत्रुले त मित्रवत व्यवहार गर्न सक्छ भने सौरभ त आफ्नै मान्छे। मन–मुटु दिएको मान्छे हुन् भन्नेजस्तो लाग्यो। 
हुन पनि आत्मीय सम्बन्धमा कहिलेकाही“ दरार आउनु स्वाभाविकै थियो। हामीबीच पनि त्यही भएको थियो। दरारलाई मेट्न सक्नु ठूलो कुरा हो भन्ने लाग्यो मलाई। सौरभलाई फोन गर्ने निर्णय गरे“ र आफ्नै मोबाइलबाट नम्बर डायल गरे“। तर पटक–पटक फोन गर्दा पनि सौरभले उठाएनन्। 
मेरो पीडाको घाउ झन् चर्कियो। नेपालगन्जमा फोन गरेर आमाको उपचारमा सहयोगका लागि आग्रह गर्न मिल्ने कोही थिएनन्। धेरै सोचे“। तर अहँ, आत्तिएका बेला कसैको नाम नै याद नआउने रहेछ। 
सौरभले फोन नउठाएपछि झनै छटपटिएँ। डाँको छाडेर रुन मन लाग्यो। तर रुनका लागि पनि छेउमा कोही देख्ने चाहिने रहेछ। त्यो बेला कोठामा कोही साथी हुन्थे भने धकफुकाएर रुन्थे“ होला। तर कोही नभएपछि आइसकेको आँसु पनि आँखा भित्रै सुक्यो। मेरो मुटु करौंतीले रेटेझैं भएको थियो। त्यस बेला म उपायशून्य थिएँ। मलाई यस्तो लाग्यो, मानौं छातीभित्र बर्खा लागेको छ, विपत्तिको खहरे उर्लिएर मेरा सारा आशाका बिरूवा सोहोर्दै लगिरहेछ। म सहाराको खोजिमा निकै छटपटाएँ। मेरा आँखासामु अनेक अनुहार आउँथे तर तिनले मलाई मद्दत गर्ने कुरामा मन आश्वस्त हुन सकिरहेको थिएन। मेरी आमाको जीवन जोखिममा थियो। पितृवियोगको आघातले मर्माहत भइसकेकी म आमालाई कदापि गुमाउन चाहन्नथे“। 
अन्तिम उपाय स्वरूप मोबाइलबाट फेसबुकमा म्यासेज लेखे“, ‘आमा सिकिस्त भएर नेपालगन्जको अस्पतालमा भर्ना गरिएको रहेछ। भाइ आत्तिएको छ। रुँदै यो कुरा लेखिरहेकी छु। सहयोग गर्दिनुस् न प्लिज।'
सोचे“– यति गर्दा पनि फोन गरेनन् भने सौरभको मुटु ढुंगामा बदलिएछ भन्ने ठान्नेछु। मैले आमाको रक्षार्थ आफ्ना सारा अहंका छिटा पुछेर प्रेमको अन्तिम अस्त्र चलाएकी थिएँ। शायद त्यसले निशाना चुकाएन। मेरो अन्तिम पुकारा काम लाग्यो।
म्यासेज पठाएको केही समयपछि सौरभ आफैंले फोन गरे। एक हप्ता बन्द भएको बोलचाल नियमित गराउने माध्यम मेरी आमा बन्नुभएको थियो। आमा बिरामी हुनुभएको भनेपछि सौरभको पनि मन पग्लिएछ। सौरभ आफैंले फोन गरेको भए पनि त्यसपटक फोनमा मिठासपूर्ण लवज थिएन उनको। ठाडो स्वरमा बोलेका थिए। 
‘के भएछ आमालाई?' उनको खस्रो आवाजले मेरो मन निकै चिथोरिएको थियो। यद्यपि, मैले त्यतातिर ध्यान दिइनँ। 
‘खै, के भएको हो थाहा छैन। नेपालगन्जमा अस्पतालमा भर्ना गरिएको छ रे। दुई दिनदेखि होस पनि आएको छैन रे। भाइले आत्तिएर फोन गरेको थियो। अस्पतालमा बेडसमेत नभएर भुइँँमा सुताइएको छ रे,' यति भन्दैगर्दा मेरो छाती भक्कानिएर आयो। त्यसभन्दा बढी केही भन्नै सकिनँ। डाँको छाडेर रुन आइहाल्यो।
