Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

नागरिक शनिबार

१४ डिसेम्बर १९९६

  • २९ चैत्र, २०७०
  • देवेन्द्र जंग सुवेदी
  • DISQUS_COMMENTS
(0 votes)
मध्य युरोपको यो बाल्कन पेनिनसुला हिउँदभरि नै पूरै सेताम्मे हुने गर्छ। हिँउको खास्टो ओढेर।
म झ्यालबाट बाहिर हेर्छु, हिँउ लगातार बर्सिरहेको छ। आरुको रूख पूरै हिउँले ढाकिएको छ, पारिको डाँडा पूरै सेताम्मे। यो हिँउले रगतको सबै टाटो पनि छोपेको छ। यो हिउँदभरि यी सबै त्यसरी नै छोपिने छन्, जसरी यो ट्राभनिकबाट बोस्नीयाको राजधानी सरायेभो जाने बाटो छोपिएको छ।
चिसो सिरेटो झ्यालबाट भित्र छिर्छ। मुटु नै छेड्लाजस्तो।
बोस्निया हर्जगोभिनाको भूगोल मुटु आकारजस्तो छ– बोस्नियनहरू मलाई भन्छन् र रकेटको प्रहारले ध्वस्त घरहरू देखाएर भन्छन्– तर मुटु भत्केको छ। अर्र्थोडक्स सर्व, क्याथोलिक क्रोयटस र मुसलिमा बोस्न्याकहरूको हातेमालोमा अडेको बोस्नियाले रक्तपातपूर्ण विगतमा के देख्यो के देखेन! कथाहरू छन्, आँसु छन् र रगतका टाटा छन्। तर अहिले हिँउले छोपिएका छन्– सायद वसन्तको आगमनसँगै हामी फेरि मास ग्रेभहरू खोज्न सक्रिय हुनेछौं। मानवताविरुद्धको अपराधका फरेन्सिक प्रमाणहरू। बेपत्ता सार्वभौम नागरिकहरूको कंकाल– परिवारको आँसु। 
साँच्चै यो आँसुको मूल्य कति हुन्छ? सायद रगतभन्दा पनि महँगो! 
राजकुमारले कफी बनाएर ल्यायो। ऊ मेरो मिसनको सहयोगी। सधैं उत्साहित हुन्छ। पट्रोलिङबाट आएपछि सधैं नयाँ विवरण सुनाउँछ। राष्ट्रसंघको प्रहरी प्रतिनिधि ऊ जसरी स्थानीयवासीसँग विश्वास निर्माण गर्दैछ, मलाई लाग्छ उसलाई राम्रो रिपोर्ट लेख्न आउने भए सायद त्यो रिपोर्ट राष्ट्रसंघको महासभामा पढिने थियो होला।
कोही काम गर्छन्, रिपोर्ट लेख्दैनन्। कोही काम गर्दैनन्, तर राम्रो रिपोर्ट लेख्छन्। सायद त्यो पछिल्लोको हैकम बढी चल्छ क्यारे यो मिसन प्रणालीमा।
युएन लेखिएको सेतो गाडीले शान्ति प्रयासको गतिशीलता जाहेर गर्छ । तर हिउँमा गाडी हाँक्नु भनेको सकसके काम हो। झन् ओरालो बाटो ओर्लंदा त सासै अड्किन्छ। ब्ल्याक आइसमा कति बेला पांग्रा चिप्लिएर तल गुल्टिने हो पत्तै हुँदैन। लडाइँमा मारिएकाहरूको चिहानघाट बाटो भएर जाँदै गर्दा म देख्छु, सबै चिहान हिँउले छोपिएका छन्। र, चिहानको टाउकोतर्फ गाडिएका ढुंगाहरू मात्र ठिंग उभिएर जमिनमुनि चीर निद्रामा सुतेको आत्मालाई चिनाइरहेका छन्। 
कति क्रुर इतिहासको पाना बोकेको छ यो भूगोलले आन्तरिक द्वन्द्वको। रक्तपात–हिंसा–विभाजन अनि फेरि शान्तिको चाहना, सबै अभिव्यक्त छ यो सेताम्मे हिँउले छोपेको चिहानघाटमा। 
अफिसमा पुग्छु। ललित हाँस्दै आउँछ सधैंझैं। बोहरा तल कफी पिउँदैछ, चिन्तित अनुहारमा। टर्कसि यासेर अनिँदो अनुहारमा गुडमर्निङ भन्दै आउँछ, सायद रातभरि नै डिस्कोथेकमा थियो होला। पाकिस्तानी रोबिन चुपचाप छ– यासेरको विरुद्ध जातीय भेदभावको उजुरी हालेको छ उसले । त्यसै होला, ऊ गम्भीर छ।
यो जमातमा यस्तो भैरहन्छ। मल्टिकल्चरल इन्भाएरोमेन्टको डायनामिक्स।
अमेरिकी केन मार्कसन मेरोअगाडि आउँछ र आफ्नो खल्ती नै खल्ती भएको प्यान्टबाट मान्छेका हाडका टुक्रा मेरो टेबलभरि फिजाउँछ र भन्छ– यो नोभि–ट्राभ्निकको सम्भाव्य मास ग्रेभबाट संकलित नमुना हो। सायद, मार्चतिर मात्र हामीले त्यहाँ उत्खनन गर्न सक्नेछौं। म मेरो घरबेटी आमा सेनादालाई सम्झन्छु, उनी घरको बरन्डामा बसेर हिजो साँझमात्रै हिंसाले बेपत्ता पारेका हजारौंको नामावलीको किताबको ठेलीमा आफन्तहरूको नाम खोज्दै थिइन्। लाग्छ, तिनैमध्येको कसैको नर कंकालका टुक्राटाक्री होलान् यी– मेराअगाडि। 
इतिहासको द्वन्द्व, अस्तित्वको इगो, एथ्निक क्लिन्जिङ। मास ग्रेभ, हिंसाको उपहार, मानवता विरुद्धको उपहास। 
चिसो सिरेटोको अर्को झोँक्का झ्यालबाट सोहोरिएर भित्र पस्छ। बाहिर हिँउ परेको परेकै छ। घरबाट हजारौं कोश टाढा यो भूगोलको शान्ति र स्थिरताको लागि समर्पित यो अर्को दिन फेरि सुरु भयो। 
मास ग्रेभहरू सेतो हिँउको तन्नामुनि छोपिएका छन्।

