24 Jestha, 2077 | June 06, 2020
Menu

नागरिक शनिबार

भर्चुअल दुनियाँमा साहित्य

  • सोमबार २८ श्रावण, २०७०
  • फणीन्द्र संगम
  • DISQUS_COMMENTS
(0 votes)
भर्चुअल दुनियाँमा साहित्य
नेपाली साहित्यसम्बन्धी पत्रिका निस्कन थालेको साढे एघार दशक पुगिसक्यो। १९५५ सालमा प्रकाशित नेपाली भाषाको पहिलो साहित्यिक पत्रिका 'सुधासागर'यता धेरै पत्रिका निस्किए, बन्द भए । पत्रिकाहरू अब कागजका अक्षरमा मात्रै सीमित छैनन्। सूचना र प्रविधिमा नेपालले मारेको फड्कोबाट साहित्य बाहिर छैन । अर्थात्, नेपाली भाषाका पत्रिकाहरू इन्टरनेटमा लोकप्रिय हुँदै छन् ।


कुनै कुनामा बसेर लेखिएका सिर्जना इन्टरनेटको सहायतामा सामाजिक सञ्जाल वा वेबसाइटमा राखिदिने हो भने संसारभरका पाठकले तत्काल पढ्न सक्छन् ।

बेबसाइट र ब्लगसँगै साहित्यसम्बन्धी कतिपय फेसबुक पेजसमेत चर्चित छन् । पाठक र लेखकलाई प्रत्यक्ष जोड्ने काम तिनले गरेका छन् । विदेशमा बसेर नेपाली साहित्यिक वेबसाइट चलाउनेको संख्या ठूलो छ ।

अनलाइनकै माध्यमबाट कयौं पुस्तक प्रकाशन भएका छन्, साहित्यिक छलफल भएका छन् । कतिपय साहित्यिक अनलाइनले त स्रष्टालाई सम्मानस्वरूप नगद नै प्रदान गर्ने गरेका छन् ।

'लेखकलाई संसारभर पु¥याउन प्रयास गरिरहेका छौं,' लन्डनबाट प्रकाशित हुने समकालीन साहित्य डटकमका सम्पादक कृष्ण बजगाईंले अनलाइनमा भने । उनको साइटले १५ विधामा साहित्य सामग्री राख्दै आएको छ । 'विनाविज्ञापन ठूलो पैसा र श्रम खर्च गरेर चलाइरहेका छांै,' उनी भन्छन्, 'अहिलेसम्म रोयल्टी दिन सकिएको छैन ।'

खसखस, साहित्य संगालो, नेपाली लिटरेचर, साहित्य संसार, मझेरी, जिएफएनएल डट ओआरजी, साताको साहित्य, अनलाइन साहित्य, नेपाली कला साहित्य, नेपाली गजल डटकमजस्ता साइटले साहित्यिक सामग्री निरन्तर पस्किरहेका छन् । मझेरी डटकमले तामाङ, नेवारी, मैथिली, लिम्बू, भोजपुरी भाषाका रचनालाई पनि समावेश गर्दै आएको छ । अन्य भाषा समेट्ने साइट देखिन थालेका छन् ।

अस्ट्रेलियाबाट सञ्चालित साताको साहित्यले वर्षभरि प्रकाशन भएकामध्ये उत्कृष्ट रचनालाई पुरस्कृतसमेत गर्छ । गत वर्ष रवीन्द्र समीरको लघुकथा 'ढुंगाको देवता'का लागि १० हजार नगद दिइएको पत्रिकाका कार्यकारी सम्पादक सुमन घिमिरेले बताए । 'लेखकले प्रतिरचना पाँच सय रुपैयाँ रोयल्टी पाउँछन्,' उनले भने, 'पुरस्कारको राशि बढाएर यो वर्षदेखि २० हजार र सम्मानपत्र दिने निर्णय गरेका छौं ।' साताको साहित्यमा प्रकाशित रचना एक सातासम्म वालमा रहन्छन् ।

सन् २००७ देखि सञ्चालनमा आएको समकालीन साहित्यले अहिलेसम्म १४ सय ५० लेखकका तीन हजार छ सय रचना प्रकाशन गरिसकेको छ । सम्पादक बजगाईं भन्छन्, 'नेपाली भाÈा–साहित्यलाई संसारभर विस्तार गर्दै साइबर युगमा पु¥याउने प्रयास हो ।' कथा, लघुकथा, कविता, गीत, गजल, निबन्ध, नियात्रा, विचार, अनुवाद, कृति समीÔा, हास्यव्यंग्य, जीवनी, वार्ता, संस्मरण स्मृति, व्यक्तित्व र कृतित्व विधाका सामग्री उनको साइटमा पढ्न पाइन्छ ।

