Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

लेख्नु सजिलो छैन

  • २९ चैत्र, २०७०
  • मञ्जुश्री थापा
  • DISQUS_COMMENTS
(0 votes)
लेख्नु सजिलो छैन
अघिल्लो वर्ष मो यानले नोबल पुरस्कार पाएसँगै मेरो ध्यान पनि चिनियाँ साहित्यतिर तानियो। मैले चिनियाँ साहित्य अध्ययनमा खर्चें। समकालीन चिनियाँ साहित्यमा थुप्रै भिन्न मतहरू रहेछन्। मैले अपेक्षा गरेभन्दा बढी सामाजिक आलोचना लेखिएका रहेछन्। हाङ शाओगोङ, यान लियान्के, वाङ शिआबो र झुजुन एबरलिनका पुस्तक मन परे। म उनीहरूका रचना अझै मेहनत गरेर पढ्ने योजनामा छु।

यो वर्षचाहिँ नेपाली साहित्यलाई। वर्षभरि पढ्न पुगोस् भनेर टन्नै पुस्तक जोहो गरेकी छु। यसका लागि काठमाडौंका पुस्तक पसल चहारेँ। कतिपय पुस्तक लेखकहरूबाट पनि प्राप्त भए। नेपाली साहित्यको समकालीन लेखन धारसँग म अपरिचित छैन। फगत पाँच वर्षयता क्यानडाको बसाइका कारण यहाँका दैनन्दिन घटनाक्रमसँग म अद्यावधिक हुन सक्दिनँ। तैपनि यहाँको समाज र लेखक जमातसँग कुनै न कुनै हिसाबले अन्तर्क्रियामै रहन्छु। यसो गर्दा म आफैंले पनि सिक्ने र सूचित हुने मौका पाइरहन्छु।
समकालीन लेखनमा अहिलेको पुस्ता निकै उर्वर भएर आएको छ। काठमाडौं आएपछि मैले हालसालै निस्केका पुस्तक किनेँ। तीमध्ये कथा, निबन्ध र कविता संग्रह धमाधम पढिरहेकी छु। उपन्यास पनि किनेँ। यहाँको दैनिकीसँग अभ्यस्त हुनु परेकाले पढ्ने फुर्सद मिलेन। उतै लगेर पढ्नेछु।
केही चर्चा गरिएका कविहरूको कविता पढ्दा मलाई उनीहरूको चर्चा भएजति शक्ति रचनामा भेटिनँ। त्यो मेरो आत्मगत आग्रहका कारणले पनि हुन सक्छ। किनभने म साहित्यमा सधैं समाज खोज्छु। मनु मन्जिललगायत थुप्रै युवाकवि केवल निजात्मक अनुभूति, अझ नितान्त व्यक्तिगत कुरा लेखिरहेका रहेछन्। यसो गर्नुमा कुनै खराबी पनि छैन। तर रचनामा सामाजिक पक्षलाई नै बढी खोतल्नुपर्छ भन्ने मेरो आग्रह छ। मेरो चासो सिंगो समाज साहित्यमा आयो कि आएन भन्ने हुन्छ। त्यसरी हेर्दा श्रवण मुकारुङका कविता नै बढी मन परे।
यसपटक काठमाडौं आउँदा नेपाल प्रज्ञा प्रतिष्ठानका लागि लेखकहरूको दौडधूप चलेको थाहा पाएँ। प्रज्ञा र यस्ता संस्थामा दलीय राजनीति हाबी भयो भन्ने गुनासो गर्नेहरू पनि रहेछन्। वास्तवमा यस्तो प्रवृित्त जहाँ पनि हुन्छ। फरक यति हो, अमेरिकातिर दलीय राजनीतिको ठाउँमा कुनै खास सहर, लेखकीय हालिमुहाली हुन्छ। लन्डन वा न्युयोर्कको साहित्यिक वृत्तभित्र छिर्न अरूलाई गाह्रो हुन्छ। यो प्रथा वास्तवमा गलत हो, तर रोक्न सकिँदैन।
यहाँका लेखकहरूमा विषयवस्तुलाई आधारभूतमा छुने, तर गहिराइमा नजाने प्रवृित्त पनि मैले पाएको छु। पढेकामध्ये मलाई नयनराज पाण्डे एकदमै मन पर्छन्। नारायण ढकाल, श्यामल, विमल निभा, विमला तुम्खेवा, सुलोचना मानन्धर, मोमिला सधैं मेरो रुचिभित्र पर्छन्। अमर न्यौपानेको 'पानीको घाम' पढेँ । राम्रो लाग्यो। तर, कथानकले जुन गति पाउनुपर्ने हो, त्यो बीचबीचमा नपाएजस्तो लाग्छ। अरू कृति पनि क्रमशः पढ्दैछु। नयाँ पुस्ताका महिला लेखकका कृतिको संख्या स्वात्तै घटेछ। वास्तवमा यो अनुपात बढ्दै जानुपर्थ्यो। दीपक सापकोटाले सम्पादन गरेको निर्बन्ध मोन्टाजमा जम्मा ४८ लेखक छन्, तर महिला दुईमात्रै। यो राम्रो लक्षण हुँदै होइन।
