10 Ashwin, 2077 | September 26, 2020
Menu

नागरिक शनिबार

बच्चाहरूसँगै पढ्छु, बच्चाजस्तै भइदिन्छु

(0 votes)
बच्चाहरूसँगै पढ्छु, बच्चाजस्तै भइदिन्छु
प्रकाशोन्मुख उपन्यास 'द लोल्यान्ड' की लेखक झुम्पा लाहिरी बंगाली मूलकी अमेरिकी आख्यानकार हुन्। कथा संग्रह 'इन्टरप्रेटर अफ् मलाडिज' का लागि सन् २००० को पुलित्जर पुरस्कार जितेकी उनको 'नेमसेक' उपन्यास पनि लोकप्रिय बन्यो। अमेरिकी राष्ट्रपति बाराक ओबामाको 'प्रेसिडेन्ट्स कमिटी अन् द आर्टस् एन्ड ह्युमानिटिज्' की सदस्यसमेत रहेकी लाहिरीसँग न्युयोर्क टाइम्सले दुई साताअघि कुराकानी गरेको थियो। त्यसैको सम्पादित अंश :

के पढ्दै हुनुहुन्छ? के तपाईं एक बसाइमा एउटा किताब पढ्ने पाठक हो?
म रोमकी कवि प्याटि्रजिया काभाल्लीका कविता पढिरहेकी छु। उनको व्यक्तित्व र कविता दुवै मन पराउँछु। उनी मान्छेका चाहना, इच्छाबारे यसरी व्याख्या गर्छिन्, त्यस्तो अरू कसैले गर्न सक्दैन। उनका इटालेली र अंग्रेजी दुवै भाषामा छापिएका कविता पढेर चकित परेँ। अरू केही किताब एकैसाथ पढ्दै छु। म एक बसाइमा थुप्रै किताब पनि पढ्ने गर्छु। 


तपाईंले पढेकामध्ये यस वर्षका उत्कृष्ट किताब कुन–कुन हुन् ?
फ्रेन्च लेखक डेनियल अर्सान्डको उपन्यास 'लभर्स्' दामी छ। पहिले त्यसको अंग्रेजी संस्करण पढेँ, अनि इटालेली अनुवाद। यो ऐतिहासिक सन्दर्भमा लेखिएको एक पीडादायी प्र्रेमकथा हो। यो अनुमान गर्न सकिने आख्यानका तन्तुमार्फत बुनिएको छैन। कथित गहनता र गाम्भीर्यबाट पनि मुक्त छ। पृथक ढंगले कथा कसरी भन्ने सिकाउँछ यस पुस्तकले। 


तपाईंका मन पर्ने उपन्यासकार?
थोमस हार्डी। स्कुल पढ्दादेखि नै मैले उनका किताब पढेकी छु। उनका पात्र मेरा आफन्तजस्तै लाग्छन्। ठाउँ चिन्ने उनको क्षमता, मानवताबारे उनको निसर्त दृष्टि म अनुभूत गर्छु। म सकेसम्म उनका किताब दोहोर्यााइरहन्छु। त्यसो गर्न मलाई पटक्कै अल्छी लाग्दैन। हार्डीका उपन्यासको बुनोट अद्भूत हुने गर्छ। उनका पात्र पनि समय र स्थानसँग उल्लेख्य रूपले बाँधिएका हुन्छन्। उनले सिर्जेको संसार पूरै विशिष्ट हुन्छ। लेखाइ दुरूहताबाट मुक्त छ, पुरै सरल गद्य। शब्द पनि तौली–तौली खर्चन्छन्। अनावश्यक व्याख्या हुँदैन। कुनै शब्द पनि बढ्ता लाग्दैन।


मन परेका कथाकारचाहिँ कोको हुन्?
विलियम ट्रेभोर, फ्लानरी ओ कोनोर, एलिस मुनरो, जेम्स ज्वाइस, चेखबलगायत। पछिल्लोपटक मैले पत्ता लगाएका लेखकचाहिँ जर्जिओ मंगानेली भन्ने छन्। उनको कथा संग्रह 'सेन्चुरिया' मा सय कथा समेटिएका छन् । प्रत्येक कथा एक पृष्ठका छन्। ती अति सघन र अतियथार्थवादी लाग्छन्। लेख्न बस्नुअघि ती कथा सर्सती पढ्दा फाइदा हुने मैले देखेँ।
तपाईंका लागि आप्रवासीले लेखेका आख्यान किन धेरै महŒवपूर्ण हुने गर्छन्? तपाईंकै लेखनमा पनि त्यसको छाप प्रेरणा भेटिन्छ।


