Sunday 14 Mangshir, 2077 | November 29, 2020
Menu

नागरिक शनिबार

कहिले छोड्ला गरिबीले!

  • २९ भाद्र, २०७०
  • भाषा शर्मा
  • DISQUS_COMMENTS
(0 votes)
कहिले छोड्ला गरिबीले!
सुत्केरीबाट तंग्रिँदै गर्दा आफू आमा हुनुको खुसी श्रीमान्सँग साट्न चाहन्थिन्। तर श्रीमान् टाढा–टाढा हुँदै गए। 'छोरी जन्मेको १० दिनमै अर्की ल्याए,' ओखलढुंगाकी भूमा दाहाल भन्छिन्, 'लोग्ने नै साथमा नभएपछि कसको मुख हेरेर बस्नु!' सुत्केरी अवस्थामा परेको पीर उनका लागि सहिसक्नु थिएन। 'गाउँले पनि अर्कै नजरले हेर्थे,' विगत सम्झँदा भूमाका आँखा रसाउँछन्।

यही पीडाले डोहोर्‍याएर उनलाई राजधानी काठमाडौं ल्याइपुर्‍याएको छ। 
१२ वर्षअघि। गाउँमा पालिराखेका बाख्रा र कुखुरा बेचेर १० हजार जुटाइन्। रुम्जाटारबाट जहाज चढिन् अनि उडिन्, सपनाको सहर काठमाडौं। सानी छोरी साथमा लिएर 'दूर देश'का लागि पाइला चालेकी भूमाका अगाडि ठूलो जहाज उड्न तरखर गर्दै थियो। उनी त्यहीँ चढेर उड्दै थिइन्, भविष्यको अनिश्चित यात्रामा। तर, उनीसँग त्योभन्दा ठूला थिए, सपनाका चाङहरू। 
जहाज एयरपोर्टमा ल्यान्ड गर्‍यो। उसको फेरि नियमित उडान त छँदै छ। तर भूमा ताहाचलको साँघुरो कोठामा बस्न थालिन्। उनले बोकेर ल्याएर सपना जहाजजस्तै खुल्ला आकासमा उड्नै पाएनन्।
बाँच्नु नै थियो। एक्लै भए केही थिएन, साथमा थिइन् सानी छोरी। १२ सयको कोठाभाडा तिर्न र हातमुख जोर्ने मेसो मिलाउन उनका लागि नाङ्लो व्यापार विकल्प बन्यो। १२ सयबराबरको सामान किनेर व्यापार थालिन्। 
काठमाडौंमा आएर गरिखाने बाटो त थालिन् तर फुटपाथमा बसेर ग्राहक कुर्नु सहज हुँदैन थियो। 'महानगरका कर्मचारीले पसलै बोकेर लगिदिन्थे,' त्यसबेलाको पीडा सुनाउँछिन्। 
समयमै घरमाडा बुझाउनु, आमा–छोरीको ज्यान पाल्नु; खर्च बढ्दै गयो। घरबाट जोहो गरेर ल्याएको पैसा उनको थैलोबाट रित्तिँदै गयो। 
...
कामको खोजीमा भौंतारिँदै उनी टेबहाल बस्न थालिन्। पाँच वर्ष पुगेकी छोरीलाई स्कुल पठाउनुपर्ने चिन्ताले उनलाई घोच्न थाल्यो। आफूले साँवा अक्षर नचिन्दा पाएको दुःखले नै उनलाई यो दुःख निम्त्याएको थियो। उनी छोरीलाई त्यो महसुस गराउने पक्षमा थिइनन्। 
बोर्डिङमा राम्रो पढाइ हुने सुनेर भूमा नजिकैको संकटा स्कुल पुगिन्। छोरीको भर्नाका लागि २० रुपैयाँ लाग्ने सुनेपछि उनी खङ्रङ्ङ भइन्। थैली खोतलिन्, १५ रुपैयाँभन्दा बढी उनीसँग थिएन। 'पाँच रुपैयाँ नपुग्दा छोरी फिर्ता लिएर आएँ,' त्यो दिन उनी अहिले पनि बिर्सिन्नन्, 'अर्को दिन पैसा जुटाएर छोरीलाई स्कुल पठाउन थालेँ।' 

