Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

नागरिक शनिबार

ठमेल ‘बनाउने' बुवा

  • २९ चैत्र, २०७०
  • योगेन्द्र शाक्य
  • DISQUS_COMMENTS
(0 votes)
ठमेल ‘बनाउने' बुवा
बुवालाई गुमाएको ४५ दिनजति भएको थियो। नयाँ स्वरूपमा निर्माण गर्न पूरै भत्काइएको लाजिम्पाटस्थित होटल एम्ब्यासडरको ढुंगामाटोको थुप्रोमाथि उभिइरहेको थिएँ। पारि सडकमा स्कुटर रोकेर लगभग ७० वर्ष हाराहारी देखिने एक वृद्धले मलाई नै हेरिरहेको देखेँ। ‘ओहो, पक्कै तिनी चन्दा माग्न मैतिर आउँदैछन्,' मैले सोचेँ।
उनी सडक छेउमै स्कुटर पार्किङ गरेर सिधै म भएतिरै आए। ‘तपाईं योगेन्द्र शाक्य होइन? म वसन्त दाइलाई चिन्छु अनि कर्णजीलाई पनि। वसन्त दाइ वितेको कुराले मलाई असाध्यै दुःखी बनाएको छ। एउटा खुल्दुली मेट्नमात्र आएको, आखिर किन यस्तो राम्रो होटल भत्काएको?,' मैले जवाफ दिएँ, ‘नयाँ एम्ब्यासडर होटल बनाउन।'
उनले नपत्याउँदो पाराले मतिर हेरे र त्योबेलाको कथा सुनाउन थाले– ‘तपाईं पक्की होटलको भवन भत्काएर नयाँ होटल बनाउन लाग्दै हुनुहुन्छ, तर मैले तपाईंको भनाइमा विश्वास नगरेको होइन किनभने तपाईंहरू व्यापारिक घरानाका मान्छे भएकाले हामीभन्दा भिन्न सोच्नुहुन्छ पक्कै हो। तपाईंले यहाँ के बनाउन लागेको भनेर म रोकिएको होइन। जब मैले तपाईंलाई कपाल खौरिएको र बरखीको लुगामा देखेँ, तब मलाई ५२ वर्षअघि वसन्त दाइ पनि आफ्नो ३० वर्षे उमेरमा आफ्नो बुबा सिद्धिबहादुरको बरखी बारिरहेकै बेला अहिले तपाईं उभिएकै ठाउँमा उभिइरहनुभएको सम्झना आयो। म यही गोरेटो बाटोमा आइपुग्दा एकजना (वसन्त दाइ) ठूलो फाँटको बीचमा मजदुरहरूले घरको जग खनेको हेरेर बसेका थिए। त्यसबेला लाजिम्पाट खेतैखेतले भरिएको थियो। वसन्त दाइ असन बजारको घर छाडेर यस्तो स्याल कराउने फाँटमा घर बनाउन लाग्नुभएको देखेर म झन् अचम्भित भएँ। फेरि उहाँले बेलायती राजदूतावासलाई भाडामा दिन एउटा घर बनाइरहेको भनेपछि म अझ उत्सुक भएको थिएँ। मैले सोचेँ, वरिपरि खेतबाहेक केही पनि नभएको एकलास ठाउँमा घर बनाउने र त्यो पनि भाडामा दिन, सकारात्मक सोचमा पागलपनको हद नाघेका मान्छे रहेछन्। त्यसमाथि चिनापर्ची नै नभएको मजस्तो १६ वर्षे ठिटोलाई एउटा ३० वर्षे लक्काजवानले खुरुखुरु आफ्नो योजना सुनाएपछि म झन् प्रभावित भएको थिएँ।
उनी भन्दै गए– ‘त्यसपछि वसन्त दाइले आफ्नो बुवा बित्नुभएको र असन बजारमा रहेको एउटा सानो सुन पसलको कमाइबाट विधवा आमा, भाइ (कर्ण शाक्य) को उच्च शिक्षा उनकी दुलही, अविवाहित दुई बहिनी, श्रीमती र ६ बच्चाको शिक्षादिक्षासहित १३ जनाको परिवार पाल्न धौधौ हुनेभएपछि थप आम्दानी गर्न लाजिम्पाटको फाँटमा घर बनाएर भाडामा दिने योजना बनाएको सुनाउनुभयो। ती सबै इतिहास भए। म सामान्य जागिरे भएँ, तपाईंहरू व्यवसायी बन्नुभयो। मेरो कुराले दिक्क नहुनुस्, तपाईंलाई अग्रिम शुभकामना छ। वसन्त दाइले सानो पुँजीबाट यहीँ सुरु गरेको त्यही घरकै कारण नेपालमा होटल चेन खोल्न सहयोग पुगेको थियो, अहिले तपाईं नयाँ एम्ब्यासडर होटल बनाइरहनुभएको छ, वसन्त दाइ यो हेर्न जीवित हुनुभएको भए कस्तो हुन्थ्यो होला।'
म ५८ वर्षको हुँदा २०६९ चैत ४ गते बुवाले हामीलाई छाडेर जानुभयो। उहाँको बुवा स्वर्गे हुँदा उहाँ ३४ वर्षको हुनुहुन्थ्यो। उमेर र वित्तीय हिसाबले बुवाको बेलाभन्दा म अहिले बढी बलियो छु। तैपनि म अहिले त्यसबेला बुवाकै जस्तो तनाव, हरेश र एक अभिभावक गुमाउँदाको पीडा महसुस गरिरहेको छु। मलाई बुवाले यस्तो अनुभव धेरै पहिले सुनाउनुभएको थियो। जब उहाँलाई गुमाएँ तबमात्र मलाई परिवारको प्रमुख जिम्मेवार अभिभावक भएको र बुवाकै जस्तो अवस्थामा रहेको महसुस भयो– ‘बरखी बारिरहेको एउटा मान्छे पुरानो एम्ब्यासडर भत्काएर त्यहीँ ठाउँमा नयाँ एम्ब्यासडर होटल बनाइरहेको छ।'