लेखनलाई कुन चिजले 'आप्रवासी आख्यान' बनाइदिन्छ, मलाई थाहा छैन। लेखकले जहिले पनि त्यो संसारबारे लेख्नुपर्छ, जुन ठाउँबाट उनीहरू आएका हुन्छन्। थुप्रै लेखक संसारका छुट्टाछुट्टै ठाउँमा जन्मेका हुर्केका हुन्छन्। उनीहरू रहर, आवश्यकता, परिस्थिति वा जुनसुकै कारणले आफ्नो थातथलो छाडेका हुन्छन्। ती आफ्ना अनुभव लेख्छन्। त्यसो गर्दा निश्चित किताबचाहिँ आप्रवासीका साहित्यजस्ता हुन पुग्छन्। त्यसो भए बाँकी किताबलाई चाहिँ के भन्ने नि? 'रैथाने आख्यान?' कि 'पाण्डित्यपूर्ण आख्यान?' त्यसैले मेरा लागि यस्तो खालको विभेदपूर्ण तर्क स्विकार्य छैन।


त्यसमाथि अमेरिकाका पुस्तकको इतिहास खोतल्ने हो भने सबका सब आख्यान 'आप्रवासी' हुन्। नाथानियल हाथोर्न आप्रवासीबारे लेख्छिन्। विल्ला क्याथर त्यसै गर्छिन्। साहित्यको उद्भवदेखि नै कवि लेखकहरू सिमानाभन्दा बाहिरका कथा भनिरहेका छन्। उनीहरू निर्वासनका कथा लेख्छन्। घरबाट टाढा गएकाको कथा लेख्छन्। महाकाव्य र उपन्यासको अवस्था पनि त्यही नै हो। अलगाव र अन्तर्घुलन तिनका लेखनको मूल भाव हुने गरेको छ। 


कस्ता खालका कथामा तपाईं आकर्षित हुनुहुन्छ? 
म त्यस्ता कथा मन पराउँछु, जसले मलाई एकपछि अर्को गर्दै वाक्यपिच्छे सँगसँगै डोर्यामउँछन्। मसँग अर्को कुनै मापदण्ड छैन।


तपाईंले कहिल्यै 'सेल्फ–हेल्प' किताब पढ्नुभएको छ? छ भने कुनै उल्लेख्य?
साहित्य नै मेरा लागि सेल्फ–हेल्प बनिदियो। सदाका लागि कुनै न कुनै प्रकारले त्यस्तै रहनेछ।


आफ्ना बच्चाहरूसँगै मिलेर पढ्ने गर्नुभएको छ? छ भने कुनै पुस्तक? 
मेरो पति र मैले बच्चाहरूसँगै बसेर १० वर्षयता प्रत्येक रात पुस्तक पढ्दै आइरहेका छौं। हाम्रो ठूलो बच्चा ११ वर्षको भइसक्यो। हामी प्रत्येक रात आलोपालो गर्दै पढ्छौं। म पुनर्पठन गर्न, पढेको पुस्तकबारे बच्चाहरूसँग सेयर गर्न रमाइलो मान्छु। त्यसो गर्दा म पनि बच्चाजस्तै भइदिन्छु। रोल्ड डाहलका प्रत्येक किताब मन पर्छन्। एस्ट्रिड लिन्डग्रेन लिखित पिप्पी लङ्स्टकिङ शृंखला पनि मेरो छनोटमा पर्छन्। म बच्चाहरूसँगै गएर नयाँ–नयाँ पुस्तक खोज्न मन पराउँछु। गएको गर्मीयाममा हामीले म्यारिरोज वुडले लेखेको 'द इन्करिजिबल चिल्ड्रेन अफ एस्टन प्लेस' चाख मान्दै पढ्यौं । हिजोआज म इटालीका बालसाहित्य पढ्दै छु।


