Thursday 13 Kartik, 2077 | October 29, 2020
Menu

नागरिक शनिबार

‘खेल संस्कार, स्तरीय उत्पादन’

(0 votes)
‘खेल संस्कार, स्तरीय उत्पादन’
कीर्तिमानको चाङमाथि विराजमान अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेसीलाई ११ वर्षकै उमेरमा ग्रोथ हार्मोनमा गम्भीर समस्या देखियो।
अर्जेन्टिनाका स्थानीय बाल क्लबबाट आफूभित्रको प्रचुर फुटबलिङ क्षमता प्रमाणित गरे पनि त्यो समस्या देखिएपछि उनको शरीर विकास नहुने सम्भावना देखियो। शरीर विकासक्रम अघि नै नबढेपछि फुटबल करियर उनका लागि कल्पना बाहिर पुगिसकेको थियो।
मेसीले स्टिल कारखानाका मजदुर पिता जर्ज होरासियोको प्रशिक्षणमा रहेको ग्रान्डोलीबाट खेल्न सुरु गरे। न्यु वेल्स ओल्ड ब्वाइज पुगेपछि उनको असाधारण प्रतिभाबाट अर्जेन्टिनी महारथी रिभर प्लेटले पनि चासो देखायो। तर, रोगका कारण रिभर प्लेट मासिक ९ सय डलर खर्चेर उनको उपचार गराउन तयार भएन। उपचारले उनी ठीक हुने ग्यारेन्टी पनि थिएन। स्पेनिस महारथी बार्सिलोनाले मेसीको प्रतिभामा मासिक ९ सय डलरको जुवा खेल्ने निर्णय लियो। त्यो सर्तमा मेसी र उनका पिता पनि स्पेन बसाइँ सरे। क्लबले आफ्नो युथ एकेडेमीमा मेसीलाई उपचारका साथै प्रशिक्षणको व्यवस्था मिलायो।
त्यसको नतिजामा २६ वर्ष नपुग्दै मेसी तीनपटक फिफा विश्व वर्ष खेलाडीमात्र घोषित भएनन्, बार्सिलोनालाई सबैखाले उपाधिसमेत जिताइसके। उनकै प्रेरणामा बार्सिलोना अहिले पनि सहभागी हुने सबै प्रतियोगिताको मुख्य दाबेदार मानिन्छ। मेसीजस्तै इङ्ल्यान्डका डेविड बेकह्याम, ग्यारी नेभिल, फिल नेभिल, माइकल ओवेनलगायतका खेलाडी पनि व्यावसायिक क्लबले चलाएको एकेडेमीका उत्पादन हुन्। चीनले विश्वकप फुटबलमा सहभागिता जनाउने महत्वाकांक्षासहित चलाएको एकेडेमीले २००२ मा गन्तव्य प्रदान गर्योा।
चीनको मोडलबाट प्रभावित भएर नेपालमा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०५४ सालमा एन्फा एकेडेमीको सुरुआत गरेको थियो। क्लब र जिल्लाले आफ्नै एकेडेमी चलाउन नसक्दा एन्फाबाटै उत्पादित खेलाडीले जसोतसो नेपाली फुटबल थेगिरहेका छन्।
कुनै बेला पूर्वाञ्चल नेपाली फुटबलको उर्वरभूमि मानिन्थ्यो। गाउँगाउँमा हुने प्रतियोगिताबाट नियमित प्रतिभा पहिचान हुन्थे र ती कुनै न कुनै माध्यमबाट शीर्ष स्तरसम्म आइपुग्थे। तर, पछिल्लो समयमा संरचनाले फुटबल संस्कार खुम्चाउँदा स्वस्फूर्त खेलाडी आउने क्रम रोकिएको छ।
क्रिकेट टोलीले विश्वकपमा खेलेर तहल्का मच्चाइरहेको छ। पारस खड्का र उनको टोलीका हरेक सदस्य अहिले युवाको आदर्श बनेका छन्। सम्पूर्ण देशलाई एकताको सूत्रमा गाँस्न क्रिकेटले मैदानमा गरेको प्रदर्शन उपयोगी भइरहेको छ।
नेपाल क्रिकेट संघ (क्यान) सँग घरेलु संरचना नहुँदा खेल संस्कार नभएको देशमा अहिलेको पुस्ताको बर्हिगमनपछि क्रिकेट भविष्य संकटमा देखिन्छ। राष्ट्रिय टोली सधैं ३० देखि ४० खेलाडीको पिरामिडबाट छान्नुपर्ने अवस्था छ। त्यसैले कप्तान पारसले सार्वजनिक रूपमा भने, ‘अब हामीले भन्ने क्यानलाई हो।'
पूर्वकप्तान विनोद दासले एउटा प्रसंग सधंै कोट्याउने गर्छन्, ‘केही समयअघि भारतीय स्टार खेलाडी भिभिएस लक्ष्मण नेपाल आउँदा उनले मलाई हाम्रो सिजनबारे सोधे। मैले हाम्रो क्रिकेट सिजन छैन भन्दा उनी अचम्ममा परे। पत्याएनन्। मैले सही भनेको थिएँ। हामी वर्षमा १० दिनको सिजन खेलिरहेका छौं।'
क्रिकेट संघले चलाएको मौसमी नेसनल क्रिकेट एकेडेमी (एनसिए) का प्रशिक्षकसमेत रहेका विनोदले घरेलु संरचना देशव्यापी रूपमा प्रभावकारी बनाउनुका साथै खेलाडी उत्पादनका पहल थाल्नुपर्ने सुझाव दिएका हुन्। ट्रेनिङ सेन्टरहरू जिल्ला–जिल्लामा सञ्चालन गर्ने, जिल्लादेखि केन्द्रसम्म विभिन्न उमेर समूहमा प्रतियोगिता गर्ने र त्यहाँ देखिएका प्रतिभा पहिचान गरी थप प्रशिक्षणको व्यवस्था मिलाउने, स्कुल, कलेज तथा क्लब क्रिकेटको संरचना विकास गर्नुपर्ने विनोद बताउँछन्।