‘साधारण, विश्वासिलो र मिहिनेती बने सफलताले आफैं पछ्याउँछ' भन्ने मूलमन्त्र बुवाको थियो। हाम्रा लागि भने सफलताको अर्थ अरूले हाम्रो बारेमा जे भन्छन्, त्यही नै सफलता थियो। तर, बुवाका लागि ‘सफलता सुनिने होइन, महसुस गरिने हुनपर्छ' भन्ने थियो। उहाँको जीवनमा ‘धर्म' र ‘कर्म' दुई मुख्य खाँबो थिए। उहाँले कहिल्यै पनि प्रचार र विज्ञापनमा विश्वास गर्नुभएन। 
‘यदि तिम्रो उत्पादन राम्रो छ भने त्यसलाई बेच्न बाजा बजाइरहनु पर्दैन,' उहाँ भन्नुहन्थ्यो। उहाँ बिमामा पनि विश्वास गर्नुहुन्थेन। ‘भगवान नै हाम्रो भविष्यका हरेक क्षणका एकमात्र बिमक हुन्। उनलाई बिमाको प्रिमियम बुझाउ र हामीलाई आवश्यक परेका बेला उनले नै फिर्ता दिनेछन्,' उहाँ यही सिद्धान्तमा अडिग हुनुहुन्थ्यो। 
यो आधुनिक व्यापारिक जगतका लागि उहाँ एउटा विल्कुलै अस्विकार्य मानिस हुनुहुन्थ्यो। यद्यपि, उहाँ त्यही व्यक्ति हुनुहुन्थ्यो, जसले सुन पसलबाट जीविका धानिरहेको शाक्य परिवारलाई अहिलेको अवस्थामा ल्याइपुर्याोएको थियो। २०२६ साल (सन् १९७०) मा उहाँले ठमेलमा पहिलो गेस्टहाउस खोल्नुभयो। कुनै एक राणाको पुरानो दरबारलाई पूरै मर्मत गरी संसारभरका पर्यटकले चिन्ने र नेपाल आउने अधिकांश पर्यटकको रोजाइको ‘काठमाडौं गेस्टहाउस' मा परिवर्तन गर्नुभयो। उहाँले त्यतिबेला बल नगर्नु भएको भए शायद ठमेल आज पनि काठमाडौंकै अर्को एउटा ‘गल्ली' मै सीमित हुन्थ्यो। उहाँको पदचाप पछ्याउँदै जाँदा अहिले शाक्य परिवार नेपालको होटल उद्योगमा एउटा ‘चेन' बनाउन सफल भएको छ। 
डेढ दशकअघि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष गौतमदाश श्रेष्ठद्वारा हस्ताक्षरित उहाँलाई दिइएको कदरपत्रमा ‘वसन्तबहादुर शाक्य होटल र पर्यटनसम्बद्ध परिवारका संरक्षक र संस्थापक हुन्, जसले ठमेललाई पर्यटन स्वर्ग बनाउन काठमाडौं गेस्टहाउस स्थापना गरे। शाक्यले सधैं पर्दा पछाडि बसेर पर्यटन विकासका लागि निरन्तर तीन दशक अभिभारा ग्रहण गरे। उहाँलाई सम्मान गर्न पाउँदा हामीसँगै हजारौं मानिस जसले ठमेलमा मात्र होइन, मुलुकमै खुसी भेटेका छन्, चाहे ती पर्यटक हुन् वा व्यवसायी, सबैलाई गर्व महसुस भइरहेको छ। उहाँको परिवार अहिले पनि त्यही उद्योगमा छ, जहाँ उहाँले होटल र पर्यटन उद्योगबारे सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ,' उल्लेख गरिएको छ। 
बुवालाई थाहा थियो– सेन्टजेभियरको पढाइले मलाई आफ्नै ढिपीमा अडिग रहने बनाएको छ। हामी दुवैलाई यो पनि थाहा थियो कि हामी एकअर्कालाई प्रभावित पार्न पनि सक्दैनौं। बुवाले बाचुन्जेल पनि ममा परिवर्तन ल्याउन सक्नुभएन। तर, उहाँले छाडेर गएपछि अहिले मलाई ती घटना ब’वाकै कारण स्वर्गबाट रचिएको हो कि भन्ने महसुस भएको छ। त्यही घटनापछि मलाई अहिले ‘धर्म' र ‘कर्म' मा विश्वास बढ्न थालेको छ। 
अहिले म आफैंलाई भन्छु– ‘जीवन एउटा चक्र हो। तिमी एउटा बाबुको लागि छोरा भएर जन्मियौ, त्यसपछि तिमी बाबु बन्छौ अनि विस्तारै तिमी आफ्नो वृद्ध बाबुको अनुसरण गर्छौ र एक दिन आफ्नो छोराले पनि त्यस्तै गरोस् भन्ने चाहन्छौ।'
बुवाले बाचुन्जेलसम्म पनि मेरो जीवनमा ‘धर्म' र ‘कर्म' बारे शास्वत सत्य लागू गराउन सक्नुभएन तर, उहाँ बितेपछि अहिले म यिनै दुई कुरालाई असाध्यै गम्भीर भएर महसुस गरिरहेको छु। 
(लेखक नगरिकोटस्थित क्लब हिमालयका कार्यकारी अध्यक्ष हुन्।)
सेतो छडीको कथानक