राम्रो रचना मिठो नेपाली

भदौतिर जन्मने बच्चा असारमै जन्मियो– सात महिनामा। बिरामी आमाले जन्माएको शिशु कुखुराको चल्लाले जस्तै कैयौं घन्टासम्म आँखा खोलेन। रुँदा पनि रोएन।

घरभित्रै फुटबल

बिहानको चिसोमा धापासीका सुनिल लामा नक्साल पुग्छन्। नक्सालमा चिनिया एम्बेसीको पछाडि एक्स–सेल रिक्रियसन सेन्टर छ। त्यहीँ आइपुग्छन्– दिवाकर, विक्रम, निमा, सुनिल र सुनिलका अरू साथीहरू।

बागमती पुलमुनि न्हुच्छेमान (कविता)

कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्जकुनै नगरबधुलेएकदम होसमा मिल्काएको अस्थायी साधनर न्हुच्छेमानबागमती नदीको पुलमुनि छन्।

भोटभन्दा चन्दा माग्ने धेरै

भोटभन्दा चन्दा माग्ने धेरै

'धेरै जना मंसिर ४ को प्रतीक्षामा व्यग्र छन्, मलाई कहिले सकिएला जस्तो भइसक्यो,' व्यवसायी प्रदीपकुमार श्रेष्ठ चन्दा माग्नेले हैरान बनाएपछि यस्तो बताउन थालेका छन्। उनीकहाँ भोट माग्ने भन्दा पैसा माग्ने...

अमरता नचाहनेले रचनालाई माया गर्दैन

इटालीका ८१ वर्षे उपन्यासकार अम्बर्टो इको समकालीन विश्वका बहुचर्चित लेखकमध्ये एक हुन्। उनी दार्शनिक, निबन्धकार, साहित्यिक समालोचक र संकेतशास्त्री पनि हुन्। इकोको परिचय यत्तिमा सीमित छैन। उनी पचास हजारभन्दा बढी...

नामको मोहमा कराते

नामको मोहमा कराते

गाउँका दाजुहरू सबै कराते खेल्थे। दीपक श्रेष्ठ भने फुटबलतिर थिए। एक दिन दाजु राजपाल कर्माचार्यले दक्षिण एसियाली च्याम्पियनसिपले करातेबाट स्वर्ण पदक जितेको खबर गोरखापत्रमा छापियो।

अन्नपूर्ण पदयात्राः आँखामा नेपाल

अन्नपूर्ण पदयात्राः आँखामा नेपाल

राउन्ड अन्नपूर्ण पदमार्गमा बर्सेनि हजारौं विदेशी पदयात्रा गर्छन। लमजुङको बेंसीसहरबाट मनाङ, थोराङ–ला, मुक्तिनाथ, जोमसोम, तातोपानी, पुनहिल हुँदै वीरेठाँटीसम्मको यात्रा। कोही–कोही बेनीतिर पनि निस्कन्छन्। बेंसीसहरबाट मनाङ सदरमुकाम चामेसम्म र बेनीबाट मुक्तिनाथसम्म...

२०१३ का चर्चित

२०१३ का चर्चित

२०१३ हामीबाट बिदा भइसकेको छ। नयाँ वर्षको सुरुवात भइसक्यो। २०१३ मा निकै फिल्म आए। तिमीले फुर्सदमा फिल्म हेर्‍यौं हौला पनि। तिमीलाई २०१३ मा मनपरेका कुनै फिल्म छन् कि? पुरानो वर्षलाई...