Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

नागरिक शनिबार

मानसिंको चैते दसैं

  • २९ चैत्र, २०७०
  • उपेन्द्र सुब्बा
  • DISQUS_COMMENTS
(0 votes)
मानसिंको चैते दसैं
मानसिंले धोबीको कुकुरको उखान पनि सुनेकै थियो। दुइटी बिहे गर्नु भनेको दुइटा नाउमा दुईतिर खुट्टा राख्नुजस्तै खतरनाक हुन्छ भनी मानसिंलाई साथीभाइले भनेका पनि थिए।

'यी त नामर्दले भन्ने कुरा हुन्। मर्दको दसवटी स्वास्नी,' मानसिंले फुर्ती लाउँदै भनेको कुरा साथीभाइले बिर्सेका थिएनन्।
जेठी स्वास्नीबाट पहिलो सन्तानको रूपमा छोरी जन्मिएपछि मानसिंले कान्छी स्वास्नी घर भिœयायो। जेठी स्वास्नी सुत्केरी हुँदा मानसिं भञ्ज्याङ डाँडाको तासको खालमा थियो। उसले छोरी जन्मेको खबर खालमै सुन्यो। घर गएन। तीन दिन तीन रात तास खेलेरै बस्यो।
छोरी जन्मेकोमा मनभरि गुनासो भए पनि मानसिंले घर–झगडा गरेन। न त केही त्यस्तो ठूलो गुनासो नै गर्यो । तीन दिनपछि घर पुगेर सुत्केरी खर्चस्वरूप स्वास्नीलाई सयको एक नोट दिँदै यति भने भन्यो, 'हेर बूढी, छोरी जन्माइस् भनेर म घर नआको होइन। तर, मान्छे भएर मान्छे जन्माउनुचाहिँ जान्नुपर्छ।'
'स्वास्नी सोझी हुनुको फाइदा उठायो मानसिंले,' बाठी स्वास्नीका पोइहरूले यसो भने।
सौता पाउँदा मानसिंकी जेठी स्वास्नीले कहीँकतै उजुरबाजुर गरिन। न पोइसँग रोइकराइ झगडा नै गरी। आफ्नो भाग्यको लेखा मानेर लोग्ने र सौता दुवैलाई स्विकारी। मानसिंले जेठी स्वास्नीलाई आलु फल्ने लेकमा राख्यो र कान्छीलाई धान फल्ने औलमा। तब, आलु खान मन लागे मानसिं लेक उक्लिन्थ्यो। जाउलो खान मन लागे औल झर्थ्यो। यसरी दस वर्ष उकाली–ओराली गर्दागर्दै मानसिं जेठी स्वास्नीबाट एक छोरी तीन छोरा, कान्छीबाट दुई छोरा र एक छोरीको बाउ भइसकेको थियो।
'देख्यो त नामर्द हो! मैले बाउबाजेको आशीर्वाद कसरी खेर जान दिइनँ?' मानसिंको चुरीफुरी साथीभाइमाझ झनै बढेको थियो। 
'मेरा पाँच भाइ छोरा छन्, तिमीहरूको के छ? दुईचार अझै थपिन्छ। हेर्दै जाऊ, दुईचार भाइ छोरा लाहुरे हुन्छन्। जसरी पनि हुन्छन्। एकदुई भाइ चोरफटाहा हुँदा पनि हुन्छ,' मानसिंको गफ यस्तो हुन्थ्यो।
मानसिंका साथीभाइले हाँसेर 'हो' भन्नुसिवाय केही भन्न, गर्न सक्दैनथे।
मानसिं परिवार नियोजनको खूबै विरोध गर्थ्यो। 'गरिबको जन नै धन हो। परिवार नियोजन भनेको लिम्बू मास्ने सरकारको षड्यन्त्र हो,' ऊ भन्थ्यो। परिवार नियोजनको 'सानो परिवार सुखी परिवार' नाराको विपक्षमा आफ्नो परिवारलाई उदाहरण दिँदै भन्थ्यो, 'यो गाउँमा म जति सुखी को छ?'
गाउँकै सुखी परिवार नभए पनि मानसिंको दुइटा घरमा 'भरै के खाने' भन्नेसम्मकै दुःख भने थिएन। उसको बाउ स्वर्गवासी क्याप्टेन धनसिंले जोडेको खेतबारी पौरख गर्न सके दुई परिवार सहजै धान्ने थियो।