'पाठकले भिन्न स्वादका रचना पढ्न पाएका छन,' बजगाईंले भने, 'अब नेपाली भाÈा अन्तर्राष्ट्रिय भाÈा भएको छ । अन्तर्राष्ट्रियकरणमा साहित्यिक वेबसाइटले मद्दत पु¥याएका छन् ।'

नेपालमा भन्दा विदेशमा रहेका नेपाली भाषा–साहित्यप्रेमीको सक्रियतामा सञ्चालित वेबसाइटको संंख्या तुलनात्मक रूपमा बढी देखिन्छ । यहाँका साहित्यकारमा प्राविधिक ज्ञानको कमीले वेबसाइट सञ्चालनमा रुचि नदेखिएको कथाकार नारायण तिवारीको भनाइ छ ।

'नेपाली पत्र–पत्रिकाको अभावले गर्दा विदेशमा साहित्यिक रुचि बढी हुँदो रहेछ,' साताको साहित्यका कार्यकारी सम्पादक घिमिरेले भने, 'फुर्सदको समय अनलाइन बसेर साहित्यिक वेबसाइट हेर्नेहरू विदेशमा धेरै छन् ।'

तिवारीका अनुसार प्रविधिमा दुई खालका प्रयोगकर्ता छन्, मनोरन्जनमा रमाउने र सिर्जनामा रमाउने । फेसबुकमा निर्माण भएका कतिपय साहित्यिक पेज सिर्जनामा रमाउनेका लागि उपयोगी बनेका छन् । वेबसाइट र यस्ता पेज सिर्जनात्मक अभिव्यक्तिको सजिलो माध्यम पनि हुन् । 'सिर्जनामा जुटेका युवाका लागि साहित्यिक पेज उपयोगी छन्,' उनी भन्छन्, 'पत्रपत्रिकाको पहुँचसम्म नपुगेका लेखकका लागि यस्ता पेजले लेखनमा ऊर्जा थप्ने गर्छन् ।' उनी फेसबुक पेज 'लघुकथा कुनो'का संस्थापक पनि हुन् । यो पेजमा जोडिन आउनेको संख्या अहिलेसम्म एक हजार छ सय ३८ पुगेको छ । लघुकथालाई मात्र स्थान दिने पेज प्रयोगकर्ताबीच क्रिया–प्रतिक्रिया भइरहन्छ ।

फेसबुक पेजबाटै सिर्जनामा लाग्नेहरू अहिले राम्रा लेखक पनि बनेका छन् । कुनै पत्रिकामा नछापिए पनि फेसबुकबाटै चर्चामा आउने पनि उत्तिकै छन् ।

उपन्यास कुनो, कथा चौतारी, कविताकृतिहरू, बुकाहोलिक्स, हाम्रो नेपाली नाटक, नेपाली गजल डटकम, राष्ट्रिय मुक्तक मण्डप नेपाल, हाइकुको लालित्यजस्ता पेजले पनि फेसबुक प्रयोगकर्तामाझ लोकप्रियता कमाइरहेका छन् । यी पेजमा सम्बन्धित विधाका कृतिबारे जानकारी, तिनको टिप्पणी, प्रतिक्रिया समावेश हुन्छन् । कतिपय साहित्यिक पत्रिकाले वेबसाइट समेत सञ्चालन गरेका छन् । 'पत्रिकाको पहुँच नपुगेका पाठकका लागि वेबसाइट प्रभावकारी बन्दो रहेछ,' प्यास राष्ट्रिय गजल पत्रिकाका अनलाइन सम्पादक दीपसागर पन्तले भने, 'नेपाली भाषा साहित्यमा घुलमिल भइरहन प्रवासी नेपालीले साहित्यिक अनलाइन बढी प्रयोग गर्छन् ।'