सौरभ अरू रोएको हेर्न सक्दैथे। साह्रै कोमल मन भएका मान्छे। अरू रोएको देख्नासाथ उनको आँखामा आँसु भरिन थाल्छ। अरू कोही मानिस रोएको ठाउँमा बस्नै सक्दैनथे। फोनमै रोएपछि सौरभलाई मप्रति निकै मायाभाव जागेर आएछ क्यारे। उनले सम्झाइ–बुुझाइ गरे। विनयको नयाँ मोबाइल नम्बर मागे। मैले दिएँ। 
म अमेरिका गएपछि भाइ र आमासँग सौरभको भेट भएको थिएन। होस पनि कसरी! भाइ पढ्नका लागि भारत गएको थियो। आमा कहिले काठमाडौं बस्नुहुन्थ्यो त कहिले नेपालगन्ज। 
मेरो र सौरभको कुरा हुँदा नेपालमा बिहानको त्यस्तै आठ बजेको थियो। सौरभले नौ बजेको उडानमा आमालाई काठमाडौं ल्याउनका लागि टिकटको व्यवस्था मिलाएर विनयलाई फोन गरेछन्। विनयले अस्पतालको सबै व्यवस्था मिलाएर आमालाई लिएर राँझा विमानस्थल आइपुग्दा झन्डै दस बजेको रहेछ। नौ बजे उड्नुपर्ने जहाज आमा र विनयलाई पर्खेर एक घन्टा ढिलोमात्र उडेछ। सौरभको पहुँचकै प्रताप थियो त्यो। 
यता काठमाडौंमा आमालाई लिन गाडी लिएर सौरभ आफैं एयरपोर्ट पुगेछन्। त्यहाँबाट ल्याएर मोडल अस्पतालमा भर्ना गरेछन्। ३५६ नम्बरको बेडमा राखिएछ आमालाई। डाक्टरहरूले बिरामीको परीक्षण गरिसकेपछि आमालाई टाइफाइड भएको पत्ता लागेछ। 
रोग पत्ता लागेकाले उपचारमा सजिलो थियो। आत्तिनुपर्ने अवस्था थिएन। अर्को दिन बिहानै मैले विनयलाई फोन गरेर आमाबारे सोधेकी थिएँ। 
‘आमालाई काठमाडौं ल्याउन सौरभ दादाले सहयोग गर्नुभयो,' विनयले सौरभ दादा भन्थ्यो सौरभलाई। आमालाई काठमाडौं ल्याइएको र क्रमशः अवस्था सुधि्रँदै गएको थाहा पाएपछि मेरो खुसीको सीमा रहेन। आफूलाई भाग्यमानी सम्भि्कएँ। सौरभले मेरो जीवनमा लगाएको सबैभन्दा ठूलो गुन थियो त्यो। उनको त्यो गुनलाई मैले जिन्दगीभर नबिर्सने प्रण गरे“। उनले त्यति नगरिदिएको भए आमाको मुख मैले सायदै हेर्न पाउने थिएँ! मेरो छाती फेरि सौरभप्रति कृतज्ञताले भरियो। 
हुनत नेपालमा ‘पावर' सबैभन्दा ठूलो कुरा हो। सम्पर्क, सम्बन्धको आधारमा सबै काम हुन्छन्। विनयले मात्र आमालाई जहाजबाट काठमाडौं ल्याउनुपरेको भए टिकटकै लागि धेरैपटक धाउनुपर्थ्यो। धेरै व्यवस्था मिलाउनुपर्थ्यो। उत्तिकै खर्च पनि हुन्थ्यो। तर, सौरभले चिनेका मानिस एयरलाइन्स कम्पनीमा भएकाले सजिलो भएको थियो। 
सौरभले आमाको उपचार खर्चको विषयमा चिन्ता नगर्न भनेका रहेछन्, विनयलाई। फेरि नर्सिङ होमको उपचार खर्च सामान्य आर्थिक अवस्था भएका बिरामीका लागि सम्भव नै छैन। नर्सिङ होममा पनि सौरभले चिनेका मानिस भएकाले खर्चमा केही सहुलियत मिलाउन सक्थे। आमाको उपचारमा लाग्ने सबै खर्च आफैंले गर्ने सोच बनाएका रहेछन् उनले। 
आमालाई काठमाडौं ल्याइएको थाहा पाएपछि मैले सौरभलाई फोन गरेर धन्यवाद भनेकी थिएँ। सौरभले पनि आमाको उपचार गराउनु आफ्नो कर्तव्य हो भनेका थिए। 