मेरा आफ्नै काम थुप्रै छन्। नयाँ पुस्तक लेख्नुपर्नेछ। ननफिक्सनमा पनि काम गर्नुछ। उपन्यास लेख्दा कल्पनाशक्ति र अध्ययन दुवै चाहिन्छ। गैरआख्यानका लागि राम्रो अनुसन्धान छ भने प्रस्तुतिमा मेहनत गरे पुगिहाल्छ। मेरो रुचि अनुवाद र सम्पादनमा पनि हो। यी सबै काम गर्नुछ।
तर त्योभन्दा पहिले त अलिकति पैसा कमाउनु पनि छ। नत्र कसरी टिक्ने लेखनमा! लेखकका लागि जीवन धान्ने लेखनमात्रै पर्याप्त छैन। अझ मैले त क्यानडा काउन्सिल अफ आर्टस, द टोरन्टो आर्टस काउन्सिलजस्ता संस्थाबाट लेख्नकै लागि अनुदानसमेत पाएँ। अहिले पनि आर्थिक रूपमा टिक्न संघर्ष नै गरिरहेकी छु। 
लेखकका लागि लेखेरै हुने आयआर्जन पनि धेरै गतिलो भइसकेको छैन। प्रकाशकका दुःख पनि आफ्नै ठाउँमा होलान्। संसारभरका ठूला प्रकाशकले समेत लेखकलाई दिने भनेको त्यही सातदेखि ११ प्रतिशतसम्म हो। चल्तीका उपन्यासकार स्टेफेन किङजस्ता लेखकले आफैं पुस्तक छपाउन थालेका छन्, ताकि शतप्रतिशत रोयल्टी आफैं लिन सकियोस्। तर त्यो झन्झटिलो छ, किनकि वितरणको काम झ्याउलाग्दो हुन्छ। त्यसैले प्रकाशकसँगै लेखक निर्भर रहन्छन्। लेखकलाई अन्याय भएको अनुभूति भने हुन्छ। सारा सिर्जना गर्ने लेखकले ११ प्रतिशत रोयल्टी पाउँदा वितरकले भने ४० प्रतिशत लगिरहेको हुन्छ। उसको मेहनत त होला, तर प्रतिभा त तुलनात्मक रूपमा केही पनि परेको हुँदैन। यस्तो प्रथा छँदैछ। रोयल्टी वा आम्दानीको विषयमा अड्केर बस्ने कुरै छैन। समाज र समयप्रति लेखकको दायित्व हुन्छ। 
म अहिले 'अल अफ अस इन आवर लाइभ्स' नामक उपन्यास लेखनमा क्रियाशील छु। उपन्यास त धेरै ठूलो छैन, तर मैले सोचेभन्दा बढी समय लाग्यो। यसबीच अखबार, म्यागेजिनका लागि केही लेखिनँ। धेरै सभासमारोहमा पनि उपस्थित भइनँ। जयपुर लिटरेचर फेस्टिभल, शारजहाँ बुक फेयरजस्ता सीमित समारोहमा गएँ। सम्पूर्ण समय उपन्यासकै लागि खर्चिरहेकी छु।
यस्तै सिलसिलामा शारजहाँमा पोहोर सम्राट उपाध्यायसँग भेट भएको थियो। उनी मेरो दाजुका साथी पनि हुन्। पछिल्लो समय अंग्रेजी साहित्यको दुनियाँमा पाकिस्तानी लेखकहरूको प्रभाव बढ्दो छ। तीमध्ये केही त निकै गम्भीर र प्रभावशाली पनि छन्। तीमध्ये धेरै त मेरा राम्रा साथी पनि हुन्। मैले सम्राटलाई भनेँ, 'उनीहरू हिँड्दा, बस्दा सँगै हुन्छन्, तिमीलाई यस्तो गर्न मन लाग्दैन? हाम्रो पनि कुनै त्यस्तो समूह भइदिए हुन्थ्यो भन्ने लाग्दैन?'
'आ होस्, मलाई त लाग्दैन। एक्लै काम गर्नु ठिक छ,' उनले यस्तो जवाफ दिए। लेखन एक्लै भएको बेला हुनुपर्छ। समूहमा बसेर लेख्न सकिँदैन।
म नेपालमा पछिल्लो समय आइरहेका लेखक देखेर पूरै खुसी भएकी छु। 'द भ्यानिसिङ एक्ट'का लेखक प्रवीण अधिकारी तीमध्ये एक हुन्।
गुणस्तर राम्रो आइरहेको छ। लेखनबाट आइरहेको नतिजा उत्साहजनक छ।
भर्चुअल दुनियाँमा साहित्य

