Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

नागरिक शनिबार

किसिम किसिमका पाठक

  • १५ चैत्र, २०७०
  • राजन मुकारुङ
  • DISQUS_COMMENTS
(1 Vote)
‘दमिनी भीर' पढिसकेपछि गोरखाकी पाठक पुष्पा केसीले मसँग निक्कै घच्चीका मत राखिन्। उनको जोड थियो, ‘तपाईंको उपन्यास पढिसकेँ। राम्रै लाग्यो तर ‘लभ' पुगेन।
दुःख अलि बढी भयो। आजको पुस्ता दुःखबाट उम्कन चाहन्छ, रोनाधोनाभन्दा उपन्यास पढेर ‘इन्जोय' गर्न चाहन्छ। किताब पढेर अझ दुःखी हुन चाहँदैन। त्यस्तै प्रकारको उपन्यास लेखिदिनुपर्यो्।'
यो एक उदाहरण हो। पुष्पा १२ कक्षाकी छात्रा हुन्। मैले उनीसँग असहमति जनाउनु थिएन। यति भनिदिएँ, ‘पुष्पाजी, पाठकहरूका आ–आफ्नै प्रकारका स्वाद छन्, जस्तो कि जेके रोलिङ जति रुचाइएका छन्, चेतन भगतलाई जसरी पढिन्छ, गोर्कीको ‘आमा'लाई आज पनि कम स्वादको मानेर पढिँदैन। सुविन भट्टराईको ‘समर लभ'लाई जेजति र जजसले पढे, त्योभन्दा स्वाद मानेर नयनराज पाण्डेको ‘लू', बुद्धिसागरको ‘कर्नाली ब्लुज' वा युग पाठकको ‘उर्गेनको घोडा'लाई पनि पढेकै छन्। त्यसो त राजेन्द्र थापाको ‘खेलौना'लाई पनि पाठकहरूले नरुचाएको भन्न कहाँ मिल्छ र?' मेरो आशय थियो, आजका पाठकहरू अनगिन्ती स्वाद खोजिरहेका छन्, हुन्छन्।
‘हेत्छाकुप्पा' र ‘दमिनी भीर' दुईवटा उपन्यास लेखिसकेपछि म पनि नजानिँदो पाराले पाठकहरूको अदालतमा उभ्याइएको छु। भनौं, म पनि अनेक प्रकारका पाठकीय चिन्तनहरूको सामना गरिरहेको छु। स्याबासी र गाली दुवै भोगिरहेको छु। पाठकहरूबाटै तर्साइएको छु, थर्काइएको छु र मायाले थम्थमाइएको पनि छु। एक प्रकारले पाठकहरूसँग आफैं रतुवा भइरहेको वा तर्सिरहेको अवस्था पनि छ। त्यही पाठ एउटा पाठकका लागि सुन्दर र बलशाली लागेको हुन्छ, फेरि त्यही पाठ अर्का पाठकका लागि झन्झटिलो र कमजोर। एउटा लेखक पाठकहरूको यिनै ‘टेस्ट'हरूको विविधताबीच गुजि्ररहनुपरेको छ। 