कुनै जीवित वा दिवंगत लेखक भेट्नुपर्यो् भने उहाँको बारेमा तपाईं के जान्न चाहनुहुन्थ्यो?
मैले पढिसकेका पुस्तकका लेखक भेट्ने कुरा मेरो रुचिभित्र खासै पर्दैन। पुस्तक, त्यसका वाक्यहरू जीवित भए भने, तिनले मसँग संवाद गरे भने यत्ति नै पर्याप्त छ। पुस्तकसँग पाठकको सम्बन्ध हुने हो, सर्जकसँग होइन। त्यसैले पुस्तकमा लेखिएका कुरालाई लेखकले थप व्याख्या गरेको वा लेखकले बीचमा हस्तक्षेप गरेको म हेर्न सक्दिनँ। त्यही भएर म लेखकलाई भेटि्दनँ। तैपनि भेट्नैपर्योक भने म एड्वर्ड गोरेलाई भेट्थे। उहाँ बित्नुपूर्व भेट्न पाएको भए उहाँको तीक्ष्ण प्रतिभालाई म सलाम गर्थें हुँला। 


कुनै पात्र हुन पाए तपाईं को हुन रुचाउनुहुन्थ्यो होला?
म 'ब्राइड्सहेड रिभिजिटेड' की सेबास्टियन फ्लाइट बन्थेँ हुँला। तर सुरुका परिच्छेदहरूको सेबास्टियनजस्तो मात्रै।
अनुवाद : बसन्त

लटरम्म लप्सी

गएको मंगलबार। पुसको बिहानी धुम्म हुस्सु लागेकाले मौसम चिसिएको थियो। वरिपरि पहाड र डाँडाले घेरिएको गोदावरीमा सूर्यका चिसा किरण आइपुगे। जंगलै जंगल भएको गोदावरीमा चराहरू चिर्बिराउँदै थिए। वातावारण मनमोहक थियो।

लौ आयो मोन्सान्टो मकै

मकै नेपालमा कहिले भित्रियो त्यसको आधिकारिक जानकारी छैन। त्यसको खोज पनि भएको देखिँदैन। निश्चय नै आदिकवि भानुभक्तले मकैको छेलोखेलो भोगेको हुनुपर्छ। वहाँको कविताले त्यस्तै बोल्छ :असल् मुग्रेकेरा, कि त महि...

शून्यबाट सभासदसम्म

शून्यबाट सभासदसम्म

आठ वर्षको उमेरदेखि २५ वर्षको हुँदासम्म जमिनदारको घरमा कमलरी बसेकी शान्ता चौधरी २०६३ सालमा मुक्त भइन्। दाङ लक्ष्मीपुरकी उनी मुक्त भएपछि ढुक्कले बसिनन्, आफूजस्तै अन्य कमलरीको मुक्ति–अभियानमा होमिइन्। जमिनदारकहाँ पाएको...

व्यापकता पाउँदै नेपाल संवत्

चुन्दा बज्रचार्य हिजोआज निकै व्यस्त छिन् । विभिन्न कार्यक्रममा भ्याई–नभ्याई छ । उनको व्यस्तता नजिकिँदै गरेको चुनाव प्रचारको लागि होइन । 'नेपाल संवत् न्हूँदा राष्ट्रिय समिति ११३४' की अध्यक्ष रहेकी...

सात तले गुफा

सात तले गुफा

धादिङको खाल्टे गाविसको पात्ले पर्यटन गाउँ बन्दैछ। पात्ले होमस्टेमा न्यानो आतिथ्य पाइन्छ। केही दिनअघि हामी पनि त्यहाँ पुग्यौं। होमस्टे अभियन्ता शेरबहादुर गुरुङले गाउँको जानकारी दिए। होमस्टेमा पाहुनालाई घर–घरमा बाँडेर राखिन्छ।

सरकारी अस्पताल, सास्ती र सुस्तीको घर

सरकारी अस्पताल, सास्ती र सुस्तीको घर

काठमाडौं-बिरामी लिएर अस्पताल पुग्ने आफैं बिरामी भएर फर्कन्छन्, उपचारको पालो कुर्दाकुर्दै कति बिरामीको मृत्यु हुन्छ। भनसुन गराउन सके शैया पाइन्छ, नसके निजी अस्पतालको रेफर लिएर फर्कनुपर्छ।

तपाईंको देशमा

तपाईंको देशमा

कुदिरहेको रेलमा तीन नेपाली छौं। रेलभरि मान्छे छन्, थरीथरीका। एसियाली, अफ्रिकी, युरोपेली आदि अनेक हुलिया बोकेका अनुहार।

चिन्तन कि गन्थन

लेखकले आफ्ना सिर्जनालाई समाजले हेरिदेओस् भन्ने कि आफूले चाहिँ समाजलाई हेर्ने? कुन लेखकको दृष्टिकोण के हो भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ। लेखकका कुनै पनि रचनाको प्रभाव र टिकाउपन कति छ...