24 Jestha, 2077 | June 06, 2020
Menu

नागरिक शनिबार

सत्ता परिक्रमामा अल्झेको संस्कृति

  • २९ चैत्र, २०७०
  • आभास
  • DISQUS_COMMENTS
(0 votes)
'पण्डित ओमकारनाथजी आफ्नो एउटै गीतबाट जति प्राप्ति महशुस गराउन सक्छन्, म अनेकौं भाषणबाट पनि त्यस्तो प्राप्ति महशुस गराउन सक्दिन।' महात्मा गान्धीले शास्त्रीय गायक ओमकारनाथ ठाकुरको कलाकारितामाथि त्यस्तो उच्च भावको टिप्पणी गरेका रहेछन्। सुदूर विगतमा गान्धीले गरेको त्यो टिप्पणी पढेपछि मेरो मनमा एउटा गुञ्जन तरंगित हुन पुग्छ। 
मनमा उब्जेको त्यही गुञ्जनको सहाराले मलाई विगतदेखि वर्तमानसम्मको हाम्रो संगीतकलाको अवस्था पर्गेल्न मन लाग्छ। साँच्चै, हाम्रोमा त्यस्तो कुन राजनैतिक वा सामाजिक अभियन्ता जन्मियो जसले संगीतलाई त्यति गहिरो सोचका साथ महशुस गर्योय? वा निहार्यो ? 

वर्तमानलाई हेर्दा र बुझ्दा त कहालीलग्दो निराशा मात्र हात पर्छ भन्ठान्छु म। बरू विगतमा आफ्नो वैयक्तिक शानका निम्ति भए पनि केही समयका शासनकाल र शासकले संगीतलाई महŒव दिएको भने पाइन्छ रै'छ। 

राणाकालमा तिनै भारतीय ओमकारनाथलाई नेपालका चन्›शमशेरले आफ्नो दरबारमा निम्त्याएका रहेछन्। राणा–दरबारको निम्ता ओमकारनाथले अस्वीकार्ने कुरै थिएन। उनी नेपाल आएछन् नै। ओमकारनाथले राणा–दरबारमा आफ्नो प्रभावशाली प्रस्तुति गरेबापत त्यसबेला पाँच हजार रुपैयाँ इनामसमेत हात पारेका रहेछन्। त्यतिमात्र होइन चन्द्रमशेरले पण्डित ओमकारनाथलाई दरबारिया कलाकार भएर यतै बसे, मासिक तीन हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने प्रभावशाली प्रस्ताव पनि पेस गरेका रहेछन्। तर गायक ओमकारनाथ त्यसबेलाको भारतीय राष्ट्रिय कंग्रेसका सक्रिय सदस्य पनि भएकाले यता बस्दा राष्ट्रियताको प्रश्न उठने शंका भएछ। त्यसैले कूटनीतिक पाराले, आफूले आमाको स्याहासुसार गर्नुपर्ने बाध्यता भएको बताएर चन्›शमशेरसित उम्केछन् ओमकारनाथ।
उनको कलाकारिताका प्रशंसक चन्›शमशेरले भने बिदाइका बखतसमेत तबलाको पुडी (छाला) निकालेर तिनमा थप असर्फी भर्ने आदेश दिएछन्। भनिन्छ– चन्›शमशेरले प्रदान गरेको त्यही मनग्य इनामले ओमकारनाथको प्रथम युरोप भ्रमण सम्पन्न भएको थियो।