भर्चुअल दुनियाँमा साहित्य

नेपाली साहित्यसम्बन्धी पत्रिका निस्कन थालेको साढे एघार दशक पुगिसक्यो। १९५५ सालमा प्रकाशित नेपाली भाषाको पहिलो साहित्यिक पत्रिका 'सुधासागर'यता धेरै पत्रिका निस्किए, बन्द भए । पत्रिकाहरू अब कागजका अक्षरमा मात्रै सीमित...

मनमोहक खप्तड

मनमोहक खप्तड

खप्तड लेक प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ। डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाको २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाइएको हो। सरकारले २०४३ असार ९ गते...

स्वर्गको एक टुक्रा मनाङ

हिमालको काखमा छ सानो मेरो गाउँपर्वतकी छोरी हुँम पार्वती हो नाउँ,शिरमा गंगापूर्ण, अन्नपूर्ण र तिलिचो पिक। चट्टानका पहराबीचमा कलकल बगेकी मर्स्याङदी नदी। बीचमा झुरुप्प गाउँ। नजिकै स्तूपा। मनाङ पुग्दा साँझ...

अन्नपूर्णाको भोज

अन्नपूर्णाको भोज

दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै...

दार्जिलिङको सरगम

दार्जिलिङको सरगम

आधुनिक नेपालको राजनीतिक नक्सालाई मेची–महाकाली नदीले छुट्याइदिएको छ। संगीत र साहित्यको मानचित्रबाट मेचीपारिको दार्जिलिङलाई मेटिदियो भने नेपाली सभ्यताको मानचित्र सग्लो हुँदैन। दार्जिलिङ र आसपासका भारतीय भूभागमा नेपाली जाति गएर बसेको इतिहास...

सेतो छडीको कथानक

सेतो छडीको कथानक

सामाजिक कथानक पछ्याउने आख्यानकार मनिषा गौचन पहिलो उपन्यास ‘वल्लीको डायरी' पछि ‘ह्वाइट केन' लिएर आएकी छन्। 

लाहुरे सहरको गैरलाहुरे

लाहुरे सहरको गैरलाहुरे

म नेपालको यस्तो समुदायको सदस्य हुँ, जसलाई पहिले मतुवाली भनेर चिनिन्थ्यो, अहिले जनजाति भनिन्छ। त्यस समुदायलाई अंग्रेजहरूले ‘मार्सल रेस' वा ‘लडाकु जाति' भनेर खुट्याएका थिए र आफ्नो फौजमा भर्ती लिने...

धराने दादा कविहरू

धराने दादा कविहरू

धरानको अमरहाटमा म एकाएक हराएँ। झन्डै एक घन्टा ल्वारल्वार हिँडेपछि। त्यो पनि बम दाइकै गेटमा पुगेर। दुइटा गेट रैछन् घडेरीको दुईपट्टिबाट। कताबाट छिर्ने– अलमलमा परेँ। र, त्यहाँ हराएँ।