‘आमाको उपचारबारे चिन्ता लिनु पर्दैन, केही दिनमा ठिक भइहाल्छ' भन्दै फोनमा उनले मलाई सान्त्वना दिए। 
हुन पनि उनले आमालाई आफ्नै आमासरह माया र आदर गर्थे। हाम्रोमा आउँदा आमा नै भनेर सम्बोधन गर्थे। आमाको मुख हेर्ने औंसीका दिन जसरी पनि फुर्सद निकालेर आउँथे। आउन नभ्याएका बखत फोनमा आमासँग कुरा गरेकै हुन्थे। आमा पनि उनलाई छोरासरह नै विश्वास र व्यवहार गर्नुहुन्थ्यो। त्यही भएर होला उनले आमाको उपचार गर्नु आफ्नो कर्तव्य सम्भि्कए। 
कुराकानी क्रममा मैले आमाको फोटो हेर्न मन लागेको कुरा भनेकी थिएँ। सौरभले त्यसको भोलिपल्ट बिहान आमाको स्वास्थ्यमा सुधार आएको जानकारीसहित फोटो खिचेर इमेल गरिदिए। मैले उनलाई फोन गरेरै धन्यवाद भने“। 
फोटो हेरे“। हातमा स्लाइन। निन्याउरो अनुहार। केही गलेकोे जस्तो देखिनुभएको थियो आमा। तस्बिरमा आमाको अवस्था देखेर मलाई रुन मन लागेको थियो। हुनत आमाले समयमै उपचार पाउनुभयो, यही ठूलो कुरा भन्ने पनि लागेको थियो। बिरामी भएका मानिस केही कमजोर देखिनु स्वाभाविकै हो भन्ने सोचेर मनलाई आफैंले सम्हालेकी थिएँ। 
समयमै कार्यालय पुग्नुपर्ने भएकाले बिहानको नौ बजेतिर अस्पतालबाट निस्किएका रहेछन्, सौरभ। आफू जाने बेला विनयलाई केही खर्च छाडेर पनि गएछन्। विनयसँग पनि पैसा सकिन लागेर के गर्ने होला भन्ने सोच्दै रहेछ। सौरभले पैसा दिएपछि उसको तत्कालको समस्या टरेको थियो। 
विनयले बेलाबेला सौरभले गरेको सहयोगबारे मलाई जानकारी गराउँथ्यो। ती कुरा सुन्दा सौरभको सहृदयता सम्भि्कएर भावविभोर हुन्थेँ। जीवनमा मैले पनि उनकी आमालाई यस्तै सेवा गर्न पाए हुन्थ्यो भन्ने कामना गर्थें। कुनै दिन ऋण तिर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। 
केही दिन अस्पतालमा बसेपछि ठिक भएर कोटेश्वरमा आएर बस्न थाल्नुभएछ आमा। माइजूले आमाको राम्रो हेरचार गर्नुभएछ। आमालाई माइजूको जिम्मा लगाएर विनय भारत गएछ, पढाइका लागि। आमा मामाघरमा बस्नुभएको छ भन्ने थाहा पाएपछि मलाई पनि ढुक्क भएको थियो। नेपाल फर्किंदा आमाको मुख हेर्न पाउँछु भन्ने विश्वास जागेको थियो। 
मेरो दिनचर्या फेरि पहिलेको जस्तै सामान्य बित्न थाले। सौरभसँग बेलाबखत स्काइपमा कुराकानी भइरहन्थ्यो। कुराकानीसँगै धमिलिएको सम्बन्ध सङ्लिएको थियो। हामीबीच गम्भीर कुरा हुन थालेका थिए। मैले उनलाई आफ्नो जीवनकै महŒवपूर्ण मान्छे ठान्न थालिसकेकी थिएँ। बेलाबखत त यस्तो लाग्थ्यो, ‘उनीविनाको जीवन म कल्पना पनि गर्न सक्दिन।'
नेपालको प्रकाशोन्मुख उपन्यास ‘मञ्जरी'को एक अंश। प्रकाशनगृह ‘वी रिड' ले उनको उपन्यास दुई सातापछि सार्वजनिक गर्दैछ।
आत्मघाती गोल