साहित्यकार किशोर पहाडीले चार वर्षदेखि सञ्चालन गर्दै आएको पेज हो, पेन लभर्स इन नेपाल । यसमा साहित्यिक समाचार र साहित्यकारबारे जानकारी राखिन्छ । पहाडीले हरेक हप्ता ५० वर्ष पार गरेका एक साहित्यकारको तीन कालखण्डका तस्बिर पनि अपलोड गर्ने गर्छन् । 'फेसबुकमा जति पनि ठाउँ पाइने भएकाले पेज बनाउन सजिलो छ,' उनी भन्छन्, 'नामअनुसारको काम गरियो भनेमात्र त्यसमा आबद्ध प्रयोगकर्तालाई फाइदा पुग्छ ।' कृति विमोचन, साहित्यिक अन्तरक्रियाबारे जानकारी दिइने भएकाले यो उपयोगी पेज बनेको उनको दाबी छ ।

लघुकथा कुनोका संस्थापक तिवारीले सोही पेजमा होमर श्रेष्ठ, मोहनराज शर्मा, दिव्य गिरी, विनय कसजू र एलबी क्षेत्रीसँगको अन्तर्वार्ता पनि प्रकाशन गरिसकेका छन् । आफैंले सञ्चालन गरेपछि बढी खट्नुपर्ने भएकाले सिर्जनात्मक समय गुमेको उनमा गुनासो पनि छ । 'आफू एडमिन रहँदा लेख्ने समय पेजमै बिताइयो,' उनी भन्छन्, 'तर अरूलाई सहभागी गराउन पाएकोमा खुसी लागेको छ ।'

यीबाहेक फेसबुकमा अत्यधिक साहित्यिक पेज छन् । कुनै पनि पेज निर्माण गर्दा एडमिन रहनुपर्छ । तर, एडमिनले नियन्त्रण गर्न नसकेका कतिपय पेज समाचारका लिंक, विज्ञापन र अश्लील तस्बिरले भरिएका छन् ।

'अबका दिनमा साहित्यकारले प्रविधिको प्रयोग नगरी सुखै छैन' भन्छन्, साहित्यकार पहाडी । 'हस्तलिखित सामग्री पत्रपत्रिकाले छाप्दैनन् । इमेल, इन्टरनेट र सामाजिक सञ्जालबारेको ज्ञान हरेक साहित्यकारमा हुनैपर्छ,' उनले भने ।

सञ्चालनमा आएका साहित्यिक वेबसाइट वा फेसबुक पेज सबै अपडेट हुँदैनन् । 'नामका लागि सुरु गर्ने अनि अपडेट नगर्ने प्रवृत्ति देखिन्छ,' पहाडी भन्छन्, 'दैनिक अपडेट गरेर वेबसाइटको लिंक फेसबुकमा राखिदिए त्यो बढी प्रभावकारी हुन्छ ।'

सञ्चालनमा आए पनि अपडेट हुन नसकेका साहित्यिक अनलाइनले नियमितता दिने हो भने इन्टरनेटमार्फत् नेपाली भाषा–साहित्यलाई विश्वभर चिनाउन मद्दत पुग्नेछ ।

अनलाइन साहित्यको भूमिका हस्तक्षेपकारी बन्दै छ : विश्वासदीप तिगेला, सम्पादक, साहित्य घर डटकम

साहित्यिक वेबसाइटहरू कसरी सञ्चालन भइरहेका छन् ?
पछिल्ला समयमा साहित्यिक संस्था तथा जमातले पनि सामूहिक स्वामित्वमा सुरु गरेका छन्, तर धेरैचाहिँ सर्जकको साहित्यप्रतिको लगाव, व्यक्तिगत सक्रियता र लगानीमा सञ्चालन भएका छन् ।

नेपालबाहिरबाट यस्ता साइट बढी सञ्चालन हुनुको कारण ?
विदेशमा नेपालीको पहिचान नेपाली साहित्यमा पनि छ । साहित्य क्षेत्रमा रम्ने निश्चित व्यक्ति हुन्छन् । सबैभन्दा बढी आनन्द यसैमा आउँछ । साहित्यिक वेबसाइट सञ्चालनले सर्जकहरूसँग सम्पर्क सेतुको काम पनि हुने साथै विदेशमा उब्रिएको समय साहित्यमा खर्च गर्दा आनन्द पनि लाग्छ । विदेशमा रहेकासँग अनलाइन खर्च गर्ने पहँुच भएर पनि हुन सक्छ ।