‘खेलकुदमा हरेक वर्षजसो नयाँ प्रतिभा देखिन्छन्। तर, तिनको उचित व्यवस्थापन गर्न दीर्घकालीन योजना नहुँदा अधिकांश प्रतिभा पलायन हुन्छन्,' एथलेटिक्सका मुख्य प्रशिक्षक सुशील नरसिंह राणा भन्छन्, ‘विद्यालय खेलकुदबाट सम्भावना भएका केही खेलाडी देखा पर्छन्। केही वर्षमा हराउँछन्। त्यस्ता प्रतिभालाई थप अभ्यास गराएर भविष्यका लागि तयार पार्ने वातावरण छैन।'
यस्तै वातावरण नहुँदा समग्र नेपाली खेलकुद ओरालो लाग्ने क्रममा रहेको विज्ञहरू बताउँछन्। १५ वर्षअघि काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा कराते र तेक्वान्दोबाट १४/१४ स्वर्ण पदक जितेर नेपाल दोस्रो भएको अब इतिहास भइसकेको छ। त्यो बेलाको मार्सल आर्टसको महारथी नेपाल अहिले संघर्षमय अवस्थामा पुगेको छ।
करातेका दोहोरो साग स्वर्णधारी खेलाडी एवं वर्तमान राष्ट्रिय टोलीका प्रशिक्षक दीपक श्रेष्ठ नेपाली खेलकुदले उल्टो बाटो लिएका कारण सबै खेलमा निराश हुनुपरेको बताउँछन्। भन्छन्, ‘विश्व खेलकुद व्यावसायिक र वैज्ञानिक रूपमा अघि बढिरहेको छ। नेपालको अवस्था त्यसको ठीक उल्टो छ। मुख्यतः नयाँ खेलाडी विद्यालय र एकेडेमीबाट उत्पादन हुन्छन्। हामीकहाँ त्यसको कुनै संरचना नै छैन।'
दीपकका विचारमा राष्ट्रपति रनिङ सिल्डलाई वैज्ञानिक र व्यवस्थित गर्न सके त्यो नेपाली खेलकुदको खेलाडी उत्पादन प्रक्रियाको मूल बन्न सक्छ। तर, वीरेन्द्र सिल्डका रूपमा हुने गरेको प्रतियोगिताको नाम परिवर्तन गरिएसँगै प्रभाव कम भएको उनी दुखेसो गर्छन्।
मध्यपुरमा फुटबल ट्रेनिङ सेन्टर सञ्चालन गरिरहेका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह कुनै पनि खेलमा अघि बढ्न क्लबले एकेडेमी चलाउनुपर्ने र विद्यालय खेलकुदको अवधारणा प्रभावकारी बनाउनुपर्ने विचार राख्छन्। पोखराको सहारा क्लबले चलाएको सहारा एकेडेमी, नेपालगन्जमा भोजराज शाहीले चलाएको ट्रेनिङ सेन्टर, धनगढीमा सुवास शाहीको क्रिकेट एकेडेमी, बालुवाटारमा उपेन्द्र भट्टराईले चलाएको बालुवाटार क्रिकेट एकेडेमी, पूर्वखेलाडी आमिर अख्तरको सांग्रिला क्रिकेट एकेडेमीलगायत अन्य साना योजनाले नेपाली खेलकुद पक्कै थेगिँदैन। 
करातेमा ध्रुवविक्रम मल्लले सञ्चालन गरेको बालाजु कराते एकेडेमीले केही खेलाडी राष्ट्रिय टोलीलाई दिए पनि त्यो पर्याप्त छैन। व्यक्तिगत र सामूहिक प्रयासमा खेलाडी उत्पादनका लागि केही काम भए पनि संस्थागत रूपमा भने नेपालको खेलाडी उत्पादन प्रक्रिया अझै अवरुद्ध छ। 
एथलेटिक्सका मुख्य प्रशिक्षक राणा स्तरीय खेलाडी तयार पार्न एकेडेमीको अवधारणा अपनाउनुपर्ने बताउँछन्। ‘कम्तीमा ५ विकास क्षेत्रमा १–१ वटा एकेडेमी स्थापना गर्नुपर्छ,' उनले भने, ‘त्यसो गर्न सके प्रतिभा पहिचान गरेर नियमित अभ्यासमा राख्न सकिन्छ। एउटा खेलाडीको विकल्प सधै तयार पार्न आवश्यक छ।'
अखिल नेपाल फुटबल संघका विकास निर्देशक सञ्जीव मिश्र सरकारले खेल विशेषको प्राथमिकता निर्धारण गरेर लगानी गर्नुपर्ने बताउँछन्। ‘खेलकुदमा पहिला व्यापक सहभागिता आवश्यक पर्छ। यसका लागि खेल संस्कार हुनुपर्छ। त्यसपछि मात्र स्तरीय खेलाडी तयार पार्न सकिन्छ,' उनी भन्छन्, ‘यसको लागि सरकारीले नीतिगत रूपमै पहल गर्नु आवश्यक भइसक्यो।'
सरकारले हरेक वर्ष छुट्याउने खेलकुद बजेटमा नयाँ खेलाडी उत्पादन शीर्षकमा अहिलेसम्म रकम नपर्नु मिश्र दुर्भाग्य मान्छन्। भन्छन्, ‘बजेटको ठूलो हिस्सा साधारण खर्चमा जान्छ। त्यसबाहेकको थोरै रकम भौतिक पूर्वाधारका लागि छुट्याइएको हुन्छ।'
चाबेलमा लिन आउनु ल!