सन् १९३१ ताका ओमकारनाथ ठाकुरले गरेको भ्रमणलाई उनको व्यक्तिगत मात्र होइन, भारतीय शास्त्रीय संगीतकारको पहिलो युरोप भ्रमण नै मानिन्छ। त्यो भ्रमण चर्चित हुनुमा अर्को कारण पनि जोडिएको रहेछ। ओमकारनाथले तत्कालीन इटालियन शासक बेनितो मुस्सोलिनीलाई आफ्नो गायन सुनाएका रहेछन्। मुस्सोलिनीलाई (इन्सोम्निया) अनि›ाको समस्या रहेछ। ओमकारनाथले (लोअर–अक्टेभ) मान्›–सप्तकमा राग पुरिया गाउँदा मुस्सोलिनीमा नि›ाको प्रभाव जागेछ। त्यस घटनाबाट ओमकारनाथले कमाएको चर्चाको प्रसंग पनि उत्तिकै रमाइलो मानिन्छ। 

फेरि त्यहीताका, राणाकालका तिनै चन्›शमशेरको दरबारकी नेपाली गायिका मेलवा देवीले भोगेको पलायनको कथाले भने सोचको अर्को छेउ पुर्याकउँछ। मेलवाका गीत अहिले सुन्दा पनि उनी त्यसबेलाकी कम प्रभावशाली गायिका थिइनन् भन्ने पक्का हुन्छ। तर उनको जीवनले भोग्नुपरेको आर्थिक र मानसिक दुरावस्थाबारे सुन्दा उसबेलाको सामन्त–सत्ताले कलालाई आफ्नो निहित स्वार्थका निम्ति मात्र प्रयोग गर्ने गर्दाेरहेछ भन्ने पनि लाग्छ। त्यसो नहुँदो हो त, मेलवाले कोलकाता पलायन भएर निराशापूर्ण अन्त्य बेहोर्नुपर्ने थिएन होला।

सामन्त सत्ताको शृंखला चल्दै गर्दा तिनका अनेकौं चरणमा कलालाई प्रयोग गरेका यस्ता अनेकौं कथा जोडिएर आउने गर्छन्। मल्लकालमा मिथिला–संगीत काठमाडौं उपत्यकामा भित्रिएको कथा पनि त्यही शृंखलामा जोडिएर आउँछ। नेवारी सँस्कृतिमा रहेको संगीतलाई गहनतापूर्वक निहार्योक भने वर्तमानसम्म पनि त्यसको अवशेष प्रभावशाली रूपमा कायम रहेको पाइन्छ। यसबाट नेवारी संगीतले मौलिकता हासिल गर्ने क्रममा सामन्त–सत्ताको शानको बाटो पनि हिँडेको रहेछ भन्नुपर्ने हुन्छ।

पछिल्ला सामन्त राजा महेन्›ले पञ्चायत थोपरे। त्यो भयो उनको राजनीतिक धार र धरापको कुरा। तर तिनमा पनि आफूसित साँस्कृतिक हतियार भएन भने प्रभावशाली होइन्न र लामो समय सत्ता टिकाउन र त्यसमा टिकिरहन सकिन्न भन्ने सोच रहेछ। र त तिनले पनि आफ्नो कार्यकालमा नेपालबाहिर रहेका कलाकारदेखि संगीतकारसम्मको लामो सिर्जनशील लस्करलाई नेपाल भिœयाउने अभियान नै चलाए। उनको त्यही चातुर्यले पञ्चायतलाई तीन दशक लामो आयु प्रदान गर्योा। अन्यथा त्यो प्रणाली त्यति लामो टिक्ने थिएन होला। तिनकै पुर्खा पृथ्वीनारायण शाहले पनि आफूबाट पराजित सत्ताले मान्दै आएको कुमारीप्रथालाई समेत भत्काएनन्। कायम राखे। बरू त्यसलाई आफ्नो शक्ति सन्तुलनको हतियार बनाए। कुमारीको चरण छुन लजाएनन्। तिनलाई राम्ररी थाहा थियो– साँस्कृतिक जरा जनाधारको भित्री तहसम्म कस्सिएको हुन्छ। त्यसलाई खलबलायो भने जतिसुकै बलवान सत्ता पनि खलबलिन्छ। पुर्खाको त्यही चातुर्यबाट प्रभावित महेन्›ले संगीतको या सँस्कृतिको शक्तिलाई चिनेका थिए र उनले आफ्नो कार्यकालमा तिनको विकासका निम्ति ठोस कदम चाले। नेपालमा एकाडेमीको स्थापना तिनको त्यही सोचको प्रतिफल हो भन्ने लाग्छ।