त्यसो त चार दशकअघि नै वाल्टर जे स्लाटोफले आफ्नो पुस्तक ‘विथ रेस्पेक्ट टू रिडर्स' (सन् १९७०) मा भनिसकेका छन्, ‘पाठको सम्बन्धमा यस्तो प्रतिबन्ध लगाउन सकिँदैन कि इतिहासका विभिन्न कालहरू अथवा आगामी युगमा पाठक उसलाई कसरी पढ्छन्। पाठको रूपात्मक विशेषतामा स्थायी रूपबाट निश्चित प्रतिक्रिया अथवा निर्धारित व्याख्याको जमानत दिन सक्दैन (लेखकले) तर पाठकलाई सामान्यतया अर्थग्रहणको स्वतन्त्रता रहन्छ।' उनले के स्वीकार गरेका छन् भने ‘प्रत्येक व्यक्ति (पाठक) ले आफ्नो विशिष्ट स्वभाव, अनुभव, प्रशिक्षण, आग्रह–पूर्वाग्रह अथवा मूल्यगत बरियतामा पाठ (कृति) लाई राख्दछन्।'
स्लाटोफले उबेलै ‘आग्रही', ‘पूर्वाग्रही' र ‘सहृदयी' गरी तीनथरी पाठक सुझाएका छन्। हाम्रोमा (नेपाली उपन्यासका पाठकहरूमा) पनि यतिबेला यस्तै भइरहेको छ। एक– ‘आग्रही पाठक'हरू कृतिकार (लेखक) सँग पहिल्यै परिचित हुन्छन्, एक किसिमले लेखकलाई सम्मान गर्छन्। उनीहरू कृतिकार (लेखक) कै बोध, ज्ञान र विचारधारामा उत्तेजक भएर पढ्न थाल्छन्। उनीहरू त्यसैमा समाहित हुन्छन्। उनीहरूको ‘पठन' प्रशंसाका लागि बढी केन्द्रित हुन्छ। दुई– ‘पूर्वाग्रही पाठक'हरू तिनले पनि लेखकलाई पहिल्यै चिन्छन्, उनीहरू लेखकको बोध, ज्ञान र विचारधाराप्रति सुरुबाटै विमति राखेर पढ्न थाल्छन्। तिनको ‘पठन' केवल आलोचना गर्नका लागि मात्र हुन्छ। यी दुवैथरी पाठक ‘पाठ' (कृति) मा भन्दा बढी लेखकमा विश्वस्त हुन्छन्। अनि तीन– यो खाले अर्थात् ‘सहृदयी पाठक'हरू भनेका चाहिँ ‘पाठ' (कृति) मा विश्वास गर्छन्। पाठ पढिसकेपछि यिनले पाठमाथि मात्रै आफ्नो धारणा बनाउँछन्। लेखकसँग तिनको गोरु बेचेको साइनो पनि हुँदैन, राख्दैनन्। तर, नेपाली उपन्यासका पाठकहरूमा तेस्रा खाले पाठक पाउन निकै हत्ते पर्छ।
मेरा दुई उपन्यास ‘हेत्छाकुप्पा' र ‘दमिनी भीर'का सन्दर्भमा पनि यिनै कुरा जोडिन्छन्। खासगरी हामीले अर्थात् हाङ्युग अज्ञात, उपेन्द्र सुब्बा र मैले नेपाली साहित्यमा ‘सिर्जनशील अराजकता'को आन्दोलन चलाएपछि आन्दोलन पनि ‘आग्रही–पूर्वाग्रही' दुवै प्रवृतिको चेपोमा पर्योत, स्वतः हामी पनि पारियौं। हाम्रा रचना वा कृतिहरूमाथि त्यसै प्रकारले पाठकीय प्रतिक्रिया आए, आइरहेकै छन्। जब मैले ‘हेत्छाकुप्पा'लाई बजारमा दिएँ, यसले कठोर ‘डिस्कोर्स'को सामना गर्नुपर्योज। ‘डिस्कोर्स' हुनु नराम्रो होइन तर कृतिको मुद्दालाई लिएर बढी आलोचना खेप्नु पनि पर्योय। त्यसपछि ‘दमिनी भीर' आयो, यसलाई पनि यस्तै किसिमले हो–हल्ला गरिए। यसका पछाडि विभिन्न कारणहरू स्पष्ट थिए र छन्।