मजदुरी गरेर छोरीलाई पढाउने बाध्यता उनका लागि छँदै थियो। काम खोज्दै जाँदा उनी जनप्रिय होटल पुगिन्। त्यहाँ भाँडा माझ्ने, कोठा सफा गर्ने काम पाइन्। 'त्यो होटलले मेरो भाग्य बदल्योे,' उनी भन्छिन्, 'बलिभद्र चालिसे हुनुहुन्थ्यो मालिक। दिदी पनि त्यत्तिकै मनकारी हुनुहुन्छ।' सात महिना थलिँदा भूमाले उनीहरूबाटै सहयोग पाएकी थिइन्। 
भूमा होटलमात्रै होइन। भ्याउँदा अरूका घरमा काम गर्न पुग्थिन्। 
पाँच कक्षा सकेपछि छोरी शुशिलालाई उनले दरबार हाई स्कुल भर्ना गरिन्। 'छोरीको पढाइ राम्रो थियो। स्कुलबाट पुरस्कार, छात्रवृत्ति लिएर आउँथी,' भूमाले सुनाइन्, 'त्यहाँ पढ्दा धेरै खर्च गर्नु परेन।' 
छोरीले एसएलसी परीक्षा दिन लाग्दा उनले आशीर्वाद दिएकी थिइन्, 'तिमीले ७० भन्दा बढी नम्बर ल्याउनुपर्छ।' छोरी शुशिलाले उसै गरिन्। गतसाल ७२ प्रतिशत ल्याएर एसएलसी पास गरिन्। 'त्यो बेला मेरो हर्षका आँसु झरे,' भूमा भन्छिन्, 'आफ्ना सबै दुःख त्यही बेला बिर्सिएँ। दुःख गरेर पढाएकी छोरीले इज्जत र भरोसा थपिदिइन्।'
छोरीको नर्स पढ्ने इच्छालाई भूमाले मजदुरी गररै पूरा गर्दै छिन्। छोरी विराटनरको नोबेल हस्पिटलमा स्टाफ नर्स पढ्छिन्। 'उसलाई कलेजमा ५० प्रतिशत छुट दिएको छ,' भूमा सुनाउँछिन्। 
उनको अबको सपना छोरीको पढाइ पूरा गराउनु हो। 'दिनरात काम गरिरहेकी छु,' उनी भन्छिन्, 'महिनामा २५ वटासम्म घरमा काम गरेकी छु।'
उनको दैनिकी अरूका घरमा काम गर्दैमा बित्छ। घर, अफिस सफा गर्ने, भाँडा माझ्ने, लुगा धुने उनको नियमित काम हो। 

...
भूमा अहिले बसन्तपुर नजिकै भित्रपट्टिको पुरानो घरमा बस्छिन्। अँध्यारो कोठामा कुरा गर्दैगर्दा उनले सोधिन्, 'मजस्तो काम गरी खानेलाई किन खोजी गर्नुभो?' पत्रपत्रिका र सञ्चारको दुनियाँबाट टाढा उनले सोचिहोलिन्, पत्रिकामा धनी र प्रतिष्ठित मान्छेका कुरामात्रै छापिन्छन्। 

कुरा गरिरहँदा उनको मोबाइल बज्यो। उताबाट कसैले भन्यो, '३ बजे घर सफा गर्न आऊ है!' उनले फर्काइन्, 'हवस्।'
मतिर फर्केर उनले कामको लिस्ट सुनाइन्, 'चामल केलाउन जानुछ, अर्को घरमा भर्‍याङ सफा गर्नुपर्ने, लुगा धुन पनि जानैछ। फेरि अर्को ठाउँ बोलाए। कसरी मिलाउने! तपाईंसँग कुरा गर्नुअघि कपडा भिजाएर आएकी।' 
उनी बिहानै बसन्तपुरको एउटा घरमा कुचो लगाउन पुग्छिन्। लगत्तै अर्को घरमा भाँडा माझ्न। धरहरानजिक पनि भाँडा माझ्ने काम छ। दिउँसो न्युरोडमा सुत्केरी र बच्चालाई तेल लगाउन जान्छिन्। कतै भोजभतेर भयो कि उनको मोबाइलमा खबर आइपुग्छ। 'बनस्थलीको एक घरमा नौ वर्षदेखि कपडा धोइरहेकी छु,' उनी भन्छिन्। 
कुचो लगाएबापत उनी मासिक पाँच सय पाउँछिन्। सुत्केरीलाई तेल लगाउँदा सात हजार, भाँडा माझेको, लुगा धोएको मासिक दुई हजार। 'छोरीलाई खान र फि तिर्नमात्र महिनामा १२ हजार खर्च हुन्छ,' थप्छिन्, 'अहिलेसम्म ऋण काड्नु परेको छैन।'