हाम्रो छिमेक र हाम्रोमा मात्र होइन, सामन्तकालमा संसारभर संगीत र सँस्कृतिले सत्ताको निकट हुँदै यात्रा गरेको हुन्थ्यो। आम जनमानसले कलाकारलाई बचाउने उपाय सोच्नुभन्दा आफैंलाई बचाउने उपाय सोच्नुपर्ने काल हो सामन्तकाल। सामन्त–सत्ताहरू भत्कँदै गएपछि तिनको राजनीति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जसरी जनता या तिनले चुनेका प्रतिनिधिमा सर्दै जान्छ, सामन्तले थामेका परम्परा र सम्पदा पनि परिमार्जित हुँदै जनतामै सर्ने हुन्। फेरि त्यस अवस्थामा पनि आफैंलाई बचाउन मात्र संघर्षरत आम तप्काले सम्पदा संरक्षणमा लगानी गर्न सक्ने कुरा हुँदैन। झन् हाम्रोजस्तो सानो बजार भएको देशमा त आमजनताले थामेर मात्र सम्पदा संरक्षण सम्भव नै हुन्न। त्यसैले हो संगीत, साहित्य, नाटक, नृत्यमा राज्यले ध्यान पुर्या ओस् भन्ने आवाज उठ्ने गरेको।

उसो त राज्यलाई जनताबाट प्राप्त करबाटै सम्पदा संरक्षणको व्यवस्थापन हुने हो। त्यस अर्थमा जनता नै सम्पदाको गरिमा धान्ने मूल स्रोत हुन्। तर हाम्रो परिवर्तित सत्ताका प्रशासनिक अंगहरूले भने यो यथार्थलाई त्यति सहजतापूर्वक लिएको देखिन्न। यस्तो लाग्छ– हाम्रो समाजको राजनीतिक चरित्र बदलिए पनि कर्मचारीतन्त्रले परिवर्तित सोचअनुरुपको स्वभाव निर्माण गर्न सकेको छैन। त्यसैले तिनीहरू कलालाई अनुत्पादक र फजुलको विषय ठान्छन्। तिनीहरू ठान्छन्– कलाले जुत्ता, कपडा र रक्सी व्यापारबाटजस्तै तत्काल पैसा कमाउने क्षमता राखोस् र आफूलाई आफैं आत्मनिर्भर बनाओस्। 

तर सामन्तवादको विस्थापनपछि स्थापित भएका अन्य देशका सत्तासंयन्त्रको संवाहक कर्मचारीतन्त्रले हाम्रोमा जस्तो कलालाई त्यति धेरै हेला गरेको पाइन्न। झन् विकसित पुँजीवादले त कलाकारको अद्भूत क्षमतालाई सकभर धेरै प्रचारप्रसार गर्छ। लोकप्रिय विम्ब निर्माण गर्छ र त्यसलाई सदुपयोग गर्छ। त्यही विम्बमार्फत् राज्यले आफ्नो साँस्कृतिक र भाषिक प्रभावको क्षेत्र विस्तार पनि गर्छ। राज्यले बोक्ने त्यसखाले चरित्रले उसको बजारलाई दिर्घायु प्रदान गर्छ नै। 