आत्मघाती गोल

जाडो दिन ढल्दै थियो। हाम्रा टिम क्याप्टेन चौधरीले हामीलाई 'हट लेमन विथ हनी' खुवाइरहेका थिए। राष्ट्रिय गौरवको हाम्रो टिम एउटा अनाम भट्टी स्टाइलको क्याफेमा भेला भएको थियो। तीन महिनादेखि तलब...

कहिले छोड्ला गरिबीले!

कहिले छोड्ला गरिबीले!

सुत्केरीबाट तंग्रिँदै गर्दा आफू आमा हुनुको खुसी श्रीमान्सँग साट्न चाहन्थिन्। तर श्रीमान् टाढा–टाढा हुँदै गए। 'छोरी जन्मेको १० दिनमै अर्की ल्याए,' ओखलढुंगाकी भूमा दाहाल भन्छिन्, 'लोग्ने नै साथमा नभएपछि कसको...

लक्ष्मीका पुजारी

लक्ष्मीका पुजारी

अहिलेको तिहारमा व्यवसायी शशिकान्त अग्रवाल त्यति रौनक पाउँदैनन् । 'म सानो छँदाको तिहार पो तिहार !' त्यो बेलाको तिहार रसिलो लाग्नुमा उनीसँग केही कारण छन्। 'नयाँ लुगा सिलाइन्थ्यो, एक हप्ताअघि नै...

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

क्यान्सरझैं फैलँदैछ चुरेदोहन

सुन्दरपुर (उद्यपुर)– 'पहिले फुसको छाप्रो बनाएर केही समय त्यसै छाड्छन्। अनि चुरेवनकै रुख काटेर सखुवाको खम्बा गाड्छन् र एक–दुई कोठा बनाउँछन्। यति गर्दा पनि कसैले औंला नउठाए क्रंक्रिटकै घर बनाउँछन्,'...

गुफाभित्र देवतै देवता

गुफाभित्र देवतै देवता

घुर्मिबाट हलेसी जाँदा जयरामघाटमा दुधकोशी नदी तर्नु पर्छ। घाट वारी ओखलढुँगा पर्छ भने पारी खोटाङ। नदीमा बेलिब्रिज छ जुन बर्खामा झिकिन्छ। घाटबाट ३२ किलोमिटरमा हलेसी महादेव। वर्सेनी हजारौं तिर्थालु हलेसी...

नयाँ आवाज, सुन्दर सुरुवात

नयाँ आवाज, सुन्दर सुरुवात

आफूसँग खेल्दा खेल्दै साथी खोलामा बग्छ। आफूले बालसुलभ चियोचर्चो गरिरहेको जोडीबीच मृत्युको बादल मडारिन्छ। एउटा गाउँमा नवनिर्माणका लागि पुगेको बहुराष्ट्रिय कम्पनीको प्रवेश र त्यससँगै आएको परिवर्तनले मानवीय सम्बन्धमा ह्रास आउन...

बागमती पुलमुनि न्हुच्छेमान (कविता)

कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्जकुनै नगरबधुलेएकदम होसमा मिल्काएको अस्थायी साधनर न्हुच्छेमानबागमती नदीको पुलमुनि छन्।

मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर

मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर

क्लिन इनर्जी बैंककी महाप्रबन्धक वर्षा श्रेष्ठ राजनीतिक वातावरणमा हुर्किइन्। बाबु होमबहादुर श्रेष्ठ पञ्चायतकालका प्रभावशाली मन्त्री थिए। घरमा राजनीतिक जमघट भइरहन्थ्यो। दाइ र दिदीहरू चासो राख्थे, तर वर्षालाई कुनै मतलब थिएन।...