...........
भूमाको दुःखका घाउ बिस्तारै पुरिँदै गएका छन्। तर उनको बाल्यकालको पनि छुट्टै कथा छ। नौ वर्षकी हुँदा आमा बितिन्। सात महिनाकी बहिनी उनैले हुर्काइन्। १७ वर्षकै उमेरमा ओखलढुंगाको रुम्जाटारबाट विवाह भई बेतिनी पुगिन्। 'चार दिदीबहिनी, दुई दाजुभाइ। खान–लाउनकै दुःख थियो। पढ्न पाइएन। दाउरा बेचेर गुजारा गर्थ्यौं,' माइती सम्झँदै उनी भन्छिन्, 'आजदेखि होइन मसँग गरिबीको पीडा उहिलेदेखिकै छ। खै, कहिले छोड्ला यो गरिबीले!' 

धेरैपटक नाङ्लोसहित सामान खोसेर लगिदिए

-भूमा दाहाल 
काठमाडौं मेरा लागि नयाँ थियो। न चिनेजानेका थिए, न त आफन्त नै। सुरुमा नाङ्लो पसल थापेँ। नगरका कर्मचारीले लखेट्थे। नजानेर म कर्मचारी भएतिरै जाँदो रहेछु। धेरैपटक मेरो नाङ्लोसहित सामान खोसेर लगिदिए। 
छोरी चार वर्षकी थिई। उसलाई कोठामा एक्लै छोडेर बिहानै नाङ्लोमा सामान लिएर बेच्न निस्कन्थेँ। दिउँसो डेरा पुग्दा ऊ भोकले रोइरहेकी हुन्थी। दिसामा लुटपुटिएकी हुन्थी। 
एकछाक जुटाउन गाह्रै पर्थ्यो। चामल हुँदा तरकारी हुन्थेन। 
भक्तपुरबाट गणेश नाम गरेका एक नेवार साग बेच्न संकटा नजिक आउँथे। नबिकेको साग नालीमा फालिदिन्थे। म त्यही साग टिप्थेँ र पकाएर खान्थेँ। एकदिन सागसँगै गड्यौंला पाकेछ। त्यसपछि कहिल्यै पनि नालीको साग लिइनँ। जनप्रिय होटलमा १८ महिना काम गरेँ। त्यसपछि अन्य घरमा काम गर्न थालेँ। हामीजस्ता गरिबले दुःख–गुजारा नगरी नहुने रै'छ। दिनदिनै महँगी बढेको छ। काम गरेको ठाउँमा एकसय बढाउन धेरै समय कुर्नुपर्छ। काम गर्नेलाई जसले पनि हेप्छन्। 
तीजको दिन पनि भाँडा माझ्न गएँ। ढिलो पुग्दा त्यस घरकी दिदी रिसाइन्। काम गर्ने मान्छेलाई लाद्नुपर्छ भन्ने सोच्छन्। कहिलेकाहीँ वचन लगाउँछन्। नमिठो लाग्छ, चित्त दुख्छ। तर पनि उनैको घरमा नगएर मलाई पुग्दैन। मेरो भाग्यमै गरिब लेखेको रै'छ। तर मैलेजस्तो काम कसैले गर्नु नपरोस्। मजस्तै रुन नपरोस् भनेर छोरीलाई सकेको पढाउँछु।