आग्रही पाठक 
यी पाठकहरू ‘सिर्जनशील अराजकता'को अभियान या आन्दोलन जे भने पनि, यसको खास मुद्दा वा विचारस“ग पहिल्यै जानकार थिए, यतिसम्म कि उनीहरू हाम्रो अभियानका लागि जे जति आइपर्छ ती सब खप्न, थेग्नसम्म तयार थिए, तिनले आ“खा चिम्लेर समर्थन गरे, अझै गरिरहेका छन्। तर, यो पनि सत्य हो, ती जो पाठकहरू थिए, उनीहरू प्रायः नेपालको सन्दर्भमा आदिवासी जनजातिको अधिकार र पहिचानको आन्दोलनमा होमिएकाहरू थिए। कतिसम्म भने, मस“गको भेटमा उनीहरू भन्छन्, ‘हामीले तपाईंको उपन्यासमा हाम्रो ‘गीता' भेट्टायौं। तर, ‘हेत्छाकुप्पा' तीनपाने रक्सी (साह्रै मिठो) हो, ‘दमिनी भीर'चाहिँ मलुवा (ठिक्कैको मात्र)।'

पूर्वाग्रही पाठक 
यी पाठकहरू ‘सिर्जनशील अराजकता'को आन्दोलनलाई राम्ररी बुझेका पाठकहरू नै हुन्, उनीहरू यो आन्दोलनलाई रुचाउँदैनन्। उनीहरूले मसँगको भेटमा जहिल्यै भन्छन्, ‘तपाईं (म) खालि नाकको कुरा गर्नुहुन्छ, हामी नाक चुच्चेलाई गाली गर्नुहुन्छ, तपाईंको किताबमा त्यही त हो पाइने। पढियो, त्यस्तै लाग्यो। शुभकामना!' थपमा मेरा दुवै उपन्यासमा प्रयोग भएका मातृभाषाका शब्दहरू, मिथ, विम्ब, प्रतीक र मुन्दुमि शैलीप्रति नै कडा प्रहार गर्दै भन्छन्, ‘बुझिएन।'

सहृदयी पाठक 
यी पाठकहरू साँच्चिकै कुनै पनि लेखकका लागि ऊर्जा हुन्, सत्य हुन् र सुसंस्कृत पनि हुन्। उनीहरूले मलाई पहिले कतै देख्नुभएको थिएन, चिन्नुभएको थिएन अथवा देख्नु, भेट्नु र चिन्नुको जरुरी पनि थिएन। चिने पनि उनीहरूलाई मप्रति भन्दा मेरो लेखनप्रति मात्रै चासो छ। उनीहरू मबाट उत्कृष्ट किताबको अपेक्षामात्रै राख्छन्। कृति पढिसकेपछि मप्रति होइन, मेरो लेखनमाथि मात्रै आफ्नो धारणा बनाउँछन्। उनीहरू मलाई सहृदयी सुझावहरू नै दिन्छन्, त्यसै गर्छन्, गरेका छन्, ‘तपाईंको कृतिमा यति मात्रै थपिदिनुभएको भए ...। तपाईंले (फलना) पात्रलाई यसो गर्नुभएको भए ...। तपाईंको कथनी यहा“नेर सकिएको भए ...। यसो गर्नुभएको भए ...। त्यसो नगर्नुभएको भए ...। आह! फलना पात्र ...। फलना पात्रचाहिँ अलि मन परेन।'
यी सबै सहृदयी पाठकहरूका दुखेसा हुन्। यी दुखेसामा सिर्जनात्मकता छ। पाठकीय माया र स्नेह छ। लेखकसँग होइन, पाठ (कृति) सँग सूक्ष्मतम् सरोकार छ। यसले लेखकलाई अरू उत्साही बनाउँछ र आगामी कृतिका लागि समेत उद्वेलित गराउँछ। मलाई पनि यस्तै गराएको छ।