प्रिन्ट साहित्यभन्दा तपार्ईंहरू कुन अर्थमा भिन्न ?
अनलाइन प्रविधिको माध्यमबाट नेपाली साहित्यले ठूलो फड्को मारेको छ । बाहिर स्थलगत कार्यक्रमभन्दा बढी अनलाइन साहित्यिक गतिविधि भइरहेका छन् । नेपाली साहित्यबारे ताजा र सशक्त छलफल हुन्छन् । अनलाइनकै माध्यमबाट सहयोग जुटाई दर्जनांै पुस्तक प्रिन्ट भएका छन् । धेरै साहित्यिक प्रतियोगिता पनि अनलाइनबाटै गरिएका छन् । असहाय स्रष्टाहरूलाई सहयोग जुटाइएको छ । अब त प्रत्येक साहित्यिक निकायले अनलाइन विभाग नछुट्याउने हो प्रभावकारिता नै घट्ने देखिन्छ । अनलाइन साहित्यको भूमिका हस्तक्षेपकारी बन्दै छ ।

साहित्यिक वेबसाइटले कस्ता लेखक र सामग्रीलाई प्राथमिकतामा राख्छ ?
सम्पूर्ण साहित्यिक सिर्जनाहरू समेटिन्छन् । केही वेबसाइटचाहिँ निश्चित एक विधालाई मात्र समेट्नेगरी आएको पाइन्छ । प्रविधिले विश्वलाई एक गाउँमा रूपान्तर गरिसकेको छ । अनलाइनको पहुँच हुने विश्वका जुनसुकै कुनाका स्रष्टा सहभागी हुने भएकाले पहिलाको जस्तो केन्द्र र मोफसल भन्ने विभेद अनलाइनमा हँुदैन ।

अनलाइनमा प्रकाशित सामग्रीका लेखकले पारिश्रमिक पाउँछन्÷पाउँदैनन् ?
पारिश्रमिकको सवाल सन्दर्भ अनुकूलतामा भर पर्छ । सञ्चालक सक्षम छ भने पारिश्रमिक दिइने चलन छ । कुनैबेला महŒवपूर्ण अवसरमा सम्झनास्वरूप नगद बाँड्ने वा उपहार दिने गरिन्छ तर सबै रचनाको पारिश्रमिक दिन सम्भव छैन । अनलाइनमा प्रकाशन गरेर आयस्ता पनि त हुनुप¥यो नि, अनलाइन सञ्चालन गर्दैमा ठूलै आय आउने होइन । सामान्यतः साहित्यिक वेबसाइटले पारिश्रमिक दिँदैनन् ।

प्राविधिक समस्या कस्ता छन् ?
स्तरीय वेबसाइट सञ्चालन आफैंमा खर्चालु हो । वर्षौंवर्ष नवीकरण र नयाँ रङरूप दिँदै लैजानु मेहनत र खर्चकै कुरा हो । वेबसाइट र ब्लग सञ्चालनमा त आकाश–पाताल फरक छ । पर्याप्त गेटवे पेमेन्टको ज्ञान, सुविधा तथा पहँुच नहुँदा पारिश्रमिक वितरणको सवालमा पनि कठिनाइ छन् ।

अनलाइन साहित्यको ट्रेन्ड कस्तो छ, यिनले सर्जकको सम्मानलाई कतिको ध्यान दिएका छन् ?
ठूलो संख्यामा नेपाली विदेशिनु र अनलाइन प्रचलन भित्रिनु एउटा गजबको संयोग बनेको छ । विदेशमा विभिन्न पीडा, वेदनाका अनुभूतिबाट सही साहित्य जन्मिएका छन् । प्रत्यक्ष अनुभूतिका साहित्य ऐंसेलुको बोटमा पिङ खेल्ने साहित्यभन्दा सयौं गुणा असल छन् । त्यस्ता सिर्जना अधिकतम अनलाइन र सामाजिक सञ्जाल फेसबुकमार्फत आउने गर्छन् । सिकारु वा परिपक्व सर्जकलाई अनलाइनमा अवसर दिनु नै ठूलो सम्मान हो । साहित्यकार वरिष्ठ र सर्वपरिचित कहिल्यै हुन सक्दैन, किनकि प्रत्येक पल नयाँ पाठक हुर्किरहेका हुन्छन् । अबको भर्चुअल विश्वमा को÷के भन्दा पनि कस्तो सिर्जना भन्ने महŒवपूर्ण हुने गर्छ ।