श्रीमान्ले छोडेर गए पनि छोरीले सन्तोष दिएकी छ। अरूले छोरीलाई पढाउन धेरै खर्च लाग्छ भन्थे। पढाइमा तेज छ। उसकै चिन्ता लाग्छ। काठमाडौंमा काम गर्न सक्नुपर्छ, गरेर खान गाह्रो छैन। खान नपाएर बाटोमा माग्नु पर्दैन। घर बनाउँदै गरेको ठाउँमा गएर काम मागे पनि दिन्छन्। यत्ति हो, छोरीले राम्ररी पढी भने भविष्यमा म पनि डाक्टरकी आमा बन्नेछु। 
'कमाउन आएको, बच्दै बच्दैन, बिरामी परियो भने उल्टै रिन लाग्छ,' खड्गबहादुर आक्रोश पोख्छन्, 'यस्तो ठाउँमा किन बस्नु? दसैंका लागि अलिअलि कमाउन आएको, अब फर्कन्छु।'
साहित्यको उन्नयन कि व्यापारीकरण

साहित्यको उन्नयन कि व्यापारीकरण

'एनसेल नेपाल लिटरेचर फेस्टिभल– २०१३' सुरु भएको छ। सन् २०११ देखि यो कार्यक्रम आयोजना गर्न थालिएको हो। बहुराष्ट्रिय कम्पनी एनसेलको आर्थिक लगानी र सहयोगमा गर्दै आइएको यस कार्यक्रममा एनसेल, यसको...

गुन्यु–चोली र दौरा–सुरुवाल

झरना राईको घर पाँचथरको सिदिन –१ को दवाई पानी भन्ने ठाँउमा पर्छ। तिमीहरूलाई थाहा नै छ, पाँचथर पूर्वी पहाडी जिल्ला हो। भारतको सीमासँग जोडिएको उनको गाउँ विकट छ। बिजुली बत्ती...

आँसुले ल्याएको सफलता

आँसुले ल्याएको सफलता

'मेरो जीवनमा सबै कुरा छिटोछिटो भयो,' लिली थापाले मधुर आवाजमा भनिन्। १३ वर्षमै एसएलसी सकेकी उनी २८ वर्षमै तीन छोराकी आमा बनिन्। खुसीको आगमन जति छिटो भयो त्यत्ति नै छिटो उनका...

राजनीतिको चौबीसघन्टे ड्युटी

राजनीतिको चौबीसघन्टे ड्युटी

आरजु देउवाको राजनीतियात्रा कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग विवाहपछि सुरु भएको हो, २०५१ सालपछि। आमा राजनीतिज्ञ नै भए पनि विभिन्न संघसंस्थामार्फत सामाजिक काममा जुटेकी उनलाई त्यसअघि यतातिर उति चासो...

देश चिनाउने खेलहरु

देश चिनाउने खेलहरु

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी पदक मार्सल आर्टसबाट प्राप्त गरेको छ। घरेलु मैदानमा आठौं दक्षिण एसियाली खेलकुद हुँदा नेपालले तेक्वान्दो र करातेबाट मात्र १४–१४ स्वर्ण पदक जित्यो।

महिला सहभागिता जरुरी

महिला सहभागिता जरुरी

राजाको प्रत्यक्ष शासनको विरोधमा राजनीतिक दलले गरेको आन्दोलनले सडक तात्दै थियो। त्यही बेला कमला पन्त गर्भवती थिइन्। स्वतन्त्रताको पक्षमा उर्लिएको ‘महाअभियान' को यात्रालाई गर्भले रोक्न सकेन।

गुञ्जनका दिदीबहिनी

गुञ्जनका दिदीबहिनी

विश्वका एक महान् साहित्यकार स्यामुएल बेकेटबारे मैले कतै पढेको थिएँ– उनी आफूलाई उपन्यासकार सम्झन्थे तर दुनियाँले उनलाई नाटककार बढी सम्भि्कदियो। साहित्यकारको नियतिलाई कति सहज वा असहज रूपमा लिन सकिन्छ, म...

असललाई मेरो भोट

सुनिल पोख्रेल, रंगकर्मी मतदाता, ललितपुर क्षेत्र नम्बर ३ चुनावमा मत राख्न पाउनु मेरो अधिकार हो। अहिलेको चुनावप्रति म केही उत्साहित छु, केही निराश। चुनावकै मुखमा देशका धेरै ठाउँ घुम्ने मौका...