चर्चापछि पढ्ने पाठक 
‘दमिनी भीर'ले ‘मदन पुरस्कार' प्राप्त गरेपछि यसको चर्चा नहुने कुरै भएन। बिक्री पनि ह्वात्तै बढ्यो। पुरस्कार पाउनुअघिसम्म सुषुप्त रूपले पाठकमाझ हिँड्दै गरेको ‘दमिनी भीर' एकाएक आम पाठकहरूको अदालतमा पुग्यो। यो स्वाभाविक पनि थियो। नेपाली उपन्यासका सन्दर्भमा मात्र होइन, विदेशी उपन्यासहरूकै सन्दर्भमा पनि यस्तो लागू भइहाल्छ। भलै यो खतरनाक किन नहोस्! चर्चा, हो–हल्ला वा विज्ञापनका भरमा नै उपन्यास पढ्ने बानी छ। पुस्तक पसलमा गएर छान्नेभन्दा चर्चापछि खोज्ने संस्कारमा छौं हामी। यो असल संस्कार त पटक्कै होइन तर त्यसैको पछि कुद्नुपर्ने हाम्रो बाध्यता पनि छ। ‘दमिनी भीर'ले पनि यही संस्कार भोग्यो। आग्रही पाठकहरूले पहिल्यै पढिसकेका हुन्। पूर्वाग्रही पाठकहरू धेरैले पढेका थिएनरहेछन्, पछि पढेर कठोर प्रतिक्रियाहरू दिएका छन्। आम पाठकहरू मध्येबाटै सहृदयी पाठक पनि जन्मिएका छन्। तिनले ‘दमिनी भीर'लाई केस्राकेस्रा केलाएर यसका बलिया र कमजोरी दुवै पक्षलाई सुझाएका छन्।
निश्चय नै पाठकहरूका अनगिन्ती मनोविज्ञानमाथि हस्तक्षेप गर्न सकिन्न तर यसो भन्न अवश्य सकिन्छ– आखिर लेख्ने त मात्रै एउटा लेखक हो। तर, माथिका सबै खाले पाठकहरूका प्रतिक्रियाबाट केही न केही ज्ञान अवश्य लिन सकिन्छ। पाठक स्वतन्त्र छ तर पाठकको हाबीमा पाठ (कृति) को मौलिकता, विचार, मुद्दा, विषय वा शिल्प–शैलीसमेत माथि हस्तक्षेप गरिनु न्यायसंगत हुँदैन। पाठकले पाठप्रति सहमति वा असहमति राख्न सक्छ तर पाठककै चिन्तनमा मात्र कृतिलाई घिस्याउन खोज्नु झनै अन्यायपूर्ण हुन्छ।
‘सहृदयी पाठक'हरू विरलै मात्र पाइन्छन्। नेपाली उपन्यासको हकमा त झनै कम। लेखकप्रतिको पूर्वज्ञान, ‘पाठ'माथि ‘पूर्वपाठक'को धारणाका आधारमा कृतिहरू बढी पढिन्छन्। यो पनि एक प्रकारले ‘आग्रही–पूर्वाग्रही पठन'कै छनक हो। यसले कृतिमाथि गतिलो न्याय गर्न सक्दैन। के पनि सत्य हो भने आग्रही पाठकले पाठमा भएको गम्भीर कमजोरी पनि देख्न सक्दैन, पूर्वाग्रही पाठकले पाठको गुदी कुरोको छेउटुप्पै भेटाउँदैन। जस्तो कि मेरा उपन्यासहरूलाई ‘गीता' ठान्नेहरूले मेरो लेखनका ठूल्ठूला गल्तीहरूलाई कहिल्यै देखाउन सकेका छैनन्, पूर्वाग्रही पाठकहरूले गल्ती र कमजोरीभन्दा अरू केही देखाउन सकेका छैनन्। उनै स्लाटोफले थपेका छन् कि ‘अधिकांश पाठकहरू त्यस लक्ष्यसम्म तब मात्र पुग्न सक्छन्, जब उनीहरू कृतिलाई ‘असल पठन' गर्छन्।' अर्थात् कुनै आग्रह–पूर्वाग्रहविना पढेमात्र पाठमाथि न्याय हुन्छ।