बालबच्चाको उचित लालनपालन र शिक्षाका बारेमा पनि मानसिंको गजबको तर्क थियो, 'सबैले छोराछोरी डाक्टर, इन्जिनियर बनाउनुपर्छ भन्ने के छ? छोरा होस् कि छोरी, जन्माउने हो। सके डाक्टर इन्जिन्यार बन्छ। नसके मार्क्सवाद लेनिनवाद पढ्छ, क्रान्ति गरेर खान्छ। सहिद भएछ भने पनि दस लाख रुप्पे आउँछ।'
परिवार नियोजन गर्ने जोकोही मानसिंको घरभित्र पस्न निषेधजस्तै थियो। 'घरको देवता बिथोलिन्छ,' भन्थ्यो ऊ। त्यस्तो मान्छे बाटोमा भेट्दा पनि छिःछिः दुरदुर गर्थ्यो। मानसिंले एक भाइ मात्र छोरा हुनेहरूलाई हेपेरै भन्थ्यो, 'तँ मुलाको एउटा छोरा के छोरा। एउटा आँखा के आँखा?'
छोरीमात्र हुनेहरूलाई त झन् मायामारी भन्थ्यो, 'छोरीमात्र हुनेले गफ नगरे हुन्छ। मलाई अहिले कसैले छोईमात्र हेरोस् त? भोलि मेराहरूले काट्दैनन्? छोरी त के गर्नु? ताल परे शत्रुले स्वास्नी बनाउँछ।'
छोरीमात्र हुनेहरू रिसले मुर्मुरिन्थे तर केही भन्न सक्दैनथे। गाउँमा पढेलेखेको, जान्नेबुझ्ने, आईएसम्म पढेको मान्छे उही मानसिं त एक थियो। एउटा कुरा राख्न नपाई दसथरी कुरा गर्न भ्याउँथ्यो। बरु त्योभन्दा हाँसेर 'हो' भन्दिनु सोझा गाउँलेलाई सहज हुन्थ्यो र त्यसै गर्थे।
यसरी सधैं गफ हाँकिहिँड्ने, 'गाउँको सबै भन्दा सुखी मान्छे हुँ' भन्ने मानसिं चैते दसैंजस्तो चाडमा भात खान नपाउँदा भने साह्रै दुःखी भयो।
चैते दसैंको अष्टमी। लिम्बूहरूले गाउँमा सुँगुर काटे। मानसिंले आफ्नो दुई परिवारको लागि दुई भाग मासु किन्यो। ऊ मासु बोकेर पहिले औलकी कान्छीकहाँ गयो। ऊ घर पुग्दा छोराछोरी खूब रमाए। हतारहतार मासु काट्कुट पार्यो । अर्को भाग मासु बोकेर मानसिं लेकतिर लाग्यो। जेठीपट्टिका छोराछोरी बाउले कति खेर मासु ल्याउँछन् भनेर पर्खिरहेकै थिए, असिनपसिन भएर ऊ लेक पुग्यो। त्यहाँ पनि हतारै मासु चोक्ट्याउन थाल्यो। जेठी स्वास्नीले लोग्नेको लागि जाँड अघि नै बनाइराखेकी थिई। मासु काट्दै गरेको लोग्नेलाई जाँड दिई। मानसिंले जाँड पिउँदापिउँदै मासु पनि काटिसक्यो।
'आज यतै दसैं मनाऊँ है!' जेठी स्वास्नीले आग्रह गरी। 
'तल पाकिसक्यो होला। यता साउने संक्रान्ति मनाऊँला।'
मानसिं औल झर्योो। ऊ घर पुग्दा कान्छी स्वास्नी चुठेल्नोमा भाँडा धुँदै थिई। सिकुवामा कोट खोलेर थामको काँटीमा झुन्ड्याउँदै मानसिंले कान्छी स्वास्नीलाई अरायो, 'भात पस्का।'
'ला'! माथि खानुहुन्छ भनेर हामीले त सप्पै खाइहाल्यौं। अब के पो गरूँ हाओ?' मस्काउँदै गरेको भाँडा हातमै बोकेर कान्छीले भनी।
मानसिंले खोलेको कोट हतार लगायो। कनकन गर्दै फेरि लेक उक्ल्यो। एक घन्टाको उकालो बाटो थियो। उकालोमा मानसिंको फोक्सै निस्केलाजस्तो गर्योन। उसले हातको घडी हेर्योए, बाह्र बज्न केही मिनेटमात्रै बाँकी थियो। जेठीले 'यतै दसैं मानौं' भनेको सम्योन । आफैंलाई धिक्कार्योक। उसले बूढापाकाले गाउने गरेको पालम पनि सम्योँक– 'मुसाको पुच्छर रेतीजस्तो, हुँदैन कान्छी जेठीजस्तो।' उसलाई पनि आज भने आफूलाई जेठीले नै धेरै माया गर्छ कि जस्तो लाग्यो। बिहानदेखि ऊ भोकै थियो। जेठीले दिएको उही एक बटुका जाँडसिवाय केही खाएको थिएन। जाँड पनि जेठीले थपिदिन खोज्दा हतार गरेर उसैले थप्न मानेन। 'जेठीजस्तो कान्छी नहुँदो रैछ' आजको उसको निष्कर्ष थियो।