चाबेलमा लिन आउनु ल!

किन हिरासतमा छ नारीआजसम्म?के तिमीले आफ्नो अँगालोबाटअझै मुक्त गरेका छैनौ उसलाई?खै, कुन मुडमा लेखेको थिएँ मैले यो छोटो कविता। बेला कुबेला कविता त लेख्ने नै हुँ मैले पनि। 'लू' लेख्दाताका...

यसरी लेखियो 'झोला'

२०३४ सालमा शनिश्चरे मावि झापाको मुखपत्र 'उषा' पत्रिकामा मेरो पहिलो कथा छापिएको थियो कृष्णप्रसाद भट्टराईको नामबाट। शीर्षक थियो 'गुनासो'। त्यस अघि नै अप्रकाशित कथाहरुको संख्या निकै नै थियो तर २०३३...

सेवाग्राहीलाई अल्झाउँछ थाना

म्यानपावरले ठग्यो भन्दै सर्लाहीका यादव थरका एक युवकले मंसिर २५ गते महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिए। उजुरी दर्ता भयो तर कागजपत्र नपुगेको भन्दै कारबाही अघि बढेन। उजुरीकर्तालाई आलटाले जवाफ...

बौद्धिक समालोचक

बौद्धिक समालोचक

माध्यमिककालीन नेपाली कविताको समय। अर्थात्, कविताको शृंगारिक युग। मोतिराम भट्टले सुरु गरेको शृंगारिक भावका कविताले सिंगो युग धाने। त्यही माध्यमिक कालको आखिरी समय विसं १९७४ मा एउटा कविता संग्रह निस्कियो–...

लगातार तीनपटक सभापति

लगातार तीनपटक सभापति

सक्रिय राजनीति गर्ने उनले कहिल्यै सोचेकी थिइनन्। तर, वियोगको संयोगले उनलाई नेपाली कांग्रेसको जिल्ला सभापति बनाइदियो। उनी हुन्– नेपाली कांग्रेसकी पहिलो महिला सभापति सीतादेवी यादव (५८)।

कूटनीतिक क्षेत्रमा काम गर्ने योजना

कूटनीतिक क्षेत्रमा काम गर्ने योजना

‘क्षमता भएकालाई गुटबन्दी गरेर पछार्ने काम सबैतिर हुने रहेछ,' नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला अचेल यस्तो अनुभूति गरिरहेकी छन्। उनी आउँदो अधिवेशनमा महŒवपूर्ण भूमिका र पदका लागि संघर्ष गर्ने सोचमा...

बाह्रसिंगा पछ्याउँदै

बाह्रसिंगा पछ्याउँदै

जीपमा बसेर बाह्रसिंगा हेर्न शुक्लाफाँटा पुग्दा मन सशंकित थियो। खर झाँगिएका बेला बाह्रसिंगा देख्न नपाइने हो कि भनेर। किनकि ०६६ मंसिरमा पहिलोपटक आउँदा देख्न पाइएको थिएन। घारीभित्र लुकेका थिए। ०७०...

आफू त परियो गोतामे!

नयाँ सडकको पीपलबोट। नेपालको जिउँदो इतिहास। सुस्ताउँदै पत्रिका हेर्नेहरू छन्। भुइँमा र बारमा समेत टनाटन छन्, पत्रपत्रिका र साहित्यिक पुस्तकहरू। बास्ना नै साहित्यको आइरहेछ। बारमा झुन्डिइरहेको 'शिरीषको फूल'ले मलाई सुयोगवीर...