टुंग्याउनीमा 
स्वाभाविक हो, आजका पाठकहरूको ज्ञान–क्षमता लेखकको भन्दा प्रचुर छ, बलियो पनि छ। उनीहरू विश्व–ज्ञानका हिसाबले फराकिला र वैभवशाली भएका छन्। विषयको सन्दर्भ, शैलीका सन्दर्भ, सिद्धान्तका सन्दर्भ यी सबै कुराहरूमा अधिक दख्खल राख्ने भएका छन्। अझ पाठमाथि आफ्नो बलशाली धारणा कठोरतापूर्वक लाद्न सक्ने पनि भएका छन्। पाठकहरूको यही आग्रही–पूर्वाग्रही धारणाकै कारण ‘डेथ अफ राइटर'को घोषणा पनि गरियो। तर, के पनि सत्य हो भने जुनसुकै पाठक होस्, कुनै पाठ (कृति) पढिसकेपछि त्यसमाथि उसले जस्तोसुकै प्रकारको धारणा बनाओस् ऊमाथि कृतिको विचार, कला वा लेखनको प्रभाव सवार भएकै हुन्छ। यसकारण कहीँ न कहीँ आफ्नो कृतिमा लेखक बाँचिरहेकै हुन्छ भन्नलाई संकोच मान्नुपर्दैन। कुनै पाठकले त्यस्तो कृति पढोस्, त्यो ‘कृति'मा लेखकको नाम नहोस्, त्यो कृति पढिसकेपछि ऊ ‘लेखक'बारे पनि घोत्लिन बाध्य भइहाल्छ। पाठ पढेर लेखकबारे ‘नसोच्ने' पाठक पाउन सकिन्न। र भन्न सकिन्छ– पाठले लेखकलाई मार्दैन बरु अझ जीवित पो बनाइराख्छ।
... 
मदन विजेता मुकारुङका ‘दमिनी भीर', ‘हेत्छाकुप्पा' उपन्यासलगायत आधा दर्जन कविताकृति र गैरआख्यान प्रकाशित छन्।

डेढ लाखको बोका : छटपटाइरहेको खसी

हजुरबाले पूजा गरेको, टोलमा पिङ खेलेको र ट्रेलिन्जको कमिज लगाएर मनाएका दसैं मह जोडीका यादगार दसैं हुन्। बच्चा बेलाको दसैं कति रमाइलो! घरघरमा पूजा–आराधना। खुलेको आकाश र घमाइलो मौसम।

राजनीतिको चौबीसघन्टे ड्युटी

राजनीतिको चौबीसघन्टे ड्युटी

आरजु देउवाको राजनीतियात्रा कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग विवाहपछि सुरु भएको हो, २०५१ सालपछि। आमा राजनीतिज्ञ नै भए पनि विभिन्न संघसंस्थामार्फत सामाजिक काममा जुटेकी उनलाई त्यसअघि यतातिर उति चासो...

आर्यसमाजदेखि लिम्बुदलसम्म

आर्यसमाजदेखि लिम्बुदलसम्म

तीनजुरे पहाडबाट सोझै आएको हावा म्याङ्लुङ् बजारको डाँडामा पर्ने घरको छतमा आइपुग्छ। त्यहाँ आइपुग्नासाथ हावा र घाम एकासपसमा मिसिन्छन्। त्यो शीतकालको खुला आकाशबाट खसेको घामबाट अतिरिक्त ताप ग्रहण गर्ने संघर्ष...

सेवाग्राहीलाई अल्झाउँछ थाना

म्यानपावरले ठग्यो भन्दै सर्लाहीका यादव थरका एक युवकले मंसिर २५ गते महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिए। उजुरी दर्ता भयो तर कागजपत्र नपुगेको भन्दै कारबाही अघि बढेन। उजुरीकर्तालाई आलटाले जवाफ...

यार, मजाक गरेको

यार, मजाक गरेको

किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?

कूटनीतिक क्षेत्रमा काम गर्ने योजना

कूटनीतिक क्षेत्रमा काम गर्ने योजना

‘क्षमता भएकालाई गुटबन्दी गरेर पछार्ने काम सबैतिर हुने रहेछ,' नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला अचेल यस्तो अनुभूति गरिरहेकी छन्। उनी आउँदो अधिवेशनमा महŒवपूर्ण भूमिका र पदका लागि संघर्ष गर्ने सोचमा...

भूतमान्डु

कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै'छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको...

गुञ्जनका दिदीबहिनी

गुञ्जनका दिदीबहिनी

विश्वका एक महान् साहित्यकार स्यामुएल बेकेटबारे मैले कतै पढेको थिएँ– उनी आफूलाई उपन्यासकार सम्झन्थे तर दुनियाँले उनलाई नाटककार बढी सम्भि्कदियो। साहित्यकारको नियतिलाई कति सहज वा असहज रूपमा लिन सकिन्छ, म...