सेतो छडीको कथानक

सामाजिक कथानक पछ्याउने आख्यानकार मनिषा गौचन पहिलो उपन्यास ‘वल्लीको डायरी' पछि ‘ह्वाइट केन' लिएर आएकी छन्। 

स्कुलदेखि नै लडाकुपन

स्कुलदेखि नै लडाकुपन

२०४६ को आन्दोलनदेखि ०६२/६३ को गणतान्त्रिक आन्दोलनसम्म सधैँ अग्रमोर्चामा कस्सिएर उत्रिने उनको प्रहरी लाठीले धेरैपटक टाउको फुट्यो, कहिल्यै पछि हटिनन्। नेकपा (एमाले) मा मात्र होइन, युवा नेतृ रामकुमारी झाँक्री नेपाली...

उज्यालो पर्व

उज्यालो पर्व

दिदीबहिनीको हातबाट टीका लगाउँदा दाजुभाइको मुहारमा झल्कने खुसी दीपावलीको उज्यालोभन्दा कम हुँदैन । त्यसैले त खुसी, उमंग र उज्यालोको पर्व बनेको छ, तिहार । घरघरमा गरिने दीपावलीले पनि जीवनको अन्धकार...

मोलामोल मालपोत

मोलामोल मालपोत

हातमा सादा नेपाली कागज र लालपुर्जा, काखीमा केही फाइल च्यापेर सेवाग्राही यताउता घुमिरहेका छन्। काम छिटो सकाउन सबैलाई हतार छ। 'सर मेरो यो हेरिदिनुस् न, यसमा सही गर्दिनुपर्योा, यी मेरो...

लौ आयो मोन्सान्टो मकै

मकै नेपालमा कहिले भित्रियो त्यसको आधिकारिक जानकारी छैन। त्यसको खोज पनि भएको देखिँदैन। निश्चय नै आदिकवि भानुभक्तले मकैको छेलोखेलो भोगेको हुनुपर्छ। वहाँको कविताले त्यस्तै बोल्छ :असल् मुग्रेकेरा, कि त महि...

'कडा आन्दोलन'मा डाक्टरहरू

'कडा आन्दोलन'मा डाक्टरहरू

काठमाडौं- स्वास्थ्य संस्थामा हुने राजनीतिक हस्तक्षेपविरूद्ध सात दिनदेखि आमरण अनशनमा बसेका टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अत्यन्त जटिल हुँदै गएपछि देशभरका चिकित्सकले ऐक्यबद्धता जनाउँदै कडा आन्दोलनको घोषणा गरेका...

काइँलादाइको पथमा

काइँलादाइको पथमा

महिला आन्दोलनमा शशी श्रेष्ठ पनि चर्चित नाम हो। चौथो महाधिवेशन, एकता केन्द्र हुँदै अहिले एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य रहेकी श्रेष्ठ आफ्ना काइँला दाजु तथा वाम बुद्धिजीवी श्याम श्रेष्ठको प्रेरणाले...

टिफिन बक्स

टिफिन बक्स

गौतम कक्षा पाँचमा पढ्थे। गौतम चार वर्षको हुँदा उनको बुबा बित्नु भएको थियो। गौतमलाई उनकी आमा शान्तिले दुःख गरी हुर्काएकी थिइन्। गौतमले पनि आमाको दुःख राम्ररी थाहा पाएका थिए। त्यसैले...