नेपाली साहित्यलाई विश्वभर फैलाउन प्रविधिको उपयोगिता कस्तो देख्नुभएको छ ?
विश्वभर फैलाउने भन्ने शब्द आफैंमा पूर्ण छैन । अन्य भाषीमाझ पु¥याउने भन्ने हाम्रो लक्ष्य हुनुपर्छ । विश्वका अन्य भाषीले हाम्रो साहित्य कति पढ्दै छन् भन्ने चासो हुनपर्छ । प्रविधिले विश्वभरका नेपाली स्रष्टालाई जोड्ने काम त गरेकै छ, तर अन्य भाषीमाझ सशक्त रूपमा जान सकेका छैनांै ।

भाषिक समस्या छ नि त अरूमा !
हो छ, तर हुबहु रूपान्तर गर्ने प्रविधिको विकास वा अन्तर्राष्ट्रिय भाषामा अनुवादको काम नगरेसम्म अन्य भाषीमाझ पुग्न सक्दैनौं । नेपालीले लेख्ने, नेपालीले नै पढ्ने हो भने त्यसलाई कसरी बुझ्ने ?
विम्ली आफैं बोली

विम्ली आफैं बोली

'बुवा विम्लीको पेनको निभ भाँचियो!' मैले भन्दिनुपर्ने। 'बुवा विम्लीको कापी छैन!' मैले जानकारी दिनुपर्ने! 'बुवा विम्लीको चप्पल चुँडियो!' मैले सिफारिस गर्दिनुपर्ने, 'उसलाई जाली भाको चप्पल चाहियो रे!''बुवा विम्ली यसपालि पनि...

नामको मोहमा कराते

नामको मोहमा कराते

गाउँका दाजुहरू सबै कराते खेल्थे। दीपक श्रेष्ठ भने फुटबलतिर थिए। एक दिन दाजु राजपाल कर्माचार्यले दक्षिण एसियाली च्याम्पियनसिपले करातेबाट स्वर्ण पदक जितेको खबर गोरखापत्रमा छापियो।

एक क्रोनिक दार्शनिक

एक क्रोनिक दार्शनिक

हरेक वर्ष वसन्त ऋतुले पालुवा हालेपछि राजधानीका सडकभरि नीलो शिरीष फूल्छन् जसै, एक महान् स्रष्टाको सम्झना हुन्छ। ती हुन्, पारिजात। आफ्नै स्वतन्त्रताको फाँटभरि छताछुल्ल पोखिने, अप्ठ्यारो टाकुरामा पुगेर पनि आफ्नै...

बागमती पुलमुनि न्हुच्छेमान (कविता)

कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्जकुनै नगरबधुलेएकदम होसमा मिल्काएको अस्थायी साधनर न्हुच्छेमानबागमती नदीको पुलमुनि छन्।

‘खेल संस्कार, स्तरीय उत्पादन’

‘खेल संस्कार, स्तरीय उत्पादन’

कीर्तिमानको चाङमाथि विराजमान अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेसीलाई ११ वर्षकै उमेरमा ग्रोथ हार्मोनमा गम्भीर समस्या देखियो।

नेपाली कूटनीतिका ऋषि

नेपाली कूटनीतिका ऋषि

मैले दस वर्षको उमेरमै यदुनाथ खनालको नाम सुनेको थिएँ, २०१८ सालतिर। मेरा पिताजीले लेख्नुभएको किताब 'भानुभक्त आचार्यको सच्चा जीवन चरित्र'मा खनालको भूमिका थियो। उहाँको प्रशंसा गर्दै मेरा पिताजीले भन्नुभयो, 'उहाँजस्तो...

डाकु आयो—डाकु आयो, फुस्सा...

मलाई कुकुर मन पर्दैन । त्यसमा पनि यो छाउरो खैरे त पटक्कै मन पर्दैन। जहाँ मनलाग्यो त्यही घरिघरि सू सू र आची गर्छ। मोजा पायो कि च्यूइंगम चपाएझैं चपाएर प्वालैप्वाल...

पत्तै नपाई पैसा गायब

पत्तै नपाई पैसा गायब

पहिले पैसा लुट्न भौतिक आक्रमण गर्नुपर्थ्यो, अहिले कोठामै बसेर अपराधीले संसारभरको पैसा लुट्न सक्छ। पहिले एकजनाले अपराध गर्दा पीडित हुने एक–दुईजना मात्रै हुन्थे। अहिले हजारौं पीडित हुन्छन्। अपराध गर्नलाई ठूलो...