घरमा फेरि लोग्ने आइपुगेको देखेर जेठी छक्क परी। जेठीले केही बोल्नुअगाडि नै मानसिंले नै सोध्यो, 'तिमीहरूले पनि भात खाइसक्यौ?'
'तलै पाकेको छ भन्नुभो र'।'
'ल ठिक छ। दसैंको बेला मलाई भोकै बनायौ होइन? अब मैले जानेको छु तिमीहरूलाई,' मानसिं रिसायो। भात खाईवरी छोराछोरी कताकता गइसकेका थिए।
जेठी केही बोलिन।
'दुदुइटा परिवार हुँदा पनि मैले भोकै बस्नुपर्ने? त्यो पनि दसैंमा। तिमीहरूलाई तह लाउन मैले पनि जानेको छु। ए, मलाई भोकै पार्ने?' मानसिं खाटमा बस्यो।
'घरमा भाले छ। काट्नु नि त। म पकाइदिन्छु,' जेठीले मसिनो स्वरमा भनी।
मानसिंलाई असहज भयो। लाज पनि लाग्यो। जेठीको मायाअघि झन्डै उसको अहम्ले घुँडा टेक्न खोज्यो।
रिसाएजस्तो मानसिं जुरुक्क उठ्यो। भन्यो उसले, 'खान्न तेरो भाले। तिमीहरूलाई मैले जानेको छु।'
मानसिं फतफताउँदै त्यहाँबाट हिँड्यो। ऊ एक्लै रिसाउँदै भञ्ज्याङ डाँडामा निस्कियो। भञ्ज्याङ डाँडा गाउँको नुनतेल किन्ने सानो बजार हो। बेकामे अल्छेहरूको दिन काट्ने ठाउँ पनि हो। जुवातास खेल्ने सानोतिनो खाल पनि हो। मानसिं एक्लै रिसाउँदै आउँदै गरेको देखेर बजारका सबै मान्छेहरूले ऊतिर हेरे।
एउटाले सोध्यो, 'के भो हाओ मानसिं? कल्ले के भन्यो?'
'साला दुदुइटा स्वास्नी छ। दुइटैले भात दिएन मलाई। मैले जानेको छु तिनीहरूलाई,' मानसिं रिसाउँदै पैकार पसलभित्र छिर्योल र एक ट्वाक रक्सी माग्यो।
'दुइटा बिहे गर्नु राम्रो होइन। धोबीको कुकुरको हाल हुन्छ भन्दा सुनेनौ,' रक्सी दिँदै पैकारनी बज्यैले भनिन्। कान्छी स्वास्नी फुङसिङ मेलाबाट जारी गरी ल्याउँदा पैकारनी बज्यै पनि थिइन्।
'दुइटा ढुंगामा भाँडा बस्दैन भन्थे हो र'छ। साला अब तीनोटा ढुंगा गाड्छु। चुला बनाउँछु। तिनीहरूले मलाई हेपेको?' मानसिंले गिलासको रक्सी एकै स्वाटमा रित्यायो।
मानसिंले चार गिलास रक्सीमा चैते दसैं मनायो र ढुन्मुनिँदै औलतिर झर्यों।
बेलुका—
मानसिंको जेठीपट्टिको जेठो छोरो पनि भञ्ज्याङ आयो। त्यहाँ भएका मान्छेहरूले मानसिंको छोरोलाई जिस्काउँदै भने, 'तेरो बाउ त फेरि पनि अर्की ल्याउँछु पो भन्दै थियो त।'
मानसिंको जेठो छोरोले जुल्फी हल्लाउँदै भन्यो, 'ल्याओस् मात्र न। बाउ काटेर म क्रान्ति सुरु गर्छु।'
मानसिंको जेठो छोरोको कुरा सुनेर त्यहाँ भएका मान्छेहरू हाँसे।
एउटाले भन्यो, 'मानेको दिन गयो अब।'
अर्कोले भन्यो, 'मानेले अब गफ नगरे भो।'
'
मानसिं आधा रातमा रगतले लतपत भएर जेठीकहाँ आइपुग्यो। उसको निधारमा गतिलो चोट थियो। उसले स्वास्नीलाई भन्यो, 'औलको घरछेउको खोल्सी ल्वाम्मै नाघुँ भनेको स्वाम्मै पसिगइएछ खोल्सीमुनि।'
मानसिं हप्ता दिनजसो घरबाहिर कतै देखा परेन। तर, गाउँमा अर्को हल्ला चल्यो– मानसिंलाई कान्छी स्वास्नीले दाबिलोले निधार हान्यो।
यार, मजाक गरेको