छिमेकका गान्धीले उसबेलै खुलेर प्रशंसा गर्ने गरेको भारतीय संगीत र तिनका सर्जकलाई त्यहाँको आधुनिक पुँजीवादी सत्ताले भरपूर सदुपयोग गर्ने गरेको देखिन्छ। खासगरी हाम्रोमा निकै पछाडि परिरहेको शास्त्रीय संगीतलाई भारतले (कल्चरल डिप्लोमेसी) साँस्कृतिक कूटनीतिको भरपर्दो साधन नै बनाउँदै आएको छ। उसले आफ्ना दूतावासहरूमा साँस्कृतिक सहचारीको पद नै खडा गरेर साँस्कृतिक कूटनीतिको व्यवस्थापन गर्ने गरेको छ। हाम्रोमा पनि बरु निर्दलीय व्यवस्थाले पो साँस्कृतिक सहचारीको व्यवस्था गरेको थियो झैँ लाग्छ। अहिले त राजदूत छान्न नै धौधौ भएको देखिन्छ। कताको सहचारी राखेर आफ्नो कलाकारितालाई अन्तर्राष्ट्रमा प्रचार गर्नु? कताको सँस्कृति सम्बर्द्धनमा अरूको ध्यान आकर्षित गर्नु?

उता भारतको पुँजीबजारमा निजी क्षेत्रले पनि संगीत र कलामा लगानी गरेर त्यसलाई धान्न थालेको लामो समय बितिसक्यो। त्यहाँका निजी कम्पनीहरू पनि संगीत बेचेर ठूलो आम्दानी गर्छन्। भारतका कलाकारहरू कला बेचेरै बाँच्न सक्षम भएको देखेर हुनुपर्छ, हाम्रो राज्यले पनि त्यही अपेक्षा गर्छ। तर तिनको बजारको आकार हामीले सोच्न सक्नेभन्दा कैयौं गुना ठूलो भएको यथार्थ बिर्सिरहेको हुन्छ। फेरि अर्कातिर हाम्रोमा राज्यकै बेवास्ताका कारण साँस्कृतिक नीति, नियम र कानुन बन्न र लागू हुनमा हेलचेक्र्याइँ भइरहेको छ। जसले गर्दा कलाकारलाई दुरुपयोग गर्ने मनसायका निजी कम्पनी मात्र मोटाउँदै जाने र कलाकार सिर्जना उन्मुख हुनेभन्दा गुनासो उन्मुख बन्दै जाने क्रम बढ्दो छ।

हुन त २०४६ सालउता हाम्रो संगीतले यत्तिको बजार पनि निर्माण गर्ला भन्ने सोच कसैमा थिएन। तर राजनीतिक स्वतन्त्रताका ढोका उघ्रन थालेपछि हर क्षेत्रमा पुँजीको प्रवेश हुनु स्वाभाविक थियो। त्यो भयो। तर सुरुमै यसलाई व्यवस्थित गर्न नसक्दा आर्थिक अराजकता र नैतिक अराजकता एकसाथ भित्रिए। त्यो पाटोको चर्चा अर्कै विषय भयो। अहिले त संगीतमा लगानी गरेरै आम्दानी गर्न खोज्ने अनेकौं निजी संस्थाहरू पनि सञ्चालनमा छन्। तिनको व्यवस्थापन निजी क्षेत्र आफैंले गर्छ नै। तिनका निम्ति पनि ठोस र प्रभावकारी नीति नियम निर्माणका निम्ति कलाकारहरू नै सम्बद्ध संघसंस्थाहरू गठन भएका छन्। तिनको सक्रियताले पनि क्रमशः सकारात्मक भूमिका निर्वाह गर्लान् भन्ने आस राखौं।

तर राज्यले सोच्नुपर्ने र जोगाउनुपर्ने कलाको धार बेग्लै हो। जुन कलाको एउटै धारले गान्धीले भनेझैं– अनेकौं भाषणको भन्दा प्रभावकारी भूमिका निर्वाह गर्न सकोस्। कलाको त्यो धार, प्रभाव र स्तर निर्धारण गर्नका निम्ति हो प्राज्ञहरूको आवश्यकता पर्ने। तर हाम्रोमा सत्ताको वरपर परिक्रमा गर्नेलाई नै ज्ञानी र प्राज्ञिक मान्ने चलन बसिसकेको छ। त्यसैले यो चलनमा परिवर्तन ल्याउने छलफल आरम्भ गर्नका निम्ति नै पनि एउटा राष्ट्रियस्तरको स्वतन्त्र प्राज्ञिक भेलाको आवश्यकता छ भन्ने लाग्छ। बरु त्यस खाले भेलाको आयोजना र व्यवस्थापन पो कसले गर्ने हो खै?
झ्याल्चा अर्थात् यौन लीला

झ्याल्चा अर्थात् यौन लीला

इन्द्रजात्राको अघिल्लो दिन ललितपुरको च्यासलमा रमाइलो जात्रा देखाइन्छ। त्यो जात्रा हो, झ्याल्चा। इन्द्रजात्राकै एक भागका रूपमा रहेको यो जात्रा ललितपुरमा निकै चर्चित छ। के हो त झ्याल्चा जात्रा

एकालाप

एकालाप

ठिक एक दशक भएको छ निर्मला म स्वतन्त्र भएको। र, तिमी बन्धनमा बाँधिएको पनि त्यति नै समय भएको छ। तिमी स्वतन्त्र रहेको समयमा म कडा अनुशासनमा बाँधिएको थिएँ। त्यसो त...

अमरता नचाहनेले रचनालाई माया गर्दैन

इटालीका ८१ वर्षे उपन्यासकार अम्बर्टो इको समकालीन विश्वका बहुचर्चित लेखकमध्ये एक हुन्। उनी दार्शनिक, निबन्धकार, साहित्यिक समालोचक र संकेतशास्त्री पनि हुन्। इकोको परिचय यत्तिमा सीमित छैन। उनी पचास हजारभन्दा बढी...

दसैं आयो, कुन मुखले गाउँ जाने?

दसैं आयो, कुन मुखले गाउँ जाने?

काठमाडौं– सिन्धुली जरायोटार–६ हाँडीखोलाका खड्गबहादुर श्रेष्ठ २०५५ सालमा भारी बोक्न काठमाडौं आउँदा ३२ वर्षका थिए। त्यसबेला एक भारीको सरदर कमाइ १० रुपैयाँ हुन्थ्यो। २० रुपैयाँमा पेटभरि भात खान पुग्थ्यो। मासिक...

डिस्कदेखि डिजिटल

तत्कालीन राजा महेन्द्र संगीतका सौखिन थिए। उनी दिनहुँजसो गीत सुन्न कलाकारलाई बोलाउँथे। उनीसँगै रानी रत्नराज्यलक्ष्मी पनि संगीतको सारेगममा मन्त्रमुग्ध बन्थिन्। वर्षौंदेखि दरबारमा गीत गाउँदै आएका कलाकारले गीत रेकर्डका लागि चासो...

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

जसले मौलिक ज्योतिष ग्रन्थ पत्ता लगाए

म विसं २०३५ फागुनमा पृथ्वीनारायण क्याम्पस, पोखराबाट नेपाल र एसियाली अनुसन्धान केन्द्र काठमाडौंमा सरुवा भएर आएँ । म पोखरामा छँदा नै गुरु पण्डित नयराज पन्तका चेला भोलानाथ पौडेलका छोरा सामनाथबाट...

'लेख्दालेख्दै मर्न पाऊँ'

'लेख्दालेख्दै मर्न पाऊँ'

वरिपरि किताबका चाङ। बीचमा ९२ वर्षे वृद्ध काया। आँखा धमिलो भएका छन्, तर पढाइ रोकिएको छैन। हात काँप्छन्, तर केही न केही केर्न छाडेका छैनन्। लेखनीले सात दशक पार गरिसक्यो,...

डाकु आयो—डाकु आयो, फुस्सा...

मलाई कुकुर मन पर्दैन । त्यसमा पनि यो छाउरो खैरे त पटक्कै मन पर्दैन। जहाँ मनलाग्यो त्यही घरिघरि सू सू र आची गर्छ। मोजा पायो कि च्यूइंगम चपाएझैं चपाएर प्वालैप्वाल...