यार, मजाक गरेको

किन बस्छ सलिम सिनेमाका पोस्टरहरू टाँसिएका भित्तामुनि? के त्यो एकलैनी बजार पस्ने गल्लीको दाहिने भित्ता होइन? के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ?

धार्मिक सहिष्णुताको पाठशाला

धार्मिक सहिष्णुताको पाठशाला

सहिष्णु छन् नेपाली। जहाँ मन्दिर, त्यहाँ चैत्य। शिवसँगै पद्मसंभव। मिलेर बसेका हिन्दु र बौद्धमार्गी। हलेसी त झन् त्रिधार्मिक संगम। जसले हिन्दु, बौद्धमार्गी र किरातीलाई एउटै सूत्रमा बाँधेको छ।

राजनीतिको चौबीसघन्टे ड्युटी

राजनीतिको चौबीसघन्टे ड्युटी

आरजु देउवाको राजनीतियात्रा कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग विवाहपछि सुरु भएको हो, २०५१ सालपछि। आमा राजनीतिज्ञ नै भए पनि विभिन्न संघसंस्थामार्फत सामाजिक काममा जुटेकी उनलाई त्यसअघि यतातिर उति चासो...

कटाक्षमा हुर्किएका 'हुरीका चल्ला'

कटाक्षमा हुर्किएका 'हुरीका चल्ला'

थ्रिलरका गीतहरूले संसारमा राज गरिरहेका बेला काठमाडौंमा भीम तुलाधर उदाए। लामो कपाल, कालो गगमाथि कालै ड्रेस लगाएर स्टेजमा उक्लिँदा कसैले माइकल ज्याक्सनलाई सम्भि्कए त कसैले एलोसपेर्सीलाई। 'मायालुलाई...' जब उनी गिटार...

फ्लाइट नम्बर ७१७

फ्लाइट नम्बर ७१७

कान धुम्म भयो एक्कासि– राति सालघारीमा कतै कीरा कराएजस्तो शून्न। पोखरीभित्र कतै डुबुल्की मारेजस्तो। एकछिन अघिसम्म पनि काम त्यसैगरी धुम्म थिए, कपास कोचेझैं, पोखरीमा डुबेझैं।

विदेशीलाई भाइटीका

विदेशीलाई भाइटीका

'एसओएस बहिनी' नामक गैरसरकारी संस्थामा बस्दै आएकी पार्वती केसीले तीन वर्षअघि तिहारमा रसियन पर्यटक इरालाई दिदीको नाता जोड्दै सप्तरंगी टीका लगाइदिइन् । टीकापछि दिदिबहिनीको सम्बन्ध जोडेका उनीहरूले उति नै बेला...

आफू त परियो गोतामे!

नयाँ सडकको पीपलबोट। नेपालको जिउँदो इतिहास। सुस्ताउँदै पत्रिका हेर्नेहरू छन्। भुइँमा र बारमा समेत टनाटन छन्, पत्रपत्रिका र साहित्यिक पुस्तकहरू। बास्ना नै साहित्यको आइरहेछ। बारमा झुन्डिइरहेको 'शिरीषको फूल'ले मलाई सुयोगवीर...

दयावान् दयाराम

बिहीबार दिउँसो १२:१० बजे।आदर्श सौलः युवक उच्च मावि, बुङ्मति, ललितपुर।एक सुस्त बालक विद्यालय प्रांगणमा धसि्रँदै यताउता गरिरहेका छन्। मुखको कुनाबाट अविरल र्‍याल बगिरहेको छ, तर पुछ्न सक्दैनन् या जान्दैनन्। शारीरिक...